MEROLINKS / koshdhital / All
नेपाली ब्लगका लागी उपयोगी सामाग्रीको संकलन समय अनूसार अपडटे गरिनेछ, तपाईँलाई त्यस्ता लिंकको कुनै जानकारी भएमा दौंतरीलाई खबर गर्नुहोला।
1) नेपाली ब्लग लिस्टिगं: संपूर्ण नेपाली ब्लगको सूची
2) नेपाली गुगल ब्लगर समूह: नेपाली ब्लगरहरूको सुचना आदान प्रदान गर्ने फोरम
3) Nepali Blog Search Engine: नेपाली ब्लग तथा नेपाली ब्लगमा प्रयुक्त शब्दको खोजी
4) Roman to Unicode Nepali Converter: रोमनबाट नेपालीमा रूपातरण
5) ब्लग भित्र ब्लग: नेपाली ब्लगहरूको अन्तरबार्ता(दौंतरी)
6) केही ब्लग ह्याकहरु : ब्लग टेम्प्लेट डिजाईन (दिलीप आचार्य)
7) Add Nepali Blog Updates in your Gmail Service: जिमेलमा नेपाली ब्लग अपडेट (दौंतरी)
8) How To Increase Traffic in Blog ?: ब्लगमा भिजीटर बढाउने तरीका (आकार )
9) How to create a free blog in Nepali?: सित्तैमा ब्लग बनाउने तरीका (टेक संसार)
10) Nepali Blog Tips: ब्लग बनाउने तरीका (बिनोद पाठक)
अनमिन प्रमुख करिन ल्यान्ग्रेनले आफ्नो जागिर अफ्रिकाको बुरूण्डी सरूवा हुने तय भए पछि , संयुक्त राष्ट्र संघमा आफ्नो प्रगति हैन दुर्गति विवरणको पेश गर्दै भनिन् - हामीले छाडेपछि कि माओवादी बिद्रोह हुन्छ कि राष्ट्रपति शासन वा सेनाको कु हुन्छ । हाँसो लाग्दो कुरो के हो भने यी भविष्यवाणी गर्न कुनै विशेषज्ञताको जरूरी नै पर्दैन । प्रतेक दिन प्रकाशित हुने नेपाली अखवारका पाना र माओवादी पार्टिका दावाहरू पढ्यो भने घर बसी बसी यी समाचारहरू हात लाग्छन् । यस्तो रहस्य को अन्वेषण गरी यु एन को सभामा सुनाउन अरबौँ रुपैयाँको लगानीमा नेपालमा अनमिन बसेको हो भने , यस्तो पत्रू संस्था नबसेकै राम्रो हो । तर पनि , यसको बिगत २-३ वर्षे उपादेयता केलाउने हो भने , कसमस विश्वकर्मादेखि अरू केही नेपलीले यसमा डलरे जागिर पाएका थिए , अब त्यो नहुने भयो भनेर केही नेपालीका पक्षमा दु:ख मनाउ गर्न सकिन्छ , नत्र यो अनमिन नामको काउछोले गरेको काम केही छैन त्यसैले यो जाओस् कि बसोस् यसले केही माने राख्दैन सर्वसाधारण नेपालीको जीवनमा ।जहाँसम्म ‘कु' को कुरा छ यो माओवादी कोणबाट फ्याँकिएको प्रायोजित हल्ला हो । कम्युनिष्टहरू, विशेषत कट्टरपन्थी माओवादी जस्ता, अरू दल वा समूहलाई अनेक विकृति र कुकर्मको आरोप लगाउन खप्पीस हुन्छन् । अरूलाई भ्रष्ट, प्रतिगामी र
अधिनयाकवादीसम्मको आरोप लगाउने निर्लज्जता देखाउन सक्ने कम्युनिष्टहरू स्वयंमा निर्दलियता र अधिनायकवादका पर्यायवाची हुन आधुनिक संसारमा भन्दा फरक पर्दैन । आँफूसंग असहमत हुने विचारको नामोनिशान मेटाउन चाहने अधीनायकवादी सोचका कम्युनिष्टहरू संसारभर आफ्नो पार्टीको अधिनायकतावादमा मुलक र राज्यको संरचना राख्न चाहने आदिम सोचमा हिँडिरहेका हुन्छन् र पनि अरू विचार बोकेका दल, समूह वा व्यक्तिलाई प्रतिगामीको बिल्ला भिराउन लागि परेका हुन्छन् । अधिनायकवाद भित्र  मौलाएको भ्रष्टाचार र निरंकूश अतिवाद मुनि प्रश्रय पाएको विकृतिले सन् ९० को दशकमा संसारभरबाट कम्युनिष्ट शासनव्यवस्था भएका मुलुकहरूको लज्जास्पद अवसान देखेर पनि , गरीब मुलुकका नागरिकहरूका अभाव जनित आकांक्षाहरूको मनोवैज्ञानिक  शोषण गरी कम्युनिष्ट समानताको नक्कली सपनाको हरियो घाँस देखाएर , नेपालीहरूलाई बलिको बधशालातिर डोर्‍याएर आफ्नो अभीष्ट सिद्ध गर्ने उद्धेस्यमा नेपालका माओवादी लागिरहेका छन् । भ्रष्टाचार, भौतिक लाभ र सुख सयलका विषयहरू र लूटलाई संस्थागत गर्ने काममा छोटो समयमा नै माओवादीले अरू दललाई पछाडि पारेको देखिएकै छ र अब उसले गर्ने कुनै कामबाट नेपालको जनजीवनमा कुनै गुणात्मक सुधार होला भनेर सायदै कसैले आशा राखेका होलान् । किनभने अरूलाई विकृत्तिको आरोप चर्को रूपमा लगाउँदै, आँफै त्यही कुकर्म चार गूणा गर्नु अतिवादीहरूको विश्वव्यापी चरित्र हो । नेपालको सन्दर्भमा माओवादीहरूको अव्यवहारिक र सर्वसत्तावादी सैनिक चरित्रका कारण, देश भित्र र बाहिरबाट उनीहरूले कसैको विश्वास जित्न सकिरहेका छैनन् । विशेष गरी आफ्ना छापामारहरूको ब्यारेकीय संरचनालाई भंग नगरी राखि राख्ने वा सेनामा डल्लै मिलान गर्ने र अरू विचारका राजनैतिक शक्तिहरूलाई बाहुबली दादागिरीबाट मात्र नेस्तनाबूद गरी सत्ता कब्जा गर्न सकिन्छ भन्ने नीति लिएर , सहमतिको राजनीतिमा आउन नखोजिरहेको माओवादीलाई केवल उपद्रो गर्ने निहूँ चाहिएको छ । निर्वाचित संसदमा सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि उसले आफ्नो दम्भका कारण सत्ता छोड्नु परेको जगजाहेर छ किनभने उसलाई उसैका सत्ता सहचारी दलहरूले साथ नदिँदा ऊ सरकारबाट हट्नु परेको थियो । अनेकौँ प्रपञ्च सहित लाग्दा र मित्रराष्ट्र चीनको ५० करोड उपहार सौजन्यमा पनि फेरि माओवादी सर्वोच्चताको सरकार बन्न नसक्दा , माओवादी पार्टी नेतृत्व भाउन्निएर बर्बराएको छ भन्ने कुरा बुझ्न गाह्रो छैन। उता माकुनेको सरकार राजीनामा स्वीकृत भएको महिनौँ पछि सत्तामा निर्लज्ज ढलिमली गरिरहेको छ , यता सुनौलो पलङमा सुतेर आफ्नी युवराज्ञी सिताजी र युवराज प्रकाश सहित बालुवाटारमा रमाउने प्रचण्डको सपना कुनै गीतको ‘उडायो सपना सबै हूरीले' झैँ छरपष्ट बनेको छ । यस्तोमा माओवादीलाई अरूले यस्तो गर्न खोजेका छन् भन्ने आरोप चर्को रूपमा उचाल्दै , आँफूले उपद्रो गर्ने निहूँ चाहिएको कुरा प्रष्ट बनिसकेको छ । अझ भन्ने हो भने माओवादी पार्टीका एक मात्र बौद्दिक मुखौडा बनेका बाबुराम भट्टराईलाई भारतीय वा संशोधनवादी गोटी ठहर्‌याइसकिएको पालुङटार पर्व पछिको राजनीतिक सन्दर्भमा माओवादीलाई बाह्य र आन्तरिक राजनीतिको अप्ठ्यारो सामना गर्न एउटा तमाशा मञ्चनको खाँचो छ - त्यो खाँचो पेरिशडाँडाको खेस्रा दस्तावेज हुँदै करिन ल्यानग्रेनले वाशिङ्टन पुर्‌याएकी छन् । यसको मजबून हो - राष्ट्रपति रामवरणले सेनाको आडमा कू गर्न लागे भन्दै , कथित जनबिद्रोहको मोहन वैद्य धूनी बाल्नु । कुनै बेला संस्कृत छात्रावासको फ्रि खान्कीमा आफ्नो असहिष्णु कट्टरता तिखार्दै काठमाण्डुको सडकमा फ्री मा पाइने रसियन प्रायोजनका कम्युनिष्ट पोथा पोस्तक पढेर कम्युनिष्ट बनेका यी गैर नेवारी घाटे वैद्य, भने २ लाखको भीड जम्मा पारेर सिंहदरबार कब्जा गर्ने जडीबुटी जम्मा गर्न आफ्नो रुखो अनुहारलाई उजिल्याउँदै छन् । हुनत देशलाई ब्रम्हानालमा सुताएर , अक्षता टकटकाउने घाटे वैद्यहरू के पो जानून आफ्नो पेशाको लिखे बोसो टिप्नु बाहेक !तर, ढुक्क भए हुन्छ , कुनै कू ले नेपाललाई २ महिना लतार्न सक्ने छैन । यसले गर्ने भनेको देशलाई अरू दलदलमा धकेल्ने मात्र हो । देश बनाउने हो र यसको भविष्यप्रति चिन्तित हुने हो भने सबै मिलेर संविधान बनाएर सबैलाई स्थान दिने राज्यव्यवस्था सहितको जनकल्याणकारी पद्दति बसाल्ने कोशिस गरे हुन्छ । हामीले आशासम्म गर्ने हो तर खल पात्रबाट प्रवृत्तिमा सुधारको आशा गर्नु पो कसरी ?-एकलव्य
भनिन्छ सफलता हासिल गर्न आफ्नो कम्फर्ट जनबाट बाहिर निस्केर भरमग्दुर प्रयास गर्नु पर्दछ। आफू सधैं जे गरिन्छ त्यही गरेर काम गर्दा पूरा नै नतिजा हात लाग्ने हुँदा केही फरक ढंगले काम गर्दा चाहेको सफलता मिल्न सक्दछ। सायद तपाईहरु कति पयले पनि नयाँ वर्षमा केही नयाँ गर्ने सोच बनाइसक्नु भयो होला। कोही अझै सोच्दै हुनुहुन्छ होला। नयाँ वर्षको प्रण गरिसक्नु भएको भए तपाईँलाई तपाईँको प्रण सजिलै प्राप्त होस,धेरै धेरै शुभकामना। अहिले सम्म सोच्दै गर्नुभएको भए म नयाँ वर्षमा गरिने प्रणहरु कस्ता कस्ता हुन्छन् प्रस्तुत गर्दैछु।
१)साथी भाइ र परिबारसंग थप समय बिताउने: काम या अन्य ब्यस्ताले गर्दा धेरै मानिसहरू आफ्नो परिवार ,आफन्त या साथी भाइबाट टाढिने गर्दछन। तर जिबनमा यी निकै महत्वपूर्ण अंग मानिन्छ। यस्तो महत्वपूर्ण अंगबाट कामको बाहानमा किन टाढिने त? करिब ५०% व्यस्त मानिसहरू नयाँ वर्षमा आफन्तसँग थप समय
बिताउन प्रण गर्दछन।
२)शारीरिक रुपमा चुस्त रहनु: बिकसित देशमा मोटोपन त सबै भन्दा ठूलो समस्या नै हो। आजकाल नेपालमा पनि सहरी क्षेत्रतिर मोटोपन अत्यधिक बढेको छ। अमेरिकामा त ३ जना मध्य २ जना चाहिने भन्दा मोटो हुने गर्दछन। तौलले गर्दा क्यान्सर,ब्लड प्रेसर,तनाब,जिबन यापन आदिले सताउने गर्दछ। शरीर चुस्त रहनाले तपाईँलाई स्वस्थ मात्र बनाउँदैन यसले तपाईँलाई आकर्षक तथा असलपना अनुभव गराउन मद्दत गर्दछ। यती धेरै आकर्षक फाइदा मात्र दैनिक केही मिनेटको कसरतले दिने गर्दछ। अझ खानपानमा अली कन्ट्रोल गर्दा तौल घटाउन झन् सहज बन्दछ।
३)चुरोट,मदिरा तथा अन्य नशाबाट मुक्ति: तपाई हामी कतिपय यस्ता लतमा रहे पनि यसबाट छुटकारा पाउने सोच राखिराखेका हुन्छौं। नशा यस्तो चिज हो जसबाट छुट्न निकै मुस्किल पर्दछ। सर दरमा  ४ पटक सम्म चुरोट छोड्ने प्रयास गर्दा चुरोटको नशाबाट मानिसहरू मुक्ति पाउंदछन। चुरोट,मदिराको लतबाट छुटकारा पाउन चुरोट मदिराको सेबन गर्न साथीहरूबाट छुटिन पर्दछ। साथै आफूलाई अन्य कुरामा व्यस्त राखे नशाबाट छुटकारा पाउन सफल भइन्छ। आजकाल त चुरोट छोड्ने अनेक किसिमका निकोटीन प्याचहरु पाइन्छ। रक्सी छोड्न पनि त्यस्तै प्याचहरू पाइन्छ। यदि त्यहीबाट पनि मुक्त पाउनुभएन भने चुरोट,रक्सी,लागू पदार्थको लतबाट मुक्त दिलाउने कयौं गयर सरकारी संस्थाहरू तपाईँकै गाउँ शहरमा हुन सक्छन्, उनीहरुसंग सम्पर्क गर्नुहोला। केही वर्ष पहिले रेडियो नेपालमा एउटा विज्ञापन बज्ने गर्दथ्यो "चुरोट खाने पैसाले खाजा खाना पुग्छ,रक्सी खाने पैसाले भातै खान पुग्छ"। रक्सी चुरोटले शरीरको मात्र होइन तपाईँलाई आर्थिक नोक्सानी पनि भइराखेको हुन्छ। कहिले त आफन्त तथा साथी भाइ पनि टाढिने सक्छन्। नयाँ बर्ष यस्ता लतबाट छुटकारा पाउने उत्तम समय हुन सक्छ।
४)आर्थिक समस्याबाट मुक्ति : सही तरिकाले पैसा खर्च नगर्दा या न चाहिंदो तरिकाले रिण लिँदा मानिसहरू मात्र होइन देश पनि आर्थिक समस्यामा अल्झिने गर्दछन। पैसा यस्तो अत्यावस्यक चिज हो यो बिना जिबन यापन नै थप्प हुन पूग्दछ।आजकाल ब्याङ्कहरूको होडमा रिणलिन जति सजिलो छ त्यसबाट मुक्ति पाउन उतिकै गाह्रो छ। यदि तपाईँले न चाहिंदो खर्च गरेर पछि पिरोलिने गर्नुहुन्छ या कतै उत्तम लगानी गरेर आफ्नो भविष्य सुनिस् चित पार्न चाहनुहुन्छ भने यो उत्तम समय हो।
५)नयाँ यात्रा: कतै तपाईँलाई नयाँ ठाउँ जाने मन छ तर वर्षौं देखी सोचाइमै सीमित छ भने नयाँ वर्षले तपाईँको सोचलाई सार्थकता दिन सक्छ। तपाई बसाई सराई गर्ने बिचार मा धेरै वर्ष यतीकै सोच्दै हुनुहुन्छ,या जागिर फेर्न धुनमा हुनुहुन्छ या कतै घुम्न जाने कुरा मनमै सीमित राख्नुभएको छ भने नयाँ वर्ष तपाईँलाई मनले चाहेको गर्न एउटा बहाना बन्न सक्छ,तपाईँलाई अहिले नै शुभकामना।
६)नयाँ कुरा सिक्ने: यदि हामी बालकबाट केही नयाँ नसिकेको भए सायद अहिले पनि भात खान पनि आमाकै सहारा लिनु पर्थ्यो। मेरा एक जना शिक्षक भन्ने गर्थे,"भात खाना आमाले सिकाउनु भयो,चिउरा खान म आफैं सिके"। नयाँ वर्ष तपाईँलाई केही नयाँ कुरा सिक्ने समय बन्न सक्छ। पौडी,कुनै किसिमको बाजा,कुनै किसिमको यन्त्र,कुनै खेल आदि सिक्दा जिबनमा थप रमाइलो बन्न सक्छ। नयाँ विषय या थप शैक्षिक अध्ययन पनि आफूलाई थप उचाइमा पुग्न मद्दत गर्दछ। लामो समय देखी केही सिक्ने सोच्दै हुनुहुन्थ्यो भने नयाँ वर्षको सहाराले तपाईँले उक्त कुरा प्राप्त गर्न सक्नुहुनेछ।
७)वातावरण प्रति जागरूक रहनु: हामी जिउने संसार यस्तो ठाउँ हो जून आकास गंगामा कतै भेटीदैन। आकास गंगा यस्तो ठाउँ हो जाहां प्रकाश यात्रा गर्न पनि लाखौं वर्ष लाग्छ। यती भयानक क्षेत्रमा सुन्दर पृथ्वीलाई तपाइ हामीले कती दुरुपयोग गरेका छौं। यस्तै तरहबाट पृथ्वीलाई उपयोग गरे यसको हाम्रा सन्ततिको लागी यो जिउने योग्य रहने छैन। भनिन्छ नि सीता जम्मा गरेर घैला भर्ने। तपाईँको जस्तै एक जना वातावरण प्रति जागरूक रहे हामी बस्ने संसार स्वच्छ तथा हरा भरा रहने सक्छ। यस्तो विशुद्ध सोच  राख्न नयाँ वर्ष पक्कै पनि उत्तम समय हो।
८)अरूलाई सहयोग गर्ने: यसलाई धेरै मानिसले बिना स्वार्थी संसरमा जिउने अचुक उपायको रूपमा लिने गर्दछन। कतिपय अरूलाई सहयोग गर्न पाउँदा निकै आनन्दको सास फेर्ने गर्दछन। आफ्नै वरीपरीका बिध्धालय,पुस्तकालय,क्लब या गैर-सरकारी संस्थामा आबद्ध रहेर समाजलाई सहयोग गर्नु पनि नयाँ वर्षको राम्रो प्रण बन्न सक्दछ।
९)व्यवस्थित रहने: तपाईँलाई आफूले चाहेको सामान पाउन केही सामान यता उता गर्नुपर्दछ? यदि तपाई यस्तो समयबाट पिडीत हुनुहुन्छ भने नयाँ वर्षमा व्यवस्थित रहने प्रण गर्नुहोस्। आफ्नो घर होस या अफिस अथवा तपाईँको सवारी साधन। व्यवस्थित रहनले समयको बचत हुनूको साथै तपाईँलाई तनावबाट पनि छुटकारा दिलाउँछ। कहिले कही अव्यवस्थित रहनले तपाईँलाई थुप्रै नोक्सान पनि पुग्न सक्छ। नयाँ वर्ष तपाई व्यवस्थित रहने एउटा माध्यम बन्न सक्छ।
१०)दौँतरी: दौँतरी अर्थात् साथी भाइ। अप्ठेरो पर्दा साथी भाइहरू सहयोगीका रुपमा लिन सकिन्छ। अझ तपाईहरु विदेशमा हुनुहुन्छ भने त आफन्त भन्दा साथी भाइहरू झन् नजिक रहन्छन्। आवश्यक पर्दा मात्र होइन अन्य समयमा पनि साथी भाइहरूलाई सम्झनुहोला। नयाँ वर्षको शुरुबातसंगै तपाईहरु पनि आफ्ना साथी भाइहरुसंग सुमधूर सम्बन्धको बिस्तार गर्नुहोला। साथै दौँतरी ब्लगलाई पनि नभुल्नु होला। यो पनि साथी भाइहरूबाट सञ्चालित ब्लग हो। दौँतरी सामयिक ब्लग रहेकाले दौँतरीमा पाल्नुहुने सबै दौँतरीकै सदस्यको रुपमा लिनूहोला। तपाईँले दौँतरीलाई कसरी सहयोग गर्न सक्नुहुन्छ नयाँ वर्षमा एकपटक त्यो पनि सोच्नुहोला।
२०११ साल तपाईँहरूको सुखमय रहोस्,नयाँ वर्षको प्रण सजिलै प्राप्त होस,नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना।
जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौं, हजारौं, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको सागरमा । जुलुसबाहेक अरू सम्पूर्ण कुरा बन्द छ । हावा, पानी, पशुपन्छी सब स्थिर छन् । वरबाटै एउटा ठेलाको आडमा बसेर म हेर्दै छु सभातिर । नारा र जुलुसले चोक गुञ्जायमान छ । म भीडमा कतै परिचित आखा भेट्छु कि भनेर आँखा दौडाउँछु । आँखाहरू निराश हुन्छन् । अलिक पर ‘पत्रकार' लेखिएको टिसर्ट लगाएको झुन्ड देख्छु । त्यसको छेवैमा रेडक्रस लेखिएको ब्यानरमुनि स्वयंसेवकहरू सेवा गर्न तल्लीन मुद्रामा उभिएका छन् । पत्रकारको भीडबाट एकजोर आँखाहरूले पछ्याएझैँ लाग्छ । ती आँखाहरू कालो चस्माभित्र कैद छन् । तर पनि हेराइ र शरीरको बनोटले मलाई पछ्याएझैँ लाग्छ । म यथावत् रूपमा ठेलामा अडेस लगाएर उभिरहेकी छु अनि हेरिरहेकी छु नेपाली हुनुको विडम्बना । एकपछि अर्को जुलुस कोणसभामा परिणत हुन्छन् । कार्यक्रम सञ्चालक शान्तिपूर्ण सभा गर्न सबैलाई आग्रह गरिरहेछ । एकछिनपछि एउटी कवयित्री कविता पाठ गर्छिन् ।
राजपरिवारलाई गाली गरेको बाहेक अरू बुझिदनँ । म केही सतर्क हुँदै चारैतिर आँखा दौडाउँछु । किनभने कुनै पनि समय ढुङ्गामूढा बर्सेर भागदौड हुनसक्छ । फेरि पनि ती जोर आँखाले मलाई पछ्याइरहेका हुन्छन् । म त्यो हेराइलाई बेवास्ता गर्दै मन्त्रमुग्ध भई कार्यक्रमतिर ध्यान बटुल्छु ।
एकछिनमा लोकगायकको गीत बज्छ । आन्दोलनकारी हरू उत्तेजित हुँदै नाच्न थाल्छन् । म आफ्नै ठाउँबाट मौन समर्थन जनाउँछु । छरिएका धेरै मानिसहरू तान्छ त्यस गीतले, म सतर्कता अपनाउने क्रममा फेरि आँखा दौडाउँछु । फेरि उही आँखाले पछ्याएको
पाउँछु । म आफूलाई लुकाउछु र चोर नजरले हेर्छु । फेरि पनि ममाथि आँखाहरू बिछ्याएको नै पाउँछु । कतै चिरपरिचित हो कि म ध्यान बङ्ग्याउँछु । होइन, कतै भेट भएको छैन । ऊ त पत्रकारजस्तो पनि लाग्दैन । पत्रकार भए टिसर्ट लगाउनुपर्ने, म एक्लिँदै कार्यक्रमतिर ध्यान बटार्छु । ठेलामा काँक्रा र खरबुजा बेच्न राखिएका छन् । केही मानिस त्यतैतिर आउँछन् । खरबुजा खान । मेरो ध्यान मोडिन्छ । त्यतैतिर त्यस हुलमा उक्त कालो चस्मा लगाउने मान्छेलाई देख्छु । पुरुषहरू नारीलाई किन यति बिध्न चासो दिएर हेर्छन् ? हुन त पुरुषलाई हेर्ने नारीको सङ्ख्या पनि समाजमा कम नहोला । तर म त्यति बिध्न सुन्दरी पनि छैन कसैको नजरलाई यति बढी आकर्षित गर्न सकूँ ऊ मेरो छेउमा आउँछ ।
"मलाई चिन्नुभएन ?" अप्रत्याशित शब्दहरूले मलाई आक्रमण गर्छन् । म झस्कन्छु ।
"अह"
"ल, अब भन्नोस् " उसले चस्मा फुकाल्छ ।
"तपाइर्" श्रीकान्त नेपाल †" मेरो मुखबाट अनायास निस्कन्छ ।
"हो ।" बल्ल हेराइको रहस्य खुल्यो । म छक्क परेँ ।
"तपाईँ किन त्यस झुन्डमा ?"
"म पत्रकार हुँ।"
श्रीकान्तले ‘कार' उपाधि पाइसकेछ । हामी कुनै समय एउटै कक्षाका सहपाठी थियौँ । ऊ पत्रकारिता पढ्न गएछ, मलाई थाहा थिएन । अहिले ऊ चिनी नसक्नु भएछ । भौतिक बनोट पनि असाध्यै आकर्षक देखिन्छ । म पत्रकारहरूलाई सम्मानजनक नजरले हेर्छु । किनभने जनआन्दोलनमा उनीहरूको भूमिका सराहनीय छ । जुलसमा मध्यस्थताको भूमिका उनीहरूले निभाएका हुनाले रगतको खोलो बग्न कम भएको छ । तेह्रौं दिनदेखि को जनआन्दोलन चरम उत्कर्षमा पुगेको छ । कति चोटि कतिपय ठाउँमा पत्रकारहरू स्वयंले पनि रगतको खोला बगाउनुपरेको थियो अनि निरङ्कुशताको वज्रपात पनि सहनुपरेको थियो । कतिपय जनताले त राजतन्त्र प्रतिको आस्था मरेर तेहौँ दिनको काम कपाल समेत खौरने गरेका थिए ।
‘‘म पत्रकारलाई इज्जत गर्छु ।'' मैले छोटकरीमा भनेँ।
करिब दश वर्षपछि हाम्रो भेट भएको थियो । मेरो निधारको टीका र घाँटीको मालाले विवाहिताको परिचय दिएको थियो । मलाई पनि ऊसम्बन्धी व्यक्तिगत खुल्दुली जाग्यो तर अवस्था अनुकूल थिएन । कुनै पनि समयमा भागदौड हुनसक्थ्यो । मैले आफ्नो बचाउका लागि भाग्नुपर्थ्यो भने ऊ अरूको बचाउका लागि दौडनुपर्ने अवस्था थियो । त्यसैले परिवेश प्रतिको संवेदनशीलताले हाम्रो संवादलाई बाधा दिइरहेको थियो । धेरै दिनको बन्दले आमजनताले पालेको तनावले म पनि ग्रस्त थिएँ भने ऊ पत्रकारहरूलाई गरेको कुटपिटले आक्रोशित थियो ।
ऊ कसरी, किन यो शहरमा देखा पर्यो, कौतुहलको आँधीले घेर्यो मलाई ।
"तपाईँ पत्रकार, तर तपाईँको नाम कतै पत्रिकामा देख्दिनँ नि ?" हुर्रिँदो मानसिकताले उत्सुकता मेटाउने प्रयास गरेँ ।
"म छद्मनामले लेखहरू लेख्छु ।"
म असामज्स्यको लिङ्गे पिङमा मच्किन्छु । एउटा पत्रकार छ जसको नाम सन्देश हो । उसका रचनाहरू म असाध्यै मन पराउँछु । उसलाई म मेलमार्फत धन्यवाद र बधाई पनि दिइरहन्छु । म अनिश्चितताको कालो बादलमा मडारिन्छु कुहिरोको काग भएर, परिवेशजस्तै । म अत्यन्त प्रभावित छु उक्त पत्रकारका लेखहरूबाट । त्यसैले उसलाई मेलमार्फत आफ्ना मनका धेरै कुराहरू गर्छु । । म आन्तरिक पीडा पोखिरहेको छु मेलमा-
‘जीवन गहिरो छ, जति बहँदै गयो उति नै गहिरिँदै जाँदो रहेछ । किन हो तपाईँको लेखहरूले मलाई नयाँ ऊर्जा दिन्छ । नयाँ शक्ति दिन्छ । त्यो शक्तिले मलाई सधैं तानेजस्तो लाग्छ । अनि ती हातहरू हेरूँ-हेरूँ र चुमूँ-चुमूँ जस्तो लाग्छ जसले यति सुन्दर शब्द, भाषा र शैलीहरू पोख्छन् । कहिले म पागल भएर तपाईँ का शब्दहरूसँग उडिरहूँ कल्पनाको आकाशमा अनि कहिले यथार्थमा नफर्कु जस्तो लाग्छ तर यो असम्भव छ । मलाई थाहा छ । तर म त्यही असम्भावनामा रमाउन चाहन्छु ।'
मलाई आफ्नो मेल सम्झेर लाज लागेर आउँछ । म धकाउँछु । श्रीकान्तलाई उसको छद्मनाम सोध्ने आँट आउँदैन कतै श्रीकान्त नै होइन उक्त पत्रकार भए के भो त आखिर मैले पनि त छद्मनाम नै प्रयोग गरेकी छु उसले कसरी थाहा पाउँछ र ?
एउटा चर्को भाषण सुरु हुन्छ । हाम्रो ध्यान भाषणले तान्छ । म उसलाई त्यति चासो नदिएको नाटक गर्छु । म नाटकमा सफल हुने प्रयास गरिरहेको हुन्छु । घरीघरी म मेलका वाक्यहरूमा अल्झन्छु -
"प्रत्येक दिन म तपाईँको रचनाको प्रतीक्षामा हुन्छु । रचना आउन केही दिन ढिला भयो भने मलाई छटपटी बढ्छ । त्यस छटपटीलाई म शब्दमा बदल्न सक्तिनँ ।"
ऊ प्रायजसो छोटा मेल पठाउने गर्छ ।
‘तपाईँहरू जस्ता पाठकले नै मेरो लेखनशक्तिलाई बढाइदिएको छ ।'
"तपाईँ अहिले के गर्दै हुनुहुन्छ ?" उसको वाक्यले म यथार्थमा पछारिन्छु ।
"तपाईँसँग गफ गर्दै छु ।" म हल्का जबाफ दिन्छु । कतै मेरो मुखबाट पत्रकारलाई मेल गरेको कुरा फुस्कन्छ कि ? म अझ सतर्क हुन्छु ।
भाषण अझ जोसिलो बन्दै जान्छ । आन्दोलनकारीहरू बुरुकबुरुक उफ्रँदै ताली मार्छन् । भाषणले भन्दै छ -
‘राजाले गोलीगट्ठा तयार गरेको छ तर हामी जनताको गोली बोली हो । हामीले चार दिनका लागि भनेर मात्र तयार गरेका थियौँ । तर तेह्रौं दिन बित्दा पनि हाम्रो बोली कसरी जीवित भइरहेछ भन्ने कुरा निरङ्कुश राजाले बुझ्दैनन् । ऊ शक्तिको भरमा टिकिरहन चाहन्छ । ऊ दमनको सास फेर्छ र अत्याचारको भात खाइरहेको छ ।'
भाषणले सबैलाई तताउँछ । हामी पनि उत्तेजित हुँदै ताली बजाउँछौँ ।
"तपाईँ कतिको लेखहरू पढ्नुहुन्छ ?" उसले मेरो ध्यान मोड्दै सोध्छ ।
"पढ्छु राम्रा लेखहरू, पत्रकारमध्ये सन्देशका लेखहरू खूब चाख दिएर पढ्छु ।" उसको छद्मनाम सोध्ने अझै पनि ममा साहस छैन । त्यसैले चोरसंवाद गर्दै छु ।
"म भोलि नै काठमाडौँ फर्कँदै छु ।" ऊ सानो जानकारी दिन्छ ।
"ए किन यति चाँडै ?"
"हिजो यहाँ पत्रकारमाथि भएको दमन र कुटपिटका लागि काठमाडौँबाट मानवअधिकार अनुगमनटोलीमा आएको थिएँ । त्यसैले रिपोर्ट लिएर फर्किहाल्नुपर्छ । म आफू विगत र वर्तमानको अनुगमनमा तल्लिन छु । ऊ हाई स्कुल पढ्दा कत्ति नपत्याउँदो केटो थियो । अहिले ऊ राष्ट्रिय स्तरको लेखक, पत्रकार, र मानवअधिकार वादी भइसकेको छ । जे भए पनि आफूसँगै पढेको साथीलाई राष्ट्रिय स्तरको व्यक्तित्वको रूपमा चिन्न पाउँदा म पुलकित हुन्छु । अर्को एउटा साथीले उसलाई ‘सन्देशजी' भनेर बोलाएर लिएर जान्छ ।
सम्भावित शब्द सत्यमा प्रमाणित भएको सुनेर म रोमाञ्चित र लज्जित हुन पुग्छु । ऊ गएको विवश आँखाले हेर्छु । वातावरण रमाइलो लाग्छ । सूर्यका किरणहरूलाई लुकाउँदै बादल पानी झार्न तयार देख्छु । गर्मीको महिना तराईको परिवेश भए पनि मौसम रमणीय लाग्छ । अब मेरा आँखाको पालो आउँछ उसलाई पछ्याउने । यो समय नबिते हुन्थ्यो, नहराए हुन्थ्यो जस्तोलाग्छ । ऊ केही पर साथीहरूसँग गफ गर्दै छ । आफूलाई मनपर्ने लेखकलाई यति नजिकबाट फेरि साथीको रूपमा चिन्न पाउँदा म हर्षित हुन्छु । फेरि नजिकिने लालसाले म एकोहोरिन्छु । उसलाई बोलाउन चाहन्छु तर मेलका वाक्यहरूमा अल्झिन्छु- ‘कतै हाम्रो भेट भयो भने हामी अपरिचित हुन्छौँ होला हैन ? सायद तपाइँको वास्तविक नाम मलाई थाहा नहुन सक्छ र मेरो वास्तविक नाम तपाईँलाई थाहा नहुन सक्छ । तर त्यो अनिश्चितताले एउटा नौलो अनुभूति दिन्छ । किनभने म त्यही अपरिचिततामा बाँच्न चाहन्छु । हामी आँखामा मात्र विश्वास गर्छौँ त्यसैले हामी दोष र गुण छुट्ट्याउन विवश हुन्छौँ । जसले हाम्रो सम्बन्धलाई टुक्‌र्याइदिन्छ । अनि म मीठो अनुभूतिबाट सधैं टाढा हुन विवश हुन्छु ।'
एक्कासि पुलिसको लाठी मेरो टाउकामा बजारिँदा म ब्युझन्छु। म भाग्न असफल प्रयासमा छु । पुलिसको लाठी मेरो टाउकोमा बज्रन खोज्दै छ । अचानक कसैले लाठी समात्छ । म बेहोस हुन्छु ।
होस आउँदा म नर्सिङ होममा हुन्छु । आफन्तहरू छेउमा बसेका छन् । उनीहरू कुनै पत्रकारले फोन गरेर जानकारी दिएका कुरा गर्दै छन् । अनि पर्स र डायरी पनि उही पत्रकारले जिम्मा लगाएको कुरा बताउँछन् । पत्रकार भन्नेबित्तिकै श्रीकान्तको खोजीमा आँखा दौडाउँछु । निराश हुन्छु ।
म केही दिनपछि डिस्चार्ज हुन्छु । समय बिताउन मेल हेर्छु - ‘कुमुदिनी, स्वास्थ्य कस्तो छ ? भगवान्का कृपाले अब हामीलाई कहिल्यै भेट नगराइदिऊन् ।'
मेलका शब्दले म सन्तुष्ट हुन्छु । झ्यालबाट बाहिर हेर्छु लोकतन्त्र आइसकेको छ । कुहिरो फाटेर आकाश सफा र स्वच्छ भएझैँ लाग्छ । कागहरू निर्दिष्ट बाटो हिँडिरहेका छन् ।
sakhada4@yahoo.com
एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीमा अहिले आन्तरिक रुपमा जति वैचारिक मदभेदहरु भएता पनि सर्वसाधारणले बुझ्ने गरि विशेषत तिन थरि समुह सतहमा देखिन्छ। एउटै पार्टी भित्र गोलबद्द भएकोले सम्भवत सबैको लक्ष्य एउटै होला भन्ने जन विश्वास छ तर लक्ष्यमा पुग्ने बाटोको चयन गर्ने सम्बन्धमा भने गम्भिर अन्तरविरोध देखिन्छ।
तिन थरि समुह मध्ये पहिलो समुह आफुलाई कम्युनिष्ट सिद्धान्त निष्ठ थान्छ। यो समुहको बुझाईमा मार्क्स भनेका देवता हुन र मार्क्सवाद देववाणी हो जो अपरिवर्तनिय छ। यसका लागि मार्क्सले डेढ सय बर्ष अगि सारेको दर्शन अकाट्य छ, कुनै काँटछाँट आबश्यक छैन। मार्क्सवाद जन्मँदाको राजनितिक, सामाजिक पृष्ठभुमि खासै परिवर्तन नभएको देख्छ यो समुह। यसले वर्तमान विश्व परिवेश, सुचना प्रविधिको विकाश र मानविय चेतनाको वर्तमान अवस्थालाई खासै साम्यवाद उन्मुख देख्दैन। यो समुहको बुझाई सिमेन्टेड छ। मार्क्सवाद भन्दा फरक दर्शनको अध्ययन यसको लागी गम्भिर त्रुटिको विषय हो। जीवन र जगतको बहुआयामिक पक्षहरुलाई सिर्फ एकतर्फी तरिकाले बुझ्ने र बुझाउने यसलाई  ‘सैद्धान्तिक बन्धक' समुह भन्दा हुन्छ। माओवादी पार्टी भित्र यो समुह अहिले बोलवालाको अवस्थामा नै छ तर जिवनको बहुआयामिक पक्षलाई बुझ्न चाहने बौद्धिक समाज यो समुह प्रति त्यति आबद्ध छैन साथै सर्वसाधारण कार्यकर्ताहरुमा बुझाईको क्षितिज बढ्दै जाँदा तथा वैचारिक द्धन्दात्मकताले निर्वाद रुपमा प्रश्रय पाऊँदा यो समुहको बोलवाला क्रमश घटने देखिन्छ। जे होस यहाँ जीवन शैलि भड्काव पाराको नभई सरल स्वभाबको छ। राष्ट्रियता यथार्थ भन्दा भावनात्मक बढि हो भन्ने यो समुहको नेतृत्वकर्तालाई राम्रो सँग थाहा छ  तर यो कुरा उ आफ्ना समर्थकहरुलाई बुझाउन चाँहदैन। सर्वसाधारण जनताहरु माओवादी प्रति आवद्ध भएको नेपालको पछौटे आर्थिक अवस्था नै हो भन्ने कुरा यो बुझ्दछ तर आर्थिक मुद्दालाई ओझेलमा पारेर राष्ट्रियताको ईमोशनल नारा दिनमात्र यो समुह सक्रिय छ। सुदुर भविश्यको सुन्दर सपना बाँढेर हाललाई बनाउनेमा भन्दा भत्काउने, हान्ने तथा विरोधी सिध्याउने आदि कुराहरु यो समुहमा प्रधान अर्न्तक्रियाका विषयहरु हुन्। प्रतक्षरुपमा नै यो समुहको प्रतिनिधित्व मोहन वैद्द किरणले गरेका छन्।
दोश्रो समुह जो माओवादीको प्रमुख नेतृत्वमा छ यसको निष्ठा र बुझाईमा अलमल देखिन्छ। सैद्धान्तिक हिसाबले यो कहिले यता कहिले उताको अवस्थामा छ। नेतृत्वमा रहिरहन सफल यो समुह हेर्दा पुल जस्तो देखिन्छ तर खासमा अहिले यो ‘ताक परे तिवारी नत्र गोतामे' को अवस्थामा छ। व्यबस्थापकिय कुसलता अन्यको दाँजोमा बढि हुनु यो समुहको प्रमुख खुबि हो। पहिलो र तेश्रो पक्ष बिचमा आफुलाई सदैव अगि राख्न यो समुह हालसम्म सफल छ। पहिलो समुहको अगाडि पर्दा यो आफुलाई सिद्धान्तनिष्ठ क्रान्तिकारी देखाउन खोज्छ तथा तेश्रो समुहको अगाडी पर्दा आफुलाई उदार लोकतन्त्रवादी देखाउन खोज्छ। यो समुहको जीवन शैलिमा भड्कावभाव बढ्दै गएको आवाश हुनथालेको छ र कता कता अवसरवाद यो भित्र छ भन्ने अड्कल हुन थालेको छ। यसभित्र सिद्धान्त र निष्ठामा स्खलन हुन थालेको भान कार्यकर्तामा बढन थालेको छ। हाल माओवादीमा प्रमुख रुपमा बोलवालाको अवस्थामा यहि छ। अवसर खोज्दै माओवादीमा पुगेकाहरु प्रमुख रुपमा यो भित्र नै आवद्ध छन्। हाल बल यहि समुहको कोर्टमा भएकोले पहिलो तथा तेश्रो समुह मध्ये कसलाई बलियो बनाउने यसको हातमा छ। कार्यकर्ताहरुको सेन्टिमेन्ट क्याच गर्न माहिर यो समुह भत्काउने र बनाउनेको दोसाँधमा छ। यसको नेतृत्वकर्ता सांकेतिक रुपमा स्वयं पार्टी अध्क्षय पुष्पकमल दाहाल प्रचण्ड नै देखिन्छन्। यहाँ सैद्धान्तिक दर्शन अध्ययन गर्ने कम्युनिष्ट शैलिमा अल्छिपना बढेको अनुभव हुन्छ।
अर्को समुह, जो मार्क्सवादलाई आधुनिक सिर्जनात्मक हिसाबले बुझ्न चाहन्छ, जीवनको बहुआयामिक पक्षहरुसँग अन्तरसम्बन्ध राखी अगाडी बढाउन चाहन्छ तेश्रो समुह भित्र पर्दछ। यो समुहको जीवन शैलिमा सरलता छ, अनुशासित छ, वैचारिक तिश्णतामा अगाडि छ।  यसले समाज विकाशको आधार मार्क्सवादलाई मान्दछ तर विचारमा बन्धक छैन र यो मार्क्सवादको वैज्ञानिक प्रयोग गरि समाजलाई अगाडि बढाउन चाहन्छ। माओवादी भित्र अब्बल सोचको धनि यहि समुहलाई मान्नुपर्दछ। माओवादी जनयुद्धकालको अन्तिम समयको पिडा यसलाई राम्रोसँग वोध छ। जनमुखि आर्थिक विकासले नै समग्र राष्ट्र, राष्ट्रियता र जनवादको प्रश्नहरुलाई हल गर्न सक्छ भन्ने यो समुहको व्यापक बुझाई छ। मार्क्सवाद जन्मँदाको राजनितिक, सामाजिक पृष्ठभुमि भन्दा हाल धेरै नै फरक परिवेश छ भन्ने यो ठान्दछ, परिवर्तनलाई आत्मसाथ नगरि बढ्न खोज्दा झन् ठुलो विपत्ति आईलाग्छ भन्ने यसलाई थाहा छ । जनमानसमा माओवादी प्रति आकर्षण बढ्नु आर्थिक विकाशको आकाङक्षा नै प्रमुख हो भन्ने यो बुझ्दछ। कार्यकर्ता माझ आफ्नो विचार स्पष्ट ढंगले पुर्‌याउन नसक्नु यो समुहको प्रमुख कमजोरी हो। माओवादी पार्टी भित्र बौद्धिक बर्गको यो समुहमा बढि झुकाव छ। तिन समुह मध्ये बढि व्यवहारिक र वैज्ञानिक यहि समुहलाई मान्नुपर्दछ। उदार लोकतान्त्रिक शैलिबाट साम्यवाद उन्मुख युरोपेली समाज यो समुहले राम्रोसँग अध्ययन गरेको छ। हाललाई पार्टीमा बोलवाला कम भएपनि विस्तारै जनमत यसै समुह तर्फ बढने सहज अनुमान लगाउन सकिन्छ। यो समुहको नेतृत्वकर्ता डा. बाबुराम भट्टराई हुन् जो वैचारिक हिसाबले प्रखर र अत्यन्त अध्ययनशिल नेतामा गनिन्छन्। उनि पार्टीभित्र र बाहिरबाट पनि सम्मानित नेताको हिसाबमा सबैभन्दा अगाडि छन्। नेपालको राजनितिक आकाशमा सम्भबत वि. पि. कोइराला पछिको सबैभन्दा गहन र मौलिक विचारकको हिसाबले डा भट्टराईलाई नै मान्नुपर्दछ।
- दिनेश चन्द्र पन्थी
dineshpanthy@gmail.com
आकाशको तुलना गर्न सकिन्न
त्यो भन्दा ठूलो छ मन
प्रकाशको पछि लागेर उछिन्ने केही छैन
छ भने मानिसको मन ।
सुपर सोनिक जहाज बने
त्यो भन्दा छिटो उड्छ मन
चन्द्रमामा मानिस पुग्नु अघि
मंगलमा पुगिसकेथ्यो मन ।
मनलाई मनले टक्कर दिन्छ
दुई मध्ये एक हार्छ मन
मनलाई नै अधिनमा राख्न नसक्नेको
कति अपवित्र होला मन ।
मनले बाँच्छ बाचा-कशम
मनले नै सदाको लागि तोड्दछ
प्रेम गर्न आतुर हुने मन नै हो
वितेका यथार्थ नहेरि भाग्दछ ।
मनले नै सद्गुणी वचन बोल्छ
आमाचकारी गाली गर्ने पनि त्यही हो ।
अणुको आकार नापयो
समुद्रको गहिराई पिन
तर आजसम्म नाप्न सकिएन
कति ठूलो छ मान्छेको मन ।
आज बिहानै देखी इन्द्रा को घरमा चाहलपहल छ । हिजो अस्तिको भन्दा आज बेग्लै किसिमको रौनक छाएको छ । इन्द्रालाई बर पक्षकाहरु हेर्न आउदै छन् । दिनको १२:३० तोकिएको छ भेटघाट कार्यक्रम । १२ बजिसक्यो ! अब आधा घण्टा मात्रै बाकि छ । घरका सदस्यहरु पाहुना पक्ष लाइ स्वागत गर्न तम्तयार छन् । सबैको आखामा खुशीका साथ् एक किसिमको त्रास पनि छाएको छ । निर्मलाको निरस बर्तमान झैँ इन्द्राको जिबन पनि त्यस्तै भैदियो भने ?--- बर पक्षले हेरेर न स्विकारी दिदा इन्द्राकी फुपू निर्मला बुढी कन्या भएर बस्नुपर्यो माइतीमा । २-३ ठाउ बाट हेर्न आउनेहरुले देखाउने गरेको खोट निर्मलाको 'उचाई' थियो । बर भन्दा अग्ली भएकीले नसुहाउने भन्दै अस्विकार गरेका थिए । आफ्नो जिबन भन्दा बढी परिवारको इज्जतलाई मूल्यवान सम्झने आदर्श स्बभाबकि निर्मला त्यसपछि माइतीमा नै जिबन बिताउदै बसिन् ।
छोरीको जन्म हारेको कर्म सोच्ने पुरुष प्रधान समाजका पात्रहरु मध्यका थिए इन्द्राको परिबार पनि । निर्मलाको जिबनलाइ हारेको
कर्म सम्झी चित्त बुझाइ बसेका इन्द्राको परिवारलाई कतै इन्द्राको जिबन निर्मलाको झैँ अपूर्ण निराश हुने त होइन भन्ने एक किसिमको त्रास हुनु स्बभाबिकै थियो । 'यहि पहिलो भेटमा नै बर पक्षकाले स्विकार गरिदिउन् इन्द्रालाई !' , इन्द्राकी आमाले भगवानलाई भाकल गरिरहेकी थिइन् मनमनै ।
न होची न अग्ली बर्ण श्यामल २३-२४ बर्षकी इन्द्राको रुपको बखान गर्ने हो भने यत्ति चै सजिलै भन्न सकिन्छ उस्मा पर्ने हर सौन्दर्य पारखी नजर एकैछिन उसैमा बिश्राम लिन्थ्यियो । लाम्चो अनुहार , चिटिक्क मिलेको नाक , हास्दा अर्ध चन्द्र मा झैँ देखिने हिस्सी परेको ओठ , थोरै घुम्रिएको लामो केश ।
अनी आँखा ?
बस ! , थोरै खोट लगाउने ठाउँ थियो भने त्यै आँखा मै थियो त्यो पनि खोट लगाउन कै लागि जन्मेकाहरुको लागि भन्दा फरक नपर्ला । उस्को आँखा नदेखिने ( गौण सँग हेर्दा मात्रै छुट्त्याउन सकिने ) डेणो भए पनि तारिफ गर्नेहरुले भन्ने गरेका वाक्यहरु यही हुन्थे ' बदामी आँखा थोरै डेणो हुँदा झन कत्ती माया लाग्दी देखिने ! भगवानले मोहनि नयन दिएछन यस्लाई ! '
अनि घरपरिबारकाले गाली गर्दा या जिस्क्याउदा भन्ने नाम थियो ' डेणि ' । कसैले डेणि भनिदिए पछी उस्को रिस नाकको टुप्पो मा आएर बस्थ्यो ! उस्का नाकका पोहरा फुल्थे ! रिसले ओठ थर्थरिन्थियो अनी उ रिसलाई नियन्त्रण गर्न ओठ्को दाहिने कुना खुम्च्याउथि र एकोहोरो हेर्थी डेणि भन्नेलाई , त्यो बेला उ साच्चैको डेणी झै देखिन्थी । एकोहोरो रिसालु हेराइले उस्का आँखा केही डेणा बन्थे ! झड्याङ्ग रिसाउने स्बभाबकि इन्द्राको गुनको बखान गर्ने हो भने मनमा लागेको कुरा निर्धक्क भन्ने फरासिली , अन्याय नसहने निडर स्बाभिमानी , सके सम्म अरुलाई आफ्नो बोली व्यबहारले नपिराउने सचेत स्बभाबकी थिई । सबैकी प्यारि थिई इन्द्रा । निर्मला फूपू को त झनै प्यारि भदैनी थिई । आफ्नै हातले हुर्काएकी थिई निर्मलाले भदैनी इन्द्रालाई । आज बरपक्षकाहरु हेर्न आउने दिन , बुइगलमा इन्द्रा फूपू को साथ मा छे साज - सज्जाको लागि ।
तल बाट इन्द्राकी आमाले बोलाइन ' निर्मला नानी ! ( नन्द लाई नानी भन्ने चलन पनि हुन्छ )
' हजुर भाउजु ! ' बुइगल बाट तल आइन निर्मला ।
' नानी ! अब इन्द्रालाई ल्याउनु परो ! उता बाट आइपुग्ने बेला भो नानी ! चिया - किस्ती इन्द्राले बोकी ल्याउनु पर्छ । '
' हबस भाउजु '
निर्मला इन्द्रालाई लिएर किचन मा गइन ।
करिब एक बज्नै लाग्दा बर पक्षकाहरु आइपुगे ।
नमस्ते आदान प्रदान संगै भलाकुसारी भइरहेको छ बैठकमा । इन्द्राकी आमा ईन्द्रलाई बोलाउन किचनतर्फ लाग्दै थिइन् उता बाट फूपू र इन्द्रा संगै आईपुगे चिया किस्ती बोकेर । इन्द्राको सौन्दर्य बिहानिपखको फूल झैँ खुलेको थियो सेतो कुर्ता सुरुबाल र मेहेन्दी हरियो सल मा । दाँया - बाँया गालामा बेपर्बाह झरिरहेका केही केश राशी र आखी भौ बिचको सानो गुलाबी टिकाले थप् मिठो आभा छरिरहेकोथियो । इन्द्रालाई बर पक्ष का ले मन पराए । इन्द्राको परिवार छोरीलाई हेर्न बर पक्षले सहर्ष स्विकार गरेकोमा अत्यन्तै खुशी भए । छोरीलाई र आफूहरु लाई भाग्यमानी सम्झिए । इन्द्रा पनि खुशी थिईन् । इन्द्राका भाबी श्रीमान कर्ण पनि खुशी थिए । दुबै पढेलेखेका शिछित थिए । दुबै परिवार को आपसी सल्लाह मा विवाह को मिती पनि तोकियो । २०६७ मंसिर २० गते । तीन हप्ता बाँकी थियो विवाह को तयारी पूरा गर्न । समाजमा भई चली आएको चलन अनुसार चल्न ऋण -धन गरेर इन्द्राका परिवार ले सबै तयार गरे ।
आज २०६७ मंसिर २० गते विवाहको दिन ।
इन्द्राको घर ध्बाजा - फूलपाती - तोरणले सजाइएको छ । बर् पक्ष , पाहुना , इस्टमित्र सबैलाई स्बागत सत्कार भईरहेको छ । एक आपसमा नमस्ते आदान - प्रदान चलिरहेको छ । भोज-भतेरका लागि जिम्मा पाएका व्यक्तिहरु यता उता दौड्धूप गरिरहेका छन । पन्डित जि आगनको जग्गे मा दत्तचित्त तयारी गर्दै छन । अब बर बधु लाई जग्गे मा बोलाइने बेला हुँदै छ । यसैबेला माथि बुइगलमा खल्याँग्बल्यंग स्बर सुनियो । माथिबाट इन्द्राकी माइजू अध्यारो मुख बनाउदै इन्द्राको बुवालाई बोलाउन आईन । उनी हत्तारिदै माथि पुगे । तल आगनका पाहुनाहरुमा एक किसिमको स्तब्धता छायो । अघि सम्मको रौनक बातावरण एकैछिनमा चिस्सिन पुगेको थियो । सबै एक अर्काको मुखमा हेर्दै थिए । उता माथि बुइगलमा भने खल्बल को स्बर झन बढ्दै थियो । ' यसरी झुक्याउन पाईदैन ! ' जस्ता शब्द चै तल आगन सम्मै सुनिएको थियो पुरा वाक्य नबुझिने गरी । आगनमा सबैले दुलाहा र उन्का परिवारहरुको मुखमा हेर्न थाले । बातावरण असजिलो हुँदै गैरहेको थियो ।
माथि बाट सबै तल ओर्लिए । दुलहिका बाबुआमा , मामा माइजू , काकाकाकी - दाजुभाउजु सबैको अनुहार मा असन्तुस्टी पोखिएको छर्लङै देखिन्थ्यो ।
' केही समस्या त परेन ? ' पाहुना पक्ष मध्यकाले एकले सोधे । घुम्टोमा ढाकिएकी दुलही जग्गेमा चुपचाप बसीन् । दुलाहा पक्ष का पाहुना मध्यका एकले प्बाक्क मुख फोर्दिहाले , ' के भयो ! अघी माथि यसरी झुक्याउन पाइदैन भन्ने आबाज सुनियो नि ! ' भन्दै दुलही तिर शन्कात्मक नजरले हेर्न थाले । फेरी बिस्तारै खैलाबैला जस्तो भयो बातावरण । कतै रोजिएको बधु को ठाउँ मा अन्य त परेको छैन भन्ने अर्थ मा ति पाहुनाले नजर फ्याकेका थिए दुलही माथि । उता बुइगलमा इन्द्राले सबै कुरालाई साम्य पारेकी थिइन जस्मा इन्द्राकी फूपूले पनि चर्को साथ दिएकी थिइन इन्द्रालाई , र उनिहरु तल आगनमा आएका थिए तर बर् पक्ष मध्यका एकले आगोमा मट्तितेल खनाइ दिए !
इन्द्राको काका बम्किए ' झुक्याउन त हजुरहरु ले झुक्याउनु भो नि ! नसक्ने भए बरु पहील्यै भन्नु पर्थ्यो ! किन भारिका भारी बजारिया गहना ( सुन को जलप लगाइएको नक्कली गहना ) दिनु पर्थ्यो छोरीलाई ! हाम्ले त दाईजोको कुनै पनि बस्तु नक्कली बनाएका छैनौ । '
अघी बुइगल मा खल्याङ्बल्याङ भएको कारण अब बल्ल छताछुल्ल्ल भयो । दुलहा पक्षका नातेदार लाजले मरे तुल्य भए ।
' हाम्रो यत्रो अपमान !!! खुट्टा भए जुत्ता जती नि पाईन्छन ! ' दुलाहा पक्ष का एक जना बुढो मान्छेले रोष ओकले ।
' ऐल्यै यस्तरी झुक्याउने ले भोली के गर्लान भन्ने हाम्रो पनि चिन्ता हो ! ' दुलहिकी काकी पनि उसै गरी चिच्याइन ।
यही कुरालाई बुइगलमा इन्द्राले साम्य पारिसकेकी थिइन तर पुन : बिस्फोट भयो जग्गेमा आइपुग्दा । दुई पक्ष बिच चर्काचर्की शुरु भयो । विवाहको रमाइलो बातावरण नराम्ररी भत्कियो । जग्गे मा बसिरहेकी इन्द्रा जुरुक्क उठिन् जग्गे बाट । उनी चिच्याइन ' चुप लाग्नोस हजुरहरु !!! ' एकाएक सबको बिस्मित नजर इन्द्रा माथि पछारिन पुगे । इन्द्रा जग्गे देखी बाहिर को घेरामा उभिएर शरीर मा लगाइेको शिरबिन्दू , नेक्लेस , सिक्री - लकेट , बालाचुरी ,औठी आदी एक-एक गर्दै फुकाल्दै टपरी मा थुपार्न थालिन् । सब ट्वाल्ल परेर उन्लाई हेर्न थाले । अग्नी होम गर्ने चम्चाले जग्गेको माटो र कुश को त्यान्त्द्रा लाई दाहिने हातमा राखीन् , त्यस पछी भाबी श्रीमान कर्ण तिर हेर्दै बोलिन , ' मलाई गहना पनि चहिदैन । यि दाईजो पनि चाहिदैन । हजुर ले यै माटोले सिउदो भर्दिनुस् ! यै कुश को औठी लगाइ मलाई मात्रै स्बिकार्नुस् ! '
कर्ण अकमक्क पर्‍यो । उ बुवा- काका - दाजु हरु को अनुहार मा हेर्न थालयो । उनिहरु को आँखामा स्बिकारोक्ती को लेश थिएन । अब स्थिती असहमती मोड तिर फर्किएको थियो । यस्तो विषम परिस्थिती मा आफूलाई साथ दिन नसकेको देख्दा आफ्नो जिबन साथी हुन गइरहेको भाबी श्रीमानको आत्मिक तौल हत्केला भरिको माटो र दुई त्यान्द्रा कुश बराबर महशुस हुन पुग्यो इन्द्रालाई । आफू जान्ने बुझ्ने भए देखीन् फूपूको जिबन जिबन्त पढ्दै आरहेकी इन्द्राले अकस्तमान गम्भिर निर्णय लिदै परिस्थिती सँग भिड्न मन दर्हो गरी तयार भईन र बर पक्षकाहरुलाई हेर्दै चूनौतिपूर्ण आबाजमा बोलिन , ' मलाई ! मात्रै मलाई ! मेरो आत्मालाई स्बिकार्ने कोही हुनुहुन्छ ? ( उस्ले माटो र कुश लिएको हात अघी बढाउदै बोली )
सियो खसे पनि सुन्न सकिने जस्तो भयो बातावरण । मुर्दा शान्ती ले भरिएको बातावरण बाट निराश हुन पुगेकी इन्द्रा माटो र कुश हातबाट जसै तल झार्न खोज्दै थिइन विवाह को हुल बाट एकको स्बर सुनियो ' यदी ----'
वाक्य पुरा हुन पाएको थिएन सबै पछाडि फर्केर हेर्न थाले आबाज आए तिर ।
' यदी तपाईंले स्बिकार गर्नु हुन्छ भने म तयार छु तपाईं जस्तो आत्माबिस्बासी नारीलाई जिबन साथी बनाउन ' ।
उ केही अघी बढ्यो र इन्द्राको अगाडि आईपुग्यो ।
' शायद मैले खोजिरहेको आत्मस्बभिमानी जिबन साथी तपाईं जस्तै हुनुपर्छ ! तपाईंको साहसिक सोचलाई सलाम छ मेरो ! ,
सोच जिबन रथ को इन्जिन हो । साहसी सोच बिचार भएको ब्यक्ती सँग जिबन रथ अगाडि बढाउन सहज हुन्छ । '
उ एक छिन् रोकियो र पुन बोल्यो , ' पेशाले म पत्रकार हुँ । पत्रकार को जिबन संघर्षशील हुन्छ नै । मेरो संघर्षशील जिबन लाई तपाईं स्बिकार्नु हुन्छ भने तपाईं जस्तो नारीलाई जिबन साथी बनाउन पाउनु मा म आफूलाई भाग्यमानी सम्झने छु इन्द्रा जी ! '
इन्द्राले हात अगाडि बढाइन , उस्ले माटो लाई साछी राखी इन्द्राको सिउदो भरिदियो र कुश घुम्राएर औठी स्बरुप लगाइ दियो ।
उस्को नाम ॐ , बर्ष ३३-३४ को हुदो हो । शारिरिक उचाइ कर्ण को तुलनामा केही होचो नै थियो तर उस्को निर्णयक छेमता बलियो र सोच बिचार धरहरा झै अग्लो थियो ।
' माटोको सिन्दुर र कुशको औठी ' इन्द्राको प्रस्तावलाई सहर्ष स्विकारी २१ औ शताब्दीको शिछित सोचको व्यक्तिमा खरो उतारेको थियो आफूलाई .
( कान्तिपुर समाचार २०६७ मंसिर ४ , शनिबार ' सुन ४० हजार नजिक ' पढेकी थिए केही दिन अघी । ओहो ! विवाह को मौसम आउँदै छ , सुन तोलाको ४० हजार ! कत्ति समस्या हुदो हो गरिब - न्यून बर्ग देखि लिएर मध्यम बर्ग नै किन नहोस् आर्थिक समस्या हुने हरु लाइ यत्तिका महँगो सुनको भाउ ले ! फेरी हाम्रो बिबाह आदि कुरामा चाहिने भन्दा बढी देखाउने चलन हुदै आएको छ गर - गहना हरु . अनि यस्सो सोचे एउटा कथा लेख्ने कोशिस गर्नु पर्यो , बिबाह को सिजन छ , समसामयिक पनि हुन्छ भन्ने सोची कथा लेख्ने कोशिस गरे )
उ आज आफ्नै कथा लेखिरहेछ । अरुका कथाव्यथा लेख्दालेख्दै थाकेका हातले आफ्नो कथा लेख्न उसलाई मरुभूमिको पैदल यात्रा जस्तो भएको छ । उसको मस्तिष्कमा तिक्तता र मनमा रिक्तता छाइसकेको छ । मन, मस्तिष्क दुबै एक प्रकारले मरुभूमि जस्तै भएको छ । उ बाँचेको छ, हारेर ! उ हाँसेको छ, रोएर !
उ मान्छेभित्र मान्छे निरन्तर खोजिरहेछ ।
उ सबैलाई मान्छे देख्छ तर कसैलाई मान्छे भेट्दैन । उ सोच्छ- यो मेरो दृष्टि भ्रम हो !
उ मान्छे पढ्छ तर मान्छे बुझ्दैन । उ सोच्छ- यो मेरो अज्ञानता हो !
उ मान्छे बोल्छ तर मान्छे, मान्छे बोल्दैन । उ सोच्छ- यो मेरो मुर्खता हो !
उ मान्छेलाई सबैभन्दा ठूलो मित्रु ठान्छ तर मान्छेलाई नै सबैभन्दा ठूलो शत्रु देख्छ । उ ठान्छ- यो मेरो पुर्वाग्रह हो !
उ मान्छेलाई सबैभन्दा नजिकको ठान्छ तर मान्छेसँग नै सबै भन्दा बढी त्रसित छ । उ सोच्छ- यो मेरो कायरता हो !
मान्छे, मान्छेको यो संसारमा न त उ मान्छे भेट्छ, न त उ मान्छे देख्छ, न त उ मान्छे बुझ्न सक्छ, न त उ मान्छे बोलेको
सुन्छ !
अब उ आफूसँग आफैं सशंकित हुन्छ - "मान्छे के हो, जड हो कि चेतना ? अस्तित्व हो कि शून्य ?"
"म के हुँ ?"
उसको विचारमा संसार उल्टो हुदैछ । त्यसैले उ उल्टो विचारलाई सुल्टो ठान्न थालेको छ, सुल्टोलाई उल्टो । उ सुल्टोभित्र उल्टो र उल्टोभित्र सुल्टो देखिरहेछ, सुनिरहेछ, पढिरहेछ, बुझिरहेछ । उ उल्टो देशमा सुल्टो मान्छे् भएर बाँचेको छ ।
उसको मस्तिष्कमा उल्काका भुल्काहरु फुल्न थाल्छन् ।
"मेरो मस्तिष्क घुमेको हो कि यो संसार उल्टो घुमेको हो । यहाँ पक्कै केही घुमिरहेको छ । मेरो वरिपरि केही घुमिरहेको छ अथवा अरु कुनै बस्तुका वरिपरी म घुमिरहेको छु !" यस्तै सोचाइमा उ निमग्न छ ।
आकाशलाई धरती देख्न थालेको छ, धरतीलाई आकाश ! उ सोच्छ- "यो पनि भ्रम हो । म भ्रमको उपज हुँ वा म भित्रको उपज भ्रम हो" उ वास्तविकता खोज्न थाल्छ ।
यो धरती बिब्ल्याँटो देख्छ । धरतीका मान्छे यस्ता थिएनन् मान्छे जस्ता थिए । सुल्टो धरतीका मान्छे सुल्टा थिए । मान्छे किन उल्टा हुदैछन्
"के यी मान्छे मान्छेका नयाँ अवतार हुन् ?" आफैलाई प्रश्न गर्छ । उ शास्त्र सम्झन्छ- शास्त्रले मान्छेको पूनर्जन्म स्वीकारेको छ, अवतार स्वीकारेको छैन । मान्छे ईश्वर हैन । ईश्वरको अवतार मान्छे हैन । यदि मान्छे आफू ईश्वर भएको घोषणा गर्छ भने त्यो मान्छे मरिसकेको छ, अर्को जन्मन बाँकी छ ! अर्थात ईश्वर फेरि जन्मेका छैनन् !
उ मान्छेलाई विज्ञान र नांगो आधुनिकतासँग जोड्छ । रिमिक्स, रसायन र अणुपरमाणुसँग जोड्छ । बारुद, बन्दुक र गन्धकहरुसँग जॊड्छ ।
बन्दुका आँखा मान्छेका जस्ता देख्छ । बमका अनुहार मान्छेसँग मिलेको देख्छ । बारुद र गन्धकका गन्धहरु मान्छेको सास जस्तो लाग्छ । रसायनमा मान्छेको रंग देख्छ । अणुपरमाणुमा मान्छेको अंश पाउँछ । सम्पूर्ण मान्छे रिमिक्स जस्तो लाग्छ । आधुनिक मान्छे !
उसले एउटा आधुनिक निष्कर्ष निकाल्छ- त्यसलाई उ उत्तरआधुनिक निष्कर्ष भन्छ । उत्तरआधुनिकाताको अर्थ खोज्छ- पाउँदैन, परिभाषा खोज्छ- पाउँदैन । कहीँ कतै पाउँदैन ।
सबै कुरामा उत्तर आधुनिकता छ तर कहीँ, कतै, केही छैन ।
अर्को निष्कर्षमा पुग्छ- "उत्तर आधुनिकता हावाले हावासँग बहस गरेको विषय हो । यो बेहोसीहरुको बहस हो । दिशा विहिन बहस हो !"
उ डराउँछ- म यो संसार विरुद्ध जादैछु । संसार उत्तरआधुनिक भै सकेको छ । यो संसार विरुद्ध एक्लो म कसरी लड्न सक्छु ? तर हार्न सजिलो छ । उसमा साहस आउँछ ।
उ उत्तर आधुनिक साहित्य खोतल्न थाल्छ । कविताहरु पढ्छ - शरीरमाथि शरीर थुपारेर आफ्नै शरीरको भारले थिचिएर हलचलहिन भएर बसेको अजिंगर जस्तो लाग्छन् कविताहरु । शब्दमाथि शब्द थुपारेर शीर पुच्छर हराएको शब्दको थुप्रो !" शब्दको बोझले थिचिएर निस्सासिएका कविताहरुप्रति सहानुभूति व्यक्त गर्छ !
कथाहरु पढ्छ - यस्तै कथाहरु भेट्छ उसका जस्तै ! उ सोच्छ- "उत्तर आधुनिकता सबैमाथि चढिसेको छ । संसार, समाज, मान्छे, बिषय, बस्तु सबै उत्तर आधुनिक !"
उसको अन्तिम निष्कर्ष छ- "उत्तर आधुनिकताभित्र सबै कुरा छ तर केही छैन ।"
सबै उल्टो भैसकेको छ, पृथ्वी आकाश जस्तो आकाश पृथ्वी जस्तो शून्य ! उल्टो-बिब्ल्याँटो !
रुप बिगारेर कुरुप बनाउनु, स्वरुप बिगारेर बिरुप बनाउनु उत्तरआधुनिकताको विशेषता ठान्छ- समकालीन मान्छेहरु जस्तै । मान्छे रहित मान्छे जस्तै । मान्छेभित्र मान्छे नभएका मान्छे जस्तै । मान्छे जस्ता देखिने मान्छे जस्तै !
उत्तरआधुनिकताको संयोजन हो मान्छे, विनियोजन हो मान्छे ! मान्छे मान्छेको नयाँ अवतार हैन- नयाँ संस्करण मात्र हो अहिलेको मान्छे ! उत्तर आधुनिक मान्छे ! यस्तै ठान्छ ।
फेरी भ्रममा डुब्छ । सोच्छ- "तर पनि मान्छे मान्छे हो । मान्छेभित्र मान्छे हुनु पर्ने किन छैन ? मान्छे किन खोक्रो छ ? के मान्छे मान्छेको बोक्रो मात्र हो ? मान्छेमा जीवन छ, तर जीवत्व किन छैन ? जिन्दगी छ, तर जीवनक्रम किन छैन ? जिजीविषा छ, तर जिज्ञासा किन छैन ?"
मान्छे खोजीको नियात्रा पनि जीवनको एउटा लडाइँ हो । आफू यो लडाइँमा पनि हारेको स्वीकार्छ । मान्छेलाई मान्छे देख्न नसक्नु पनि आफैमा एउटा हार हो !
उसलाई थाह छ कुनै पनि युद्ध जित्न सजिलो छैन । तर हार्ने युद्ध नै सबैभन्दा सजिलै जितिने युद्ध हो । उ पराजयलाई विजय ठान्छ । तर जित पनि एउटा भ्रम हो ! हो, हैन ? हैन, हो ? उसलाई जितप्रति सधैं भ्रम छ ।
हारप्रति विश्वास छ, त्यसैले उ हार स्विकार्छ ।
यो संसार अब मान्छेको संसार हैन । अब यहाँ मान्छेको गाउँ छैन, वस्ती छैन, शहर छैन । मान्छेको जंगल मात्र छ ।
मान्छे बिनाको मान्छेको उपस्थिति मान्छेको जंगल हो ।
उ गभ्मीर भएर सोच्छ- "यहाँ पक्कै भ्रम छ । मान्छे, मान्छे जस्तो देखिएर बाँच्न चाहन्छ तर मान्छे भएर बाँच्न चाहदैन ! यो भ्रम हो ! उत्तरआधुनिक भ्रम ! भ्रमपीडाको शिकार भएर बाँचेका छन् मान्छेको जंगलमा मान्छे !"
उसले आफूलाई खोज्छ- त्यही जंगलमा भेट्छ ! आफैंलाई प्रश्न गर्छ- "के म पनि मान्छे हुँ ?"
(निबन्धकथा)
http://www.nepalimanharu.com/बोस्टन, अमेरिका । नोभेम्बर १७, २०१० ।
मास्टर्स पढ्नेको हालत देखेर दिक्क लाग्यो। भाइ कता छ,मैले कुरा मोडे। उ त बिध्धालय निरीक्षकको ट्युसन पढ्न गएको छ। मैले कुरा नबुझेको हो कि भने दोहोर्याए,ट्युसन की परीक्षा? बहिनी झर्किँदै भन्दैथी, ह्या के को परीक्षा हुने नि,परीक्षाको रुटीन निस्केकै छैन। ट्युसन पढ्न गएको हो,शनिबार शनिबार हुन्छ त्यसको क्लास। भयो त अब? ट्युसन पढेर निखारिएको निरीक्षकले खै के पो निरीक्षण गर्ने हो। मलाई उहिले मामाघरमा क्रिषी निरीक्षणमा आएको जे.टी.एको याद आयो। चौतारीमा बसेर गफको भरमा गाउँका सुन्तलाका बोटको मूल्याङ्कन गरेको थियो।पोहोर साल गाउँका अधिकांश
सुन्तलाका बोट मरेछन्। सबै सुन्तला सखाप अब जे.टी.एलाई चौतारीमा बस्न झन् समय मिल्ने भयो। यी बिध्धालय निरीक्षक पनि त चिया पसलबाट बिध्धालय निरीक्षण गर्दा हुन। त्यसैले सरकारी बिध्धलयको यो हालत भएको। मेरो गाउँ पारी कालिका माबी छ। केही साल पहिले इतिहास भूगोल पढेको विद्यार्थीले फस्ट डिभिजन ल्याएछ। दिनै पिक्षे जुलुस र अबिरजात्रा। बोर्डिङ स्कुलमा फेल हुनेको संख्या जति दुर्लभ छ सरकारी स्कुलमा पास हुनेको संख्या त्यस्तै दुर्लभ छ।
अंकलकी छोरी एस.एल.सी दिँदै छ। त्यसले कस्तो पढ्दै छे,मैले उत्सुकता दर्साएं। ए त्यो त एस.एल.सी होस्टेलमा बसेर पढ्दै छ। एस.एल.सीले कहिले बाट स्कुल खोल्यो हँ? मैले प्रश्न तेर्स्याए। बहिनीले आफ्नो थेगोबाट कुरा सुरू गरी,"ह्या के को एस.एल.सीले खोल्ने नी माटेपानीका रामे अंकलहरूले खोलेका हुन"। ति रामे अंकल आफै एस.एल.सी फेल हुन तिनले खोलेको ट्युसन सेन्टरमा कति पो पास हुने हुन? "फस्ट डिभिजन नआए पैसा फिर्ता रे"। बहिनीले रामे अंकलको ट्युसन सेन्टरको बखान गरी। पहिले देखी नै गेस पेपर किन्ने पैसा मागेर फिल्म हेर्न जान्थे,बिजिनेस स्कील उच्च छ रामे अंकलको,मैले मन मनै गमे।
संविधान बन्यो त,बहिनीलाई सोधौँ की भनेको फेरी २,४ वटा ह्या खाइने डरले कुरो राखिन। समानूपातीक,महिला,आदिवासीजस्ता आकर्षक स्कीम ल्याएर ६०१ जनाको डफ्फा जम्मा भएको ३ बर्ष हुनलाग्यो। संबिधान सभाको नामो निसानो छैन। संविधान बनाउन गार्है रहेछ कि क्या हो।गार्हो पनि किन नहोस,संविधान सभाको गाइड,गेस पेपर कतै छैन। चिट चोराउने भारत हो क्यार,आजकाल माओवादीको भारतसँग पानी बराबर छ। बहिनीसँग को संबादले एउटा आइडिया निस्क्यो,अब एउटा संविधान सभा ट्युसन सेन्टर खोले कसो होला? ६०१ जनालै लौरो लगाएर ट्युसन पढाए छिटै संविधान बन्थ्यो की?
नआऊ सामू यो रात पनि, पिएर बिताउँछु
पारेर छिया  छोडेको मुटु, सिएर बिताउँछु ॥
बेहोसी हुन्छु म तिम्रा सामू, नजरका नशाले
थपिन सक्छ नशामा नशा, लिएर बिताउँछु ॥
उर्लेर आई  ती भेललाई, बगायौ कति  रात
धार हौ तिमी किनार भै म, खिएर बिताउँछु ॥
मान्छेको मन लोभी र पापी, हेर्छु म आफैलाई !
बिर्सन  सबै  ढुंगाको रुप, जिएर  बिताउँछु ॥
पिएर सधैं मातेर बस्छु, ती मात मेट्नलाई
जलेर  आफू ‘प्रकाश' केही, दिएर विताउँछु ॥
http://www.nepalimanharu.com/ डिसेम्बर १९, २०१० ।
' टिरिङ्ग ! टिरिङ्ग !! टिरिङ्ग !!! '
फोनको घन्टी लगातार बजिरहेकोथ्यो । मेरो आँखा खुल्नै सकेन ! मलाई ऐठन परे झै भईरहेको थियो । फोनको घन्टी बज्न छोड्यो । म पुन : निदाए ।
केही बेरमा फेरी उसैगरी फोन आईरह्यो लगातार । बेड संगैको टेबलमा टेबलघडी थियो । हात तन्काएर ताने आँखा नखोलेरै । बल्ल बल्ल आँखा उघारेर हेरे , बिहानको ५ बज्दै थियो !
साधारणतया साँढे सात बजेतिर ब्युझिएर करिब आधा घण्टा जती बेडमा नै अघिल्लो राती तयार गरेका खबर लेखहरुको खेस्रालाई
दोहोर्याइ तेहेर्याइ पढिरहने मेरो बानी थियो । कलमजिबी न परे ! 'पत्रकार ' को कहाँ आफ्नो समय हुन्छ र ! ऊ त सधैं पब्लिक कै लागि कुदिरहनु पर्छ कुदिरहनु पर्छ बेला न कुबेला ---
एकाबिहानै फेरी कुन समाचारको लागि फोन आयो भन्ने सोची फोन उठाए मैले लामो हाई काढ्दै हेल्ल्ल्ल्लो ! भने । उता बाट कानको जाली हल्लिने गरी चर्को आबाज आयो ' आनन्दे ! गूड् मर्निङ ! '
' प्रेम पो रैछ ! ' ' एका ब्यानै ( बिहानै ) के गूड् -- गूड् -- ' मेरो शब्द नै भक्भकियो रिसले !
उस्ले ' आनन्द ! सुन न यार ! -- ' भन्दै थ्यो म जङ्गिए ' मैले तलाई हिजो अस्ती नै भन्या हैन म जगिङ्ग जान्न् भनेर ! ब्यान ब्यानै
उठायो यस्ले ! हिजो रात भर रात भर तैले पनि त रिपोर्ट तयार पारेकै थिस नि ! तलाई थकाई लागेन ?! २-४ दिन पछी स्टार्ड गरे
हुन्न ! ' ऊ चूप थियो ।
मेरो रिस थामिएको थिएन । उस्ले ' आनन्द ! ' भन्दै थ्यो म पुन : उत्तेजित भएर बोले , ' तलाई था छ यो रिपोर्ट ले कुन हंगामा मच्च्याउनेछ पब्लिकमा !? यै आर्टिकल संगै अस्ती अस्ती हाम्ले गरेको मेहेनत राइज हुने छ !  पब्लिक त गणेशमानले भने झै 'भेडा' नै हो यार ! '
यती बोलुन्जेल मेरो रिसको पारा १०८ बाट घटेर ३७ डिग्री मा झरे झै ठन्डा भईसके थियो ।
ऊ ' आनन्द सुन न -- भन्दै थियो उस्को बोलिमा ध्यान नदिएर म क्रमश : बोल्दै गए ' त्यो बिकासे डाडाको मगर दाइले समाज बिकासको लागि गर्नु भएको मेहेनत को बारेमा हाइलाइट गर्न खोज्यो कुरा अगाडि बढ्दैन यार ! २-४ शुभ चिन्तक हरुले 'थ्यान्क्स किप इट अप' भनिदिए ! त्यतिमै सिमित यार ! यस्ता चाहिने खबरहरुलाई अरु थुप्रै मिडियाले पनि फ्लोअप गर्दे त हुन्थ्यो नि यार ! त्यस पछी त्यस्ता असल मगर दाई हरु अझै जन्मिने थे होलान , छायामा परेका पनि देखिने थे होलान ! मिडिया पनि यार ! पिप्ली लाइभ स्ट्याल को छ यार ! खाल्ली पोल्टिक्स कै पछी कुद्ने यार ! anyway ! छोड्दे यो सब ! तैले ब्युझाएर ठीक गरिस ! '
अब भने म एकदम शान्ता तर अधिर भईरहेको थिए । आजको दिनको खबर अप्डेट गर्नको लागि जुन हिजै राती अबेरसम्म तयार गरेका थियौ प्रेम र म भएर ।
पब्लिकलाई उत्तेजनामा ल्याउने गरी मरमसला मा मुछेर भुटेका थियौ खबर लाई । हामीलाई थाहा थियो यो खबर पस्कने बित्तिकै तात्तातो भोजन गर्ने छन पब्लिकले र जिब्रो फट्कार्दै प्रतिकृया आउने छ :
मिठो !
चर्को !
पिरो !
कसैलाई नून कम् पनि होला र भन्ने छन ' अल्नो '
आदी इत्यादी ----
म एक्ससैटिंग भईरहेको थिए , एक्ससैटिंग कै कारण मेरो पेटमा बायु मडारिन थाल्यो । मलाई ट्बाइलेट जानु पर्ने भयो । ' प्रेम ! त फोन राख , म एकछिनमा गर्छु '
उस्ले ' आनन्दे ! --- ' भन्दै थ्यो मैले पुन : बोले ' हैन म फोन गर्दिन यार ! त बरु सिधै अफिसमा आईज । म पनि तू तयार भ र आउछु । हट न्युज अप्डेट गर्दी हालौ यार ! '
मेरो एक्ससैटिंग को पाराले १०८ डिग्री पार गरेको थ्यो ।
' आनन्द !!! ' उस्को स्बर निक्कै चर्कियो बडेमाको सिसमहल झर्याम्म फुट्ला झै !
म झस्किए ।
ऊ बोल्यो , ' आनन्द ! फाल्दे यार हिजो रातिको रिपोर्ट रद्दी टोकारीमा ! त बिहानै उठ्लास र ब्लगमा राख्देलास भनेर फोन गर्या यार ! '
' ह ???!!! ' म तीन चित्त खाएको थिए ।
एक छिन् ऊ पनि चूप म पनि चूप ।
एकछिनको सन्नाटा चिर्दै म बोले , ' किन के भो र ?! '
ऊ बोल्न थाल्यो , ' हिजो क्या हाम्ले जुंगे ब्रोलाई १००० हजार दिदै फोटो लिन प्रमिसन ( अनुमति ) माग्या थेम नि ? '
'अँ अँ ! भन न छिट्टो ! ' म आत्तिएर बोले ।
उस्ले निरन्तरता दिदै बोल्यो , ' त्यै ब्रोले एस् म् एस् पठायो मलाई । ' पत्रकार भाईइहरु ! हिजो तपाईंले खिच्नु भएको फोटो र रिपोर्ट खबरमा नराख्नु होला , यहाँ रात भरिमा अग्राख पलाई सकेको छ । तपाईंहरु कार्टुन बन्नु होला भनेर मैले पैल्यै खबर गर्द्या ---
' मेरो सुस्केरा चुचुरो बाट फेद मा पक्षरिन पुगेको ब्यक्तिको झै आयो ' ओह ! '
प्रेम बोल्दैथ्यो , ' यार आनन्द ! त्यसमा मरमसला पनि धेरै भएकै हो ---
' अब त्यसको ठाउँ मा के राख्ने त ? ' मैले सोच्दै बोले ।
ऊ हास्यो ' हा ! हा ! हा ! हा ! '
' के ?! ' म जङ्गिए ।
' रिल्याक्स म्याट ! कूल डाउन ! अब त्यसको ठाउँ मा बडेमाको " कार्टुन " राख्ने !!! हा! हा! हा! हा!
उस्को हासो मेरा कानका जालिमा अझै थर्किरहेको छ हा ! हा ! हा ! हा !
म त्बाइलेट्मा बस्दै सोचिरहेको छु कस्लाई कार्टुन बनाउ ? पप्ब्लिक लाई कि --- ? ----
सुचना: लेखकको अनुरोधमा ब्लग प्रकाशित पछि केही शब्द हटाइएका छन। यसबाट अप्ठ्यारो पर्नगएमा क्षमाप्रार्थी छौं। - दौंतरी ब्लग
सास फेरेकी हौ,
बाँचेकी भए भनत
कति पटक तिम्रो स्वाभीमानको
कदर भयो?
कति पटक तिम्रो आत्मविश्वासको
अस्तित्व स्विकारियो?!
हरेक बिहान
मिर्मिरेको उज्यालो संगै
तिम्रो चम्किलो दिउँसोको हत्या हुन्छ।
नबुझेर गर्व ठान्छौ त्यस्लाई
तर त्यो मन्द विष
फैलिदै,
जकड्दैछ तिमीलाई!
‘म' को अस्तित्व भुलेर
कसैको शब्दजालमा कसिएकी छ्यौ
एकपटक सोच त
तिम्रा भावनाहरु व्यक्तिगत स्वार्थको लागि
कसरी चूडालिन्छन
कसैको आडम्बर बनेर!
नपत्याए सोध आफै संग
के तिमीले लगानि गरेका तिम्रा सीपहरु
तिम्रो प्रयोजनका लागि भएका छन त?
के अर्ध भोक हुदै चुहाएको तिम्रो पसिना
तिम्रो हत्केला मा नै भरिइन्छ त?
हो त्यसैले म भन्दैछु
तिमी बाँचेकी हैनौ
सास फेरेकी हौ
सास फेर्नु र
बाँच्नुमा
फरक
छ!!
तिम्रो शुद्दता हिउ संग दाजिन्छ
जस्को अस्तित्व
एक धर्को घामले मेटाइदिन्छ
तिम्रो मन पानीको चन्चलता संग जोखिन्छ
जस्को अस्तित्व झुकावतिर तर्किन्छ
पुग्यो अब,
अस्विकार गर ति उपमाहरु
बरु हल्लैहल्लको यो वस्तिमा
प्रतिध्वनित भएको होस तिम्रो आवाज
खण्डहर हुन नपाउदै महलमा
पुजीएको होस तिम्रो अस्मिता
अनि पो बाँचेकी हुन्थ्यौ
अब सास लिनलाई बाँच्न हैन
बाँच्नलाई सास फेरौ !!
तिमी स्वीकार गर या अस्वीकार
त्यो तिम्रो मर्जी,
तर तिमी बाँचेकी हैनौ
सास फेरेकी हौ!!
मात्रै सास फेरेकी !!
काठमान्डू , देशको मुटु र मष्तिष्क दुवै हो , जब यो अस्वस्थ हुन्छ मुलुक दुर्घटनामा पर्छ । अहिले काठमाण्डु जनसंख्याको चाप , भीड र तत्जन्य समस्यामा डुबेको छ । धुँवा, धूलो , यातायातका साधनहरूको अथाह चाप, साँघूरा र नियमबिहीन सडक, सडक पेटीमा जीविकाकाका लागि खोलिएका नाङ्ले र कुम्ले पसल र हजारौँ अराजकताको समष्टि बोकेर पनि निकै व्यस्त, सुस्त र आँफैमा
रमेको पशुपति क्षेत्रको एउटा गँजडी साधु जस्तो देखिन्छ हाम्रो राजधानी शहर अहिले । शरदबाट हिउँद तर्फ प्रवेश गर्दा बिहानी जाडो , हुस्सुको शुरुवाती परिचय, धुलाम्मे परिवेश अनि मान्छेहरूको सर्वत्र कोलाहल बीच यो कुनै मुलुकको राजधानी नभएर एउटा मध्ययुगको भग्नावशेष किल्ला हो कि जस्तो प्रतीत हुन्छ । काठमाण्डु उपत्यकाका तीनवटा पुराना शहरहरूको आधुनिक आवादी वा जनसंख्याको कुनै आधिकारिक आँकडा कतै छैन तर वर्षेनी बनिरहेका घर, अपार्टमेण्ट र आवासगृहको संख्या नै दशौँ हजारमा छ यहाँ । आधिकारिक आँकडा नभए पनि ५ लाख जनसंख्याका लागि बनाइएको उपत्यकाको सीमित पूर्वाधारले अहिले आफ्नो क्षमताभन्दा १० गूणा बढी लगभग ५० लाखलाई थामेर घिस्रेको छ भनिन्छ । यातायातका साधनको कुरा गरी साध्य छैन तर यो यातायाताका साधनहरूको भीडमा माइक्रोबस नामको एउटा साधनलाई भने सबै अग्राधिकारहरू हासिल छन् जस्तो देखिन्छ , मानौँ संघीय राजधानी काठमाण्डुको रैथाने जात यही ‘माइक्रो बस' नै हो । काठमाण्डुमा मात्र लगभग ८ लाख मोटरसाइकल गुड्छन् रे । हुन पनि किन नहोस् राजधानीको भीड छिचोलेर हिँड्ने कुनै चलायमान जीव वा निर्जीव छ भने त्यो यही हो । यही साधनले स्कूल, कलेज र महा वा विश्वविद्यालयका शिक्षकदेखि धेरै जागिरेको जागिरको भरोसा र जीवन बोकेर सडकमा गुडेको छ ।
काठमाण्डूमा पूर्वाधार निर्माणको कुनै योजना र लक्ष्य त केही देखिएनन् , यसको प्रमाण स्वरूप बिगत २० वर्ष देखि लमत्तन सुतिरहेको मेलम्ची परियोजनाको गाथा र कथा हाम्रा अगाडि छँदैछ । एउटा आधुनिक शहरको कुरा त छोडौँ , सामान्य आवश्यकताका सुविधाहरूको व्यवस्थाका कार्यक्रमहरु कतै पाइपलइनमा पनि छैनन् । तर पनि केही ठूलाठुला मल , महल र अग्ला अग्ला आवासग्रृहहरूको निर्माण भैरहेको देखिन्छ , कतिपय चलिसकेका पनि छन् । यो ब्रगेल्ति छरिएको अव्यवस्था र योजना बिहीनताका बीच यस्ता निर्माण र सुविधाहरू अनि यहाँ भीड बन्न पुग्ने मध्यम वर्गदेखि अति धनाढ्यसम्मका सुविधाग्राहीहरूले भने काठमाण्डुको जीवन भित्रको अर्को वर्गको पनि प्रतिनिधित्व गर्दो रहेछन् कि जस्तो अनुभव भयो । फाइभ स्टार होटलको रेष्टुरेण्टदेखि , मेगामल र क्यासिनोहरूमा समेत अहिले ९० प्रतिशत भन्दा बढी नेपाली नै ग्राहक रहने तथ्य सुन्न पाउँदा नेपाल गरीब मुलक भए पनि यहाँका जनता त धनी हुन कि भन्ने भ्रम पर्न सक्छ । यस्तो खालको टिप्पणी मैले एकजना बिदेशी मित्रको मुखबाट नै सुनेको पनि हुँ र म आँफै यो कुरा सही पो हो कि भन्ने भ्रममा पुगेको छु । तर वास्तविकता अवश्य त्यस्तो हैन ।
पूर्वधार सुविधा शून्य भए पनि , काठमाण्डुमा घडेरी र घरको जोहो गर्नु अबका दिनमा चानचुने औकातले भ्याउने कुरा रहेन । घर र घडेरीको विषयमा कुरा गर्दा शुरुवाती युनिट १ रहेछ । १ भनेको १ करोड ! पिउने पानी र , बिजुली र अन्य जीवनका आधारभूत सुविधाबाट बञ्चित नै हुनु परे पनि , काठमाण्डुवासी हुनुको स्टाटस अब धेरै माथि पुगेको छ । हुनत मुलुकका अरू शहरहरूको स्टाटस पनि कम छैन रे ! हर्दम मुखमा मास्क लगाएर , ८ सिटे माइक्रोबसमा ३० जना कोचिएर सास्तीले यात्रा गर्दा पनि काठमाण्डुले कसैलाई पराइ भनेर हुत्याएको छैन-विशालहृदयी छ पशुपतिनाथको काठमाण्डु । महंगीले आकाश ‍भन्दा पनि माथि अरू छुने कुरा भए छुन खोज्दैछ , तर नेपालीहरूलाई यी कुरा किन मुद्दा बनेका छैनन् देख्दा अचम्म लाग्छ । राजनीतिका स-साना मुद्दामा पार्टी पार्टी बनेर तथानामको तमाशा गर्न पछि नपर्ने हाम्रो जीवन र प्रयास , जनजीविकाका मुद्दामा कतै देखा पर्दैन । राजनीतिको तमाशे जात्रा त चलेकै छ , तर सरकारी कार्यालय र अड्डामा पुग्दा १५ वर्षे क्रान्तिको कुनै असर र प्रभाव कतै सुधारका लागि पसेको देखिन्न , बरू कर्मचारीको मनोवृत्ति र विकृति संस्थागत बनेको देखिन्छ राजनितिक संरक्षणको आशीर्वादमा । बलिया दलहरूको फेरो समातेर गर्न नपाइने कुनै कुरो छैन । हरेक काम जायज छ समूहमा गरेपछि , नजायज भन्नेहरू प्रतिगामी, यथास्थितिवादी वा क्रान्ति विरोधी हुनसक्छन् । उता परम्परा र सभ्यताको धुनी जगाउनेहरूको बिलखबन्दी र अकर्मण्यताको बयान पनि छैन। सबै दल , वर्ग , युनियन र विचारका कर्मचारी संगठित बनेर आ-आफ्ना व्यक्तिगत र पार्टीगत झोली बोकेर सम्पूर्ण विकृतिलाई संस्थागत रूप दिन दिलोज्यानले खटिएका दखिन्छन् । धन र लाभका लागि हाम्रो ‘कलेक्टीभ कन्ससनेस' फोकस्ड भएको देखिन्छ । चियापसल, सरकारी अफिस र कलेजहरूमा पुग्दा हाम्रो मुलुकका मूर्धन्य व्यक्तित्वहरू तीनवटा कुरामा केन्द्रित देखिन्थे - घरघडेरी , पार्टी-भोज ( सुरा-सुन्दरी सहित) , र राजनीति ( दल, कर्मचारी युनियन र अरू तिक्डम् ) । मानौँ , हाम्रा चिन्तनका विषयहरू अरू केही बाँकि रहेनन् ।
म क्षमा चाहन्छु ती चिन्तनशिल सकारात्मक सोच र कर्मठ उत्कण्ठाले ओतप्रोत सीमित काठमाण्डुवासीहरू संग जसले संस्कार , सम्भावना र सभ्यताको सानो बत्तिलाई निभ्न नदिएर जोगाइरहनु भएको पनि होला , यदि मैले काठमाण्डुको अलिक बढी बदख्वाईँ गरेको छु भने । तर मेरो मानसमा अनि समय दैन्दिनीका पछिल्ला पानाहरूमा काठमाण्डुले सँधै निराशा मात्र थप्दै गएको छ ।
१) ब्लगर कसरी बन्न पुग्नु भयो ?
यसको एउटा वेग्लै रोचक कथा छ । पिताजीको जागीरको दौरान म नवलपरासीमा रहेर पढ्थेँ । सानैदेखि नै आइटीमा रुचि राख्ने हामी केही साथीहरुको (गृष्मराज पाण्डेय, ज्ञानेन्द्र आचार्य, सुरेन्द्र पौडेल) एउटा बेग्लैखाले समूह थियो । सूचना-प्रविधि सम्बन्धी केही नयाँ कुराहरु समाचारमा कतै भेटियो भने त्यसको ‘कटिङ्ग' लिएर आउँथ्यौं हामी र पढ्दैमा निकै उत्साहित हुन्थ्यौं । कक्षा ५ मा पढ्दादेखि नै इमेल, इन्टरनेटबारे धेरै पढ्ने र सुन्ने गरेता पनि कक्षा ९ मा आएर बल्ल त्यसको अनुभव गर्न पायौं, परासीमा साइबर क्याफे खुलेपछि । हामीहरु बरोबरी पैसा भाग लगाएर इन्टरनेटमा बस्थ्यौं । पत्रिकामा त्यसबेला हामीले ध्यान लगाएर खोज्ने
भनेकै वेवसाइटहरु हुनेगर्थे । त्यसैले इमेल एकाउण्टसँगै वेवसाइट ग्यामरले गर्दा मैले कक्षा ९ मै पढ्दै गर्दा ‘विवो' सबडोमेनमा ब्लग खोलेको थिए । पछि काठमाण्डु आएपछि म दीपक अधिकारी र दिनेश वाग्लेको ब्लगिङ्ग शैलीबाट निकै प्रभावित भएँ । त्यसैक्रममा आशिष लुइटेल, रमेश न्यौपाने, आकार अनिलहरुको ब्लगहरु पढ्ने र वहाँहरुको संगतले पनि मलाई ब्लगबारे धेरै जान्ने अवसर मिल्यो ।
२) दि प्रदीप पोष्टमा केके पढ्न सकिन्छ ?
सन् २००९ को जुनदेखि मैले चल्तीमा ल्याएको मेरो ब्लगलाई पहिले कलेज र होस्टेल जीवनसँग मात्र जोड्ने सोचले खोलेको थिएँ । तर पछि कान्तिपुर दैनिकको हेलो शुक्रबारमा स्तम्भ र फिचरहरु लेख्न थालेपछि मैले ब्लगलाई त्यसभन्दा ठूलो दायरामा लैजाने अवसर पाएँ । यद्यपि ब्लगमा धेरै स्पेस पत्रिकामै छापिएका कुराहरुले ओघटेका छन् । तर पनि फरक फरक स्वादका कुराहरु हुनाले बालबालिकादेखि युवाहरुसम्मलाई पढ्न रोचक नै हुने मैले ठानेको छु । युवा स्तम्भ र फिचरहरुका अलावा मेरा केही व्यक्तिगत अनुभवहरु, फिल्मी कुराहरु, समाजलाई नयाँ बाटोतर्फ डोर्याउन खोज्ने केही तन्नेरीहरु, बाल कथा, पुस्तक समीक्षा, नियात्रा, विचार-विश्लेषणहरु लगायतका कुराहरु मैले ब्लगमा समेटेको छु । कतिपय प्राविधिक कारणले पत्रिकामा छाप्न नसकिने लेखहरुलाई मैले अझ बढि खुलेर ब्लगमै लेख्ने गरेको छु ।
३) तपाईँ ब्लगरका साथै पत्रकार पनि । हेलो शुक्रबारमा प्रकाशित लेखहरुमध्ये तपाईँलाई सबैभन्दा चित्त बुझेको चाहीँ कुन हो ?
नेपाली इञ्जिनियरहरुको प्रोजेक्टले विश्वभरका इञ्जिनियरहरुलाई उछिन्दै स्वर्णपदक पाएको कुरालाई मैले हेलो शुक्रबारमा फिचर ‘जर्मनीमा नेपाली सान' लेखेको थिएँ । क्षमता हुँदाहुँदै पनि देशभित्र काम गर्ने वातावरणको अभाव महसुस गरिरहेका धेरै त्यस्ता इञ्जिनियरहरुको भावना मैले त्यस फिचरमा जोड्ने प्रयास गरेको थिएँ । र, त्यस फिचरसँगको मेरो अर्को रोचक अनुभव पनि छ । त्यसका लागि नेपालबाट छानिए लगत्तै म उनीहरुलाई पच्छ्याउन थालिसकेको थिएँ र नेपालका अन्य कुनै मिडियाले पत्तो नै नपाउँदै मैले उनीहरु सबैको अन्तरवार्ता जोडेर फिचर लेखेँ (हेलो शुक्रबारमा छापिएपछि मात्र अन्य मूलधारका पत्रिकाले त्यसलाई आफ्नो समाचार बनाए) । जुन सम्झँदा मलाई निकै खुसी लाग्छ ।
४) तपाईँको ब्लगको लेखाई र पत्रिकाको लेखाईमा के फरक पाइन्छ ?
पत्रिकामा लेख्नुका आफ्नै खाले सीमा र बाध्यता हुनेगर्छन् जसमा चहाना हुँदा हुँदै पनि स्वतन्त्र भएर लेख्न सकिँदैन । यद्यपि ब्लगमा म स्वतन्त्रपूर्वक मेरो अन्तरआत्माकै कुरा लेख्छु जसले मलाई पत्रिकाको तुलनामा धेरै सन्तुष्टि पनि दिन्छ ।
५) एउटा असल ब्लग कस्तो हुनुपर्छ ?
यो प्रश्नको उत्तर निकै जटिल हुनसक्छ । मेरो छोटो ब्लगिङ्ग अनुभवलाई हेर्दा सायद मलाई सोध्नु नै अलि छिटो भयो कि जस्तो नि लाग्यो है मलाई । तर पनि म मेरो नितान्त व्यक्तिगत कुरा तपाईहरुलाई भन्छु । ब्लगको ‘सुन्दरता' यसको ‘स्वतन्त्रता'मै हुन्छ । त्यसैले औपचारिकता कम सत्यतासँग बढि नजिक भएर लेख्ने ब्लगहरु मलाई राम्रा लाग्छन् । नेपालमा अझै ब्लगलाई त्यती धेरै महत्व दिने परिपाटी बनिसकेको छैन । भारत लगायता अन्य त्यस्ता प्रजातान्त्रिक मुलुकहरुमा हेर्नुस, स-साना देखि राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका सवालहरु उठ्दा त्यसको बढि यथार्थपरक कुराहरु ब्लगमै पढ्न पाइन्छन् । आलोचना र टिप्पणी संस्कृति निकै कम रहेको हाम्रोजस्तो मुलुकमा ब्लगले त्यसको काम गर्न सक्छ ।
६) अन्य ब्लग कत्तिको हेर्नुहुन्छ ? विदेशी र नेपाली ब्लगहरुमा के फरक देख्नुहुन्छ ?
मैले फुर्सदको समय काट्ने एउटा तरिका नै ब्लगहरु पढ्ने पनि हो । मेरो आफ्नै सर्कलदेखि बेलबखत ब्लगहरुको सञ्जालमा खोजेर पनि ब्लगहरु पढिरहेकै हुन्छु । नेपाली ब्लगहरु बढि साइट सजावट, प्रशंसा गर्नमा केन्द्रीत छन्, यद्यपि विदेशी ब्लगहरु मैले अघि भनेजस्तो ‘आलोचना' र ‘टिप्पणी' गर्ने मामिलामा धेरै अगाडि छन् ।
७) तपाईँले ब्लग लेख्ने उत्तम समय कतिवेला पर्छ ? र, ब्लगमा लेख्दा के कुरामा बढि ध्यान दिनुहुन्छ ?
त्यस्तो अनुकुल समय भन्ने छैन । जतिवेला कुनै घटना र अनुभवले मन अशान्त पार्छ, त्यसैबेला ब्लगमा लेख्छु । र, पत्रिकामा लेख्दा जसरी म अन्य कुराहरु सोच्दै लेखिरहेको हुन्छु, ब्लगमा लेख्दा भने म मात्र विषयबस्तुमा केन्द्रीत हुन्छु, अरु केही सोच्दिन । (किनकि त्यसको लेखक र सम्पादक दुवै मै परेँ नि । हाहाहा)
८) तपाईं आफूलाई लजालु भनेर परिभाषित गर्नुभएको रहेछ तर अध्ययनलाई श्रीमती र पत्रकारितालाई रख्यौल भन्नुभएको पनि रहेछ । धेरै नबोल्ने मान्छे भित्रबाट ज्याद्रो हुन्छन् कि क्या हो ?
मैले आफूलाई लजालु कुन अर्थमा भन्या हो भने म अपरिचितसँग चाँडै झ्याम्मिन सक्दिन । मेरो ‘कम्फर्ट जोन' नि निकै साँघुरो छ भने साथी सर्कल पनि उस्तै सानो छ । अनि जहाँजम्म तपाईँले मेरो ब्लगमा रहेको परिचयबाट उद्धृत गर्दै ‘श्रीमती र रख्र्यौल'को कुराको प्रशंग निकाल्नुभयो, त्यो मैले एन्टोन च्याखोभको भनाईबाट प्रभावित भएर राखेको हुँ । उनीजस्तै म पनि दुई सामान्यतः विपरित ध्रूवका कुरामा दक्षता बढाउन चहान्छु, आफ्नो विज्ञानतर्फको पढाई र पत्रकारिता । सरकारले बहुविवाह गर्न नदिने भएको हुनाले दुवैलाई विहे गर्न नसक्या मात्रै हो । हाहाहा । र, दुईमध्ये कुनै एउटालाई नि म छाड्न सक्दिन । श्रीमती र रख्र्यौलको कुरा यसरी जोडिएको हो । दुवै मेरा प्रेमिकाहरु नै हुन् । जसलाई च्याखोभकै भाषामा भन्नुपर्दा दुवै मेरा ‘एक्ट्याकटिभ वेडफेलोज' हुन् । कहिले एउटाको यौवनले आकर्षित गर्छ त कहिले अर्काकोले । अनि ‘ज्याद्रो' को कुरा छ तपाईँले मैले यसो लेख्नुको मर्म सायद नबुझेर नि हुन सक्छ (जुन तपाईँ आफैले पनि प्रश्नमा बताउनु भएको छ ।) म पनि एउटा मान्छे नै हुँ जसमा सबैमाझैँ हरेक किसिमका संवेदनाहरु हुन सक्छन् । जुन सबैमा हुन्छ- चाहे सोझो होस् या टेडो । तर पनि मेरो ब्लगमा रहेको परिचयलाई त्यती धेरै गहिरिएर नबुझ्नु नै राम्रो होला ।
९) तपाईँलाई उपन्यासले कत्तिको असर पारेको छ ?
उपन्यास पढ्ने बानीको बिकास सारै ढिलो भयो । त्यसमा पनि आफै पुस्तक छानेर पढ्ने बानी झनै बसेन । प्लसटु पढ्दा साथीहरुले चर्चामा आएका किताबहरुको खुबै हल्लाखल्ला र बखान लगाउँथे र त्यही छानेर पढिन्थ्यो । जसले गर्दा पनि जति पढियो, ति राम्रै परेका छन् । अहिले एनी फ्याङ्र्सको ‘अ डायरी अफ अ योङ्ग गर्ल' पढ्दै छु । उमेरकै दोष हुनुपर्छ उपन्यास पढ्ने क्रमकै शुरुवातमै ‘इलेभेन मिनट्स' पढियो । जसको पात्र मारिया मैले अहिलेसम्म पढेका धेरै उपन्यासको दाँजोमा मन परेको पात्र हो । जसमा म उपन्यासकार पाउलो कोहेल्लोको लेखन क्षमता निकै बेजोड छ । जताबाट हेर्दा पनि कुनै मूल्य नभएकोजस्तो लाग्ने पात्रलाई सशक्त रुपमा उतारेर ‘नायक' चित्रण गरिएको छ जस्तो गुण कमै उपन्यासकारसँग हुनेगर्छ । हरेकको जीवनमा संघर्ष छ र हरेक आफ्नै जीवनको नायक हो भन्ने शिक्षा मलाई इलेभेन मिनट्सले दियो । त्यसकै प्रभावले मैले उनको अर्को उपन्यास ‘दि अल्केमिष्ट' पढेँ र पछि अरुहरु पनि । उनको लेखनमा निकै शक्ति छ, ‘गु्रक्ताकर्षण बल' जस्तो पाठकलाई एउटा शक्तिले बाँधेजस्तो अनुभव गराउने । म भौतिकशास्त्र र सूचनाप्रविधिको विद्यार्थी भएको हुनाले त्यसले हाम्रो जीवनमा ल्याउन सक्ने कायापलटको कल्पना गर्दैमा रोमाञ्चित हुन्छु । त्यसैले पनि डेन ब्राउनका केही साइन्स फिक्सनह म बेलाबखत पढ्नेगर्छु । उनका डिजिटल फोर्थरेस, एञ्जल्स एण्ड डेमोण्ड्स, दा भिन्सी कोड, द लस्ट सिम्बोल र द डिसेसन प्वइन्टको आधासम्म पढेको छु । मलाई उनको लेखन शैलीको अलावा कल्पनाशक्ति, सिम्बोलोलो र प्रविधिको मिश्रण निकै राम्रो लाग्छ । उनमा वेग्लैखाले कल्पनाशक्ति छ । उनले फिक्सनमा उल्लेख गर्ने प्रविधिहरु निकै खतरनाक छन् जसको कल्पना गर्दा नै म रोमाञ्चित हुन्छु । डिसेसन प्वइन्टमा त उनले शुरुमै लेखेका छन्- ‘फिक्सनमा लेखिएका हरेक प्रविधि अस्तित्वमा छन् ।' जसले मलाई झनै उनका उपन्यासहरु पढ्न झनै रोमाञ्चित बनाउँछ । त्यसैगरी नेपाली लेखकहरुतर्फ मैले पढेकामध्ये लीलबहादुर क्षेत्री, नारायण वाग्ले, बुद्धिसागरहरुका उपन्यासले पनि मलाई धेरै आनन्द दिएको छ ।
१०) नेपालमा पोर्न साइट बन्द गरिएको छ । व्यस्क व्यक्तिहरुलाई यस्ता साइट नहेर भन्ने सरकारी निर्णय कस्तो लाग्यो ?
यो एउटा ठूलो बहसको विषय हो जसलाई केहीअघि मैले कान्तिपुरमै पनि लेखेको थिएँ । सरकारको हावादारी र केटाकेटी खेलेजस्तो काम भन्छु म त यसलाई । पहिलो कुरा त आजकल म इन्टरनेट सञ्जालमा ‘ब्लक' भन्ने कुरालाई नै महत्व दिन छाडिसकेको छु (प्रोक्सी सर्भरहरुको प्रयोग त्यस्ता ठाउँमा बढ्नेगर्छ )। दोस्रो कुरा सरकारी पारासँग म असन्तुष्ट छु, यस्तो संवेदनशील कुरा जसरी ठूलो गृहकार्य र छलफलसँग आउनु पथ्र्यो, त्यो हुन सकेन । हो, एउटा उमेरसम्म बालबालिकालाई अश्लिल सामाग्रीको पहूँबाट टाढा राखिनुपर्छ (बरु त्यसको लागि प्रयास आवश्यक छ) तर बढ्दो उमेरसँगै बढ्ने यौन उत्सुकतालाई कुनै वहानामा रोक्नु हुँदैन र सकिँदैन पनि । जसको सही विकल्प ‘यौन शिक्षा' हो जसमा हाम्रो ध्यान अझै राम्ररी पुगेको छैन ।
११) हालै काठमाण्डुमा भएको नेपाली ब्लगर भेलामा तपाईँले कस्तो अनुभव गर्नुभयो ? उक्त भेलामा भेला हुन चहाने र नचाहनेका बारेमा तपाईँको धारणा के छ ?
मेरो त्यस प्रकारको पहिलो अनुभव थियो त्यो । त्यसैले पनि नेपालका केही पुराना एवं चर्चित ब्लगरहरुसँग भेट्न पाउँदा म खुसी नहुने त कुरै भएन । तपाईँले यसै प्रश्नमा जोडेको कुरा पहिल्यैदेखि विवादमा आइरहेको रहेछ । तर म भने व्लगहरु भर्चुअल दुनियाँमा रम्ने कुरा हुनाले यसको खुकुलो सञ्जाल नै ठिक हुने ठान्छु । यद्यपि बेलाबखत भेटघाट र भेला गर्नुलाई अन्यथा पनि लिनु हुन्न ।
१२) नेपाली ब्लगबारे तपाईँको समीक्षा के छ ?
(यसमा भन्नुपर्ने कतिपय कुराहरु माथि नै दोहोरीपनि सकेका छन् ।) नेपालमा आफ्नो मनको वह र भावना व्यक्त गर्ने राम्रो चौतारी भएको छ ब्लग । हरेक पेशा र तप्काका मान्छेहरु आफै लेखक र सम्पादक बनिरहेका छन् जुन राम्रो पक्ष हो ।
१३) तपाईँले अग्रज ब्लगरहरुबाट केके सिक्नुभयो र आउने ब्लगरहरुलाई के भन्नुहुन्छ ?
नियमित र आफ्ना सुख-दुःखका कुराहरु ब्लग गर्नाले तिनै अनुभवहरु पछि आफैले पढ्दा आफ्नै जीवनले वेग्लै उत्साह र उत्पेरणा पनि दिनेगर्छ । र, ब्लगले अरुलाई तपाईँबारे जान्ने अवसर पनि दिनेगर्छ । नयाँ आउने ब्लगरहरुलाई बढि स्वतन्त्र रुपमा आलोचना र टिप्पणी गर्ने बानी पनि बसाल्न अनुरोध गर्छु जसले ब्लग कल्चरलाई एउटा नयाँ तहमा पु¥याउन सायद सहयोग पु¥याउला ।
१४) दौतरीको बारेमा तपाईँको मत के छ ?
मैले मेरा धेरै ब्लगर मित्रहरुको ‘ब्लगरोल' र फेसबुक वालमा दौतरीको लिंक देखेपछि दौतरीबारे जान्ने अवसर पाएको हुँ । देशबाहिर रहेर पनि नेपाली लेखक र ब्लगरहरुलाई समेट्ने यहाँहरुको प्रयास प्रशंसनिय छ । ब्लगको लेआउट र टेम्पेट्समा केही सुधार ल्याउन सुझाव दिन्छु ।
१५) तपाईँलाई भन्न मन लागेको तर मैले सोध्न भुलेको केही त्यस्तो छ ?
त्यस्तो छैन । तर पनि नेपालका पत्रपत्रिकामा लेखरचना वा पाठक प्रतिकृया पठाउँदा त्यसको पुछारमा ब्लगको ठेगाना लेख्दा प्रकाशित नहुने धेरै ब्लगरहरुको गुनासो हुनेगर्छ । पत्रपत्रिकाहरु त्यस मामिलामा केही उदार भइदिने हो भने नेपालमा ब्लग कल्चर सायद अझ राम्ररी फस्टाउन सक्थ्यो होला ।
अन्तरवार्ताको लागि धन्यवाद
गर्न खोज्यो एउटा यहाँ, हुन्छ फरक थाह छैन किन ?तिम्रै छायाँ आउँछ माया, छानो छाउन खालि बेकारमा !
अरु केही धेरै छ गर्नु, धेरै  छ लेख्नु, यही जिन्दगीमा,घुमीफिरी पुग्छ यो  मन तिम्रै टाउन खालि बेकारमा !
गीत  पनि, गजल  पनि, कथा - कविता सेरोफेरो उहीलेखुँ भन्छु अर्थोक केही, केही आउन्न खालि बेकारमा !
दोष दिउँ किन कस्लाई  छैन वसमा यो  मनको तृष्णासाँचो सत्य बोल्छ प्रकाश तिम्रै ध्याउन्न खालि बेकारमा !
डिसेम्बर ०१, २०१०।
अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको दिन- दिन त्यसै उराठलाग्दो भएको छ । त्यसैले न्यास्रोपना र एक्लोपनाले अझ बढी गाँजिरहेछ । झन् रिचर्डको सम्झनाले थप नैराश्यता जगाइरहेछ । पोहोरको चिसोमा रिर्चडसँग बिताएका न्याना दिनहरूको सम्झनाले झन् चिसिन पुग्दछु म । उसँग बिताएका प्रत्येक क्षण मस्तिष्कमा ताजै भएर उम्रिन्छन् । गन्तव्यविनाको यात्रा थियो रिचर्ड र मेरो, तर पनि मैले साथ छोड्न सकेकी थिइन । छुट्टीको दिन अझ बढी सताउने गर्छ मलाई उसको यादले । अचानक कलवेल बज्छ । रिचर्डको आकृति आउँछ अनि कतै हराउँछ ।       "ओहो † भिनाजु कहिले आउनुभयो नेपालबाट ?"       "केहीदिन भयो , तिम्रो पार्सल थियो ल्याइदिऊ भनेको समय नभएर.. अनि सालीज्यूको के हालखबर छ ? ह्वाट अबाउट यु ? "      "सालीज्यूलाई भिनाजुले नै बिरानो सम्झनु भएपछि के हुन्छ । "यस्तै गफ चन्छ प्रो. डा. शान्ताराम र मेरो । ऊ मेरो भिनाजुको साथी त्यसैले भिनाजु नै भन्ने गरेकी छु । कहिलेकाहीँ म जस्तो डायनामिक लेडी जीवनसाथी बनाउन पाइनँ भनेर तीतो ओकल्ने गर्छन् मसँग उनी, तर पनि आफ्नो पत्नीप्रति इमान्दार नै छन् । नत्रभने व्यक्तिगत स्वतन्त्रताले निलेको अमेरिकी संस्कारमा रमाउन उनलाई कुनै गाह्रो पर्ने थिएन । यसो नहुनुमा मेरो दुइवटा अनुमानित कारणहरू छन् । पहिलो त उनी अति ब्यस्त हुनु हो, अर्को चाहिँ भेनाजुको साथी भएर पनि हुनसक्छ । अरू जे सुकै भएपनि मसँग ख्यालठट्टा  गर्नमा चाहिँ पछि पर्दैनन् उनी । " ओहो † दिदीले कति मीठो लप्सीको अचार पठाइदिएकी रहिछिन् । "
"ल पार्सल बिस्तारै हेर्नू मलाई अलिक हतार छ , सालीज्यू , भिनाजुको खातिरदारी गर्दिर्नौ ? ""भिनाजुको लागि यो ज्यान नै हाजिर छ नि , आज्ञा मात्र होस् न । "         "भैगो अरू केही गर्नुपर्दैन अहिलेलाई चाहिँ विदा दिए काफी ।"" ओं के हवाई नट " प्रो डा.शान्ताराम बाहिरिन्छन्  । दिदीले पठाएका पार्सल उत्सुकताका साथ खोल्छु , ओहो † यति मीठो अचार अनि पेन्ट र र्सट सायद यहाँ महङ्गो  पर्छ भनेर पठाइदिएकी हुनुपर्छ । ओहो † दिदी त कस्ती मोटी भइछिन् चिनी नसक्नु , फोटोहरूसँगै म नेपाल पुग्छु  । ओहो र भिनाजु त बूढो देखिएछन् । छोरीहरू त ठूला भइसकेछन् । म चित्रसँगै डोरिन्छु  नेपालतिर । दिदीले मेलमा भन्ने गर्थिन्, छोरीहरू ठ्याक्कै हामी जस्ता छन् । हामी सानामा जस्ता थियौँ त्यस्तै छन् रे । साँच्चै म र मेरो दिदीमा कति धेरै भिन्नता थियो ऊ जाडोमा जन्मेकी थिई , म गर्मीमा ,ऊ गुलियो मन पराउँथी म अमिलो । ऊ कम बोल्ने लज्जाल रु आज्ञाकारी थिई भने म धेरै बोल्ने चञ्चली र घमण्डी स्वभावको थिएँ । साँच्चै हामीलाई देख्ने , बुझ्ने जोकाहीले हामीलाई अमेरिका र अफ्रिका भनेर मुल्याङ्न गर्ने गर्दथे । वास्तवमा हामी थियौँ नै त्यस्तै । बाबा सरकारी अफिसमा अधिकृत हुनुहुन्थ्यो भने मम्मीले डेकेयर चिल्डेन सेन्टर चलाउनु भएको थियो । मेरी मम्मी पाश्चात्य जीवन शैलीबाट प्रभावित हुनुहुन्थ्यो । तर्सथ हामीलाई पनि त्यस्तै वातावरण र परिवेशमा हुर्काउनु भयो । बालबालिकालाई स्वतन्त्ररूपमा हुर्काइएन भने उनीहरूको भावाना , प्रतिभा र सोचाई संकुचित र कुण्ठित हुन पुग्दछन् । भन्ने सोचाई राख्नु हुन्थ्यो उहाँ । हाम्रो समाजमा बालबालिकालाई दमित र शोषित वातावरणमा हुर्काइएको हुनाले नै उनीहरू शोषित मानसिकता बोकेका हुन्छन्, अनि उनीहरू आफूलाई परेको कुनै पनि अन्यायका विरुद्ध आवाज उठाउन नसकेका हुन् भनेर आम नेपालीको चरित्रलाई चित्रण गर्नु हुन्थ्यो । यसरी स्वतन्त्रपूर्ण वातावरणमा हुर्कदै जाँदा दिदीमा चाहिँ कुरानै असर परेन तर ममा भने मेरो जिद्दी र घमण्डी स्वभाव बढ्दै गयो । जे चाहना गरे पनि पाइने मानसिकताले गर्दा ममा हठीपन बढ्दै गयो । म केही  व्रि्रोही र झगडालु हुँदै गएकी थिएँ । मेरो मम्मी कहिलेकाहीँ मेरो स्वभाव  र प्रव़तिदेखेर दिक्क मान्नु हुन्थ्यो । उहाँले यसको दोषी आफैलाई ठहर्‍याउनु हुन्थ्यो । छोरीलाई चाहिने भन्दा बढी अधिकार र स्वतन्त्रता दिएको हुनाले त्यसको परिणाम आफैले नराम्ररी भोग्नु परेको दुखेसो ब्यक्त गर्नुहुन्थ्यो । वाल्यावस्थामा म आफूलाई सबैले माया गर्नुपर्छ र मेरो चाहना पूरा हुनुपर्छ भन्ने कुराको ठाडो आदेश नै दिने गर्दथे । त्यससमय म केटासाथीहरूसँग बढी खेल्न रुचाउँथे । जब म वयस्क हुदै  गए तब म केटासाथीहरूसँग टाढिनु पर्ने बाध्यताले पिरोलिन्थे । चौरमा खुलारूपमा केटाहरूसँग मैले खेल्न किन हुँदैन भनेर आवाज उठाउँथे । तर मेरो आवाज कोठाको चार भित्तामा मात्र सीमित रहन्थ्यो । छोरा- छोरी, नारी- पुरुषबीच यस्ता गरिने धेरै रुढीवादी संस्कारको म विरोधी हुँदै गए छोरीमान्छेलाई प्रवृत्तिले समेत ठगेको हुनाले म प्रवृत्तिलाई नै चुनौति दिन पछि पर्दिनथे । छोरीमान्छे महिनावारी हुँदा वार्नु पर्ने, लज्जालु स्वभावको हुनुपर्ने नारीसुलभ आचरण गर्नपर्ने कुराको म पूरै विरोधी थिएँ। म घरमा मम्मी द्वारा यस्ता कुराको निर्देशन भनौ सल्लाहहरू पाउँथे । तर ती सल्लाह मेरालागि कानमा तेल हाल्नु बराबर थियो । म आफ्नो स्वभाव र प्रवृत्तिमा दृढ थिएँ कतै नहल्लनेगरी ।  यसरी परम्परागत संस्कार मान्नु भनेको मेरो स्वाभिमानमा ठेस पुग्नु बराबर ठान्दथेँ म ।  बिस्तारै उच्चशिक्षाको लागि मैले काठमाडौ आउनुपर्‍यो । म  र मेरी दिदीसँगै बसेर पढ्न थाल्यौँ  । समयसँगसँगै ममा घमण्डीपन र स्वभिमान बढ्दै गयो  । म रूपमा दिदीभन्दा केही राम्री पनि थिएँ । म आफूलाई पुरुषले रोजेको हैन मैलेचाहिँ पुरुषलाई रोज्नुपर्छ भन्ने मान्यता राख्दथें  । पुरुषको प्रेमआर्कषणमा मात्र नारीले सधै किन डोरिनुपर्छ - नारीले पनि पुरुषलाई आकषिर्त पार्न सक्छे भन्ने म देखाउन चाहन्थेँ । मेरी दिदीको सोचाई अर्कै थियो उनी आफूलाई मनपराउनेलाई रोज्ने इच्छा गर्थिन् । नभन्दै उनलाई असाध्यै मनपराउने डाक्टरसँग बिहे गरेर घरजम गर्न थालिन् । म भने मलाई मन पराउने धेरै केटाहरूलाई पछार्दै सुदर्शनलाई प्रेमको माला पहिराउन पुगेँ । संस्कारविरोधी मेरा धारणा र विचारले मलाई आज अमेरिकाको चिसो खान ल्याइपुयाएको छ । म आफूले आफैलाई धेरै विश्लेषण र मूल्याङ्न गर्न थालेकी छु ।            कलवेल बजेको झझल्को आउँछ । तर कोही छैन सायद रिर्चडको सम्झनाले झस्कायो मलाई । रिचर्ड, अमेरिकामा मेरो आफन्त, साथी जे भनेपनि उहीमात्र थियो । ऊ र म एउटै विश्वविद्यालयमा पिएचडी गर्दै गरेको हुनाले हाम्रो धनिष्टता बढेको थियो । यो विरानेा शहरमा उसले आत्मीयता देखायो अनि हृदय खेालेर सहयोग गर्‍यो । म पनि लचिलो र समर्पित भइदिए उसको हार्दिकता र आत्मीयतामा ।       आज अमेरिकाको चिसोझैँ रिचर्ड र मेरो सम्बन्ध चिसिन पुगेको छ । खै किन हो - ऊ भन्ने गथ्र्यो नेपालीहरू मलाई खूब मन पर्छन् उनीहरू इमान्दार मात्र हैन नैतिकवान र लगनशील पनि हुन्छन् । त्यसैले म तिमीलाई माया गर्छु  , तिमीलाई म आफ्नो जिन्दगी सुम्पिदिन्छु ।  तिमी र म एक हुनुपर्छ । नेपालको द्वन्दमा पिल्सेको समाजबारे विद्यावारिधी गर्दै गरेको म र  ऊ धेरै नजिक भएका थियौँ। अब नजिक हुनको लागि  कुनै रेखा बाकी थिएनन् । हामी जीवनको परिभाषा खोज्थ्यौँ । ऊ भन्ने गथ्र्यो, 'तिमी त आम नेपाली भन्दा फरक रहेछौ , तिम्रो विचार , स्वभाव नेपाली संस्कारभन्दा धेरै फरक रहेछ । त्यसैले म तिमीबाट अत्यन्त प्रभावित भएको छु ।' साँच्चै म आम नेपाली भन्दा पृथक भएकै कारणले त अमेरिका जस्तो देशमा पिएचडी गर्न छात्रवृद्धि पाउन सकेँ । म आफूले आफैलाई स्पष्टीकरण दिन पुग्दथेँ । साँच्चै म पनि रिचर्डको व्यक्तित्व र विचारबाट अत्यन्त प्रभावित भइसकेकी थिएँ । मैले उसको धेरै कुरामा विस्वास गरेँ । केही कुरा बाहेक किनभने धेरै थोरै अमेरिकनमा रिचर्ड पनि पर्दथ्यो जसले नेपाल र नेपाली को तारिफ गरेको होस् । धेरै वर्षघि ऊ पिसकोर भोलियन्टरको रूपमा नेपाल आएको थियो । यसैले नेपालको राजनीति, सामजिक, आथिर्क स्थितिबारे उसलाई पूरै ज्ञान थियो ।  प्रत्येक छुट्टीमा हामीसँगै हुनेगथ्र्यौ । हामीले मुटु साट्यौँ । तन साट्यौँ। दुखसुख बाड्यौँ । कुनै क्षणपनि म रिचर्डको सोचाइको परिवेशभन्दा बाहिर हुन्नथेँ । कतै रिचर्ड पनि सुदर्शन जस्तै हुने हैन - म झस्कन्थेँ । उसका अविश्वास गरेका कुरामा विबाह पर्दथ्यो । अमेरिकी समाजमा विवाह सम्बन्धलाई अत्यन्त महत्वका साथ लिइन्थ्यो । हाम्रो यात्राकहाँ सम्म पुग्ने हो कसरी टुङ्गिने हो भन्ने कुरामा म चिन्तित रहन्थेँ । तर वर्तमानसँग सम्झैता गरेर बाँच्नुपर्छ, रमाउनुपर्छ भन्ने रिचर्डको भनाइले मलाई केही सान्त्वाना दिने गर्दथ्यो ।       अँह, हुँदैन रिचर्ड पाश्चात्य मुलुकमा हुर्केको,  उसको र मेरो धेरै स्वभाव बानीबेहोरा मिल्दछ । तर खै † अहिले किन हो यो चिसोपना, एकांकीपना , उसले धेरैदिन देखि सर्म्पर्क गरेको छैन म उदासिएको छु , पिल्सिएको छु । सायद सुदर्शनले पनि यस्तै सोचेको थियो होला । तर ऊ त नेपाली परिवेशमा हुर्केको मान्छे उसले मेरो व्यक्तिगत स्वतन्त्रतालाई मन नपराएको हुन सक्छ । तर रिचर्डलाई त त्यस्तो कुनै कुराले कुनै असर नपर्नु पर्ने हो ।     म फेरि आफ्नै तन्द्रामा तन्द्रिन पुग्दछु । दिदीले विहेगरेपछि म आफ्नै रोजाई सुदर्शनसँग लटि्ठन पुगेको थिएँ त्यसबेला । उसले मलाई त्यति चासो नदिएपनि मैले मेरो यौवनको जादूले उसलाई प्राप्त गरिछाडेँ । किनभने म आफूले चाहेको कुनैपनि वस्तु प्राप्त हुनैपर्छ भनी दावी गर्दथे । उसले मेरो प्रेमप्रस्ताव स्वीकार गरेपनि तत्काल विहे नगर्ने विचार पोख्यो । मपनि सहमत भइदिएँ । हामी लोग्नेस्वास्नीझैँ सँगै बस्न थाल्यौँ । ऊ प्राइवेट सहकारी संस्थामा काम गथ्र्यौ भने म प्लस टुमा पढाउँथेँ । सबैले हामीलाई पतिपत्नीको उपाधि दिइसकेका थिए । मेरो यस व्यवहारबाट घर परिवारका खुसी थिएनन् । बिस्तारै मेरो हठी, स्वतन्त्र विचारसँग सुदर्शन परिचित हुँदै जान थाल्यो । ऊ पुरुषप्रधान समाजमा हुर्केको मान्छे आफ्नो पुरुषत्वको रवाफ ममा देखाउन सक्दैनथ्यो । उसलाई आफ्नो पतित्वको भार बोक्ने पत्नी चाहिएको थियो । म जस्तो स्वतन्त्र विचारधारा भएकी केटीलाई जीवनसाथी बनाउनु भनेको उसको लागि फलामको च्युरा चबाउनु बराबर हुन सक्थ्यो । त्यसैले होला बिस्तारै हामीमा मनमुटाव बढ्न थाल्यो । त्यसपछि ऊ यसरी मबाट छुटि्टयो जसरी  तेलबाट पिना छुटि्टन्छ । उसकेा विकर्षाले  म रन्थिनिएँ , बौहलाएँ, छटपटिएँ  । मेरी मम्मीले नेपाली समाजमा  नारीको भूमिका र संस्कारबारे दिएको लामै भाषण मेरो कानमा गुञ्जिरह्यो  । तर म आफ्नो स्वभाव र प्रवृत्तिमा अडिग थिएँ ।  मेरी मम्मीले बेला बेलामा ल्याएको अरेन्ज मेरिजलाई पनि ठाडै अस्वीकार गरिदिन्थेँ  । किनभने अरेन्ज मेरिजले मेरो स्वाभिमानी विचारलाई आघात पुयाउन सक्दथ्यो । म आफूलाई दानगर्ने बस्तु ठान्न सक्दिनथेँ । म आफ्नो स्वतन्त्र विचारहरू लगनगाँठोमा बन्धक भएर बाधिएको  हेर्न सक्दिनथेँ । अरेन्ज मेरिज द्वारा गरिएको विवाह कर्मकाण्डमा नारीलाई धेरै होच्याएको र अपमानित गरेको महसुस म गर्दथे ।  त्यसैले मम्मीको प्रस्तावलाई धेरैचोटि मैले अस्वीकार गरिसकेको  थिएँ । म तडपिएँ , भौतारिएँ । जीवनको सार खोज्न थालेँ। जसले मलाई अथाह समुन्द्रबाट पार गराउन सक्दथ्यो, नभन्दै सपनाको शहर अमेरिकामा विद्यावारिधी गर्न पाउने छात्रवृत्तिले मलाई नयाँ जीवन दियो । म सम्पूर्ण विगत भुलेर अमेरिकाको वैभवतामा रमाउँदै आफ्नो उद्देश्य  पूरा गर्ने सपना देख्न थालेँ ।       तर आज अमेरिकाको यो वैभकताले पनि मलाई मेरो विचार सोचाईलाई  विजयी बनाउन सकेको छैन । मेरा विचारहरू उड्न सकेनन्, सोचाइहरू रमाउन सकेनन । मेरा स्वभाव र प्रवृत्ति सुन्दर फूलझैँ फक्रन सकेनन् । म फेरि एक्लिएँ । मेरो सोचाइ एक्लियो । रिचर्डको व्यवहारले मेरा आस्था र विश्वासहरू कतै शरणार्थी हुनलाई तडपिरहेको भान भएको छ मलाई अहिले ।  मेरा विचार र धारणाहरू अन्तरआत्मादेखि नौ पलायन हुन खोजिरहेका छन् । गजब लाग्छ  यो देश, यहा"का मानिसहरू, सम्पूर्ण देश , महादेश र विश्व यही छ । सम्पूर्ण विश्वको सभ्यता र संस्कृति यही छ । यो अपरच्युनिटिको देश .....। कथाको पहेली जस्तो लाग्छ.... यो देश जहाँ फर्मालिटी अथार्त औपचारिकतामा बाँचेका छन नारी पुरुषहरू । त्यही" औपचारिकतामा मेरा भावानाहरू हराइरहेका छन् । म कहिलेकाही" खोज्छु आफूले आफैले यो विशाल सागरमा ।       म सम्झन्छु , मम्मीको मेल चेक गर्नुछ । तुरुन्त कम्प्युटर अन गर्छु मम्मीले मेलमा लेख्नु भएको छ - 'बिहे गर्न केटो तयार छ । तुरुन्त आउनू । ऊ पनि अमेरिका जाने प्रोसेसमा छ । त्यसैले प्रेस गरिरहेछ । बारेमा मैले सबै बताइदिएको छु । केटो असल छ । ' के साँच्चै, ऊ मलाई बुझ्न सक्छ, पढ्न सक्छ । कि ऊ मात्रै अमेरिका आउनको लागि एउटा सहाराको खोजीमा छ । जसको लागि म दह्रो बैशाखी बन्न सक्छु । ऊ पनि सुदर्शन , रिचर्ड हुन के बेर । तर अब त मेरा विचार , सोचाई कतै शरणार्थी हुँदै छन् । म आफ्नो सोचाई , विचारहरू हराएर कसैलाई पाउँदैछु त्यसैले त्यसो नहुन पनि सक्छ । म मम्मीको  केटो असल छ भन्ने शब्दमा अडिन्छु , मलाई कहिले यसरी केटाको बारेमा भन्नु हुन्न थियो । म मम्मीलाई अलिकति विश्वास गर्छु, त्यही विश्वासले मलाई नेपाल पुर्‍याउछ , थुप्रै अनुहारहरूले सोधिरहेको जस्तो लाग्छ  'आखिर नेपाली केटाको फेला परिस् हैन । कहाँ गए तेरा स्वतन्त्र विचारहरू सुमी' , मलाई थाहा छैन , म जिन्दगीको के कस्तो निर्णय लिँदैछु । यस्तो निर्णय पहिलो हुन सक्छ , दोस्रो वा तेस्रो हुन सक्छ । म भ्रममा रुमलिन्छु  । विगतहरूमा रुमलिन्छु अनि अनायास मेरा औलाहरू टाइप र्राईटरमा जान्छन् । केही क्षण ओके टाइप गर्छपफेरि र्सतर्क हुँदै 'आइ विल डिसाइड आफ्टर ए मन्थ' टाइप गर्छु फेरि ओ. के. टाइप गर्छु म मूर्तिवत हुन्छु । अनायास मेरा औलाहरू 'ओ.के. मम्मी... ओ.के. ड्याटस मस्ट बी ए राइट च्वाइस...' टाइप हुन्छन् र म आफूलाई र्सवाङ्ग बिर्सेर ड्वाङ्गराङ्ग पल्टन्छु । मैले निर्णय  लिएँ । म अनिर्णय बन्दी हुन चाहिनँ ।
sakhada4@yahoo.com००००००
तातो नारी शरीरको निश्वासले र्स्पर्श गर्छ । म ब्युँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रियहरू निष्प्राण छन् । बिस्तारै परिवेशको जानकारी लिन खोज्छु । आफूलाई असर्मथ पाउँछु । फेरि इन्द्रियहरू परिचालन गर्न खोज्छु । कसोकसो दहिने हात उठाएर नारी शरीर को मुखमा लान्छु । ऊ मेरो देब्रेपटि्टको छातीमा आफ्ना हृष्टपुष्ट छाती जोडेर सुतेकी छे । मुस्किलले नाकमा फूली छ भन्ने थाहा पाउँछु । उसको आधा शरीर मेरो शरीरमा जोडेकी छे । जिउ शिथिल छ, आफ्नो हैन अरू कसैको जस्तो लाग्छ । बोल्न खोज्छु  शब्द निस्कदैनन् । मुटु र मस्तिष्कको समन्वय मिलिरहेको छैन । मस्तिष्क शून्य छ । केही सोच्ने शक्ति नै छैन । केही समयपछि मस्तिष्कलाई झट्का दिन्छु । केही कुरा चलचित्रझैँ घुम्न थाल्छन् ।      म कहाँ छु ? कोसँग सुतिरहेको छु ? कतै धेरै पिएर यस नारीको भविष्य त खराब गरिन् ? अहँ, मैले अहिलेसम्म कहिल्यै कुनै स्त्रीजातिलाई यौनवासनाको नजरले हेरिनँ । त्यसो भए मसँग सुत्ने यी महिला को हुन त ?     म सायद कुनै जङ्गलको झुपडीजस्तो सानो घरमा छु । बाहिर चराचुरुङ्गी उज्यालो हुन लागेको संकेत दिइरहेका छन् । म सम्झन्छु । म काठमाडौबाट पश्चिमको विकट पहाडी जिल्लामा जिल्ला अधिकारी अथार्त सिडिओ भएर खटिएको छु । म स्मरणशक्ति तन्काउँछु ।
म अहिले यहाँ छु । हिजो कहाँ थिए ? अनि के गर्दै थिएँ ? म मस्तिष्कलाई अझ बढी क्रियाशील बनाउँछु । अचेतन अवस्थाका सारा बिम्बहरू बिस्तारै चेतका किरणले बिलाउँदै लान्छ । मेरो स्मृतिपटलमा स्मरणका हजारौँ आवाजहरू पड्कन थाल्दछन् ।     'खबरदार ˜ ˜.... फायर.....  ठोक.....  आत्मर्समर्पण गर.....   हामीले सदरमुकाम कब्जा गरिसक्यौँ..... पब्लिकको घर जोगा......  आधार˜ ˜...  प्रतीक˜ ˜.... अघि बढ....  मोर्चा लिई.....  घड्याम्म ˜ ˜..  ड्याम्म ˜ ˜... फायर...  ड्याम्म.˜ ˜....'     चारैतिर बन्दुक पड्किरहेछ । केही मिनेटको अन्तरालमा बम पड्किरहेछ घरै हल्लने गरी । हजारौँ बन्दुकहरू  भीमकाय आवाज लिएर पड्कँदै छन् । वातावरण कोलाहलमय छ । जताजतै क्रन्दन छ, रोदन छ , चिच्याहट छ, गोलीहरू छानामा असिना बर्सेझैँ बर्सिरहेका छन् । केही छिनअघि एउटा  व्यक्ति '.बत्ती निभा ..' भन्दै थियो । त्यसको केही छिनमा बत्ती गयो । सायद विद्युत् प्राधिकरणको ट्रान्समिटर बमले उडाइदिए होलान् । बम पड्केर जमिन नै हल्लिएझैँ भएको छ । कालो अजिंगरले आहारा निलेझैँ अँध्यारोले सम्पूर्ण भूवनावट निलेको छ । बिजुली चम्केर चट्याङ् परेझैँ बेलाबेलामा आवाज र उज्यालो एकैसाथ आइरहेको छ ।     म सिडिओ-क्वार्टरमा छु । म भरखर सुत्ने तरखर गर्दै थिएँ । तर यो भीषण युद्ध † जीवनमा मृत्युलाई यति नजिकैबाट मैले कहिल्यै देखेको थिइनँ । हुन त सिडिओ भएर यो ठाउँमा आउने बेलामा नै मैले आफ्नो मृत्युलाई शुभकामना दिएर आएको थिएँ । तर पनि काल्पनिकता र वास्तविकतामा धेरै फरक  पर्दो रहेछ ।     म अत्यन्त नर्भस भइसकेको थिएँ । फोन गर्न टेलिफोन तान्छु । नजिकै झ्यालनिर गोली ठोकिन्छ । म तर्सिन्छु । म खाटमुनि पस्छु । एकछिनमा फोन बज्छ । मुस्किलले फोन उठाउँछु । उताबाट डिएसपी बोल्दै थिए -    "सर के गरौँ ? आत्मर्समर्पण गर भन्दै छ ।"  , म थरथर कापेको शरीरले बोल्दै छु । "सुरक्षा गर्ने तपाईँहरूको काम हो, जे गर्नुहुन्छ गर्नोस् । अब बाँचिदैन ।"  म आक्रोश मिसिएको अभिव्यक्ति दिन्छु ।  "आत्मर्समर्पण नगरौँ  । सेना मुभ हुँदै छ रे ।" "तपाईँहरूको जो विचार ।" यति बोलिसकेर म माथिल्लो  तलाबाट तल्लो तलामा झर्छु मुनितलामा पिउन र अर्को स्टाफका परिवार खाटमुनि पसेका छन् । बाहिर एकनासले आवाज आइरहेको छ । म छटपटाउँछु । भुइँमा पल्टन्छु । सबजना रुवावासी गरिरहेछन् । घरको कम्पाउन्डको गेटमा कसैले गेट फुटाउन खोज्दै छ । म अझ त्रसित हुन्छु । मुख सुकेर आउँछ । म क्वार्टरपछाडिको ढोकाबाट बाहिर निस्कन्छु । क्वार्टरपछाडि ठूलो भीर छ । तल सुनसान छ । न आवाज छ न त उज्यालो छ । म झट्ट दिमागलाई कम्म्युटरझैँ परिचालित गर्छु अनि डोरीको खोजीमा भित्र पस्छु । कतै डोरी देख्दिनँ । छेउमा पिउनकी श्रीमतीको फरिया देख्छु । त्यहीँ टिपेर बाहिर निस्कन्छु । बाहिर गेटमा जोडजोडले हिर्काउँदै छन् । म अत्यन्त चाँडो फरियालाई एउटा रुखमा बाधेर आफू तल झर्छु केही तलपुगेपछि फरिया रूखबाट फुस्कन्छ । म फरियासँगै लटपटिएर निकै तल पछारिन्छु । एउटा सानो गोरेटोमाथि बजारिन्छु । जीउभरि चोटैचोट छ । डर र त्रासले शरीरको पीडा महसुस हुँदैन । कतै घर देख्दिनँ। अझ तलतिर झर्छु निकै तल पुगेपछि भीरमुनि एउटा सानो झुपडी देख्छु । मुस्किलले फेरि फरियालाई रूखमा बाधेर भीरबाट तल झर्छु यसपाली झन् बढी काँडाले मेरो शरीरभरि घावैघाव बनाउँछ । शरीरको पीडालाई मानसिक पीडाले सजिलै निलिदिन्छ । बडो मुस्किलले त्यो झुपडीमा पुग्छु । घरमा ढोकामा ताला लगाइएको छ । म तालामा झुन्डिन्छु । म उभिने अवस्थामा छैन । ताला फुस्कन्छ । ताला त्यतै फ्याकिदिन्छु र कोठाभित्र पस्छु । घरभित्र कोही छैन भन्ने कुरामा म निश्चिन्त हुन्छु । भित्र पसेर ढोका लगाउन खोज्छु, न चुकुल भेट्छु न त आग्लो । ढोका ढप्काएपछि म भुइँमा पछारिन्छु । फेरि उठ्न निकै प्रयास गरेजस्तो लाग्छ । तर सक्दिनँ । त्यसपछि के भयो मलाई थाहा छैन । अब मलाई निकै होस आइसकेको छ । यो नारी शरीर मृत हो कि जीवित ? म छाम्छु । त्यहाँ कोही पनि छैन - कतै यो भ्रम हो कि वा भुत , चुडैल  पो हो कि - म सशङ्कित हुन्छु । म शङ्कास्पद दृष्टि दौडाउँछु परिवेशको वरिपरि । एक छिनपछि कतै कुनामा एउटा उक्त नारी शरीर बत्ती बाल्दै गरेको देख्छु । ऊ कुपी लिएर मेरो नजिकै पिर्कामा बस्छे । ऊ आफ्नो  अनुहार मेरो अनुहारको विपरीत दिशामा फर्काउछे । म राम्ररी चिन्दिनँ । म उसको ध्यानाकर्षण गर्न चटपटाउँछु अनि मुखबाट 'उफ भन्दै उच्छवास निकाल्छु । ऊ मपट्टि मुखमण्डल फर्काउछे र मलाई हर्छे उसको अनुहारमा म केही लज्जा , केही आक्रोश , केही धैर्य पढ्छु ।     बिस्तारै उक्त अनुहार मलाई परिचित लाग्छ । म अचम्मका विस्फारित आँखा ओछ्याउँछु ऊमाथि - 'तिमी˜˜ † ' 'हो सर.. म सुकन्या.।'. उसको सौम्य अनुहार , स्निग्ध र निश्चल हेराइले मलाई मोहित पार्छ । म केही सम्झेजस्तो गर्छु मैले चिनेका धेरै थोरै राम्रीमध्ये सुकन्या पनि पर्छे ऊ कसरी यहाँ आइपुगी - म मनमनै मनोवाद गर्छु .।"सरंलाई म कसरी यहाँ आइपुगे भन्ने लागेको होला,  हामी राती यहाँ सदरमुकाम हान्न आएका थियौँ ।  र्फकदा म आफू जन्मेको घरमा पनि पसेर आमालाई भेट गरूँ भनेर साथीहरूलाई छलेर पसेकी थिए । सरलाई भुइँमा लडेको देखेँ । शुरुमा त आमा लड्नु भएछ भन्ने सोचेँ तर पछि बत्ती बालेर हेर्दा सर हुनुहुदो रहेछ । रगत धेरै बगेको थियो । मैले मसँग भएको औषधि लगाइदिएकी छु । सर , बेहोश हुनुहुन्थ्यो । सरलाई मैले उचाल्न सकिनँ । यही भुइँमा ओछ्यान बनाएर सुताएँ । चिसो धेरै भएकोले सरलाई होश आउन गाह्रो होला भनेर मैले आफ्नो शरीरको तातो दिए ....।".   उसले अन्तिम वाक्य मुस्किलले भनी । बत्तीको उज्यालोमा उसको लज्जावोधले ग्रस्त अनुहार राताम्मे देखिन्थ्यो ।     एक वर्ष अघि ऊ माओवादी भई रे भन्ने हल्ला चलेको थियो अफिसमा । ऊ मेरो अफिसमा नागरिकताको लागि आएकी थिई । हुन त त्यसभन्दा पहिला पनि आफ्नो अफिसको काम लिएर आउने गर्थी । तर नागरिकता लिने बेलामा उसको र मेरो राम्ररी चिनाजान भएको थियो ।    ऊ भन्दै थिई  "सर मेरो नागरिकता बनाउनुपर्‍यो । अहिले एउटा स्वास्थ्यसम्बन्धी एनजीओमा काम गर्दै छु । नागरिकता भएपछि स्थायी हुन्छ । नत्र भने दुइ महिनापछाडि मैले जागिर छोड्नुपर्ने हुन्छ । म भन्दै थिएँ "नागरिकता लिनलाई बुबाले सनाखत गर्नुपर्छ । तिम्रो बुबा छ कि छैन -" एउटी कलकलाउँदी उन्नाईस , बीस वर्षी युवतीसँग म संवाद गर्दै छु ।     "सर मेरो बुबा हामीसँग हुनुहुन्न । त्यसैले नागरिकता लिन गाह्रो भयो । बरु सरले नै कुनै उपाय बताइदिनुहुन्थ्यो कि । त्यसको लागि म जे गर्न पनि तयार छु । सरले चाहनुभयो भने नागरिकता लिन गाह्रो हुन्न रे ।" एउटी भर्खरकी गाउँकी केटीले जे गरेर भएपनि भन्दा मेरो नैतिकता जुरमुराउँछ  "होइन तिमीले के भन्न खोज्दै छौ । कस्तो जे गरेर भएपनि भनेको । बाउबिना कही नागरिकता हुन्छ -" मेरो आवाजमा शक्ति र सम्पन्नताको गन्ध आइरहेको हुन्छ । ऊ नम्र हु"दै भन्छे  "हैन सर - मेरो मतलब त्यो होइन । पहिलाका सिडिओसाबले जस्तोसुकै गाह्रो काम पनि मिलाउनुहुन्थ्यो रे भनेको सुनेर मात्र भनेकी हुँ । सर, मैले यो नागरिकता पाइनँ भने जागिरबाट निकालिन्छु । मेरो भविष्य अन्धकार हुन्छ । काठमाडौँ तिर आमाको नागरिकताले पनि पाउनुपर्छ भन्ने हल्ला छ रे त्यसैले भनेकी हुँ ।" यो केटी निकै बाठी र निडर रहिछ । पहिलाको सिडिओको बारेमा पनि थाहा रहेछ । योसँग धेरै विवाद गर्नु ठीक हुँदैन । फेरि मजस्तो कुनै हाकिमले यौनवासनाले अन्धो भएर यसकी आमाकी हरहराउँदो वैँसमा चैतको डढेलो सल्काएर कतै हराएको हुनसक्छ । त्यसको रापले आज यो अवोध केटीको भविष्य पिल्सिरहेको छ । ऊ मेरो सकारात्मक प्रतिउत्तरको प्रतीक्षामा छे । म भन्छु " तिमीलाई थाहा हुनुपर्ने हो आमाको नागरिकताबाट नागरिकता दिने कानून हाम्रो देशमा बनिसकेको छैन बनेको भए दिनलाई मलाई कुनै गाह्रो पर्ने थिएन । "अहिले ऊ घुकघुक गर्दै रुदै छे । म किर्ंकर्तव्यविमूढ हुन्छु ।   ऊ केहीछिनपछि शान्त भएर भन्छे "सर मेरो बुबा पनि तपाईँजस्तो अफिसको हाकिम हुनुहुन्थ्यो रे । ओहो † कसरी कल्पना गरेको कुरा ठ्याक्क मिलेछ । "सर तपाईँनै बुबा भएर मलाई नागरिकता मिलाइदिनोस् न ।" हैन यो केटी कतिसम्मकी निडर रहिछे । एउटा सिडिओको अगाडियस्तो कुरा गर्नक्ने । फेरि म यसको बुबासमान कहाँ छु र हुन त देख्ने जो कोहीले मलाई उमेरभन्दा दसवर्षजेठोको अनुमान लगाउछँन् । सायद यो खुइलेको तालुको करामत हो । यसलाई पनि यो सम्भाव्यताको सङकेतले  मजाले नै खाएछ  ।  म अब स्थिर हुन्छु । "यो कसरी सम्भव छ । सिडिओ भएर आफै गलत बाटो रोज्न मिल्छ ल भन त ।"  म मध्यस्थता कायम गर्न खोज्छु उसको विचार र मेरो भनाइबीच । त्यसपछि दुइचार चोटी ऊ मेरो अफिसमा धाई । असम्भावानाका हिमचुली चुलिँदै गएपछि ऊ अफिस धाउन छोडी । ऊ माओवादी भई रे । उस"ग र्सतर्क हुनुपर्ने कुरा अफिसका स्टाफबाट सुनेको थिएँ । "सर के सोच्नु भएको अब मलाई राम्ररी चिन्नु भयो होइन ।" उसको मलिन स्वरले मेरो एकाग्रता भङ्ग गरिदिन्छ । म वर्तमानमा तानिन्छु ।  अहिले त झन यो केटी अझ बढी निडर , स्वाभिमानी र तर्कशील देखिन्छे । ऊ मृत्युको भयलाई पचाएर आएकी छे तर्सथ उसको अनुहारमा कुनै भय छैन त्रास छैन । क्रान्तिको दनदनी आगोमा आफ्नो अमूल्य जीवन होमेकी छे । यस्ती कलकलाउँदी सुकोमल शरीर भएकी मान्छेले आफूलाई किन होमेकी होला यसरी आगोमा । "सरले सोच्तै हुनुहुन्छ  म किन र कसरी माओवादी भए भनेर होइन सर - सर म रहरले माओवादी भएको होइन । मेरो नागरिकता बनेको भए किमार्थ म माओवादी हुने थिइन" । मेरो जागिर स्थायी हुन्थ्यो अनि आमालाई  म राम्रोसँग पालेर बस्न सक्थे । तर मेरो जागिर तत्कालै छुट्यो । म घर बस्न बाध्य भए" । त्यसपछि चिनेका साथीभाइले माओवादीमामा जाऔ" देशलाई क्रान्तिकारी योद्धाको खाँचो छ भन्न थालेँ । त्यसपछि म माओवादी भएँ सर । "" तिमीलाई गोलीबारुदसँग डर लाग्दैन ?" म प्रश्नको झटारो हान्छु । ऊ निर्भिक भएर भन्छे "केको डर सर ?" "हाम्रो देशलाई हामीजस्तो युवाको बलिदान चाहिएको छ । देशको भ्रष्ट र दुष्ट सामन्तहरूलाई नाश गर्नु छ । हामी रातदिन दुख गरेर एक छाक खान पाउँदैनौँ । उनीहरू मोज गरेर बसेका छन् । हामीले नयाँ नेपाल बनाउनुछ । त्यसैको लागि हामीले क्रान्ति गर्नु परेको छ । माओको सिदान्त अनुरूप शोषित वर्गलाई उठाउनु छ सर ।" यति भनेर ऊ केही सम्झेजस्तो गर्न थाली । मलाई उनीहरूको पार्टी धेरै कमी कमजोरीहरू भन्न मन थियो । तर आफ्नो शरीरको अर्समर्थता र प्रतिकूल परिस्थितिले गर्दा मैले केही बोलिनँ । ऊ पार्टी सिदान्तबाट अत्यन्त प्रभावित देखिन्थी । सारा शरीर दुखिरहेको छ । म पीडाले उच्छवास लिन्छु - 'ऊफ'ऊ भन्छे "सरलाई साह्रै दुखिरहेको होला म पेनकिलर दिन्छु ।" ऊ कतै कुनाबाट औषधि र पानी झिकेर मलाई दिन्छे । मेरो एउटा खुट्टा चलाउनु सकेको छुइन् । शरीरमा धेरै ठाउँमा घाव भएको रहेछ । अहिले मजाले दुख्दै छ । उसले सफासुग्धर गरेर औषधि लगाइदिएकी रहिछ । अहिले थाहा पाउँदै छु । मेरो ध्यान उसको साडी चोलोमा पर्छ । मेरो उत्सुकतालाई अभिब्यक्तिमा पगार्छु तिमी सखर मुकाम हान्न आएकी मान्छे , यो साडीचोलो.. ?" "यी त मेरी आमाका हुन । कम्ब्याक्ट ड्रसमा बसे खतरा हुन्छ भनेर लुकाएर राखेकी छु ।" यो केटी सारै बाठी भइछ । फेरि मनको कुरा पनि कति चा"डो बुझ्दिरहिछ । यो केटी किन यसरी मेरो लागि आफ्नो ज्यान खतरामा पार्दै छे । यो मेरो को हो - मलाई किन यसरी उदारता देखाउँदै छे । "सर, मैले पार्टीनै मनोविज्ञानबारे केही कुरा पढेकी छु र म केही पढेकी हुनाले काउन्सिलिङ्सम्बन्धी तालीम पनि लिएकी छु । त्यसैले यो समयमा सरले केकस्ता कुरा सोच्न सक्नुहुन्छ म सजिलै अनुमान लगाउन सक्छु । सरले सोच्नुभएको होला मैले यो खतरा किन उठाइरहेकी छु भनेर सर, हामी जतिसुकै कठोर र निर्दयी भएपनि हामीभित्र पनि मानवीयता छ , संवेदना छ । सरको हालत देखेर मलाई छोडेर जान मन लागेन । हुन त सरको अगाडि हामी भुसुनासरह हौँ हाम्रो जीवनको कुनै मूल्य छैन तर मैले सरको जीवन बहुमूल्य ठानेको छु । सरका पछाडि धेरै आशाका गोरेटाहरू छन् । जसले सरलाई पछ्याइ रहन्छन् । मेरो जीवनको कुनै भर छैन ।कुनै मूल्य छैन। मेरो न आशा छ न भविष्य । मेरी आमाले पनि मलाई छोडेर हिँड्नुभएछ । "यति भनेर ऊ धेरै गम्भीर भई । यति राम्री केटीले यस्तो भनेको सुनेर मेरो आत्मा छटपटायो । यति सुन्दर शरीर , यति उचाइको वौद्धिकता भएकी केटीले ठाउँ पाउने हो भने संसारलाई आफ्नो  वशमा पार्न सक्थी तर यो नेपालीहरूको विडम्बना भनौँ - यति सुन्दर हातहरूले बम र गोला खेलाइरहेका छन् यहाँ सुकन्या जस्तो धेरै कन्याहरू छन् जसले आफ्नो उज्ज्वल भविष्यको सपनालाई बलिदान दिँदै क्रान्तिको यज्ञमा होमिएका छन् । उनीहरूले आफ्ना खुसी, चाहना र भविष्यलाई हृदयमा नै दाहसंस्कार गरेका छन् । हामी गफ गर्दा राम्ररी उज्यालो भइसकेको थिएन । उसले गाग्रीमा कतैबाट पानी लिएर आई । उसले कोठाको कुनामा रहेको ओदानमा आगो बालेर पानी तताई । कतैबाट मकै खोजेर ल्याई र भुट्न थाली । अब बाहिर राम्रोसँग उज्यालो भइसकेको थियो । हाँडीमा मकैका फूल उठ्तै थिए । मेरो मनमा पनि अनेकौँ तर्कवितर्कका ज्वारभाटाहरू उठ्तै बस्दै गर्दै थिए । हाँडीको मकैजस्तै मेरा भावनाहरू कहिले  फूल बन्दै कहिले ठेट्ना बन्दै उचालिँदै पछारिँदै गर्दै थिए । उसको सन्निध्यताले मैले जीवनसम्बन्धी धेरै कुरा सिकिसकेको थिएँ । हामी दुइधारमा बगेका विपरित लिङ्गी मानव थियौँ । म सरकारको पक्षमा राज्यमा शान्तिसुरक्षा गर्न खटिएको एउटा मर्दाना कर्मचारी थिएँ भने  ऊ राज्यमा क्रान्तिगरी सरकारी प्याकेजहरूलाई असफल पार्न खटिएकी जनना छापामार थिई । ऊ मृत्युलाई हाँक दिन सक्थी भने मृत्युदेखि भाग्ने डरछेरुवा थिएँ। मसँग धेरै आशा विश्वास, चाहनाका फूलहरू थिए जुन सुन्दर संसारबाट टिपिरहेको थिएँ भने ऊ उदेश्यहीन आशाहीन जीवन लिएर फूलको सट्टामा बारुद र गोलामा , आफ्नो भविश्य साटिरहेकी थिई । यस क्षण र यस घट्नाले मलाई उद्धेलित र भावुक दुवै बनाउँछ । सुषुप्त अवस्थामा रहेको मभित्रको लेखकीयता जुरमुराउँछ । मानवीयता छटपटाउँछ ।  म अत्यन्त गम्भीर र संवेदनशील बन्छु । यस अकल्पनिय घट्नालाई कुनै समय भाषिक अभिव्यक्ति दिनेछु भनेर  संकल्प गर्दछु ।     "सर. उसले मेरो एकाग्रतालाई पुन भंङग गर्छे सरलाई म खबर पठाएर मान्छे लिन पर्ठाईदिन्छु । हुन त रात परे पछि मैले हिँड्दा ठीक हुन्थ्यो तर साँझपरुन्जेल सम्म सरको स्वास्थ्य स्थिति बिग्रिन सक्छ ।  त्यसैले अहिले खबर दिएर म बाटो लाग्छु सर । ''    ऊ मकै खाँदै मालसामान मिलाउन लागी । मैले पनि अलिकति खाएँ । उसले हतारहतार एउटा सानो कागजमा केही लेखी र पुलुक्क मेरो मुख हेरी । उ गम्भीर र संवेदनशील हुँदै भन्न थाली "सर कतै भेट भयो भने नबिर्सनुहोला, कतै निलिमा नाम पढ्नुभयो वा सुन्नुभयो भने सम्झनुहोला । सरको स्वथ्य चाँडै राम्रो होस् । म बाटो लाग्दै छु । केही समयपछि  माथिबाट  मानिसहरू सरलाई लिन आउँनेछन् । मेरो विषयमा कसैलाई केही  नभन्नुहोला ।" उसको कुराले म अत्यन्त चिन्तित र गम्भीर भएँ। एकातिर उसको ज्यानको खतरा थियो भने अर्को तर्फमेरो स्वस्थ्यस्तिथि ब्रि्रंदै गएको थियो । म मुस्किलले भन्छु- "सुकन्या तिमी नजाऊ आत्मर्समर्पण गर तिम्रो लागि म बोल्नेछु ।"ऊ अत्यन्त धीर बन्दै भन्छे "सर अब धेरै ढिलो भइसक्यो । अब मैले र्फकने सारा बाटाहरू बन्द भइसके । मैले आत्मर्समर्पण गरे पनि मेरो आत्माले शान्ति पाउने छैन । यो हाम्रो पार्टी सिदान्त विपरीत छ । त्यसैले म जान्छु । मलाई मृत्युको कुनै चिन्ता छैन । " त्यसपछि उ सानो पोको सायद कम्ब्याक्ट ड्रेस  थियो क्यार,बोकेर बाहिर लागी । उ बाहिरिएको मैले सुतेर नै  टुलुटुलु हेरिरहेँ । ऊ गएको करिब दुइ घण्टापछि मानिसहरू स्टे्रचर लिएर म भए ठाउँमा आए । मलाई अस्पताल पुर्‍याइयो । अस्पताल बिमारीले खचाखच भरिएको थियो । पहाडको अस्पताल भने जस्तो सामान औषधि केही थिएन । त्यहाँ सैनिक, कर्मचारी तथा साधारण जनता धेरै घाइते थिए ।     दिउँसो म निकै बेर निदाएछु । आँखा खोल्दा बाहिर धेरै हल्लाखल्ला सुनेर मसँग बसेको स्टाफलाई सोध्छु । " बाहिर के को हल्ला हो ?" "सर , बाहिर फेरि एउटा नयाँ छापामार घाइते भएर ल्याएको रहेछ, उसको नाम निलिमा रहेछ ।"निलिमा भन्ने बित्तिकै मेरो कान चनाखा हुन्छन् । मेरो हात खुट्टा गलेर आउँछ । ओठ तालु सुकेर आउँछ । म छांगाबाट खस्छु । उफ †  निलिमा तिमीले यो के गयौ । म आफ्नो पीडा कसैलाई सुनाउन सक्दिनँ । म वरिपरि मानिसहरू ऊसम्बन्धी गफ गरको कुरा सुन्दै मनमनै गम्छु । "त्यो अघि आएकी छापामार कति राम्री रहिछ ।' "यस्तो लाउँलाउँ, खाउँखाउँ भएकाहरूले किन यसरी ज्यान फ्याकेका होलान् । सायद बाँच्दिन होला ।" ऊ सम्बन्धी प्रत्येक वाक्यले मेरो मुटु घोचिरह्यो । साँच्चै तिमी  महान छौ निलिमा । म मेरो यो जीवन तिम्रै नाममा अर्पित गर्दछु । मेरो जीवन सधै तिम्रो ऋणी भइरहनेछु । निलिमाको सम्भाव्य मृत्युले मलाई धेरै दुखाउँछ । संसार अँध्यारो देख्छु । सुकन्या उर्फनिलिमाको अस्तित्व त्यसै अन्धकारमा हराएको देख्छु । म ऊ सम्बन्धी बढी जानकारी लिने कोसिस गरिरहेकी हुन्छु तर अर्समर्थ हुन्छु । मेरो उपचार त्यहाँ हुन नसकी म काठमाडौ ल्याइन्छु । म करीब डेढमहिनाको बेडरेस्टमा छु खुट्टा भाँचिएको हुनाले । यो समयभरि सुकन्या उर्फनिलिमा मभित्र झाँगिरही । मेरो ढुकढुकीमा बाँचिरही । मैले उसलाई भुल्न सकिनँ । मेरो सम्झनाको आकाशमा कहिल्यै नअस्ताउने जून बनेर उदाइरही । उसको उपस्थितिले मेरो सुषुप्त अवास्थामा रहेको लेखकीय भावाना, भाषा र कथासिल्पको पखेटा लगाई कथ्य आकाशमा उड्न थाले - 'मेरी सुकन्या उर्फनिलिमा' भन्दै ।
sakhada4@yahoo.com
०००००
पहिले त मलाई यो लोकतन्त्र भन्ने कुरो सारै हांसो उठ्छ। प्रजातन्त्रबाट फ्लप भएका नेता लोकतन्त्रको खरानी धसेर निस्कदा अनलाईन पत्रकार तिनै खरानीको बिगुत बन्न पूगेछन। दोस्रो असान्ज बिकीलिक भन्दा पनि यौन दुराचारको कैदी भएर जेलमा सामेल भएका छन। हुन त वाक स्वतन्त्रता जस्तो सुकै प्रजातन्त्रमा पनि लगाम भएर निस्कन्छ तर अचम्म मान्नू पर्ने कुरा के
भने यौन दुराचारको मामलामा गिरफ्तार भएका बिकीलिकका संस्तापक जुलियनलाइ किन नेपाली पत्रकार कबच बन्न खोज्दैछ। सद्दाम हुसेनको समर्थन या रितीक रोशनको बिरोध नेपालमा गल्लीहरुमा निक्लने गरेके थिए। त्यो एउटा भिड हो। तर किन नेपालको चौथो अंग दिमाग छोडेर भिडमा सामले हुंदै छ? समचारमा आउन हो या केही बुझेर प्रेस विज्ञप्ती आएका हो त्यो त केपी ढुंगाना या नेपाली अनलाईन पत्रकार संघलाई‌ नै थाहा होला। तर अन्तीममा अभिब्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको कदर गर्न आब्हान गर्दै असान्जमाथीको कारवाही राजनीतिक पूर्वाग्रहवाट पे्ररित नहोस भन्ने आग्रह गर्दछ भनेर भनिएको छ। यो चाहीं चित्त बुझ्यो। कारबाही हुने भए मूल मुद्दामा होस तर प्रतीसोधले कारबाही नहोस। जुलियनको खबर सायद अझै लम्बिन सक्छ किनकी अमेरीका कम्मर कस्सियर विकीलिक्स पछाडी लागेको छ। सब एउटा राष्ट्र मान्छे पछाडी लाग्छ त्यो एउटा कठिन युद्द नै हो। फेरी त्यो बारे कुरा पछी गरौंला, आजलाई यती नै।
केहि वर्ष अघि मात्रै काठमाण्डौ ' मन्दिर नै मन्दिरको शहर ' भनेर बिश्वमाझ चिनिन्थियो तर अब हिजो आजका कुरा हेर्नुस ! तितो सत्य हेर्नुस !! काठमाण्डौ शहर 'कंक्रिट नै कंक्रिटको शहर ' मा परिणत हुदै छ। भैरहेको छ धमाधम ! जब तपाइको दुइ पाइलाले काठमाण्डौ टेक्नु हुन्छ त्यसपछि तपाइको आखाले के देख्नु हुन्छ ? घरै घर ! घरै घर !! हो , यहि घरै घर अर्थात कंक्रिट नै कंक्रिटको शहर मेरो प्यारो काठमाण्डौमा जिबन बाचिरहेका परिवारहरु मध्ये कुनै एक परिबार छ र त्यो परिबार संग सम्बन्धितहरुको कथा लेख्दै छु जुन अन्य लाखौ लाख काठमाण्डौबासिहरुको कथा भन्दा बिल्कुल फरक ' चै ' हुने छैन ।
धुन्चे बजार नजिकैका बस्नेत दम्पतीले आफ्नो बसोबास काठमाण्डौ शहरमा केन्द्रित गरेको करिब १ बर्ष भयो । उनीहरुको साथमा एक सन्तान छ करुण , ऊ सात मा पढ्दै छ । उनीहरु बस्ने अपार्टमेन्टको पहिलो तलामा स्पोर्ट्सक्लब छ । बुबाले तयार गरिदिनुभएको हर्लिक्स पिएर उ स्पोर्ट्सक्लब गयो बिहानभरको खेल अभ्यासको लागि । छोरा करुण बाहिर गए पछी कल्याण
किचनबाट बेडरुमतिर गयो ।
' रुकु ' उसले रुक्मिणीलाइ ब्युझाउन खोज्यो ।
'उम्म्म् '! रुक्मिणी कोल्टे फर्केर निदाईरही ।
' रुकु ! उठ न बा ! आठ बजिसक्यो ! करुण तल गएको पनि एक घण्टा हुनै लाग्यो .!'
हजुर ! शनिबार नि आज ! उम्म्म्मम्म्म् ' अहिले झन् ओढ्नेले टाउको नै ढाकी उसले । कल्याण फेरी किचनतिर गयो । बाँकी कफी कपमा भरेर झ्याल छेउको कूर्चिमा बस्यो । १४ औ तला माथि बाट देखिने घरै घर ले भरिएको काठमाडौंलाई आँखा भरी हेर्दै कफी पिउदै छ ऊ ।
करिब एक बर्ष अघी कल्याण कतारमा थियो । नेपालबाट जागिर मिलाइदिने एजेन्सीले सुपरमार्केटमा सामान मिलाउने काम भनेको थियो , त्यहा गएर सुपरमार्केट त सुपरमार्केट मै काम पायो तर नेपालको एजेन्सीले भने जस्तो त्यो काम थिएन । सुपरमार्केटको अन्डर्ग्राउन्ड्मा ' फ्रोजन फुड' बिभागमा हेल्परको काम पायो जहाँ फ्रोजन फुडलाई फ्रिजरबाट झिक्दै ट्रलिमा राखी माथि सुपरमार्केटको फ्रिज बक्स मा मिलाएर राख्नुपर्थ्यो । दैनिक १२-१४ घण्टा खट्नु उस्को दैनिकी थियो । चिसो रुममा काम गर्दा उसो त उस्ले कम्पनिबाट प्राप्त न्यानो लुगा लगाएकै हुन्थ्यो तापनी लामो समय चिसो मा खटिरहनुपर्दा त्यो पर्याप्त हुँदैनथ्यो। प्राकृतिक उज्यालो बिनाको कृतिम उज्यालो त्यो पनि असाध्यै चिसोमा काम गर्नु जटिल थियो नै ।
नेपाल जस्तो खुल्ला बातावरणमा हुर्किएको कल्याणले बिदेशी भूमिमा त्यो बिघ्न दु:ख इखले गरेको थियो । भन्छन नि ' बिख नभएको सर्प र इख नभएको मान्छे ' उस्का पनि शत्रु थिए पराइ ( केही छिमेकी ) र आफ्नै परिवार पनि । सहोदर दाइभाउजुले खेदो गर्थे उनिहरुको। त्यही इखले ऊ सबै कुरा सहेर भुक्तमान भोगिरहेको थियो । त्यो १२ बर्षको बिचमा उस्ले अन्य काम खोज्ने प्रयास नगरेको पनि होइन तर त्यती सहज कहाँ हुन सक्छ र बिदेसमा त्यो पनि नेपाली कामदारलाई किनुवा दास झै सम्झिने मुलुकमा ! उस्ले जसो तसो १२ बर्ष कटायो । यि बिचमा २-३ बर्षको फरकमा घरमा आउने जाने क्रम पनि चलिरह्यो । यस पटक भने सधैंको लागि जागिर छोडेर आएको थियो बिदेश मा गर्ने संघर्ष मेहेनत आफ्नै मुलुकमा गर्ने सोच लिएर । उसो त ऊ पढेलेखेको शिक्षित मान्छे हो । गाउमा हुँदा खादाकै जिबन थियो उनिहरुको । मेहेनत गरे बर्ष भरीलाई खान पुग्ने जग्गा पनि छदै छ अझै । नजिकैको हेल्थ पोस्ट मा हेल्थ असिस्टेन्ट्को रुपमा कार्यरत थियो ऊ । तर महंगीले मुलुक नराम्रो सँग डामिरहेको अवस्थामा उस्को सरकारी तलब तातो फलाममा परेको पानीका बूद झै सानोतिनो खर्च्-पर्च गर्दैमा सिद्दिहाल्थियो । हात मुख जोर्न धौ धौ नभए पनि बाँकी आर्थिक समस्या सधैं ज्यु का त्यु रहिरहने कारणले आर्थिक समस्याको दलदलबाट माथि उठ्न उस्ले बिदेशिने निर्णय गरेको थियो र भएका जग्गा मध्य केही भाग जग्गालाई बन्धकिमा राखेर ऊ बिदेशीयको थियो ।
यसरी उस्ले १२ बर्ष कठोर मेहेनत गरेर बन्धकी जग्गा निखन्यो, साथमा यो अहिले बसिरहेको फ्ल्याट्को लागि ५० प्रतिशत रकम पनि जसोतसो जोगाड गरेर पुर्यायो जस्मा रुक्मिणीको बचत पेबा र उस्का माइतीले पनि केही आर्थिक मद्घत गरेका थिए ।यसरी छोरा करुणलाई सुबिधा सम्पन्न काठमान्डौ शहरमा पढाउने उद्देश्य संगै उनिहरुको जिबन पनि अब काठमान्दौ शहर मै केन्द्रित भएको छ ।
जागिरबाट आर्थिक गुजारा धान्न गार्हो हुने पूर्व अनुभबकै कारण २-३ महिना अघी कल्याणले मेडिकल पसल खोल्यो । एस् ल् सि पास रुक्मिणिले सक्दो साथ दिएकी छन औषधीका ब्यबस्थापन पक्ष मिलाउन । यो औषधी सिद्दियो - त्यो औषधी बाँकी छ आदी इत्यादी र साथै आज भोली बिल पूर्जा हेरेर औषधी दिन जान्ने भाईसकेकी छन उनी।
अत्यधिक बातावरण प्रदुसणको कारण १०० मा कारीब ९० प्रतिशतलाई नाक - कान - घाटी - पेट - छाला - आदी सम्बन्धी केही न केही ठुलो होस् या सानो रोगले समाती रहने काठमान्डौ शहरमा बस्नेत दम्पतिको मेडिकल पसलले राम्रै ब्यापार गरिरहेको छ । उनिहरु काठमान्डौ बसाइ सरे देखी यता एक पटक गाउ पनि पुगेका थिए । गाउका दुई चार छिमेकिहरु पनि काठमान्डौ आउँदा बस्नेत दम्पतिको अपार्ट्मेन्ट्मा पाहुना हुने गरेका छन । अहिले गाउमा बस्नेत खलकका यि माहिला छोरा बुहारी को हाइ हाइ छ । १-२ दिन पाहुना भएर जाने गाउले छिमेकिहरुले अपार्ट्मेन्ट भबनको बडो गज्जबले बयान गर्छन् गाउमा । केही हप्ता अघिकै कुरा हो उनिहरु गाउ गएको बेला आफू कहाँ एक रात पाहुना भएर फर्किएका सापकोटा बाजे बज्जैले बडो गज्जबले बयान गरेका थिए ,अनि सबै जना दङ्ग परेर उनिहरुका कुरा सुनिरहेका थिए । सापकोटा बाजे भन्दै थिए , ' काजीका घ'रा ( घरमा ) पुग्न त हिन्नै परोइन ! दाई 'ला ( ढोकामा ) पुगे सि( पुगे पछी ) फुत्त स्टिला बकसा ( स्टिलको बाकसमा ) छिर्ने हो अनि यस्सो हरिया हुन् कि राता बटम दबायो ! १ देखी १० गिन्न ( गन्न ) भ्या होइन ( छैन ) टुप्लुक्कै घ' रा ( घरमा ) गाठे ! ऐ रात्तै !! भर्र्याङ्टी ( भर्र्याङ्ग बाट ) हिनेर ( हिंडेर ) चौदो तलो पुग्ने हो भन्त सानातिना थुम्को ( पहाड ) चडे झै हुन्च करे ! त्यतिका माथि त्यो छुसे बकसले क्या स ( सँग ) पुर्याउछ बाब्बै !!!
लगत्तै सापकोटा बज्जैले थपीन् , ' - अनि झ्याल' टि ( झ्यालबाट ) हेर्दा त आब्ब्युई ! का'ली (कहाली ) ला'उने माथि पो पुगिया छ आफू त आब्ब्युइ ! एक छिन् आँखा चिम्म अरेर ( गरेर ) मनामनै ( मनमनै ) बोले यतिका माथि भो र के भो त घर भित्रै त छेस नि , अनि आँखा खोलेर यस्सो बाइर ( बाहिर ) हेर्छु त झिलिमिली शर ( शहर ) छर्लङै !!!
सबै दंगदास भएर सापकोटा बज्जैको कुरा सुनिरहेका थिए । उनले फेरी थपिन् , 'अनि यस्सो भित्तो ( भित्ता ) छाम्छु त कत्ति सिलिक्क्क परेका हुन ! पोत्ना ( पोत्नको ) झन्झटै नाइ ! भुई कत्ति सप्पा हुन ! खस्या ( खसेको ) कुरो टप्प टिपेर खाए हुनी !
रुक्मिणीको मुखमा पुन : हेर्दै बोलीन् , ' क्या हुन ति मङ मङ बास्ना आउने यस्सो दुई थोपा पानी'या ( पानीमा ) हाल्दो अनि टालाले उठीउठी पोतो ( पोत्यो ) कत्ती सज्लो बाबै !
बयान गरेर थाकेकी थिईनन् सापकोटा बज्जै , उनी अझै जागर लगाएर भन्दै थिइन् , - ' हाम्रा सानु काजी ( करुण ) खेल्ने ठाम् त घर भित्रै गौचरन जस्ता ! कत्ती फराकिला हुन ! खेल्ने कुरो पनि कस्ता कस्ता हुन् बाब्बै ! कोइ बडा बडा टेबु'ला नाथे बल हाइ हुइ अर्दै उफार्दै ! कोइ चरा प्बाख ( चराको प्बाख ) टास्या बल जाली तारले उफ्रार्दै ! कोइ छिसिक्क्को डल्ला फलाम न्बाराना देखुन को ब ला'र कन्दै उचाल्दै ! बाब्बै ! बाब्बै ! अनी त्यो चै ( सापकोटा बाजे तिर हेर्दै ) पौड्ने पोखरी पनि घर भित्रै बाब्बै ! आदी इत्यादी ।
गाउलेहरुको नजरमा छाप बसेको अज्जबको गज्जब यो १४ औ तलाको किचनमा बसेर गज्जब कै स्बादले पिइरहेको कफी जसै रित्यायो उ फेरी कफी बनाउनु पर्ला भन्ने सोच्दै थियो रुक्मिणी आइपुगिन् किचनमा।
- आज त मज्जाले निदाए म , सखारै उठ्स्या हजुर ? '
- म तिमी झै अल्छि नभएर -- कल्याणले छड्के हान्न खोज्यो सधैं झै जिस्किएर ।
- हप्ता भरीको थकाई बिसाउन निदा ' नि ! अल्छि भनिसिन्छ बिथ्थामा ! ' ठुसुक्क पर्दै पानी उमाल्न बसाली केत्लीमा ।
- लौ लौ अब जागरीलो हातले कफी बनाउ मेरी हजुर ! तिम्रो हातको कफी नपिए सम्म पिए झै नहुने बानी भैसक्यो ! '
- उ ! उ ! अल्छी पनि भनिसिन्छ अनि उत्नीखेरै फुर्काइसिन्छ केटाकेटिलाई झै ! ' - गुनासो भावले बोल्दै आफूलाई चिया र कल्याणको लागि कफी तयार गर्न लागि रुक्मिणी ।
-उस्स्स्स ! क्यै भन्नै नहुने धुरु धुरु रुने ! ' जिस्क्यायो कल्याणले ।
चिया र कफी लिएर ऊ टेबलमा आई ।
- रुन्न हजुर रुन्न ! म त्यति कम्जोर पनि छैन । १२ बर्ष रोईरहेकी भए आज के गती हुदो हो मेरो !
- मेरी गृह मन्त्री ! गल्ती भो लौ ! माफि देउ ! ' कल्याणले आफ्नो गाला रुक्मिणीतिर फर्काएर थप्पक्क बस्यो म्वाई देउ भन्ने भाबमा ।
- हजुरलाई कोल्ले जित्ने ! ' मायालु भाबले गालामा प्याट्ट गरी रुक्मिणीले ।
- ऐया नि कत्ती निस्ठुरी हात ! ऐया ! ऐया ! ' गर्दै कल्याण जुरुक्क उठ्यो र बेडरुमतिर लाग्यो । कल्याणले यस्तो भाब प्रस्तुत गरेको थियो कि रुक्मिणी अक्क न बक्क परिन् । लामो सास फेर्दै उनी पनि कल्याण भएतिर गईन् । कल्याण उता मुख फर्काएर ढल्कियो बेडमा ।
- हजुर ! सत्ते सत्ते मरी जाउ भन्या ! यो हातले त्यसरी का ' दुखा हो र ! हरे ! म त हजुरसंगै जिस्किएकी थिए ! सत्य धरोधर्म ! ' रुक्मिणी तर्सिए झै भएर डराएको स्बरमा बोलीन् ।
- तिमी साच्चै जिस्किएकी हौ त ? खोइ मलाई त पत्यार लागेन ! ह्या त दुखि'रा छ त ! छाम त तातो भ ' छ !' भन्दै कल्याण ले रुक्मिणि को हात समात्यो ।
- कत्ती फटा ( फटाहा ) मान्छे हजुर ! मेरो सात्तो लिईस्यो हजुरले ! खै छोड्स्यो हात , अब भूजा तयार गर्नु छ ! ' भन्दै रुक्मिणी उठ्न लाग्दैथिइ ,कल्याणले गाला मुसार्दै अत्तो थाप्यो ,
- आज शनिबार मेरी हजुर ! म सघाइ दिउला नि तिम्लाई । यस्तरी तातो बना' र त्यसइ जान पाउछ्यौ ?
- हजुर पनि उम्म्म्म्मम् ' लाडिदै थिई रुक्मिणी त्यही बेला बैठकमा फोनको घन्टी बज्यो ।
- शनिबार ! यतिबेला !! गाउ बाट हो कि ! ' रुक्मिणी बोली ।
- यै बेला फोन आउनु पर्ने ! धत्तेरी ! कल्याणले झिजो मानेर बोल्यो ।
- खुचिम ! भन्दै रुक्मिणी कल्याणको अगालो बाट फुत्की हाँस्दै ।
केहि बेरमै कल्याण पनि उठेर गयो बैठक तिर ।
- कस्को फोन थियो ? कल्याणले सोध्यो ।
- माथ्लो ( माथिल्लो) गाउको तमाङनि बजू आउँदैछिन् एक हप्ताको लागि काठमान्डौ । उताबाट ( बिदेशबाट ) सोनाम ( बजूको छोरा ) पनि आउँदै छ रे भोली नै । सोनामले बजूलाई हाम्रोमा जानु भनेर खबर गर्या रैछ '।
- ' ल ल ठीक छ । ति तमाङ परिवारले खुबै गुन लगा' का थे हाम्लाई । सक्दो हेल्प गर्नु पर्छ है रुकु ! '
- हो त नि हजुर ! त्यो बेला कत्रो खड्गो तार्न कम्ता गरेनन् तिन्ले !
उ फेरी बोली , - ' बजूलाई बौद्दनाथ घुमाउनुपर्छ है राजा ! बौद्दनाथ बौद्द धर्मालम्बीको ठुलो तिर्थ पो हो त ! '
कल्याणले सहमतिमा थप्यो - ' हुन्छ नि , उता स्बयम्भू पनि लैजाउला । '
गाउ बाट आफूलाई मद्घत गर्ने छिमेकी आउने खबरले दुबै खुशी भए ।
६ दिन भयो बजूको आगमन काठमान्डौमा । बिदेशबाट सोनाम पनि आइपुगिसक्यो । ऊ पनि कल्याण झै थाकेर दिक्क भएर अब बिदेश नफर्कने गरी आएको छ नेपाल । अब उस्लाई पनि बस्नेत दम्पत्तिले झै काठमान्डौमा अपार्टमेन्ट किनेर यही शहर मा केही गरु भन्ने सोच आईरहेको छ । ४०- ५० प्रतिशत रकम बुझाएपछि अपार्ट्मेन्ट किन्न सकिने सुबिधाको कारण ऊ यही सोचमा डुबिरहेको छ अहिले ।
बिदेश जानु अघी ऊ लाङ्टाङ क्षेत्रमा भरिया भएर काम गर्थ्यो । थुप्रै बिदेशिहरुलाई लाङ्टाङ्ग - क्यान्चिङ्ग गोम्पा - साखुरी पिक पुर्याएको थियो उस्ले । गाउकै स्कुलमा ८ पढ्दा पढ्दै छोडेर भरिया काममा लागेको सोनाम पर्यटकको संगतमा अग्रेजी फररर बोल्न जान्ने भैसकेकोथियो । पछी ऊ गाइड बन्यो राम्रो अग्रेजी बोल्न जानेको कारण पनि ।
मुलुकमा भईरहेको आन्तरिक राजनीतिक कलहले अन्य क्षेत्र झै पर्यटन क्षेत्रमा पनि तुषारापात परेको थियो । ठुला - साना पर्यटन उधोगी देखी लिएर स- साना भरिया - गाइड सबैलाई त्यो तुषारापातले छोपेको थियो । सोनामलाई पनि त्यो तुषारापातले छोडेन । त्यही बेला गाउमा आर्मी र माओबादी दुबै मार्फत खासगरी युबाबर्ग प्राय : निशानामा परिरहन्थे । यि दुबैबाट छल्लिन ( यि दुबैको सम्बन्धमा नरहन ) र आर्थिक उपार्जनको लागि पनि सोनाम बिदेशीएको थियो । अब भने मुलुकमा त्यो स्थिती साम्य भएको छ । थुप्रै कल्याण - सोनामहरु मुलुक फर्किने क्रममा छन । सोनाम नेपाल आयो । अब के गर्ने ?? ऊ जस्ता युबा पिढिलाई गाइड गर्न मद्घत गर्नसक्ने सरकार बन्न सकेको छैन अहिले सम्म । उस्ले त्यही गर्छ जे उस्को आँखाले देख्दै आएको छ । जसरी बिदेश बाट फर्किएको कल्याण काठमान्डौ मै सेटल ( ब्यबस्थित बसाइ ) भयो , त्यसै गरी सोनामलाई पनि काठमान्डौमै सेटल हुने रहर जागेको छ । त्यसैले ऊ काठमान्डौ आए देखी नै अपार्ट्मेन्ट खोज्न र बुझ्न ब्यस्त थियो ।
साझ्पख सोनाम र कल्याण संगै आईपुगे बियरका बोत्तल साथमा लिएर ।
' रुकु ! लौ यो गिलास भर है । ' भन्दै उस्ले बोत्तल किचनको टेबलमा राख्यो र उनिहरु पनि किचन मै आसन जमाएर बसे ।
' घा' र् भेट्यो धा कान्छा ? ' ( घर भेट्यौ कान्छा ) , माला जपिरहेकी बजूले सोनामलाई हेर्दै सोधिन ।
- ' भेट्नु ता भेट्यो नि थुप्रै तारा(तर) आबु कुन लिने चूज गार्नु दिन ता लाग्छ होई ! , सोनाम बोल्यो ।
बजूले यत्ती बुझिन अल्ली दिन लाग्ने भयो घर किन्न । ' ॐ मणी पेमे हुँम् --- ' बजूका माला घुमिरहे मन्त्र संगै ।
रुक्मिणी बोलीन् , - ' अपार्ट्मेन्ट पनि अब त भोटाहिटिको भेन्डिको भाउ र भाट्भटेनिको ( सुपर मार्केट्को ) भेन्डिको भाउमा फरक भए झै फरक फरक छ ! एकदम बुझेर हेरेर मात्रै लिनु पर्छ है सोनाम बाबु ! '
' हो ता नि भाउजु ! मो ता त्यै भे र बारु आजुइ डुल्चा । बारु गार्हो भे होटलमा बस्छा मो दाई भाउजु ? ' सोनामले कल्याण र रुक्मिणी तिर हेर्दै बोल्यो ।
' धत कान्छा ! हाम्लाई त्यती परको ठान्ने ! हामी ह्या हुँदा हुँदै किन होटल बस्नु पर्‍यो ! सुर्ता नमानी बस ! ' कल्याणले आग्रह स्बरमा बोल्यो ।
रुक्मिणिले थपिन्, - ' रगतको साईनो मात्रै साईनो होइन सोनाम बाबु ! मनको साईनो झन बलियो साईनो हो । त्यो बेला ' गुन हाम्ले बिर्स्या छैनौ । हामी आफ्नै हौ , कुनै सुर्ता लिनै पर्दैन ! ' , भन्दै गिलासमा थप् बियर खन्याई दिईन् कल्याण र सोनामलाई । अनि बजूतिर हेर्दै सोधिन् , - ' बजू ! हजुरलाई पनि दिउ बियर ? '
- ' दे ना ता दे आलिकाती , जाड जास्तो ता हुदाइना ता रा आल्ली तोङबा जास्तो चाइ हुना खोज्छा होइ ! '
रुक्मिणिले हाँस्दै बियर खन्याउन थालिन् गिलासमा ।
- ' भा यो भा यो ,त्यारो मान राख्नुलाई खान्छ मो , धेराइ ना दे ! ( भयो भयो तिम्रो मन राख्न लाई खान्छु म , धेरै नदेउ )
थोरै बियर पिएर बजू बैठकतिर गईन् र सोफामा पल्टिन आराम गर्न । केही बेरमा करुण आफ्नो रुमबाट बैठकमा आयो । बजू लाई हेर्यो , उस्लाई बजू निदाए झै लाग्यो र भोलुम सानो गरेर टि भि खोल्यो । साकिराको गीत आईरहेको थियो टि भि मा । करुण गीतको तालमा झुम्दै मनमग्नसँग हेरिरहेको देखेर बजू दङ्ग परिन् । कता कता ' बाक्क बाक्क ' उन्ले पनि सुनिछन अनि उठ्दै बोलीन् ,
-' क्या भानेको ! बुझ्दैना पो ! आल्ली चार्को लागाना ल्हे ! '
करुण ले बजूलाई डिस्ट्र्ब होला भन्ने सम्झी आबाज सानो गरेको थियो तर अहिले बजूलाई पनि सुन्न मन लागेको देखेर ऊ दङ्ग पर्दै मज्जाले भोलूम चर्को गर्‍यो । गित सकिए पछी चै टि भि बन्द गर्‍यो पढ्नको लागि ।
- ' त्यास्तो उफ्री बाफ्री गारेरा पो बाक्का बाक्का भा को त्यो गोरि नानी लाई बरा ! बाक्का बाक्का भायु पानी ( भयो पनि ) भान्चा आनी ( अनि ) हात जोड्यारा नामास्ते पानी गार्चा ! आरु ता क्या भान्यो मोइले ता बुझेना पो ! तोइले बुज्यो सानु काजी ? ( तमाङग शैलिमा लामो भाका गरी मिठो स्बरमा सोधिन बजूले करुणलाई )
' मैले पनि अरु त बुझेन बजू ' यती भनी करुण उता पट्टी फर्केर हास्यो मुसुमुसु ।
- ' बजू म पढ्न जान्छु है रुममा ' , ऊ उठ्यो ।
- ' जा जा पाड पाड ! पाड्नु पार्चा धेराइ होइ ! ' ( जाउ जाउ पढ् ! धेरै पढ्नु पर्छ है ! )
बजूले आशिर्बाद स्बरुप माला जप्दै गरेका हात उठाईन ।
- ' हबस बजू ' ऊ आफ्नो कोठामा गयो ।
बजूका माला छिट्टो छिट्टो घुम्न थाले फेरी ' ॐ मणी पेमे हुँम् --- '
किचनमा खाना तयार हुदैथियो , ढोका मा घन्टिको आबाज आयो टीईइ!!!!! रुक्मिणिले ढोका खोलीन् । छिमेकी शंकर श्रेष्ठ उभिएको थियो ।
- ' केही समस्या पर्‍यो कि ? ' रुक्मिणिले सोधीन् ।
- ' त्यै भे र त यता आएर ल्यायो म ! तपाईंको छोराले टि भि चर्को गरेर लगाउछ ! उता मेरो कोठामा डङ् डङ् सुनेर ल्यायो ! म त हैरान भैसक्यो बा ! यता आनन्दले बस्ला भनेर यो फलेत (फ्ल्याट ) किनेर ल्यायो ! का ! का! यस्तो चालले त छु ! छु ! यो त भेन नि ! छिमेक भे सि अरुलाई पर्ने समस्या पनि बुझ्नु पर्छ ! हो कि होइन भन्नुस् त ? , ' रुक्मिणी बाल्ल परिरहीन् । - ' म यत्ती भन्न् ल्यायो , गार्हो नमान्नु होला , छोरालाई सम्झाइदिनुस् ' , भन्दै ऊ गयो ।
रुक्मिणी अध्यारो मुख लगाएर किचनमा आईन् । करुण पनि रुमबाट आयो र चुपचाप उभिरह्यो । बजूले सबै कुरा त बुझिनन् तर रुक्मिणी र करुणको अध्यारो अनुहार देखेर केही चै पक्कै भयो भन्ने सोची सोधिन , - ' क्या भा यो ( भयो ) कजिनी ? क्या भान्चा त्यो मून्छे ?! '
रुक्मिणिले करुण तिर हेर्दै बोलीन् , - ' बाबुले चर्को स्बर गरेर टि भि खोल्यो रे ! उजुरी गर्न आ ' को बजू ! '
- ' आ !!! च्व च्व !! मोइले गा ' रे रा पो यल्ले ( करुण लाई देखाउदै ) चार्को गीत ला' यो धा ! च्ब ! च्ब ! फाक्कामा खप्की खायो ल्हे ! बारा !
चारैतिर हेर्दै बजू बोलीन् , ' भि दा ता छा ता भा का रीको भि दा ता होइना ता ! कासोरी सुन्छा ल्हे घा'र भि ता रा को गीत पानी आपुई !!!
( भित्ता त छ त ! भकारी को भित्ता त होइन ! कसरी सुन्छ घर भित्रको कुरा पनि ! आप्पुई !!! )
रुक्मिणी बोलीन् , - ' बैगुनी रैछ यो छिमेकी नेवार ! एक हप्ता अघी उस्लाई उधो उभो ( झाडा बान्ता ) हुँदा बहाले ( कल्याणलाई देखाउदै ) ह्यै ( अपार्ट्मेन्ट मै - शंकर कै कोठामा ) कत्ती हेर बिचार गरिस्यो ! सल्यान पानी दीस्यो ह्यै ल्याएर ! हाम्ले सर्बिस फिस ( सेबा चार्ज ) पनि ले नौ ! ऐले यत्ती सानो कुरामा औंला ठड्याएर गयो !
कल्याण बिचैमा बोले , - ' होइन रुकु ! यस्तो कुरामा गुन र बैगुन भन्ने हुँदैन ! तिन्को उजुरी जायज छ । डिस्ट्रब भए पछी डिस्ट्रब भयो त भन्नै पर्छ ! हामी आगन भन्दा पर को छिमेकी होइनौ , भित्ता जोडीएको छिमेकी हौ । त्यसमाथि पनि यि अपार्ट्मेन्ट का भित्ताहरु घर को भित्ता जस्तो बाक्लो हुँदैन । एकसरो ब्लक या एकसरो इट्टा लाई पातलो सिमेन्ट ले छोपछाप गरेर मात्रै बनाइएको भित्ताका कोठाहरु यस्तै हुन । आज हामीले उनिहरुलाई गाली गर्दा भोली हामीलाई उनिहरुलाई जस्ताइ पर्‍यो भने के भन्ने ? समस्या सबैलाई उस्तै हो । सधैं सतर्क रहनु पर्छ छिमेकी लाई यस्ता कुराहरुले बाधा नाप्रोस नपरोस भनेर !
बजूले थपीन् , - ' आबु छिउकिदा पानी बिस्तारइ गार् होइ , हाम्रो फुर्बाले ( उन्को माइला छोरा ) जस्तोइ मच्चेरा छिउकियो भाने ता त्यो ता बेस्मारी बाझ्छ होला होइ ! ( अब हाच्छिउ आउँदा पनि बिस्तारै गर है , हाम्रो फुर्बाले जसरी मच्चेर हाछिउ गर्‍यो भने त्यो छिमेकी त झगडा गर्न आउछ होला है ? उन्ले अनुमान
लगाएर भनिन् ।
सोनाम सबैको कुरा सुनेर घोत्लिरहेको थियो । सोचाइमा डुब्दै उस्को मन भने गाउको सेरोफेरोमा पुगिरहेको थियो । गाउमा बिहानी सूर्यदय संगै या सूर्यास्त हुने बेला दाम्जिङ्ग बजाउदै तमाङ सेलोमा गीत गाउने उस्को बानी थियो । झन् पुर्णिमाको रातमा रात भर रात भर नै उ जून तारा हेर्दै दाम्जिङ्ग बजाइ रहदा रात बितेको पत्तै पाउदैनथ्यो ! नेपाल फर्किए पछी यसरी नै दाम्जिङ्ग बजाउने उस्को धोको यथाबत् छ । अब यि रहर , बानिमा ' लगाम ' लागाउनु पर्ने छ उस्ले काठमाडौंको अपार्ट्मेन्ट बसाई संगै ---
कुराकानी संगै खाना पनि तयार भयो । गाउबाट ल्याएको चामल गेडागुडि सिद्दिसकेकोले काठमान्डौमै किनेको चामल दाल पाकेको थियो किचनमा । सबैले खाँदै गर्दा खानाका स्बादका कुरा पनि निस्कियो । सन्तोषी स्बभाबका बजू , सोनामले खानामा कुनै खोट लगाएका थिएनन् तर रुक्मिणिले खुलस्त भएर भनिन् , - ' के गर्नु बजू ! उताबाट ( गाउ बाट ) ल्याको चामल - दाल सबै सिद्दिदा यतैको किन्यौ । स्बाद त कता कताको फरक छ ! तरकारी - फलफूल - मासु क्यै उताको जस्तो नहुने बजू ! नमीठो भो होला है बजू ?
बजू बोलीन् , -' मि ठै छ बारा ! तोइले झान झुन गर्‍यो होइ ! बारा ! बारु( मिनरल को भाडा देखाउदै ) त्य्स्तारी पानी किनेरा खानछ होइ ! बरा ! दुक्का गार्याको पाइसा ( पैसा ) सापूई पानीले खान्छ ! साजिलो ता छैना पो होइ ! '
रुक्मिणिले मिनरलको जारबाट गिलासमा पानी भरिरहेकी थिईन् , सोनाम गिलास मा झरिरहेको मिनरल पानी हेर्दै टोलाइरहेको थियो ।
आज दिउसो ऊ २-३ घण्टा कल्याणको मेडिकल पसलमा बसिरहेको थियो साझ् संगै फर्किनलाई । मान्छेहरु औषधी लिन आईरहन्थे - गईरहन्थे । हेर्दामा सफा सुग्घर राम्रै देखिन्थे ति तर तिनको स्बास्थ्य दुषित भएको थियो काठमान्डौ को दुषित बातावरणले । खोकी - रुघा - टन्सिल - पिनास - घाटी दुख्ने - टाउको दुख्ने - आउ - पखाला - बान्ता - ज्बरो - अपच - आदी समस्या बताउदै औषधी लिएर जान्थे । प्राय : सबैको नाक - मुख ढाकिने गरी माक्स लगाइएको थियो ,कल्याणले पनि मास्क लगाएको थियो । सडक - बाटो- सबारी गाडी हरु कहिल्यै खाली देखिदैनथ्यो । तिन्का धुबा - धुलो - तिनले बजाउने टि!!! टि!!! को एकोहोरो कर्कर्श स्बर !!! मेला लागे झै सधैं को मान्छेहरुको घुइचो !!! यि सब बिरक्त मानेर हेरिरहेको थियो सोनामले मेडिकल पसलमा बसेर । बेला बेलामा यि कुरा हरु पनि गरिरहेको थियो उस्ले कल्याण सँग । कल्याण पनि यस्तो बातावरण देखी बिरक्त भएको उस्ले महशुस गर्‍यो ।
गम्भिर कुराकानी छलफलमा आजको दिन बित्यो ।
आजको रात रुक्मिणी र कल्याण दुबैलाई राम्रो निन्द्रा आएन । दुबैको मनमा 'अपार्ट्मेन्ट र यर्थार्त' कुराहरु खेलिरहेका छन धेरै बेर धेरै बेर ----
उस्तै भईरहेकोछ सोनामलाई पनि । नौ बर्ष जिबनको एक महत्ब पूर्ण भाग उस्ले हाड घोटेर काम गरेको थियो बिदेशमा । त्यसबाट रुखा सुखा जोगाएको पैसालाई पूर्ण रुपमा खर्चिदा पनि अपार्ट्मेन्ट किन्न पुग्दैनथ्यो , मात्र त्यो रकमले धितोमा अपार्ट्मेन्ट किन्न चै मद्घत गर्थ्यो । अनि त्यस पछी ? महिना महिनामा स्याज - ब्याज सहित फाइनान्सलाई तिर्नु पर्ने रकम --- त्यसको लागि काठमान्डौमा काम गर्दै ब्यतित गर्नु पर्ने जिन्दगी त्यो पनि रोगी शरीर लिएर --- काठमान्डौको प्रदुषित बातावरण ---गाडी -- धुबा -- धुलो -- रोगी मान्छेहरुको भिडमा थपिएको उ र उस्का थप् परिवार -- शहरी खाना -- मिनरलका बोत्तल हरु -- एक बित्ते भित्ता -- छिमेकी को कर्कश स्बर --अनि उस्ले बजाउने गरेको गाउको दाम्जिङ्ग ----
नमिठो निन्द्रामा रात बित्यो उसको ----
(कान्तिपुर समाचार " सरकारी सस्थाले अपार्टमेन्ट बनाउने " - बिहिबार २०६७ मङ्सिर १६ , केहि दिन अघि यो समाचार पढेकि थिए कान्तिपुर समाचार मा , त्यसपछी म घोत्लिएर सोचिरहे --- काम गर्दा - बस्दा - खादा जे गर्दा नि त्यै समाचार को कुरा मात्रै आइरह्यो मनमा , एउटा कथा लेख्ने कोशिस किन नगरु ! समसामयिक नै हो बिसय भन्ने सोची कथा तयार पारे . सोच्न त सजिलै भा' थ्यो तर बाबै ! टाईप गर्न र शुद्दा शुद्दी मिलाउन कत्ति गाह्रो हो ! )
सहृदयताको अवधारणाबारे संस्कृत काव्यशास्त्रमा विशद् चिन्तन गरिएको छ । मूलतः काव्यिक रसास्वादनको सर्न्दर्भमा प्रतिपादन गरिएको यो अवधारणालाई समस्त मानवीय सन्देश सम्प्रेषण प्रक्रियालाई प्रतिनिधित्व गर्ने गरी सामान्यीकरण गरिसकिएको छ र यसका आधारमा एक संचारढाँचाविशेषसमेत निर्माण गरी उक्त ढाँचाको नामाकरण 'संचारको साधारणीकरण ढाँचा' भनेर गरिएको छ । चिन्तनको त्यस शृङ्खलालाई अझै अगाडि बढाउँदा सहृदयताको अवधारणालाई अझै विस्तृतिकरण एवं सामान्यीकरण गर्न सकिन्छ । 'वसुधैव कुटुम्बकम्' को जुन मान्यता हिन्दू-जीवनदर्शनमा परिपूर्ण देखिन्छ त्यसलाई ख्याल गर्दा 'सहृदयता' लाई हिन्दू जीवनदर्शनको आधारभूत तत्वका रूपमा लिनु उपयुक्त हुने देखिन्छ । मानवीय व्यवहारमा सहृदयताको अनुपम रूपलाई जीवनका अनेक आयाममा देख्न सकिन्छ । उदाहरणका लागिर् इश्वरीय भक्तिको सर्न्दर्भमा चर्चा गरौँ । "भारतीय विचारधारामा जहाँ हामी मानव र्रर् इश्वरबीचमा निष्कपट संगति पाउँछौं, उता अर्कोतिर पश्चिममा दुवैमा परस्पर-विरोध स्पष्ट रूपमा लक्षित हुन्छ । पश्चिमी
देशका पौराणिक आख्यानहरू पनि यस्तै निर्देश गर्दछन् । ... पश्चिमी संस्कृतिको मुख्य प्रवृत्ति मनुष्य र इश्वरको बीचमा विरोधतर्फ अधिक् छ । त्यस संस्कृतिमा मनुष्य र इश्वरको शक्तिको मुकाबिला गर्दछ, मनुष्यजातिको हितकोलागी इश्वरको पासबाट आगो चोर्दछ । भारतमा मनुष्यर् इश्वरद्वारा निर्मित वस्तु हो ।"
१ एक हिन्दूका निमिर्त्तर् इश्वर माता, पिता, बन्धु एवम् सखा हो र्रर् इश्वरनै उसको र्सवधन हो । "त्वमेव माता च पिता त्वमेव ..." त्यसै भनिएको छैन । त्यसैले ऊर् इश्वरसँग डराउँदैन; प्रेमर्गर्छ र भक्तिरसमा चुर्र्लुम्म डुब्छ ।
यसरी इश्वरलाई अतिशय प्रेम गर्ने हुनाले एक आदर्श हिन्दू सारा जगत्लाई प्रेम गर्दछ ।
२ भक्तिनी मीरालाई विष खुवाइँदा पनि त्यसको असर परेन, किनकि उनकालागि विष पनिर् इश्वरकै प्रसाद थियो । एक आदर्श हिन्दूलाई विश्वास हुन्छकि "समस्त जगत्मार् इश्वर भित्र र बाहिर व्याप्त छ । समस्त जगत् उनको अभिव्यक्ति हो । यस्तो अवस्थामा एक वस्तुलाई मन पराउने र अर्कोलाई मन नपराउने हुनै सक्दैन ।"
३ सबैप्रतिको प्रेमभाव४ले ऊ यस्तो विश्व-दृष्टिकोणवाला हुन्छ, जसका कारण गीता ५।१८ मा भनिएझैं 'समदर्शिनः' बन्ने सफलता पाउँछ । गीताकै छैटौं अध्यायमा भनिएको छ( "सम्पूर्ण प्राणीहरू आत्मामा र आत्मा त्यसरी नै सबै प्राणीमा छन् भनेर योगयुक्त समदर्शी यो गीहरू समभावले देख्दछन् ।"
४ समदर्शी बन्न सकेकैले त राजपाठ गुमाएर वनमा भौंतारिइरहेका रन्तिदेव भोक-प्यासले आफू मुर्छित हुनुअघि बचेको केही थोपा पानी मरणासन्न कुकुरलाई पियाउँछन् । सहृदयताको यो भन्दा उच्च दृष्टान्त कुन संस्कृतिमा हुनसक्छ ! परन्तु त्यस्तो प्रेम 'मोह' वा 'वासना'को रूपमा हुँदैन । हिन्दू जीवनमा मोक्षप्रतिको अत्यधिक आग्रहको अर्थ भौतिक जगत्प्रतिको निरपेक्षता होइन । इन्द्रियजन्य मोह वा भ्रमप्रति अनिच्छा भएतापनि मानव चेतनाप्रति वैदिक मतमा अगाध श्रद्धा रहेको छ । 'यथा पिण्डे तथा ब्रह्माण्डे' यस प्रसिद्ध भनाइझैं वैदिक ऋषिहरूले मस्तिष्कलाई संपूर्ण ब्रह्माण्डको लघु-प्रतिकृति सम्भिए । यसरी जब मानव शरीरभित्रै देव-तत्वको बास छभने मोक्षकालागि बाहिर भट्कनु पर्ने कुनै कारण हिन्दू जीवनमा रहँदैन । मोक्षकालागि आत्माले बाहिर हेरेर पक्कै हुँदैन; प्रत्युत उसले आभ्यन्तरलाई हेर्नु पर्दछ । यसको अर्थ केमात्र पनि होइन भने मोक्षका निमित्त मात्र हिन्दू जीवनमा आभ्यन्तरको महत्व र हेको हो; अपितु आभ्यन्तरलाई हेर्न यो प्रवृत्ति आदर्श हिन्दूमा जुनसुकै बेला रहेको हुन्छ । उता मानव शरीरलाई मूलतः पापमय मान्ने पाश्चात्य अवधारणा रहेको छ ।
हिन्दू अवधारणामा पञ्चतत्वबाट बनेको शरीर त मोक्षको साधन हो; जुन साधन त्यति महान् लक्ष्यकालागि सहायक बन्नेवाला छ, त्यस्लाई पापमय कसरी मान्न सकिन्छ र !
५ क्षणभंगुर भएतापनि यसले मोक्षको प्राप्तिमा पुर्‍याएको सहयोगप्रति कृतज्ञता भाव रहेकै हुन्छ एक आदर्श हिन्दूमा । त्यसैले त मोक्षको प्राप्तिनेरै पुगिसक्दा पनि भतृ्रहरि भन्छन्( "हे माता पृथ्वी, पिता वायु, मित्र अग्नि, सुबन्धु जल, भ्राता आकाश ! तिमीहरूलाई मेरो यो अन्तिमपल्ट हात जोडी नमस्कार छ, तिमीहरू सबैको साथबाट उत्पन्न पुण्यका आधिक्यले स्फुरित भएको निर्मल ज्ञानले मोहको सारा महिमालाई पार गरी म परब्रह्ममा लीन भइरहेको छु ।"
६ यस्तो कृतज्ञता भाव रहन्छ हिन्दू जीवन पद्धतिमा । पुरुषार्थ-चतुष्टयका रूपमा मोक्ष चरम् प्राप्ति अवश्यै हो, किन्तु त्यस शृंखलामा अर्थ, काम र धर्म पनि छन् भन्ने हामीले भुल्नु हुँदैन । अर्थ र काम भौतिक उन्नतिको कसीका रूपमा रहेका छन् भने धर्म भौतिक र आध्यात्मिक उन्नतिको सेतुका रूपमा रहेको छ । संस्कृतका आदिकवि वाल्मीकिको कवि जीवनको प्रारम्भ पक्षीका भावनाको साधार णीकरणबाट भयो । सम्भोगरत क्रौञ्च पक्षीहरूलाई शिकारीले वाण हान्दा उनको हृदय द्रवित भएर नै सहसा शिकारीलाई धिक्कार्न पुगे उनी । पक्षीका पीडाको सह-अनुभूति उनको आभ्यन्तरले नगरेको भए उनीभित्रको करुणभाव कसरी बिउँझदो हो ! यसरी वनस्पति, वृक्ष र लताहरू, अनि मृगशावक र क्रौञ्च पक्षी सम्मलाई पनि तादात्म्य गराउन सक्नु भावको साधारणीकरणको अति उच्चस्तरको उदाहरण हो । प्रा. डा. दुर्गाप्रसाद भण्डारीका शब्दमा, "पश्चिमले शुरुदेखि नै विजय र पराजयको भाषामा प्रकृतिलाई हेर्न थाल्यो । पुर्वले शुरुदेखि नै प्रकृतिलाई प्रेम र तादात्म्यको भावले हेर्न थाल्यो । पूरर्वीय दर्शन धेरै बढी र हस्यपूर्ण र गहिरो हुनुको कारण पनि अंशतः यहाँको प्रकृतिलाई हेर्ने दृष्टिकोणले गर्दा हो । आफ्नो तार्किक पूर्वाधार लिएर पश्चिम प्रकृतिमाथि विजय गर्न हिंड्यो, आफ्नो सहज ज्ञान, 'इन्ट्यूशन'को पूर्वाधार लिएर पूर्वले वनस्पति लगायत सम्पूर्ण प्रकृतिसित दातात्म्य र प्रेमसम्बन्ध जोड्न थाल्यो । विजय गर्न खोज्ने इच्छामा हिंसा अन्तर्निहित हुन्छ, तादात्म्य राख्ने इच्छा एवं भावमा प्रेम र करुणा हुन्छ । पश्चिमी तर्कपद्धतिको विकास र पश्चिमी प्रकृति-विजयाकाङ्क्षाको कारण त्यहाँ विज्ञानले धेरै ठूलो उचाइ लियो । पूर्वीय सहजज्ञान, 'इन्ट्यूशन' र यहाँको अन्तरमुखताको कारण पूर्वले आध्यात्मिक चेतनाको अन्तिम शिखर भेट्टायो । दुइवटा विपरीत दिशातिर लागे : एउटाले प्रकृतिमाथि विजय पाउने प्रयास गर्‍यो;अर्कोले आफैंमाथि विजय पाउने प्रयास गर्‍यो । पूरव आत्म-विजयलाई असली विजय भन्न थाल्यो । पश्चिम परविजय र प्रकृति-विजयलाई असली विजय भन्न थाल्यो । वनस्पतिसित पश्चिमले तादात्म्यता राख्न सकेन, त्यसैले करुणापर्ूण्ा नेत्रले हेर्न सकेन । भय र आक्रमणको भावले मात्र हेर्न सक्यो । सम्पूर्ण पश्चिमी साहित्य र कलामा कालिदासको अभिज्ञान शाकुन्तलम् मा पाइने वनस्पत्रि्रेम र वनस्पति-तादात्म्य भेट्टाउनु असम्भव छ । प्रकृति-सौर्न्दर्य-सम्पन्न कण्व ऋषिको आश्रमबाट पतिगृहकोलागि प्रस्थान गर्नुभन्दा अघि पितृगृह-वियोग कल्पनामा विह्वल भएकी शकुन्तलाको हात समातेर कण्व ऋषि वनस्पतिलाई सम्बोधन गर्दै भन्छन् 'हे वनस्पति वृक्ष र लताहरू ! जो तिमीहरूलाई पानी नदिईकन, तिमीहरूको स्याहार सुसार नगरीकन आफू भोजन गर्दैनथिइन्, पानी पिउदैनथिइन्; तिनै शकुन्तला आज पतिगृह जाँदैछिन्,तिमीहरू उसलाई आशिर्वाद देऊ' । यहाँनिर शकुन्तलाले प्रकृतिसित तादात्म्य र प्रेमसम्बन्ध गाँसेको र बिदाइ हुने बेलामा आशिर्वाद र आज्ञा मागेको दृश्यबाट कुन सहृदय पाठक अश्रुपूर्ण नहोला - त्यो भन्दा पनि बढी करुणारस पाइन्छ शकुन्तलाले आश्रम छोड्ने बेला उनले हुर्काएको मृगशावकले उनको वस्त्रको कुनालाई अत्यन्त भावुक मुद्रामा दाँतले समातेको दृश्यमा ।"
७ वैदिक हिन्दू-जीवनपद्धतिमा सम्पूर्ण प्रकृती जुन प्रेमपूर्ण दृष्टिकोण छ, त्यो अनुपम छ । आदर्श हिन्दू जनमानसले मानव मात्र होइन, सम्पूर्ण चराचर जगत्प्रति नै 'सहृदयता'पूर्णव्यवहार गर्नु पर्ने मान्यता राख्दछ । त्यसैले सहृदयताको अवधारणालाई समस्त हिन्दू जीवनदर्शनको आधारभूत तत्वका रूपमा मान्नु समीचीन हुन्छ ।
पाठान्त टिप्पणी :
-१) राधाकृष्णन्, डा. र्सवपल्ली; भारतीय दर्शन -अनु. नन्दकिशोर गोभिल), प्रथम खण्ड; राजपाल एण्ड सन्ज, दिल्ली; सन् १९९८; पृ. ३३
-२) तुलनीय : " भक्तिमा त भक्त तद्रूप हुन्छ (स्वराड् हुन्छ । आत्मा र परमात्माको ऐक्यता हो भक्तिको प्राप्ति । भक्तिरसमा भक्तले सम्पूर्ण जगत्लाईर् इश्वररूप देख्दछ । तर्सथ सच्चा भक्तको हृदयमा सारा जगत्प्रति प्रेमभाव हुन्छ । यही कारण होकि भक्त सबैको सुहृद् हुन्छ, सबैको मित्र हुन्छ । आध्यात्मिकताको उज्यालोले हृदय प्रकाशित भएका भक्तहरू नवताका प्रतिमर्ूर्ति हुन् ।" अधिकारी, पण्डित निर्मलमणि; निर्मल-भक्ति-मार्ग -प्रकरण(तीन); घटना र
विचार साप्ताहिक, काठमाण्डौं; वि.सं. २०५९ माघ १; पृ. ५
-३) सम्पूर्णनान्द, बाबु; उपनिषद् और कर्तव्याकर्तव्य विवेक; कल्याण उपनिषद् अङ्क; गीताप्रेस, गोरखपुर; सन् १९४९; पृ. ३२(३३
-४) तुलनीय :"यस्तु र्सवाणि भूतान्यात्मन्येवानुपश्यति । र्सवभूतेषु चात्मानां ततो न विजुगुप्सते ।। यस्मिन् र्सवाणि भूतान्यात्मैवाभूद्विजानतः । तत्र को मोहः कः शोक एकत्वमनुपश्यतः ।।" र्-इशावास्य. ६(७)
-५)"र्सवभूतस्थमात्मानंर्र्सवभूतानिचात्मनिर्।र्इक्षते योगयुक्तात्मा र्सवत्रः समदर्शनः ।।" -श्रीमद्भगवद्गीता ६।२९)
-६) यद्यपि नर-देहलाई 'झुट्टो' तथा 'कच्चा' भने भनिएको पाइन्छ । दृष्टान्तकालागि हेर्नू प्रपन्नाचार्य, डा. स्वामी -सम्पा.); महाप्रभु नारायणदास र्राई विरचित मन्मतिलहरी; डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार समिति, काठमाण्डौं; वि.सं. २०५३; पृ. २७
-७) संस्कृत श्लोक यस्तो छ : "मातर्मेदिनि तात मारुत सखे ज्योति सुबन्धो जल(भ्रातव्र्योम निबद्ध एव भवतामन्त्यः प्रणामाञ्जलिः । युष्मत्सङ्गवशोपजातसुकृतोद्रे कस्फुटन्निर्मल( ज्ञानापास्तसमस्तमोहमहिमा लीये परे ब्रह्मणि ।।" कीथ, डा.
ए.बी.; संस्कृत साहित्यका इतिहास -अनु. डा. मङ्गलदेव शास्त्री); मोतीलाल बनारसीदास, दिल्ली; सन् १९७८; पृ. २२६ मा उद्धृत
-८) डा. दुर्गाप्रसाद भण्डारीद्वारा दीक्षित, मदनमणि; अमृतत्व र कारुणिकता;ज्ञानगुन साहित्य प्रतिष्ठान र एम्स एकेडेमी, काठमाण्डौं; वि.सं. २०५३ को आमुखमा अभिव्यक्त विचार
यो गोली काण्डसंगै पून राजतनत्र बारेमा कुराहरु उप्किएका छन। ज्ञानेन्द्रले गर्दा होइन कि पारसले गर्दा राजतनत्र गएको भन्ने एकथरी छन बने अर्काथरी नेताहरू भएको भए बिदेशीसंग हो हजूर भन्दै पूच्छर लुकाउंथे तर पारसले कमसेकम बिदेशीबाट आफूं हेपिन त जोगिए। साथै नेताहरुले मैले गरेकै होइन या मैले भनेकै होइन जस्ता जाल थापेर उमक्ने स्थीतीमा पारसले मैले गरेको हो भनेर सकारेका छन। केही भने राजतन्त्र समाप्त गर्नेमा गिरीजा कोइराला प्रमूख रेहेकोले पारस कोइराला परिबारबाट छुद्र भएको ले त्यो बदला लिन कोइराला परिबार प्रती लक्षीत गरेर आक्रमण गरेको हुनुपर्दछ। स्मरण रहोस रेबेल चौधरीले बर्तमान परराष्ट्र मन्त्री सुजता कोइरालाकी छोरी मिलेनी कोइरालासंग बिहे गरेका थिए।
भारत समर्थी पत्रिकाले भने पारसले रिबेललाई जंगल घुम्न जाउं भनेको र उक्त कूरा नमानेपछी गोली चलाएको दाबी गरिएको छ। पूर्खाले दु:ख गरेर एकिकरण गरेको देशलाई यिनै बिदेशीले समाप्त गर्न खोजेका छन भन्दै गोली चलाएको खबर सुनिएको छ। यदी ब्ल्यांक रेन्जबाट गोली चलाएको भए रेबेललाई गोली त पक्कै लाउने थियो। यस मानेमा पनि हवाई फाएर गरेको बुझिन्छ। साथै धनजनको क्षती हुन पाएन। तर यो घटना यतीमै सिमीत रहेनेवाला छैन।
अब बजारमा खबर कस्ता कस्ता आउने हुन? पारसले भने आफ्नो परिवार र देशमा बिदेशीले छुद्रता देखाएको हुंदा हवाई फाएर गर्नुपरेको जनाएका छन। उता सुजाता कोइराला भने आफ्नो ज्वाई प्रती घटेको घटना सहन नसकेर सके सम्मको शक्ती लगाएर पारसलाई थुन्न मन्त्रीहरुलाई उर्दी जारी गरेकी छन। जानकारहरू भन्छन यो अब सुजाता र पारस बिच देखिने शक्ती प्रदर्शन हो। घटना र नियम त एक ठाउंमा हुन्छ तर नेपालमा परिणाम भने अर्कै हुनेगर्दछ। यो घटनाले के कस्तो बाताबरण जन्माउने हो त्यो भने हेर्न बांकी नै छ। तल भने पारसले दिएको प्रेस बिज्ञप्ती जस्ताको तस्तै।
म मेरो परिवारका सदस्यहरुसँग आफ्ना धादिङ एवं सर्लाहीको कार्यक्रम सकी चितवनस्थित टाइगर टप्समा रात विताउने क्रममा सो रिसोर्टको रेष्टुरेन्टमा रात्री खाना खाइरहेको समयमा केही अन्य आगन्तुक पनि सोही स्थानमा बसिरहेको बखत एक जना बंगलादेशी नागरिक र अन्य एक भारतीय नागरिक मसँग आई कुराकानी गर्न थाले । र, मैले निभाएको पुरानो भूमिका र मैले
प्रतिनिधित्व गरेको संस्थाको बारेमा अनर्गल एवं उत्तेजनात्मक टिप्पणी सुरु गरे । सो भलाकुसारीलाई आफ्नो क्षमताले भ्याएसम्म मैले शान्त गर्ने प्रयास गर्दागर्दै पनि उनीहरुको उत्तेजना रोकिएन । यही क्रममा उनीहरुसँग आएका अन्यहरुले समेत सो बंगलादेशी र भारतीय नागरिकलाई शान्त गर्ने प्रयास गरे पनि उनीहरु अझ उत्तेजित भई म र मेरो परिवार एवं नेपालप्रति अति नै घृणित शब्दहरु प्रयोग गरी पेश आएपछि म सो रेष्टुरेन्टबाट बाहिर निस्की धेरैबेर एक्लै बसिरहे । सो कुराकानीबाट म बाहिर निस्किएको करिव आधा घन्टापछि मेरो परिवारलगायत रेष्टुरेन्टमा रहेका अन्य सम्पूर्ण आगन्तुकहरु गइसकेको अवस्थामा आफ्नो र देशको अपमान सहन नसकी क्रोधमा आफूसँग रहेको पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको हुँ तर सो हवाई फायर कुनै पनि व्यक्ति र टाइगर टप्सको भौतिक संरचनाप्रति लक्षित नभएको यथार्थ सम्पूर्ण नेपाली दाजुभाई तथा
दिदीबहिनीहरुलाई जानकारी गराउन चाहन्छु ।
पारश शाह
निर्मल निवास, महाराजगञ्ज
काठमाडौं, नेपाल
Related stories
* In pictures: Floods sweep south
* The politics of Zardari bashing
* Britons give £4m to flood appeal
Helicopter missions in the north-west have been grounded and a red alert has been issued for the south.
One dam in Sindh province has been breached and engineers are warning that the huge Tarbela and Mangla dams are close to their maximum levels.
The region's worst floods for 80 years have killed at least 1,600 people.
Since the 20 April catastrophe there has been much discussion in US Congressional hearings and the media about the sequence of events that led up to it.
Here is a summary of what we know so far about the BP oil spill, and the primary questions that are still being investigated.
Background
The Deepwater Horizon rig was drilling an oil well in the Macondo prospect that was intended to be plugged with cement and then completed later to become a production well.
Here is a chronology of events in the months since, as BP has struggled to stem the leak and oil has washed ashore along the Gulf Coast, from the fragile Louisiana wetlands to the white sand beaches of Florida.
4 August
The US government says three-quarters of the oil spilled in the Gulf has been cleaned up or broken down by natural forces.
Meanwhile, BP reports "encouraging" progress with the "static kill" operation to plug the well with mud and seal it with cement.
Just how sharply have the estimates changed?
US scientists issued a figure of 35,000-60,000 barrels (1.5-2.5 million gallons) per day on 15 June.
The case of Research in Motion versus Saudi and the United Arab Emirates seems at first glance to be a relatively simple one.
Since the September 11 attacks in 2001, governments around the world have stepped up their snooping powers and communications firms are required to comply with these tough new laws and hand over data when asked.
RIM boasts of having a particularly secure network claiming to "have spent over a decade building a very strong security architecture to meet our enterprise customers' strict security requirements around the world".
shellymilne_bbc304.jpgIn the southern California countryside, Shellie Milne's children play on their two miniature ponies in their yard. She's just back from a Tea Party meeting: she's an enthusiastic organiser for the movement and she says her latest cause is immigration.
She's insistent that the organisation isn't about social conservatism but is purely about fiscal rectitude. How then does immigration fit into that?
She has six children and says her children's education is suffering directly because of illegal immigration. Many of the children don't speak English and even the children of illegal immigrants must, by law, be educated in the state system.
She adds that the health system is also over-burdened. Of course, there's no national health system here but hospitals do have to treat anyone who turns up in the emergency room. If they can't pay, the hospital foots the bill. Shellie says its like a party. If 30 people RSVP and you cater for that number and then 100 turn up, everybody goes short. It's not much of a party any more.
In Rotterdam a Dutch customs officer swings open a heavy metal door to reveal a pile of old televisions stacked tight within a shipping container.
Instead of proceeding to Ivory Coast, these goods will be impounded, checked and most likely sent back to Germany, from where they arrived.
This is the front line of the European effort to stop electronic and electrical equipment, consumed and discarded in ever greater quantities, from being dumped in the developing world.
"Once A Jolly Hangman - Singapore Justice in the Dock" is a critique of the way the death penalty is applied in the city state. It alleges double standards and a lack of impartiality.
Continue reading the main story
"Start Quote
Certain restrictions are necessary to ensure harmonious living amongst different communities in Singapore"
End Quote Abner Koh People's Action Party
That has prompted Singapore's attorney general to charge the 75-year-old Briton with contempt, arguing that passages of the book "scandalise the Singapore judiciary" and "undermine the authority of the courts".
Phil Mickelson will depose him with a win, or a top-four finish if Woods were to finish outside the top 37.
Lee Westwood, runner-up in two majors in 2010, would reach number one if he wins and Woods is outside the top two.
Westwood could also take top spot if he was second, Woods is worse than ninth and Mickelson does not take the title.
Woods has had five years in his current run as world number one but is yet to win this season in seven attempts after returning from a five-month absence following the much publicised revelations about his private life.
4 August 2010 Last updated at 22:40 GMT
Share this page
* Facebook
* Twitter
* Share
* Email
* Print
Cheez Doodles snack inventor Morrie Yohai dies in US
Cheez Doodles (image: Wise Foods website)
The inventor of the crunchy, orange cheese puff snack known in the US as Cheez Doodles has died.
Morrie Yohai, who was 90 years old, invented the snack in the 1950s when he ran a food processing company in the Bronx district of New York.
Using a corn meal processing machine and a high-speed blade, he produced small tubes which could then be flavoured with orange cheddar cheese.
The resulting snack left a distinctive orange mark on the fingers.
Cheez Doodles became one of the most popular snacks in a country which has made a point of eating between mealtimes, the BBC's James Reynolds reports.
A veterinarian diagnosed the dog with PTSD, which some experts say can affect animals in a similar way to humans.
The two-year-old dog returned home to Peterson Air Force base in the US state of Colorado one year ago terrified, skittish and fearful.
But Gina is close to a full recovery, kennel master Sgt Eric Haynes says.
Related stories
* US military wages war on PTSD
* Brain scan 'could diagnose PTSD'
Sgt Haynes takes care of about 18 dogs on the military base but says he has never seen "any dogs with issues this extreme".
"She was terrified all the time. She wouldn't go in and out of buildings," he said.
PTSD, which the military characterises as a condition that develops after a life-threatening trauma, has not been researched in animals as thoroughly as in humans. But some experts say animals can experience a form of it.
"There is a condition in dogs which is almost precisely the same, if not precisely the same, as PTSD in humans," Tufts University animal behaviour specialist Nicholas Dodman told the AP news agency.
Cuban state media said a special session of the assembly on international affairs, requested by Mr Castro, would be held on Saturday.
Fidel Castro, 83, ceded power to his brother Raul in 2006 after falling ill.
But he now says he has fully recovered and has made frequent public appearances over the past month.
Related stories
* Fidel Castro to release memoirs
* Fidel's timely TV interview
The official announcement of the special parliamentary session does not mention Mr Castro by name, or say who will be speaking.