MEROLINKS / enbeeone3 / All
<language>en</language>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[सरकारको नेतृत्वका लागि माओवादी हुन्न बरु कांग्रेस ठिकनागोया जापान, २०११ जनवरी १ - आगामी २५ गतेबाट शुरु हुने संसदको नियमित अधिवेशनबाट नयाँ सरकार बन्ने एमाले महासचिव एवम् संगठन विभाग प्रमुख ईश्वर पोखरेलले बताउनु भएको छ । एमाले निकट नेपाली लोकतान्त्रिक माच जापानले शनिवार जापानको नागोयामा गरेको अन्तरकिर्या कार्यक्रममा महासचिव पोखरेलले सो जानकारी दिनुभएको हो ।'नेपालमा लोकतन्त्रको संस्थागत विकास आर्थिक सम्वृद्धि र राजनीतिक मोडेल विषयक अन्तरकि्रया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महासचिव पोखरेलले भन्नुभयो' अबको अधिवेशनले राजनीतिक पार्टीहरु बीच एकापसमा निषेधको नीति त्याग्नेछ र देश सहमतिको दिशामा केन्द्रीत हुनेछ ।'कार्यक्रममा एमालेले कहिल्यै पनि राजनीतिक सहमति उल्लंघन नगरेको दावी पोखरेलको थियो । राजनीतिक सहमतिका लागि एमालेले त्याग गरिरहेको स्मरण गराउँदै महासचिव पोखरेलले भन्नुभयो' सरकारमा बहुमत समर्थन हुदाहुदै पनि माधव नेपालले प्रधानमन्त्रीबाट राजिनामा दिनुभयो झलनाथ खनालले प्रधानमन्त्रीबाट आफ्नो उम्मेदवारी फिर्ता लिनुभयो ।' अझैपनि एमाले राजनीतिक सहमतिबाटै नयाँ सरकार निर्माणमा लागिपरेको छ यसका लागि न कांग्रेसलाई कित्ताकाँट गरेर जान सकिन्छ न त माओवादीलाई नै - उहाँले भन्नुभयो ।बरु घुमाउरो पारामा महासचिव पोखरेलले माओवादीलाई भन्दा कांगे्रसलाई नेतृत्व दिन तयार रहेको बताउनुभयो । 'माओवादीलाई सरकारको नेतृत्व दिन उचित हुँदैन । सरकारमा जाने बेलामा नेपालको शान्ति प्रकृयालाई ६ महिनामा टुंग्याउने कसम खाएको माओवादीले ९ महिना सरकारमा बसेर यो समस्या समाधानको सट्टा झन् बल्झाउने काम गरेको महासचिव पोखरेलको आरोप थियो ।'कालो ओडारबाट घामको उज्यालोतर्फ ल्याउँदा पनि माओवादीका िहंसाका धङधङी अझै बाँकि छन् । यो अवस्थामा माओवादीले सरकारको नेतृत्व लिनु भनेको बिद्रोहि पनि उहि सत्तापक्ष पनि उहि हुने अवस्था हुन्छ । अनि शान्ति प्रकृयाको समस्या झन् विकराल बन्छ ।'- पोखरेलले भन्नुभयो ।'बरु राजनीतिक सहमति बनेको खण्डमा हामीलाई कांग्रेस भए ठिक छ । त्यो मान्न हामी तयार छौं ।'- उहाँले भन्नुभयो । माओवादीले सरकारको नेतृत्व लियो भने त्यो उसका लागि पनि घातक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले सत्ताको नेतृत्व लिन एमाले तयार रहेको पनि बताउनुभयो । तर एमाले या कांग्रेस जसको नेतृत्वमा सरकार बनेपनि कसैलाई विस्थापित गराएर लैजाने पक्षमा एमाले नरहेको महासचिव पोखरेलको भनाई थियो ।एनडिएफ जापानको नागोया र टोकियोमा हुने दुई छुट्टाछुट्ठै कार्यक्रममा भाग लिन पोखरेल विहिबार चुबु अन्तर्राष्ट्रिय विमानस्थल मार्फत जापान आईपुग्नु भएको हो । उहाँको साथमा अखिल नेपाल महिला संघकि सचिवालय सदस्य मीरा ध्वजु र एमाले सम्पर्क विभागका सचिव डा। भिष्म अधिकारी समेत कार्यक्रममा सहभागि हुनुहुन्छ ।नागोयामा संगठनको स्थापनाकालदेखि सहयोग गर्ने केशर गिरी र बलराम भुषाल लगायतलाई कार्यक्रममा खादा आढाएर महासचिवले अभिनन्दन गर्नुभएको थियो । यसैगरि कार्यक्रममा महासचिवले संस्थाको वेवसाईड http://www.ndfjapan.org को कम्प्युटरमा किल्क गरेर शुभारम्भ समेत गर्नुभयो ।अझैपनि सहमति वेगर हतारमा निर्णय गरेर प्रधानमन्त्री छानियो भने देशले ३५ औं प्रधानमन्त्री त पाउला तर हाम्रा समस्या जस्ताका तस्तै रहन्छन् । यसैले यसमा पनि हामी निकै सजग छौं ।-महासचिवको कथन थियो । शान्ति प्रकृयालाई निष्कर्षमा पुरयाउने क्रममा एमाले कहिले कांग्रेससंग कहिले माओवादीसंग त कहिले राप्रपासंग नजिक रहेजस्तो देखिएपनि एमाले त्यस्तो लचकदार र ढुलमुले पार्टी नभएको महासचिवको तर्क थियो ।' हाम्रो पार्टी अरुले सोचेजस्तो शान्त नदीमा डुंगा खियाएर आएको होइन । यसले आफ्नो जीवनमा थुप्रै आरोह अवरोहहरु पार गर्दै आईरहेको छ । यसैले एमालेले जहिले पनि गुणदोषलाई आधार बनाएर मात्र निर्णय गर्छ । यसको परिणाम ढिलो निस्कन्छ तर सहि निस्कन्छ । '- उहाँको भनाई थियो । कार्यक्रममा एमाले सम्पर्क विभागका सचिव डा। भिष्म अधिकारीले जापानमा रहेका नेपालीहरुबाट नेपालले धेरै कुराहरु सिक्न सक्ने हुदा आफूले यहाँ सिकेका सीपलाई व्यवहारमा उतार्न सबैलाई आग्रह गर्नुभयो । नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष सरोज कँडेल माओवादी निकट जनप्रगतिशिल मोर्चा नागोयाका अध्यक्ष हर्क थापा कांग्रेस निकट जनसम्पर्क समितिका डिलाराम खरेल एनडिएफ जापानका सूर्यप्रसाद पाठक एनआरएन जापानका उपाध्यक्ष रोविन्द श्रेष्ठ लगायतले नेपालको शान्ति प्रकृयाका सम्बन्धमा चिन्ता व्यक्त गर्दै देशमा स्थायी सरकार निर्माणको वातारण तयार गर्न महासचिवसमक्ष कार्यक्रममा अनुरोध गरेका थिए । एनडिएफ जापानका सचिव मिलन घिमिरेको साचालनमा भएको सो कार्यक्रम अध्यक्ष डा। दिलिपचन्द्र घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका सहभागिहरुलाई सृजना आचार्यले स्वागत गर्नुभएको थियो भने प्रचार विभाग प्रमुख हरि पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।यसअघि भएको प्रशिक्षण कार्यक्रमको सभापतित्व एनडिएफ तोकाइ होकुरिकु क्षत्रीय समितिका अध्यक्ष अन्जन खनालको सभापतित्वमा सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रममा एनडिएफ टोयोटा कमिटिका उपाध्यक्ष मेखबहादुर कार्कीले अतिथिहरुलाई पुष्पगच्छाले स्वागत गर्नुभएको थियो भने सहभागिहरुलाई अध्यक्ष बलराम भुषालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । विधान मस्यौदा समितिका संयोजक एवम् एनडिएफ जापानका प्रमुख सल्लाहकार डा. राजेन्द्रप्रसाद पराजुलीले सरसर्ती तयार गरिएको विधान मस्यौदा पढेर सुनाउनु भएको थियो । कार्यक्रमको साचालन सचिव अशोकचन्द्र अधिकारीले गर्नुभएको थियो ।
13 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[विश्वको दोस्रो ठूलो औद्योगिक राष्ट्र जापानको बेरोजागारी दर अनपेक्षित  रूपमा बढेको छ । औद्योगिक उत्पादनमा भारी गिरावट, घरेलु सामग्रीको कमजोर  बजार र आन्तरिक मागको कमीले गर्दा गत मे महिनामा बेरोजगारी दरमा वृद्धि  भएको हो ।हालै सार्वजनिक तथ्यांकले नवनियुक्त जापानी प्रधानमन्त्री नाओतो कानका लागि  झन् ठूलो चुनौती थपिएको देखाएको छ । औद्योगिक राष्ट्रका नामले चिनिने  जापानमा पछिल्लो आर्थिक मन्दीयता ऋणको भार पनि चुलिँदै गएको छ भने सरकारी  घाटाको मात्रामा पनि वृद्धि हुने क्रम जारी रहेको छ । आगामी जुलाई महिनामा  हुने चुनावमा अकासिएको सरकारी ऋण समस्या विपक्षीहरूका लागि मुख्य एजेन्डा  बन्ने देखिएको छ ।त्यसैगरी कर वृद्धिको योजनामा विवाद उत्पन्न हुने सम्भावना बढेको छ ।  मन्दीले कमजोर बनेको जापानको अर्थतन्त्रमा धेरै महत्वपूर्ण भूमिका खेलेको  विदेश निर्यातमा कमी आउन थालेको छ । युरोपमा बढेको वित्तीय संकट र राहत  प्याकेजको अन्त्य गर्नेजस्ता निर्णयले पनि जापानको विदेश निर्यात प्रभावित  भएको हो ।गत अप्रिल महिनामा कायम रहेको ५.१ प्रतिशतको बेरोजगारी दर न्यून हुने  अपेक्षा गरिएको थियो, तर त्यसो हुन सकेन । मे महिनामा बेरोजगारी दरमा ०.१  प्रतिशतले वृद्धि भई ५.२ प्रतिशत कायम भएको छ ।यसले गर्दा जापानको आर्थिक सुधारको गतिमा कमी आउने तथा आन्तरिक माग अझ बढी  प्रभावित हुने अनुमान गरिएको छ । तथ्यांकले मे महिनामा सक्रिय कामदारको  संख्यामा आएको कमी विगत २० वर्ष यताकै सबैभन्दा खराब अवस्थामा रहेको  देखाएको छ । मे महिनामा घरेलु सामग्रीको खपतमा पनि ०.७ प्रतिशतले कमी आएको  सरकारी तथ्यांकले देखाएको छ । आन्तरिक बजार मागमा ०.५ प्रतिशतले कमी आएको  छ, जसका कारण मुद्रा अवमूल्यनको अवस्था सिर्जना भएको छ । http://karobardaily.com/?p=8446
10 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[एएफपी, टोकियो, १७ असारविगत दुइ वर्षको अवधिमा जापानको व्यावसायिक विश्वास उच्च तहमा पुगेको छ ।  खराब विश्वव्यापी आर्थिक मन्दीबाट माथि उठ्न सुरु गरेलगत्तै जापानको  व्यवसायिक विश्वासमा पनि वृद्धि भएको हो । बैंक अफ जापानले बिहीबार  व्यावसायिक विश्वासका केही सूचकांक सार्वजनिक गर्दै यसबारेमा थप जानकारी  दिएको छ ।प्रमुख निर्माण कम्पनीहरूको सूचकांकमा पनि मार्चको ऋणात्मक १४ को अवस्थाबाट  जूनमा १ विन्दुले वृद्धि भएको छ । यो तथ्यांक केन्द्रीय बैंकको प्रत्यक्ष  निगरानीमा रहेका ११ हजारभन्दा बढी फर्ममा गरिएको सर्वेक्षणमा आधारित छ । यो  परिणामअनुसार प्रमुख जापानको आर्थिक वातावरण सन् २००८ को जूनदेखि  निराशावादीभन्दा पनि आशावादी देखिएको छ र यो परिणामले ऋणात्मक ४ को  अनुमानलाई झूटो सावित गरेको छ ।जूनको सर्भेक्षणले बढ्दो अवस्थताको संकेत गरेको छ । कम्पनीहरूले प्लान्ट र  उपकरणमा खर्च बढाउने योजना बनाए पनि नाफा बढ्ने अनुमान नगरेको देखिएको छ ।यो तथ्यांकलाई जापानका प्रधानमन्त्री नाओटो कानको सरकारले स्वागत गरेको छ ।  उनको सरकारले जापानको बिग्रिएको वित्त र विश्वको सबैभन्दा ठूलो सरकारी ऋण  भएको अवस्थाबाट बाहिर आउन ल्याइएको एजेन्डामा आर्थिक अनुशासनका कुरा पनि  समावेश छ । यो सफलताले आगामी चुनावमा उनको सरकारलाई सहयोग हुने विश्वास  गरिएको छ ।निर्यातले मन्दीबाट देशलाई सुधारको बाटोतिर सञ्चालित गरेको छ, तर हालैको  तथ्यांकले आन्तरिक अवस्थालाई कमजोर स्थितिमा देखाएको छ । मे मा बेरोजगारीको  अवस्था ५.२ प्रतिशत पुगेकाले अर्थशास्त्रीहरूले देशको आन्तरिक अवस्था  कमजोर भएको विश्लेषण गरेका छन् ।वस्तु तथा सेवाको मूल्यमा आएको गिरावट र कमजोर घरेलु माग लगातार बोझका  रूपमा रहेको छ, जसले भविष्यमा मूल्य घट्न सक्ने आशामा उपभोक्ताहरू कुनै पनि  सामान किन्न चाहिरहेका छैनन् । सरकारले सन् २०११ को आर्थिक वर्षबाट वस्तु  तथा सेवाको मूल्यमा सुधार गर्ने उद्देश्य लिएको बताएको छ ।यद्यपि हालसालैको तथ्यांकले आत्मनिर्भर सुधारलाई गति दिन सक्नेप्रति  जापानले आशा जगाएको विश्लेषकहरूले बताएका छन् ।"निर्यातले सञ्चालन गरेको जापानको आर्थिक सुधार सीधा रूपमा गैरनिर्मिण  उद्योगतिर विस्तार भइरहेको छ", मोनेक्स सेक्युरिटिजका प्रमुख अर्थशास्त्री  नाओकी मुराकामीले भनेका छन् ।प्रमुख निर्माता कम्पनीहरूको गत वर्षको समीक्षात्मक अवधिमा १६.६ प्रतिशतको  नाफाबाट चालू आर्थिक वर्षमा खुद नाफा १ सय ६१ प्रतिशत पुग्ने अनुमान गरिएको  छ ।जापानको निर्माण कम्पनी र गैरनिर्माण कम्पनीले चालू वर्षमा एकैसाथको ६८.१  प्रतिशत नाफा लिने उद्देश्य लिएका छन् ।"तर हामीले विश्वव्यापी अर्थतन्त्रप्रतिको चासोलाई पनि ध्यान दिनुपर्छ ।  जापानी निर्यातको गतिमा मन्दी पनि आउन सक्छ", मुराकामीले भने ।जापानको निर्यातमा आधारित अर्थव्यवस्थाको खतरालाई घटाउन विश्वव्यापी रूपमा  फिर्ता गरिएको प्रोत्साहन प्याकेजले सहयोग गरेको छ, तर खर्च कटौती र  युरोपको ऋणले समुद्रपारको निर्यातमा असर पु¥याउन सक्छ ।निर्यातकर्ताहरूले युरोपको अवस्थालाई सावधानीका साथ हेरिरहेका छन् ।  उनीहरूको डरको विषय भनेको येनमा हुने वृद्धिले निर्यातकर्ताहरूलाई असर  पु¥याउन सक्छ ।http://karobardaily.com/?p=8452 
7 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[कृष्ण आचार्य                  च्याङ्ली (गोरखा), अषाढ १३ -   १५ वर्षअघि ऋण लिएर गाईपालन थालेका यहाँका एक किसान अहिले करोडपति बनेका  छन् । त्यतिखेर एक लाख ९० हजार रुपैयाँ ऋण लिएर गाईपालन थालेका च्याङ्ली-८  का राजेन्द्र पन्तले यो सफलता हासिल गरेका हुन् ।    कृषि विकास बैंकबाट ऋण लिएर सातवटा गाईबाट सुरु गरेको उनको व्यवसायमा  अहिले एक सय ३५ गाई छन् । गोठ मात्रै नौवटा रहेको उनले बताए । होलेस्टिन  फिजियन नामका गाईबाट व्यवसाय थालेका उनको गोठमा अहिले विश्वप्रसिद्व गाईका  जात देख्न सकिन्छ । हलिस्टपान, जर्सी र टेरेन्टेजलगायत जातका गाई आफ्नो  गोठमा रहेका उनले बताए ।   'यो व्यवसायमा ऋण दिन त्यतिबेला कसैले नपत्याएपछि बैंकबाट लिएर सुरु गरेको  थिएँ,' ५४ वर्षीय पन्तले कान्तिपुरसँग भने, 'अहिले गोठमा भएका सबै गाई  बिक्री गर्ने हो भने करोडभन्दा बढी आउँछ ।' बैंकबाट लिएको ऋणबाट व्यवसाय  सुरु गरेको दुई वर्षमै चुक्ता गरिसकेको उनले बताए । उनी अहिले दैनिक  हजारदेखि १ हजार २ सय लिटर दूध बिक्री गर्ने गरेका   छन् । उनले लिटरको २९ रुपैयाँका दरले दूध बिक्री गर्ने गरेका छन् । उनले  ५२ सालबाट व्यावसायिक रूपमा गाईपालन सुरु गरेका थिए ।  'व्यवसायमा दैनिक  हुने खर्च कटाएर मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म बचत गर्ने गरेको  छु,' उनले भने । उनले भएको आम्दानीसमेत गाई र तिनको आहारामा लगानी गर्ने  गरेको बताए । देशका विभिन्न सहरमा दूध वितरण गरिसकेका उनले अहिले चितवनको  सुजल कम्पनीलाई मात्र दूध दिने गरेका छन् ।   'यो व्यवसाय सुरु गर्दा धेरैले बौलायो भन्थे,' पन्तले भने, 'अहिले  तिनीहरूको मुख थुनिएको छ ।' पन्तका बाबु जिल्लाका तत्कालीन बडाहाकिम थिए ।  परिवार र आफन्तले अरू काम गर्नुपर्छ भन्दाभन्दै उनी आफ्नै सुरमा गाईपालन  पेसामा लागेका हुन् । मुलुककै सफल कृषक भएबापत् उनलाई एक दर्जनभन्दा बढी  संघसंस्थाले सम्मान गरिसकेका छन् । सरकारले यस वर्षको समाजसेवा पदकसमेत  उनलाई दिएको छ ।   सरकारले ०३२ सालमा घोषणा गरेको कृषि वर्षबाट प्रेरित भएर उनी कृषि पेसामा  लागेका हुन् । ०३२ सालमै राजनीतिशास्त्र र इतिहास विषय लिएर स्नातक गरेका  पन्तले राजधानीबाट गाउँ फर्किएर कृषि पेसा अँगालेका थिए । उनको परिवारका  सदस्य भने काठमाडौं बस्दै आएका थिए । त्यसयता उनले फलफूलखेती,  भंैसीपालनलगायत कृषि पेसा अपनाए । गाईका विषयमा लामो समय अनुसन्धान गरेका  पन्तले गाईपालनबाट राम्रो मुनाफा आर्जन गर्न थालेपछि एक वर्षभित्रै  विदेशबाट थप १२ वटा गाई किनेर ल्याएका थिए । तीनबाट उनले अहिले १२  दर्जनभन्दा बढी गाई बनाइसकेका छन् । पन्तको गोठमा भएका एउटा गाईले आठदेखि  १५ लिटरसम्म दूध दिने गरेका छन् । उनको गोठमा सात पुस्तासम्मका गाई छन् ।  उनले आफ्नो १२ जनालाई स्थायी रूपमा रोजगारी दिएका छन् । दैनिक ज्यालादारीमा  काम गर्ने कामदारहरू २० जनासम्म हुने गरेको पन्तले बताए । उनले भने, 'करिब  एक सय रोपनीमा गाईलाई खुवाउने घाँससमेत आफैंले लगाएको छु ।'http://www.ekantipur.com/np/2067/3/13/full-news/313744/ 
14 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[चितवन, अषाढ १९ -   चितवनस्थित भरतपुर कृषि विकास कार्यालय परिसरबाट शनिबार दिउँसो एक बजे कान्तिपुरकर्मी  दिपेन्द्र बडुवालको ना १२ प ६८१८ नम्वरको निलो रङको होन्डा साईन मोटरसाईकल  चोरी भएको छ ।    जिल्ला प्रहरी कार्यालय चितवनवाट करिब १ सय मिटर पुर्वमा रहेको जिल्ला  कृषिबिकास कार्यालयको कम्पाउण्ड भित्रवाट मोटरसाईकल चोरी भएको हो ।  रिर्पोटिङको लागि उक्त कार्यालयमा पुगेका कान्तिपुरकर्मी  बडुवालको  मोटरसाइकल चोरी भएको हो ।    माहुरीपालनको राष्ट्रिय कार्यक्रममा निम्त्याइएका बडुवाल समाचार संकलनका  लागि कार्यालय पुगेका थिए । उनी कम्पाउण्डभित्र अन्य थुपै मोटरसाईकलसँगै  राखेर माथि हलमा कार्यक्रममा बन्दै गर्दा दिउँसै चोरी भएको हो । प्रहरीले  मोटरसाइकलको खोजतलास सुरु गरेको जनाएको छ । http://www.ekantipur.com/np/2067/3/19/full-news/314060/ 
9 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[बालकृष्ण ज्ञवाली, काठमाडौं, असार २२ - लामो समयसम्म मूल्य नबढेको अवस्थामा  बैंकहरुले ऋण तिर्न ताकेता गरेपछि काठमाडौं उपत्यकाका अधिकांश व्यवसायीले  घरजग्गा बिक्रीमा राखेका छन्।     आर्थिक वर्षको अन्तमा बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीमा दबाब दिन  थालेपछि रियलस्टेट व्यवसायी र कतिपय व्यक्तिले घरजग्गा बेच्न बिक्रीमा  राखेका हुन्।  ‘विगतमा भन्दा अहिले घरजग्गा बेच्ने करिव ४० प्रतिशतले बढेका छन्,'  पञ्चकन्या रियलस्टेटका श्रीप्रसाद कडरियाले भने ‘किन्नेभन्दा बेच्ने  व्यक्ति धेरै छन्। कतिपयले मुल्य घटेर पनि बेचिदिन आग्रह गर्छन्।' उनले  बैंक तथा वित्तिय संस्थाले कर्जा असुलीमा कडाइ गर्न थालेकाले घरजग्गा बेच्न  हतारिने संख्या धेरै भएको बताए। बैंकबाट ठूलो कर्जा लिएर जग्गा प्लटिङ गर्ने व्यवसायी र तत्काल नाफा  हुने अनुमानमा ऋण लिएर प्लटिङ वा अन्य घरजग्गा किन्ने व्यक्ति अहिले  समस्यामा छन्, कडरियाले भने। ‘लामो समयदेखि घरजग्गाको मूल्य बढेको छैन,' उल्टै बैंक ऋण बढेको छ,'  बसुन्धाराका जग्गा व्यवसायी नरेश खड्काले भने ‘नाफा गर्ने उद्देश्यले ऋण  लिएर किनेको जग्गा नबेचेर के गर्नु?।' उनले प्रत्येक दिन बैंकको ब्याज  बढिरहेको तर, जग्गाको भाउ घट्न  थालेकाले समस्या परेको बताए। उनले एक महिनाअगाडि देखि बैंकले ताकेता गर्न  थालेपछि जग्गा बेच्न पत्रपत्रिकामा विज्ञापन दिएको र आफुजस्तै व्यवसायीलाई  भनेको नागरिकलाई बताए। अर्कोतिर घरजग्गामा बैंकको ब्याज उच्च भएकाले पनि व्यवसायीहरु चाँडो ऋण  तिर्न चाहन्छन्। जग्गाको भाउ नबढेको अवस्थामा ब्याज तिर्न पनि कतिपयलाई  समस्या परेको छ। पहिले ११ प्रतिशतसम्ममा पाइनेमा कर्जा अहिले बढेर १७  प्रतिशतसम्म पुगेको छ।बैंकको निर्देशनपछि प्रत्येक महिना कारोबार शिथिल  भइरहेकाले चाँडै नै कारोबारमा सुधार आउन नसक्ने अनुमान व्यवसायीहरुको छ।  गत मंसिरको तुलनामा उपत्यकामा यसको कारोबार ७५ प्रतिशतले घटेको छ। २०५२  सालपछि यो कारोबारमा धेरै व्यवसायी फसेको घटनाले पनि तत्काल जग्गा बेचेर ऋण  मुक्त हुन चाहनेको संख्या धेरै छ। ०५२ सालपछि घरजग्गा व्यवसायमा आएको  मन्दीले धेरै व्यवसायी टाट पल्टेका थिए। घरजग्गाको मुल्य बढ्न रोकिएकाले जतिसक्दो छिटो यो क्षेत्रको लगानी असुली  गर्ने प्रयासमा रहेको वाणिज्य बैंकका अधिकारीहरु बताउँछन्। सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले  घरजग्गामा दिएको कर्जा असुलीका लागि सबै शाखा प्रमुखहरुलाई निर्देशन दिएको  बताए। ‘यो आवमा करिव ९० प्रतिशत लगानी असुली हुने हाम्रो अनुमान छ,'  भण्डारीले भने। करिव तीन चार वर्षदेखि घरजग्गाको मुल्य चुलिदै आएपछि बैंकबाट कर्जा लिएर  लगानी गर्ने बढेका थिए। केहि रकम लगानी गरेर बाँकी बैंकबाट कर्जा लिइ  जग्गा प्लटिङ गर्ने व्यवसाय पनि चुलिएको थियो। बैंकहरुले पनि यो क्षेत्रमा  जथाभावी लगानी गरिरहेका थिए। वाणिज्य बैंकहरुले मात्र हाउजिङ र रियलस्टेटमा पुस मसान्तसम्म ८५ अर्ब  ५९ करोड रुपैयाँ लगानी गरेका छन्। घरजग्गाको लगानीले भविष्यमा समस्या पर्ने  संकेत देखा परेपछि राष्ट्र बैंकले यो क्षेत्रमा कर्जाको सीमा तोकेको थियो। बैंकले गत पुसमा हाउजिङ र रियलस्टेट कर्जामा यस वर्ष कुल कर्जाको ४०  प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने गरी सीमा तोकेको थियो। आगामी वर्ष  यसलाई ३० र अर्को वर्ष २५ प्रतिशतमा झार्नुपर्नेछ। बैंकहरुलाई यो वर्ष कर्जाको सीमामा झार्न पुरानो कर्जा उठाउनुपर्ने  समस्या छ। यसैले व्यवसायीलाई कर्जा असुलीका लागि दबाब दिन बैंकहरु पनि  बाध्य छन्। हाउजिङ र रियलस्टेटको कर्जा नउठेमा बैंकहरुले ठूलो रकम संभावित नोक्सानी  ‘प्रोभिजन' का लागि छुट्टाउनु पर्नेछ। यसले बैंकहरुको नाफामा असर पार्नेछ। दिनहुँ कारोबार घटेकाले मूल्यमा पर्ने चापका कारण पनि बैंकहरु यो  क्षेत्रको लगानी जतिसक्दो चाँडो असुली गर्न चाहन्छन्। बैंकले दिने सजिलो कर्जाका कारण घरजग्गा कारोबार व्यावसायिक रुपमा बढेको  थियो। यसमा गरेको लगानीले छोटो समयमा बढी नाफा दिएपछि धेरैले बैंकबाट  कर्जा लिई लगानी गरेका थिए। पहिले जग्गाको बजार मूल्यको ८० प्रतिशतसम्म बैंकले लगानी गर्दै आएका  थिए। अहिले सकेसम्म कर्जा दिन खोज्दैनन्। उपत्यकाका पाँच मालपोत कार्यालयहरुले गत जेठमा घरजग्गा कारोबारबाट ११  करोड रुपैयाँ मात्र राजस्व उठाएका छन्। गत मंसिरमा पाँच मालपोतले ४४ करोड  रुपैयाँ राजस्व संकलन गरेका थिए। जेठमा उठाएको राजस्व  राष्ट्र बैंकको निर्देशन आउनुअघिको डिल्लीबजार  मालपोत कार्यालय एक्लैले उठाएकोभन्दा ६ करोड रुपैयाँ कम हो। सरकारले यो वर्ष रजिष्ट्रेसनबाट ६ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य  राखेको छ। अहिलेसम्मको अवस्थालाई हेर्दा लक्ष्य पूरा हुने देखिदैन। जेठसम्म  रजिष्टे्रसनबाट ४ अर्ब रुपैयाँभन्दा केहि बढी मात्र उठेको छ।http://nagariknews.com/economy/industries/15329-2010-07-06-03-53-01.html 
7 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[ - सुरज कुँवर काठमाडौं, अषाढ २३ -   हितैषी मित्रले विदेश भम्रणमा होटलको बिल तिर्न नसकेको वा कुनै फन्दामा  परेको कारण देखाउँदै खुसुक्क आर्थिक सहयोग मागेर ईमेल पठाएको छ भने, सावधान  ! यस्तो ईमेलमा हत्तपत्त सहयोग गर्न वा जवाफ फर्काउन तयार भई नहाल्नुहोस् ।  किनभने ईमेल 'ह्याकर' ले ईमेल सदाका लागि कब्जामा लिई तपाईंको सामाजिक  सम्बन्ध बिगार्न सक्छ । पछिल्लो पटक नेपाली ईमेल प्रयोगकर्ता यस्तै साइबर  अपराधीको फन्दामा पर्दै आएका छन् ।  भ्रमित आश्वासनसहित वेदना पनि समावेश गरिएका ईमेलको प्रत्युत्तर दिन  नहतारिनुहोला । यदि त्यस्तो ईमेल पाउनुभए प्रेषकलाई एकपटक फोन गरेर वा  भेटेरै ईमेलमा लेखिएको विवरणको आधिकारिता र सत्यताबारे सोध्नुहोस् । यस्तो  ईमेलमा सकभर तपाइर्ंलाई मागिएको आर्थिक सहयोग ईमेल प्रयोगकर्ताले नभई ईमेल  ह्याक गर्ने साइबर अपराधीले पठाएको हुनसक्छ । पछिल्लो पटक सञ्चारकर्मी आशिष  लुइँटेल यस्तै गिरोहको शिकार बनेका छन् । साइबर अपराधीले आइतबार राति सात  वर्षदेखि चलाउँदै आएको उनको ईमेल ह्याक गरेपछि उनले हैरानीमात्रै  खेप्नुपरेन, कारबाहीको माग राख्दै महानगरीय प्रहरी अपराध महाशाखा  हनुमानढोका धाउनुपर्‍यो ।   जीमेल प्रयोगकर्ता आशिषलाई उनका साथीले टेलिफोन गरी जब स्कटल्यान्ड  यात्राबारे सोधपुछ गरे, त्यसपछि उनले आफ्नो ईमेल ह्याक भएको सुइूको पाए ।  सोमबार दिनभर उनले थुप्रै आफन्त र शुभचिन्तकलाई फोन र एसएमएसमार्फत  स्कटल्यान्ड भ्रमणबारे प्रस्टीकरण दिनुपर्‍यो । किनभने उनले प्रयोग गर्ने  इमेलबाट उनकै जीमेलको सम्र्पक सूचीमा रहेका थुप्रैलाई रेमिट कारोबार गर्ने  'वेस्टर्न युनियन' वा 'मनिग्राम' मार्फत् ३ हजार २ सय अमेरिकी डलर सहयोग  माग गरिएको थियो । करिब ४ सय ठेगानामा पठाइएको इमेलमा आशिष 'होटलको बिल  तिर्न नसकेर स्कटल्यान्डमा आपतमा परिरहेको' उल्लेख थियो ।ह्याक गरिएकाले  आशिष स्वयंचाहिँ आफ्नो ईमेलभित्र पस्न सकेनन् । अनि उनले मंगलबार प्रहरीमा  लिखीत उजुरी दिए । महाशाखाका डिएसपी डिल्लीराम आचार्यले साइबर कानुनअनुसार  कारबाही गर्ने आश्वासन दिएका छन् । यसअघि बिबिसीका पत्रकार सुरेन्द्र फुयाल  पनि संचारकर्मी लुइँटेलले ब्यहोरेकै फन्दामा परेका थिए ।http://www.ekantipur.com/np/2067/3/23/full-news/314217/                                                                                                    
7 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[जापानमा प्रशिक्षार्थी कामदार पठाउने अनुमति पाएको निजी क्षेत्रले ६  महिनामा  ६ जना मात्र कामदार पठाएको छ। सरकारले एक सय ७१ वैदेशिक रोजगार व्यवसायीलाई झण्डै ६ महिनामा अघि कामदार  पठाउने अनुमति दिएको थियो। नेपाली म्यानपावर कम्पनीसँग दक्षता अभाव र जापानमा कामदार खोज्न  भिसा समस्याले बढी कामदार पठाउन नसकेको व्यवसायीहरु बताउँछन्। सिद्धार्थ  बुद्ध ओभरसिजले केही महिनाअघि ६ जना प्रशिक्षार्थी कामदार जापान पठाएको हो। ‘प्रशिक्षार्थी कामदार पठाउन सजिलो छैन,' नेपाल वैदेशिक रोजगार व्यवसायी  संघका महासचिव कुमुद खनालले नागरिकसँग भने, ‘जापानी भाषा जानेको र कुनै  कम्पनीमा दुईवर्ष काम गरेको कामदार फेला पार्न कठिन छ।' मलेसिया तथा खाडी मुलुकमा बढी कामदार पठाएका म्यानपावर कम्पनीलाई विकसित  मुलुकमा प्रशिक्षार्थी कामदार पठाएको अनुभव नभएकाले समेत समस्या परेको छ। व्यवसायीहरुमा विकसित मुलुकमा कामदार पठाएको अनुभव कम छ। मलेसिया र खाडी  मुलुकमा जस्तो कामदार पठाएर ढुक्कसँग बस्न पाउने अवस्था निर्देशिकाले  दिएको छैन। कामदारको सबै जिम्मेवारी लिनुपर्ने भएकाले जापान कामदार पठाउन  व्यवसायी त्यति चासो राखेका छैनन् भने शुल्क पनि ५० हजार भन्दा बढी लिन  पाइँदैन। खनालले सरकारले तोकेको शुल्कमा कामदार पठाउन कठिन भएको बताउँदै यसमा  पुर्नविचारको खाँचो रहेको धारणा राखे। ‘जापान कामदार पठाउन प्रवर्द्धन खर्च वापत म्यानपावर कम्पनीले पचास हजार  मात्र लिन पाउने व्यवस्था अव्यवहारिक छ,' उनले भने, ‘यसमा केही  पुर्नविचारको खाँचो छ।' प्रशिक्षार्थी कामदार पठाउन उद्योग प्रतिष्ठानमा दुई वर्षदेखि कार्यरत  हुनुपर्ने, दुई वर्ष कार्यरत रहेको प्रमाणित सरकार वा व्यवसायी संस्थाबाट  गराउनुपर्ने, जापानी भाषा तथा संस्कृतिका सम्वन्धमा न्यूनतम जानकारी  हुनुपर्ने निर्देशिकामा छ। प्रशिक्षार्थीका रुपमा जापान गएका कामदारले  तालिम  लिएर फर्केपछि आफ्नो प्रतिष्ठानमा अनिवार्य रुपमा रोजगारी दिनुपर्ने  प्रावधान निर्देशिकामा छ। कामदार नेपाल नर्फकिएमा वैदेशिक रोजगार ऐन र  अन्य नेपाल कानुन बमोजिम कारवाही गर्ने प्रावधान निर्देशिकामा रहेको छ। तालिम  अवधिमा प्रशिक्षण छाडेर भागेमा सो प्रक्रियामा लागेको खर्च र सम्वन्धित कम्पनीलाई तिर्नुपर्ने रकम कामदारबाट भराइने निर्देशिकामा छ। भागेको  कामदारलाई वैदेशिक रोजगार ऐन अनुसार कारबाही हुने निर्देशिकामा रहेको छ। ‘निर्देशिकामा रहेको यस्तो बाध्यकारी व्यवस्थाले कामदार पठाउन म्यानपावर  अग्रसर नभएका हुन्,' एक व्यवसायीले भने, ‘कामदार भागेपनि पैसा तिर्नुपर्ने  भएपछि कसरी पठाउन सकिन्छ?' म्यानपावर मात्र होइन यसअघि कामदार पठाउन एकल अधिकार पाएको नेपाल उद्योग  बाणिजय महासंघले समेत प्रशिक्षार्थी कामदार तोकिएको समयमा पठाउन असफल भएको  थियो। नेपाल सरकार र जिट्को बीच सन् २००३ डिसेम्बरमा भएको सम्झौता  प्रशिक्षार्थी कामदार पठाउन सहमति भएको थियो। यो सहमति अनुसार महासंघले  झन्डै ६ वर्ष पछाडी ६ जना प्रशिक्षार्थी कामदार पठाउन सकेको थियो। जापान  इन्टरनेशनल ट्रेनिङ कोअपरेशन(जिट्को)ले प्रशिक्षार्थी कामदार पठाउने  विषयलाई सधै नजिकबाट हेर्ने गर्छ। धेरैजसो कृषिमा मागम्यानपावर कम्पनीले ल्याएको मागमा अधिकांश कृषि  क्षेत्रको रहेको छ। सिद्धार्थबुद्ध ओभरसिजले पठाएको कामदार कृषि क्षेत्रको  बढी छ। ‘जापानमा कृषि क्षेत्रमा कामदार अभाव छ। त्यसैले सबैले कृषिको माग  ल्याएका हुन्,' खनालले भने। जापानमा बृद्धहरुको संख्या बढिरहेको र जमिनको  स्वामित्वको मोह बढी रहेकोले कृषिमा बढी माग आएको व्यवसायीहरुको भनाई छ।  वैदेशिक रोजगार विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले जापानमा बढी कृषि  क्षेत्रको माग आएको जानकारी दिए। ‘म्यानपावरले ल्याएको मागमा बढी कृषिनै छ,'उनले भने, ‘जापानमा कृषिको  माग बढी भएकोले यस्तो भएको हुनसक्छ।' दुई महिनाभित्र २६ जापान जाने जापानमा कामदारको माग ल्याएको फ्युजन  इन्टरनेशनलले दुई महिना भित्र कामदार पठाइसक्ने जनाएको छ। उसले २६ जना  प्रशिक्षार्थी कामदारको माग ल्याएको थियो।‘हामीले दुई महिनाभित्रै २६  कामदार जापान पठाइसक्छौ,' कम्पनीका प्रवन्ध निर्देशक कुमुद खनालले भने,  ‘हामीले सबै कामदारको अन्तर्वार्ता लिइसकेका छौ।' कम्पनीले १५ जना माछा  मार्ने, ५ जना कृषि र ६ जना सिलाईकटाईको माग ल्याएको थियो। कम्पनीले  जापानको एड्भान्स रिक्रुटिङ कम्पनीबाट कामदारको माग ल्याएको हो। यो कामदार  लिने आउटर्सोसिङ कम्पनी हो। म्यानपावर कम्पनीले आटर्सोसिङ कम्पनीबाट  ल्याएको पहिलो माग हो। खनालका अनुसार यो सबै काममा गएका कामदारले पहिलो दुई महिना पचास हजार  नेपाली कमाउँछन् भने त्यसपछि झण्डै ९० रुपैयाँ हुनेछ। विभागले शुक्रवार तीनवटा म्यानपावरले ल्याएको कामदारको पूर्वस्विकृती  दिएको छ। शुक्रवार विभागले रेन्बो इन्टरनेशनल, सिद्धार्थ बुद्ध ओभरसिज र  हिमाल म्यानपावरले ल्याएको मागलाई पूर्वस्वीकृति दिएको हो।http://nagariknews.com/economy/foreign-employment/15289-2010-07-05-03-36-54.html 
14 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[नेपाली लोकतान्त्रिक मंच जापानNDF Japanमिति २३ जुलाई २०१० प्रेस विज्ञप्ति नेपालीका नेपाली भन्ने मुल नाराका साथ स्थापित गैर आवासीय नेपाली संघ जापानको चौंथो अधिवेशन गत आईतबार जापानको राजधानी टोकियोमा सफलताका साथ सम्पन्न भएकोमा नेपाली लोकतान्त्रिक मंच जापानले पनि गौरवको महशुस गरेको छ । अधिवेशन विवादरहित ढंगले सफलताका साथ सम्पन्न गर्न सकेकोमा आयोजकलाई धैरै धेरै धन्यवाद र बधाई व्यक्त गर्न चाहन्छौं । अधिवेशनबाट निर्विरोध तरिकाले एनआरएन जापानको नया नेतृत्वमा  आगामी कार्यकालको लागि अध्यक्षमा चयन हुनुभएका लालबहादर केसी रोशन उपाध्यक्षद्धय भुषण घिमिरे र गोविन्द श्रेष्ठ महासचिव जिज्ञानकुमार थापा , सचिव राजेन्द्र भट्टराई र कोषाध्यक्ष दिनेश गुरुङलाई एनडिएफ जापानको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं । यसैगरि प्रवक्ता राजेन्द्रपसाद पराजुली र कार्यसमितिको सदस्यमा निर्वाचित हुनुभएका भुपालमान श्रेष्ठ, स्वतन्त्र पौडेल, सुकमान िथंङ तामांङ, सोनाम शेर्पा, युपि प्याकुरेल, केशर गिरी, डिलाराम खरेल, श्याम लामा, लोकनाथ वस्ती लगायतलाई पनि हार्दिक बधाई ज्ञापन गर्दै उहाहरुको कार्यकाल सफलताका साथ सम्पन्न होस् भन्ने हाम्रो कामना छ ।लोकतन्त्र मानव अधिकार शान्ति र सामाजिक न्यायका लागि स्थापित नेपाली लोकतान्त्रिक मंच जापान र एनआरएन जापानका बीच विगतमा झैं आगामी दिनमा पनि असल सम्बन्ध र आपसी सरसहयोग भईरहने छ भन्ने हामीले आशा र विश्वास लिएका छौं । यसैगरि प्रवासमा रहदा नेपाल र नेपालीका समस्या समाधानका पक्षमा गरिने एनआरएन जापानको हरेक कि्रयाकलाप र कार्यक्रमहरुमा एनडिएफ जापान लगायत हाम्रा सबै पदाधिकारी र सदस्यहरुको साथ सहयोग र समर्थन रहिरहने विश्वास पनि दिलाउन चाहन्छौं । हार्दिक अभिबादन सहित !हरिप्रसाद पोखरेल                                                                                                डा दिलिपचन्द्र घिमिरे संयोजक, प्रकाशन तथा प्रचार विभाग                                                                                 अध्यक्ष एनडिएफ जापान                                                                                                     एनडिएफ जापान 
14 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[एनआरएन जापान मिति २२ जुलाई २०१० प्रेस विज्ञप्तिएनआरएन जापानको चौथो अधिवेशन आईतबार जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले आगामी दुई वर्षको कार्यकाल रहने गरि लालबहादर केसी रोशनलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । यसैगरि उपाध्यक्षमा भुषण घिमिरे र गोविन्द श्रेष्ठ निर्वाचित भएका छन् । कार्यसमितिको महासचिवमा जिज्ञानकुमार थापा सचिवमा राजेन्द्र भट्टराई र कोषाध्यक्षमा दिनेश गुरुङ चयन हुनुभएको छ । यसैगरि भुपालमान श्रेष्ठ, स्वतन्त्र पौडेल, सुकमान िथंङ तामांङ, सोनाम शेर्पा, युपि प्याकुरेल, केशर गिरी, डिलाराम खरेल, श्याम लामा, लोकनाथ वस्ती एनआरएन जापानको कार्यसमितिमा निर्वाचित भएका छन् । डा राजेन्द्रप्रसाद पराजुलीलाई भने संगठनले प्रवक्तामा चयन गरेको छ । नवगठित कार्यसमितिको कार्यकाल आगामी दुई वर्षसम्मका लागि हुनेछ । कार्यसमितिले निवर्तमान अध्यक्ष भवन भट्ट निवर्तमान उपाध्यक्ष ओम गुरुंङ निवर्तमान महासचिव डा सुदिप अधिकारी र पुर्वअध्यक्ष राजन प्रधानांगलाई सल्लाहकारमा मनोनयन गरेको छ ।यसअघि एनआरएन जापानको चौंथो अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो । अधिवेशनको प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत डा गणेश योन्जन तामांङ हनहन्थ्यो । राजदुत तामांङले  एनआरएनले आफ्नो अभियानलाई नेपाल र नेपालीको सर्वोपरी हितमा उपयोग गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । विशेष अतिथिका रुपमा बोल्दै एनआरएनका केन्द्रीय अध्यक्ष देवमान हिराचनले एनआरएन अभियानका दिशाका भईरहेका पछिल्ला गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । उद्घाटन सत्रमा जापानमा रहेका नेपालीका विभिन्न संघसंस्थाका प्रतिनिधिले पनि शुभकामना मन्तव्य व्यक्त गरेक थिए । यसरी शुभकामना मन्तव्य दिनेहरुमा जापान नेपाल संस्थाका अध्यक्ष मिचुआकी कोजिमा एनआरएन आईसीसी कोरियाका सचिव तेन्जि शेर्पा नेपाली विद्यार्थी समाज नेसाज जापानका अध्यक्ष सरोज कँडेलनेपाली आदिवासी जनजाती महासंघ जापानका केन्द्रीय महासचिव डा दिनेश मानन्धर हुनुहुन्थ्यो । नेपाली लोकतान्त्रिक मंच जापानका अध्यक्ष डा दिलिपचन्द्र घिमिरे नेपाली जनसम्पर्क समिति जापानका उपाध्यक्ष बलराम श्रेष्ठ र नेपाली जनप्रगतिशिल मोर्चा जापानका उपाध्यक्ष बेलु थापाले पनि एनआरएन७३ज्ञद्दद्दडडसजापानको नवगठित कार्यसमितिको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेशनमा एनइए जेसी पिडिएनएफएफजे एनविए दिदी बहिनी समाज जापान तमुधीं जापान मगर सेवा समिति जापान शेर्पा संघ जापान नेवा जागरण मंच जापान नेवा अन्तर्राष्टिय फोरम जापान थकाली सेवा समिति जापान अन्तर्राष्टिय साहित्य समाज जापान आइएनसीजे नाज हातेमालो तामांङ समाज जापान चितवन कल्याण मंच जापान गुल्मेली समाज जापान काभ्रे समाज जापान र गल्कोट समाज जापान लगायतका प्रतिनिधिहरु सहभागि थिए ।  सामुहिक राष्टिय गानबाट शुरु भएको सो उद्घाटन सत्रमा अन्तर्राष्टिय नेपाली समाज जापानले प्रकाशित गरेको सौगात स्मारिकाको प्रमुख अतिथि डा गणेश योन्जन तामांङ विशेष अतिथि देवमान हिराचन र अध्यक्ष भवन भट्टले संयुक्त रुपमा विमोचन गर्नभएको थियो ।  विधान संशोधन समितिका तर्फबाट भुषण घिमिरेद्धारा प्रस्तुत एनआरएन जापानको संशोधित विधानलाई आवश्यक सुधारसहित संशोधन गरेको छ । यसैगरि अधिवेशनमा निवर्तमान महासचिव डा सुदिप अधिकारीको कार्यप्रगति प्रतिवेदन र  कोषाध्यक्ष शालिकराम भण्डारीको आर्थिक प्रतिवेदन पनि आवश्यक परिमार्जन सहित पारित गरिएको छ । डा राजेन्द्रप्रसाद पराजुली  प्रवक्ता एनआरएन जापान  
19 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[घाईते पत्रकार रविन थपलियाका उपचारको लागि जापानमा एक लाख नौ हजार छ सय एक्काईस जापानी यन ( करिब पचासी हजार नेपाली रुपैया )संकलन भएको छ । एक वर्षअघि दुर्घटनाका कारण पत्रकार थपलियाको दाहिने खुट्टा गुमेको थियो । यसैले कृत्रिम खुट्टा राख्न र थप उपचारका लागि उनले आम नागरिकसंग सहयोगको आव्हान गरेका थिए ।उनी नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् समेत हन् ।उनको उपचार र कृतिम गोडाको लागी आज मानविय नाताले तपाई हामी सबैले सहयोग गर्नेछन् भन्नै आशमा छन् उनी । सहगोग गर्न चाहनै सबैलाई उनले आफ्नो वेवपत्रिकामार्फत अपिल पनि गरेका छन् । दर्घटनाका कारण र बी एण्ड वी अस्पतालले उनीप्रति गरेको हेपाहा प्रवृत्तिलाई आफ्नै शव्दमा उजागर पनि गरेका छन् । उपचारका क्रममा भोग्नपरेका कठिनाईहरु पढ्दै गर्दा बडो कारुणिक र मर्मश्पर्शी छ । यी सबै कुराहरु यहाँ किल्क गरेर पढ्न सकिन्छ । जापानमा उनको उपचारका लागि सहयोग उठाउन नेपाली विद्यार्थी समाज जापान नेसाज जापानको बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था मिलाईएको थियौ । नेसाजले उनको उपचारको लागि जापानमा एक हप्ते आर्थिक अभियान नै संचालन गरेको थियो । जसलाई जापानमा रहेका विद्यार्थी प्राध्यापक व्ववसायी पत्रकार र अन्य पेशाकर्मीहरुले समेत ऐक्यवद्धता जनाई नेसाजको अभियानलाई साथ दिएको थियो । जापानमा रहेका नेपालीहरुले आफुलाई गरेको सहयोगप्रति पत्रकार थपलियाले धन्यवाद व्यक्त गरेका छन् । अभिमतपत्रसंग ईमेलमा कुराकानी गर्दै उनले जापानमा नेसाजले गरेको उल्लेखनीय कामको प्रशंसा गरेका छन् । यसरी सहयोग गर्ने सबैलाई उनले धन्यवाद समेत व्यक्त गरे । रविन थपलियालाई सहयोग गरौं भन्दै उनको बारेमा अभिमतपत्रले विस्तृत समाचार प्रकाशित गरेको थियो । यो समाचार यहाँ क्लिक गरेर हेर्न सकिन्छ । जापानबाटै संचालित नेपाल जापान डट कम र समद्रपारी डट कममा पनि रविन थपलियालाई सहयोग गरौं भन्ने समाचार आएको थियो । फेसबकको माध्यमबाट पनि उनको लागि सहयोगको अपिल गरिएको थियो । उनको बारेमा कान्तिपुर टेलिभिजनले प्रसारण गरेको यो समाचार यहाँ क्लिक गरेर हेर्न सकिन्छ । एक घाईते पत्रकारको उपचारको लागि संचालन गरिएको अभियानमा हातमा हात मिलाएर सहयोग गर्ने सबैलाई नेसाज जापानले हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेको छ । आफुहरुको सानो सहयोगले अपांग पत्रकार रविन थपलियाको उपचारमा टेवा पुगोस भन्ने नेसाज जापानको कामना रहेको अध्यक्ष सरोज कडेलले बताए । यो कामना हामी सबैको पनि ।  रविन थपलियालाई क कसले कति सहयोग गरे त ?मिती २०१०-७-१५सन्जिब श्रेष्ठ -रियुक्युस,ओकिनावा -- ५०००डा.राजेन्द्र प्रसाद पराजुली-पुर्व अध्यक्ष, (नेसाज)-- २०००प्रविन कुमार क्षेत्री -नेसाज ,होक्काइदो -१०००विश्वश्वर रेग्मी -टोकियो-२०००२०१० -७-१२ अन्तराष्ट्रिय नेपालि  साहित्य समाज (अनेसास ),जापान -  ५०००कृष्णकुमार भेटुवाल -  ३०००यम खत्री -  ३०००साकुरा ट्रेड लिंक्स,हलाल फुड ,ओजोने -२०००दिपक घिमिरे  - योक्काईची बिश्वबिध्यालय- १००० सन्तोष गजुरेल -योक्काईची बिश्वबिध्यालय -१००० मिती २०१० -७-११ बिजय खनाल -५०००डा .वसन्त कुमार गौतम -२००० डा.सुदिप अधिकारी -१०००महेश अर्याल -१०००मन बहादुर थापा -१०००विनोद बुढाथोकी -१०००मधुसुदन कायस्थ -१०००कान्छा लामा -१०००प्रकाश चौलागाई -११११ हरि प्रसाद पोखरेल केन्द्रीय पार्षद् ,नेपाल पत्रकार महासंघ-१०००कविकिरण न्यौपाने सह सम्पादक  अभिमतपत्र साप्ताहिक -१०००बिनोद कुमार सापकोटा सहसचिव नेपाल पत्रकार महासंघ चितवन-१०००बिराट श्रेष्ठ - ५०० ऋषिराज पौडेल -१०००अनुप पौडेल -१०००रुपेश मास्के -१०००सचिन पाण्डे -१०००श्याम थापा -१०००बिशाल गुरुङ -१०००रवी शाही -१०००केशब प्रसाद अधिकारि -१०००युवराज खनाल -१०१० रोशन देउजा -१०००सन्ध्य भट्टराई -१०००जीवन चापागाईं -१०००श्रीजना पोखरेल -१०००डा. किशोरचन्द्र खनाल -१०००वर्ल्ड कप बिशेष नाइट -२०००मिति २०१०-०७-१० १ नारायण स्टेभेन्स-- ओसाका -१०,००० येन२ प्रिजा कायस्थ --- नेसाज (टोकियो)--५००० येन३ बिमल अधिकारी --नेसाज (नागोया)- १००० येन  ४ होम प्रसाद अधिकारी ---नागोया- १००० येन  ५ सन्देश पोखरेल ---- योक्काईची बिश्वबिध्यालय -१००० येन मिती -२०१० जुलाई -९ १ नेपाली लोकतान्त्रिक मंच ,जापान (NDF)-- केन्द्रीय कमिटी -१०,००० येन २ श्री पारसमणि  पोखरेल -नागोया - ५००० येन ३ श्री सरोज कंडेल - चुबू बिश्वबिध्यालय - २००० येन ४ श्री चोलेन्द्र अधिकारि -चुबू बिश्वबिध्यालय -१००० येन५ श्री ध्रुब जि सी -योक्काईची बिश्वबिध्यालय -१००० येन ६ श्री जय थापा -योक्काईची बिश्वबिध्यालय-१००० येन ७.श्री शिवराम गुरुङ् -ELIC,  नागोया- १००० येन  ८.श्री दिपक खत्री -ELIC,  नागोया-१००० येन ९.श्री शुसिल पन्थी --ELIC,  नागोया१०००येन १०.श्री अन्जन खनाल -ELIC,  नागोया-१००० येन ११.श्री सन्जिब खनाल -ELIC,  नागोया-१००० येन  मिती -२०१० -जुलाई -८ १.निर्विकार जोशी -योक्काईची बिश्वबिध्यालय - ५००० येन२.रुपतारा श्रेष्ठ - योक्काईची  बिश्वबिध्यालय -१००० येन ३ सुदिप रायमाझी -योक्काईची  बिश्वबिध्यालय -१००० येन ४ रामचन्द्र बस्नेत -योक्काईची  बिश्वबिध्यालय -१००० येनपत्रकार रविन थपलियाको उपचारको लागि सहयोग गर्नेहरुको संख्या जम्मा ---५८ जना  जम्मा संकलित सहयोग रकम ---- १,०९,६२१ येन  स्रोत : नेसाज जापान
10 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[पत्रकारलाई राज्यकौ चौंथो अंग भनिन्छ । यसैले पत्रकारका जिम्मेवारी राज्यका लागि धेरै छन् । पत्रकारबाट राज्य र नागरिक समाजले सहयोग पनि लिन्छ । हरेक राजनीतिक दलले भाषणमा त पत्रकारलाई धेरै तारिफ पनि गर्छन् । दिनरात हातमा कलम कापी अनि मनभरि पीडा लिएर तिनै नागरिक समाज र राज्यका लागि समाचार खोज्दै िहंड्नै जात हो पत्रकार । तर यिनै पत्रकारले जसलाई सेवा दिईरहेका छन् उनीहरुबाट प्रताडित पनि छन् । फैरि जताजतै श्रम गरेर ज्यालाको जिन्दगीमै काम गरि राष्ट्रमै परिचित बनिरहेको पत्रकारिता पेशाका दुश्मन धेरै हुन्छन् । यो सबैले जानिराखेको कुरा हो । प्रसंग पत्रकार रविन थपलियाको हो । उनी नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् हन् । एक वर्षअघि काठमाडौंमा भएकौ मोटरसाईकल दुर्घटनामा परेपछि उनले दाहिने गोडा सधैंका लागि गुमाए । मोटरसाईकलमा यात्रारत अर्कि साथीकौ निधन भयो । दुर्घटनापछि वाच्नको लागि उनले धेरै सघर्ष गरे । अपांग भएपछि पहिले जसरी हिडडुल गर्न र उसैगरि पत्रकारिता पेशालाई टिकाईराख्न उनलाई सकस छ ।उनको दाहिने गौडाको घुडा भन्दा मुनिको भाग काटिएको छ ।  यतिबेला पत्रकार रविन घाईते शरीर लिएरै भएपनि आफ्नो पत्रकारिता पेशालाई निरन्तरता दिईरहेका छन् ।  पक्कै पनि पत्रकारिता आफु र आफ्नो परिवारको लागि मात्रै गरिने पेशा होईन । जसलाई यो राज्य र नागरिक समाजप्रति आफ्नो दायित्वत्रोध छ  जस्तो लाग्छ, उसले नै पत्रकारिता पेशा रोज्छ । रविनले पनि यहि गरे । बाहिरबाट हेर्दा पत्रकारिता पेशालाई जति आिर्थक समृद्धशाली भएको ठानिन्छ वास्तवमा यस्तो छैन ।  अहिले सरकारद्धारा गठित न्युनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्यनुतम पारिश्रमिक मासिक पाँच हजार दुईसय रुपैयाँ तोकेको छ । यो न्युनतम तलब समेत पत्रकारले पाएका छैनन् । रविनले पनि यो मासिक तलब आफ्नो काम गर्ने संस्थाबाट पाए कि पाएनन् ,थाहा छैन । नेपालका दश प्रतिशत संचारमाध्यमले पनि पत्रकारलाई यो मासिक तलब उपलव्ध गराएका छैनन् होला । यसमाथि अरु सुविधा दिने त कुरै आएन । समाचार खोज्दा हात काटे आफै डिटल लाउनपर्छ । ज्वरो आए आफै सिटामोल किनेर खानुपर्ने वाध्यता छ । साईकल पंचर भए आफै पैसा तिरेर पंचर टाल्नुपर्ने बाध्यता छ । तर यहि पेशा रोजेकै कारण उनलाई अहिलै आफ्नै उपचार गर्न धौ धौ छ ।   परि आउँदा पत्रकारले कतैबाट सरसहयोग पाउँदैनन् भन्ने कुरा पत्रकार थपलियाको वाध्यताले समेत प्रमाणित गराईदिएको छ । को हुन्  रविन् थपलिया ?थपलियाले पत्रकारिता गरेको दश वर्ष पग्यो । उनी नेपाल पत्रकार महासंघ नुवाकोटको संस्थापक सदस्य र अहिले महासंघकै केन्द्रीय पार्षद् समेत हुन्  । नुवाकोटबाट प्रकाशित हुने नया रुपरेखा साप्ताहिकवाट उनले २०५६ सालदेखि नै पत्रकारिता पेशालाई निरन्तरता िदंदै आएका छन् । नया रुपरेखा हुदै थपलियाले २०५९ सालदेखि ६२ सालसम्म एचविसि एफ एममा पनि समाचार पढ्न० काम गरें । यसपछि केहि समय रेडियो नेपालबाट प्रसारित हने घटना र विचार भन्ने कार्यक्रममा पनि उनले रिपोटीङ गरें । त्यसपछि २०६३ साल देखि ६५ साल सम्म काठमाण्डौको अनामनगरमा रहेको गोर्खा एफ एममा समाचार पढे । एफएममा उनले इको मिसन र वैदेशीक रोजगार भन्ने दुईवटा कार्यक्रम चलाउने गर्दथें ।  पत्रकारिता पेशालाई अझै फराकिलो बनाउने अभिप्रायले उनकै सम्पादन र प्रकाशनमा २०६५ सालदेखि अग्निवाण मासिक तथा वेवपत्रिका चलाइरहेकै बखत उनी एक्कासी दर्घटनामा परेका हन् । २०६६ साल जेठ ३१ गते काठमाण्डौको वालाजुमा मोटरसाइकल दुर्घटना भएर दाहिने गोडा गुमाएपछि उनको पत्रकारिताको यात्रा केहि रोकिएको छ । हाल अस्पतालको निगरानिमा उनले उपचार गराइरहेका छन् । हालसम्म थपलियाले आफ्नो उपचारको लागि १५ लाख जति खर्च गरिसके । प्रकृतिले दिएको गोडा त खेर गईहाल्यो कृत्रिम गोडा राखेरै भएपनि आफ्नो काम चलाउने र बाकि जीवन केहि सहज तरिकाले जिउने धोको छ उनको । तर अब त्यहि कृत्रिम गोडा राख्नको लागि करिब छ लाख रुपैयाँ खर्च लाग्छ रै । आफुसंग भएको केहि पैसा र उदार मन भएका साथीभाईको सहयोगबाट जम्मा भएको सहयोग रकम सबै यसअघिकै उपचारमा स्वाहा भयो । यसैले उनलाई थप उपचारका लागि थप रकमको समेत जोहो गर्नुपरेको छ ।  यतिबेला पत्रकार रविन थपलिया आफ्नै पीडाले बाँचिरहेका छन् । अब एकजना नेपालीको व्यथा अर्को नेपालीले बुझेर सहयोग नगरे कसले गरिदेला र खै  ?उनको उपचार र कृतिम गोडाको लागी आज मानविय नाताले तपाई हामी सबैले सहयोग गर्नेछन् भन्नै आशमा छन् उनी । सहगोग गर्न चाहनै सबैलाई उनले आफ्नो वेवपत्रिकामार्फत अपिल पनि गरेका छन् । दर्घटनाका कारण र बी एण्ड वी अस्पतालले उनीप्रति गरेको हेपाहा प्रवृत्तिलाई आफ्नै शव्दमा उजागर पनि गरेका छन् । उपचारका क्रममा भोग्नपरेका कठिनाईहरु पढ्दै गर्दा बडो कारुणिक र मर्मश्पर्शी छ । यी सबै कुराहरु यहाँ किल्क गरेर पढ्न सकिन्छ । http://agnibana.wordpress.com/about/राजनीतिक दल र अन्य अपराधिहरुको चरित्र जोगाउन आफ्नो चरित्रलाई बन्धक राख्ने र बेच्ने काम पत्रकार थपलियाले गरेको भए शायद उनलाई उपचार खर्च जुटाउन यसरी हम्मे हम्मे पर्ने थिएन । यहि भएर स्वाभिमानी नेपालीसामु उनले सहयोगको हात फैलाएका छन् । सच्चा मनले उनलाई सहयोग गरौं । पत्रकारले सबैलाई टाढा होईन साझा सम्झिराखेको हुन्छ । तर उतिबेला काम पर्दा मात्रै थपलियालाई काखी च्याप्नेहरु यतिबेला जुम्राले लास छाडेझै गरि िहंड्न थालेका छन् ।  कसरी गर्ने त उनलाई सहयोग ?उनको उपचारका लागि कतार इजरायल र अमेरिका लगायतका देशमा त्यहा रहेका नेपालीले अभियान चलाएका छन् । ढिलै भएपनि जापानमा समेत आर्थिक संकलन गर्न तदारुकता देखाईएको छ । जापानका नेपालीले कम्तिमा आफ्नो एक घण्टाको पारिश्रमिक रविनको उपचारका निम्ति सहयोग गरियो भने उनले नयाँ जीवन पाउनेछन् । उनले गर्दै गरेको पत्रकारिता मर्न पाउँदैन । अग्नीवाण मासिक र वेवपत्रिकाले पनि निरन्तरता पाउँछ । रविनलाई सहयोग गर्न चाहने जापानका मनकारीहरुले नेपालमा रहेको निम्नानसारको उनको बैंक खातामा रकम जम्मा पनि गर्न सकिन्छ ।रविन प्रसाद थपलिया मनमैजु ५ काठमाण्डौ मोवाईल ९८४१६५९४९४  गोर्खा विकास वैक पुतलीसडक काठमाडौं खाता नं  ०३८२३ SAनेपाली विद्यार्थी समाज जापान - नेसाज को तपसिलको सहयोग खातामा रकम जम्मा गरिदिएर पनि उनलाई सहयोग गर्न सकिन्छ ।NESAJ-FUNDAccount Number 12150-49410151JP BANK (Post Office)आगामी सोमबारभित्रमा सहयॊग रकम जम्मा गरिदिन नेसाजले अनुरोध समेत गरेको छ । संकलित रकमका बारेमा नेसाजले आधिकारिक रुपमा विभिन्न संचारमाध्यम र आफ्नो ग्रुपमेलमार्फत सम्बन्धित सबैलाई जानकारी गराउने व्यवस्था मिलाएको छ । यसैगरि आईतबार मा हुने भानुजयन्तीको कार्यक्रममा गएर पनि रकम जम्मा गर्न सकिन्छ । यसबाहेक जापानको नागोया क्षेत्रमा रहेका निम्न महानभावहरुलाई टेलिफोनमा सम्पर्क गरेर रविन थपलियाको बारेमा जानकारी लिन र उनलाई कसरी  सहयोग गर्ने भनि प्रकि्रयाका सम्बन्धमा पनि जानकारी लिन सकिनेछ ।  डा सुदिप अधिकारी      ०९०-४२५८-८७६१डा वसन्तकुमार गौतम ०९०-३५५२-९२२६ हरिप्रसाद पोखरेल       ०९०-९९०६-६०११सरोज कँडेल              ०८०-५१६३-७००८ विमल अधिकारी         ०९०-८३३७-४४२२ पारसमणि पोखरेल      ०९०-१७२५-२९३०सन्देश पोखरेल           ०८०-३६३७-८८१९ बरु एक छाक नखाने तर पत्रकारिता पेशा भने नछाड्ने उनको लक्ष्य छ । विहानदेखि बेलुकासम्मको भागदौडपछि बल्ल एउटा पत्रकारका लागि समाचार बन्छ । समाचार आफै पत्रकार भएको ठाउमा पनि आईपुग्दैन । आफै खोज्न हिड्नपर्छ । तर त्यतिबैला खुट्टा नै छैन भने कसरी हिडेर कसरी समाचार बनाउने  नेपाल पत्रकार महासंघ केन्द्रबाट उनले जम्मा दश हजार आर्थिक सहयौग पाएका छन् । नुवाकोट शाखाबाट चाहि आठ हजार र सुचना विभागबाट दश हजार रुपैया उपचार लागि पाएको उनले कान्तिपुर टेलिभिजनमार्फत जानकारी गराएका छन् । ह्वीलचेयर र वैशाखीविना एक पाईला पनि अगाडि बढ्न नसक्ने उनलाई आफ्नो लक्ष्यमा पुग्न चाहि अब मनकारी नेपालीहरुको सहयोगको खाचो छ । उनको बारेमा कान्तिपर टेलिभिजनले प्रसारण गरेको यो समाचार यहाँ क्लिक गरेर हेर्न सकिन्छ । http://www.nepalishow.com/2010/07/july-6th-kantipur-aaja.html    
20 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[मनोज अधिकारी, पोखरा, साउन १०- चितवन, शारदानगरकी ३१ वर्षीया सीता केसीको  कम्मरभन्दा तलको भाग चल्दैन। १४ वर्षको उमेरमा रुखबाट लडेर मेरुदण्ड भाँचिए  पनि उनले धैर्य र साहस कहिल्यै गुमाइनन्। त्यसैको परिणाम हुन सक्छ, उनले  गत असार ३१ गते पोखरामा सपांगसँग घरजम गरेकी छन्, त्यो पनि जापानी  नागरिकसँग। सीतालाई जीवनसाथी बनाएका हुन्, ४३ वर्षीय नोजोमु निसिजिमाले। निसिजिमा पनि   लामो समयदेखि अपांग क्षेत्रमै क्रियाशील छन्। जापानको जिफु सहरका बासिन्दा  निसिजिमा पेसाले फिजियोथेरापिस्ट हुन्। सीतासँग विवाह गर्न उनी एक  महिनाअघि तेस्रोपटक नेपाल आए। '२० वर्षदेखि शारीरिक अपांगहरुको सेवा गर्दै  आए पनि मैले सीताजस्तो साहसी महिला देखिनँ,' कनिकुथी नेपाली भाषामै उनले  भने, 'उनमा जीवन जिउने असाधारण शक्ति देखें र मन पराएँ।' जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका तर्फबाट नेपालमा स्वयंसेवकका  रुपमा काम गर्दा उनले सीतासँग दुईपटक भेटेका थिए। र, उनको लगन, साहस र  आत्मविश्वास प्रभावित बने। जाइकाको दुईवर्षे काम सकेर फर्किएपछि पनि उनले  सीतालाई बिर्सेनन्। अनि प्रत्यक्ष भेट्दा व्यक्त गर्न नसकेको भावना तीन  महिनाअघि फोनबाट सुनाए, 'म तिमीसँग बिहे गर्छु।'विदेशी अनि पेसाले फिजियोथेरापिस्टको प्रस्ताव सीताले सहजै स्वीकारिन्।  'मैले आफू अपांग र अशक्त छु भन्ने कहिल्यै स्वीकार गरिनँ,' उनले नागरिकसँग  भनिन्, 'सधैं आफ्ना लागि केही न केही गर्दै आएँ।' हरेस खाने र जीवन बरबाद  भयो भन्नेहरुलाई हौसलाकी पात्र हुन् सीता। 'जीवन हारेर होइन, जितेर जिउन  जान्यो भने कोही अपांग हुनु पर्दाे रहेनछ,' उनको अनुभव छ, 'हार्‍यो भने  जस्तोसुकै मै हुँ भन्ने सपांग पनि हाम्रै समाजमा अपांग सरह बाँचेका छन्।'त्यसो त सीताले ओछ्यानमा थलिएपछि परिवारको समेत तिरस्कार नपाएकी होइनन्।  कक्षा ८ भन्दा माथि पढ्न पनि पाइनन्। उनलाई ह्विल चेयरले 'अलिकति जीवन'  दियो। अनि जीवन आशावादी भएर बाँच्नुपर्ने रहेछ भन्ने लाग्न थाल्यो। साइको  सोसियललगायत केही व्यावहारिक अध्ययन थालिन्। पोखराको चिल्ड्रेन नेपाल नामक संस्थामा जापानी नागरिक ताकुओ  खावामोतोसँग भेट भयो। उनकै सहयोगमा भारतको बैंगलोर र जापानको टोकियोमा  परामर्श तालिम लिने मौका पाइन्।'जापानबाट फर्केपछि हरियोखर्क अपांग अस्पतालमा परामर्शदाताको मागेको  रहेछ,' उनले नागरिकसँग भनिन्, 'अरु पनि आवेदक थिए तर मेरो तालिमको अनुभव  धेरै भएकाले सजिलै छनोटमा परें।' त्यसपछि सपांगसरह पोखराको हरियोखर्क  अस्पतालमा आफूजस्तै विकलांगहरुको सेवामा लागिन्।जिफु सहरकै जापान रिहाबिटेसन कलेजका प्राध्यापक निसिजिमाले अपांग  महिलासँग किन बिहे गरेको भनेर सोध्ने गरिन्छ। 'भावना कसैको अपांग हुँदैन,'  उनले भन्ने गरेका छन्।नवदम्पती ४/५ महिनापछि जापानको टोकियो सहरमा घरजम बसाउने योजनामा छन्।  त्यसका लागि आवश्यक प्रक्रिया मिलाउन निसिजिमा छिट्टै जापान फर्कदै छन्।http://nagariknews.com/society/nation/16134-2010-07-26-03-32-32.html 
13 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[फुटबल खेलतर्फ आकर्षित गर्नका लागि विश्वका विभिन्न मुलुकमा प्रशिक्षण  कार्यक्रम संचालन गर्दै आएको वाइनर्स जापानको दुई सदस्यीय टोलीले नेपालका  केही विद्यालयमा पुगेर फुटबल प्रशिक्षण दिएका छन्।     जापानिज लिगका पूर्वखेलाडी तेसुमुसा किमुरा र योसिहिको हिसेकी प्रशिक्षण दिन गत बुधबार नेपाल आएका थिए। उनीहरूले सोमबार बुद्धज्योति बाल उद्यान स्कुल बालाजुका विद्यार्थीलाई  तीन समूहमा विभाजन गरेर फुटबलको प्राविधिक र सैद्धान्तिक ज्ञान सिकाएका  थिए। त्यसअघि यी दुईले सिन्धुपाल्चोकको चौतारा, स्याङ्जाको वालिङ पुगेर  प्रशिक्षण दिएका थिए। आइतबार उनीहरुले गोदावरीको सिद्धार्थ प्राविका  खेलाडीलाई प्रशिक्षण दिए। http://nagariknews.com/sports/national-sports/16207-2010-07-27-05-17-06.html 
20 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[उद्घाटन समारोह विसर्जन गर्दै सभापति विनोद खनालवर्तमान नेपाली राजनीतिक निकासका लागि जापानका नेपालीले  पनि चिन्ता र चासो लिएका छन् । नागॊयामा आईतबार आयोजित एक कार्यक्रममा उपस्थित नेपालीहरुले वर्तमान नेपाली राजनीतिको निकास सहमतीय पद्धतिबाटै अघि बढ्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिईसकेपछि  नया प्रधानमन्त्री चयनका विषयमा राजनीतिक पार्टीहरुबीच यतिबेला बहुमतीय खेल भएकाले यसो गर्न नहुनॆतर्फ उपस्थित नेपालीहरुको जोड थियो ।  अन्तरकि्रया कार्यक्रममभा बोल्दै जनसम्पर्क समितिका चोलेन्द्र अधिकारीनिर्वाचित भएपछि सपथ खादै पदाधिकारीहरुअन्तरकि्रया कार्यक्रममा बोल्दै गणतान्त्रिक मोर्चाका प्रकाश न्यौपाने एनआरएन जापानका सल्लाहकार डा सुदिपिसंह अधिकारी नेपाली लोकतान्त्रिक मंच जापानद्धारा आयॊजित `वर्तमान नेपाली राजनीति ः समस्या र समाधान` विषयक अन्तर्कियामा बॊल्नेहरुले नेपालका प्रमुख तीन पार्टीहरु एमाले कांग्रेस र माओवादी नमिलेसम्म देशले कहिल्यै पनि राजनीतिक निकास नपाउने राय व्यक्त गरे । कार्यक्रममा राजनीतिक पार्टीका जनवर्गिय संगठनका प्रतिनिधिहरु व्यवसायी विद्यार्थी प्राध्यापक र संचारकर्मी समेत उपस्थित थिए ।  निर्वाचित पदाधिकारीहरुलाई गोपनियताको सपथ ख्वाउदै डा किशोरचन्द्र खनालअन्तरर्किया कार्यक्रमका प्रमुख अतिथि मंचका केन्द्रीय अध्यक्ष डा दिलिपचन्द्र घिमिरेले मुलुकका बारेमा अब सबैले सोच्न जरुरी भईसकेको बताए । `यतिबेला हाम्रा लागि सबैभन्दा ठुलो भनेको मुलुक हो । यसैले राजनीतिक पार्टीहरुको पनि यतातर्फ ध्यान जाऔस् ।` अध्यक्ष घिमिरेले आफ्नो मुलुकप्रतिको चिन्तालाई यसरी पोखेका थिए ।   नेसाज अध्यक्ष सरोज कडेलएनडिएफ सल्लाहकार डा किशोरचन्द्र खनालएनआरएन जापानका सल्लाहकार् डा सुदिपिसंह अधिकारीले एउटा तानाशाहको अन्त्य भईसकेपछि अकॊ्र तानाशाहको जन्म नहोस् भन्नका लागि समेत राजनीतिक पार्टीहरु एक भएर जानैपर्ने बताए । एनडिएफ जापानका सल्लाहकार डा किशोरचन्द्र खनालले भनॆ`जनताका अगाडि एउटा कुरा गर्ने बाहिर अर्को कुरा गरैर देशको भविष्यतर्फ नसोंच्ने नेताहरुलाई अब जनस्तरबाटै बहिष्कार गरिनुपर्छ ।` आफुले आस्था राखेका पार्टीका नेताले गल्ती गरेपनि कार्यकर्ताले ती नेतालाई वहिष्कार गर्न हिम्मत राख्नुपर्ने धारणा उनको थियो । मुलुक बनाउने र विगार्ने पनि राजनीतिक कारण नै भएकाले अब सबैले राजनीतिक पार्टीहरुलाई मिलाएर अघि बढ्न जोड दिनुपर्ने धारणा माओवादी निकट गणतान्त्रिक मोर्चाका प्रतिनिधि प्रकाश न्यौपानेको थियो । जुनसुकै आस्था र विश्वास भएपनि हामी देश बनाउन लाग्नुपर्ने बताउदै कांग्रेस निकट जनसम्पर्क समिति तोकाई होकुरिकुका अध्यक्ष चोलेन्द्र अधिकारीले भने `स्थिर राजनीति नभएसम्म नेपालमा हामी कसैले केहि पनि गर्न सकिदैन ।` नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष सरोज कडेलले मुलुकमा राष्टिय सहमति नभईन्जेल हाम्रो देश सधै अनिर्णयको बन्दी भईरहनेतर्फ संकेत गरे । अन्तरर्किया कार्यक्रमको सभापतित्व एनडिएफ जापानका तोकाइ होकुरिकु क्षेत्रका नवनिर्वाचित अध्यक्ष अंजन खनालले गरेका थिए भने यसको संचालन सहसचिव कोमल लामा र सहभागिहरुलाई स्वागत मन्तव्य उपाध्यक्ष युगल ढकालले दिएका थिए ।  यसअघि नेपाली लोकतान्त्रिक मंच जापानको तोकाई होकुरिकु क्षेत्रको सम्मेलन सम्पन्न भई तेह्र सदस्यीय नेतृत्व समेत चयन भएको थियो । बन्दसत्रको सम्पन्न गर्दै अध्यक्ष मण्डलअंजन खनालको अध्यक्षतामा गठित एनडिएफ जापानको तोकाई होकुरिकु क्षेत्रको, उपाध्यक्षमा युगल ढकाल, सचिव अशोकचन्द्र अधिकारी सहसचिव कोमल लामा र कोषाध्यक्ष ईन्दु बास्तोला रहेका छन् । यसैगरि कार्यसमितिका सदस्यहरुमा कविकिरण न्यौपाने, शिव गिरी, भुमिश्वर शर्मा, शित्तल थपलिया, मधुकर पन्त, गणेश भण्डारी, मनबहादुर थापा र सुमन पौडेल निर्विरोध चयन भएका छन् । नेतृत्व चयनका लागि सम्मेलनको बन्द सत्रले एनडिएफ जापानका सल्लाहकार डा किशॊरचन्द्र खनालको अध्यक्षतामा कोषाध्यक्ष सागर रिजाल र केन्द्रीय सदस्य सुन्दर पौडेल रहेको तीन सदस्यीय अध्यक्ष मण्डल चयन गरेको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई एनडिएफ जापानका सल्लाहकार डा किशॊरचन्द्र खनालले पद तथा गौपनियताको सपथ खुवाएका थिए ।   सम्मेलनको सभापतित्व विनोद खनालले गरेका थिए । कार्यक्रममा बोल्दै खनालले एनडिएफ जापानको नीति नियम र कार्ययोजनामा सहमत भएर जापानमा रहेका लोकतन्त्रवादी नेपालीहरु यो मंचमा समेटिदै गएकोमा खुशी व्यक्त गरेका थिए । एनडिएफ जापानका अध्यक्ष डा दिलिपचन्द्र घिमिरेले कार्यक्रममा एनडिएफ जापानको बारेमा प्रकाश पारेका थिए । सम्मेलनको उद्घाटन समारोहको संचालन एनडिएफ जापानका केन्द्रीय सचिव मिलन घिमिरेले गरेका थिए । तोकाई होकुरिकु क्षेत्रकोनवनिर्वाचित अध्यक्ष अंजन खनाल आफ्नो मन्तव्य दिदैएनडिएफ अध्यक्ष डा दिलिपचन्द्र घिमिरेलोकतन्त्र मानव अधिकार शान्ति र सामाजिक न्यायका लागि स्थापित नेपाली लोकतान्त्रिक मंच जापानले जापानमा रहदा नेपाल र नेपालीका समस्या समाधानका पक्षमा गरिने हरेक कि्रयाकलाप र कार्यक्रमहरुमा सबै सदस्यहरुको साथ सहयोग र समर्थन रहिरहने प्रतिवद्धता पनि यो सम्मेलनमार्फत गरेको छ  । 
15 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[विनोद न्यौपाने लागुऔषध  ओसारपसारमा सक्रिय जापानी गिरोहको जालो नेपालसम्म आइपुगेको खुलासा भएको छ ।  दर्जनौँ देशमा वर्षौंदेखि लागुऔषध कारोबार गर्दै आएको 'याकुजा' गिरोह  जापानको सबैभन्दा ठूलो माफिया समूह हो ।लागुऔषध  कारोबारमा कुख्यात जापानी गिरोह 'याकुजा' ले ६ वर्षअघि नेपालमा समेत जालो  विस्तार गरेको हो । लागुऔषध नियन्त्रण तथा कानुन कार्यान्वयन एकाईको विशेष  टोलीले याकुजाका सदस्य हिरोकाजु तमुरालाई काठमाडौंमा पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय  विमानस्थलबाट २७ असारमा पक्राउ परेका उनी एक किलो दुई सय ग्राम चरेस बोकेर  थाई एयरको उडानबाट बैंकक जाने तयारीमा थिए । हिरोकाजु जापान प्रहरीको  'मोस्ट वान्टेड' सूचीमा छन् । प्रहरीले खोज्न थालेपछि केही वर्षअघि जापान  छाडेर उनले गिरोहको दक्षिण एसिया क्षेत्रको नाइकेको रूपमा काम गर्न थालेका  हुन् । हिरोकाजु आफँैले भने आपmनो  समूहका बारेमा जानकारी दिएका छैनन् । तर, जापानी नार्कोटिक विभागले उनी  याकुजा समूहको सदस्य भएको जानकारी दिएको एकाई प्रमुख डिआइजी गणेशराज राईले  बताए । 'उनी जापानको सबैभन्दा ठूलो माफिया समूह याकुजाका सदस्य भएको  जानकारी हामीलाई त्यहाँको नार्कोटिक विभागले दिएको छ,' राईले भने, 'उनका  बारेमा अझै अनुसन्धान भइरहेकाले धेरै कुरा खुल्न बाँकी छ ।' हिरोकाजुलाई  अन्य देशको प्रहरीले समेत खोजिरहेको हुनसक्ने राईको भनाइ छ । 'हामीले  इन्टरपोललाई उसका बारेमा सबै जानकारी पठाउन आग्रह गरेका छौँ,' राईले भने । ६  वर्षअघि पहिलोपटक नेपाल आएका हिरोकाजु नवौँपटकमा पक्राउ परेका हुन् । उनी  पटक-पटक नेपाल आउँदा ठूलो परिमाणमा लागुऔषध बोकेर जाने गरेको अनुसन्धानबाट  खुलेको छ । सन् २००४  मार्चमा पहिलोपटक नेपाल आएका हिरोकाजु पछिल्लोपटक गत मार्चमा नेपाल आएका  हुन् । ९० दिनको पर्यटक भिसामा नेपाल आए पनि उनले यहीँबाट थप ९० दिनको भिसा  लिएका थिए । 'थप गरिएको अवधि पनि सकिएपछि र्फकने क्रममा उनी फन्दामा परेका  हुन्,' डिआइजी राई भन्छन्, 'नवौँपटकमा समात्न सफल भयौँ ।' हिरोकाजुले  नेपालमा लागुऔषध कारोबारको 'र्‍याकेट' चलाए पनि प्रहरीले यसका अन्य  सदस्यलाई भने समाउन सकेको छैन । हिरोकाजुलाई अदालत पेस गरी म्याद थप गरेर  अनुसन्धान सुरु गरिएकाले उनको सञ्जालका सदस्यसमेत पक्राउ पर्ने दाबी  प्रहरीको छ । 'सञ्जालमा नेपाली सदस्यसमेत रहेको खुलेको छ,' राईले भने,  'अनुसन्धानमै रहेकाले उनीहरूको पहिचान गर्ने काम भइरहेको छ ।'हिरोकाजुले  नेपाल आएर लागुऔषध संकलन गरी बैंकक लैजाने र त्यहाँबाट विभिन्न देशमा  निर्यात गर्दै आएको अनुसन्धानबाट खुलेको छ । नेपाली बजारमा निकै सस्तो  पर्ने चरेस युरोप, अमेरिका र विकसित एसियाली मुलुकमा महँगोमा बिक्री हुने  गर्छ । एकाई अधिकारीका अनुसार बैंककमा चरेसको मूल्य प्रतिकिलो १० हजार  डलरको हाराहारीमा छ भने युरोपियन मुलुकमा २५ हजार डलरसम्म पर्ने गरेको छ ।  जापानमा यसको मूल्य ३५ हजार डलरभन्दा माथि छ । यसरी हुन्छ कारोबारलागुपदार्थ  नियन्त्रण कानुन कार्यान्वयन एकाईले गरेको अनुसन्धानअनुसार नेपालबाट गाँजा  र चरेस निर्यात हुन्छ भने अन्य लागुपदार्थ भने विदेशबाट नेपाल ल्याइन्छ ।  'नेपालमा गाँजा र चरेस मात्रै उत्पादन हुन्छ,' एकाई प्रमुख डिआइजी राई  भन्छन्, 'यहाँ उत्पादित गाँजा भारत जाने गरेको छ भने चरेसचाहिँ तेस्रो  मुलुक पुग्ने गरेको छ ।'काठमाडौं  उपत्यकामा आउने चरेसचाहिँ धादिङ तथा आसपासका जिल्लामा तयार हुने गरेको छ ।  गाँजाबाट चरेस बनाएर ती जिल्लाबाट काठमाडौं ल्याइने र यहाँबाट विभिन्न  माध्यमबाट विदेश निर्यात हुने गरेको छ । नेपालमा  उत्पादित चरेस युरोपदेखि अमेरिका र एसियाका अन्य विकसित मुलुकमा पुग्ने  गरेको छ । यसका लागि अन्तर्राष्ट्रिय गिरोहले आफ्नै नेटवर्क बनाएका हुन्छन्  । काठमाडौंसम्म चरेस ल्याउन नेपाली नै प्रयोग गरिन्छन् भने त्यसपछि  ओसारपसारको काम विदेशीले गर्ने गरेका छन् । हालसम्म पक्राउ परेका अधिकांश  विदेशी पर्यटक भिसामा आउने र र्फकंदा चरेस लिएर जाने गरेको पाइएको छ । यसका  लागि गिरोहले आफ्ना प्रतिनिधिलाई पर्यटक भिसामा नेपाल पठाउने गरेका छन् तर,  पछिल्लो समयमा कार्गो र कुरियरमार्फतसमेत लागुपदार्थ ओसारपसार हुन थालेको  डिआइजी राई बताउँछन् । नेपालबाट प्रायः हङकङ र थाइल्यान्ड हुँदै अन्य देशमा  चरेस पुग्ने गरेको छ ।नेपालमा  चरेस ज्यादै सस्तो भए पनि अन्य विकसित देशमा भने महँगो मूल्यमा बिक्री  हुने गरेको छ । चरेस लैजान विभिन्न उपहार सामग्रीसमेत प्रयोग हुने गरेको छ ।  कतिपयले उपहार सामग्रीभित्र लुकाएर लैजाने गरेका छन् भने कतिपयले आफूले  बोक्ने ब्यागमा 'फल्स बटन' बनाएर लुकाउने गरेका छन् । 'कुनैले त टोपीभित्रै  लुकाएरसमेत लैजाने गरेको पाएका छौँ,' राईले भने । यस्तै  नेपालमा उत्पादन नहुने लागुपदार्थ ओसारपसारका लागि भने कारोबारीहरूले  नेपाललाई 'ट्रान्जिट प्वाइन्ट' को रूपमा प्रयोग गर्ने गरेका छन् । खैरो  हेरोइन, ब्राउन सुगरलगायतका लागुपदार्थ भारतीय नाका हुँदै काठमाडौं भित्रने  गरेको छ । यहाँसम्म लागुपदार्थ ल्याउनेले निश्चित रकम लिएर कारोबारीलाई  दिने गरेको छ भने यहाँबाट विभिन्न माध्यमबाट विदेश पठाइने गरिएको पाइएको छ ।थोरै  परिमाणको लागुपदार्थसमेत करोडौँ मूल्यको हुने भएकाले पछिल्ला दिनमा  महिलाहरूले गुप्तांगभित्र तथा पुरुषले पेटभित्र समेत राखेर यस्ता  लागुपदार्थ लैजाने गरेको पाइएको छ । केही समयअघि मात्रै गुप्तांगमा  लागुपदार्थ राखेर लैजान लागेकी एक विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको  थियो । यस्ता लागुपदार्थ पाकिस्तान, अफगानिस्तानलगायत देशबाट भारत हुँदै  नेपाल भित्रने गरेको छ । अर्को नेटवर्क फेला पर्‍योयसैबीच  एकाईले नेपाली बजारमा प्रतिबन्धित लागुऔषधको कारोबार गर्ने ठूलो नेटवर्क  फेला पारेको छ । नेटवर्कका दुई सदस्यलाई ८ असारमा पक्राउ गरेपछि एकाईले  स्थानीय बजारमा लागुऔषधको कारोबार गर्ने एउटा नेटवर्क तोडिएको दाबीसमेत  गरेको छ । कलंकी  खसीबजारबाट एकाईको टोलीले भारत पूर्वी चम्पारणका ३२ वषर्ीय रेखाप्रसाद र  बाराका विजयसिंह राजपुतलाई ब्रुपिनफिर्म तीन हजार नौ सय ९२ थान र डाइजेपाम  तीन हजार नौ सय ५० थानसहित पक्राउ गरेको हो । उनीहरूले भारतबाट अवैध रूपमा  ती लागुऔषध ल्याएर नेपाली दुव्र्यसनीलाई दिने गरेको खुलेको छ । उनीहरू  एकाईको सर्वाधिक खोजीको सूचीमा रहेको व्यक्ति भएको डिआइजी राईले बताए । याकुजाको नालीबेलीसमाजसेवादेखि कुख्यात माफिया गिरोहसम्म जापानको  सबैभन्दा पुरानो र ठूलो माफिया गिरोह याकुजाको इतिहास ३ सय वर्ष लामो छ ।  जापानकै सबैभन्दा पुरानो झगडा गर्ने समूहका रूपमा याकुजा परिचित छ । आफ्नो  सञ्जाल बढाउने क्रममा याकुजाले सन् १९५८ देखि १९६३ सम्म एक लाख ८४ हजार  संख्या पुर्‍याएको थियो । तत्कालीन समयमा यो संख्या जापानको राष्ट्रिय  सेनाभन्दा पनि बढी थियो । जसमध्ये ५ हजार सदस्यलाई जापानको विभिन्न सहरमा  विशेष रूपमा परिचालित गरिएको थियो । स्थापना भएको एक वर्षभित्र नै याकुजाले  जापानको विभिन्न सहरमा दंगा, आतंक तथा अनैतिक कार्य तीव्र बनाएको थियो ।  र, बिस्तारै जापानी समाजमा यो संगठन निकै चर्चित भयो । समाजभित्र आपनो स्थान बनाउन याकुजाले केही संख्यामा भिक्षु पनि परिचालित गर्‍यो । उनीहरूले सो समूहलाई काबुकी मोनो नाम दिए ।स्थापनाकालमा सो समूहले जापानिज समाजमा  आतंक मच्चाउन हत्या र चोरीडकैतीसमेत गर्न थाल्यो । आफ्नो संठगन बलियो  बनाउन समूहले नवयुवाको खोजी गर्‍यो । समूहका सदस्य आत्मरक्षाका लागि  सामुराई तरबार बोकेर हिँड्थे । उनीहरू आफ्नो पुर्खा 'माची याक्को'बाट  प्रभावित थिए । तत्कालीन समयमा उनीहरूको एउटै लक्ष्य थियो, सामन्तीवर्गको  धनसम्पत्ति लुटेर गरिबलाई बाँड्ने ।याकुजा  १९५० ताका समाजिक काममा बढी सक्रिय भयो । त्यतिवेला याकुजा संगठनमा अपरिचित  व्यक्तिलाई प्रवेशमा रोक लगाइएको थियो । त्यसपछिका करिब चार दशक खासै  प्रभावशाली कार्य नगरेको याकुजा पुनः सन् १९९० को दशकतिर निकै चर्चित भयो ।  उनीहरूको मुख्य तारो ठुल्ठूला व्यापारी, संस्था तथा स्टक मार्केट चलाउने  व्यक्ति थिए । त्यसपछि समूहका सदस्यले व्यापारिक स्थानमा आतंक मच्चाउँदै  लुटपाट सुरु गरे । उनीहरूले सयौं विदेशीलाई समेत लुटेका थिए । याकुजाले ९०  को दशकबाट बन्दुकको प्रयोग गर्न थाल्यो । सन् १९९२  मा जापानिज सरकारले याकुजाको क्रियाकलाप रोक्न विशेष प्रहरी परिचालन  गरेपछि उसको तीन सय वर्ष लामो इतिहास संकटमा पर्‍यो । त्यसपछि याकुजा  बिस्तारै नराम्रो कामतिर धकेलिँदै गयो । जापान सरकारले याकुजामाथि  प्रतिबन्ध लगाएपछि यसका नेतृत्वकर्ताले बिस्तारै आफ्नो कार्यक्षेत्र बाहिरी  मुलुकतिर विस्तार गरे । विदेशी मुलुकमा उनीहरूले अवैध लागुऔषधको कारोबार  सुरु गरे । सुरुमा उनीहरूले भूमिगत रूपमा लागुपदार्थको कारोबार गरेका थिए ।  उनीहरूको मुख्य कारोबार पश्चिम एसिया, युरोप तथा अमेरिका थियो, जहाँबाट  उनीहरूले वाषिर्क करोडौँ डलर आर्जन गर्न थाले । पछिल्ला वर्षमा यो सञ्जाल दर्जनौँ  मुलुकमा फैलिएको छ । अहिले उनीहरूको मुख्य पेसा लागुऔषधको कारोबार नै हो ।  जापानभित्र र बाहिरी मुलुकमा उनीहरूले यो कारोबार सञ्चालन गरिरहेका छन् ।  जापानमा पछिल्ला वर्ष विदेशी विद्यार्थी, व्यवसायीको अपहरणमा समेत सो संगठन  संलग्न छ । चरेसको भाउ श्रोत प्रहरीनेपालमा १५ हजार रुपैयाँबैंककमा १० हजार डलरयुरोपमा २५ हजार डलरhttp://www.nayapatrika.net/newsportal/cover_story/15604.html 
10 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[                     टोकियो, (सिन्ह्वा), जापानको भ्रमणमा रहनुभएका संयुक्त  राष्ट्रसङ्घका महासचिव वान-कि मुनले युवाहरुलाई आणविक खतरामुक्त विश्वका  लागि योगदान गर्न आ³वान गर्नुभएको छ।   महासचिव वानले उक्त कुरा जापानको वासेडा विश्वविद्यालयमा शान्ति र  निःशस्त्रीकरण सम्बन्धमा प्रवचन दिँदा बताउनुभएको हो। यहाँले युवाहरुबाट  आफ्नो देशका लागि मात्र नभई विश्वकै लागि योगदान गर्ने अपेक्षा पनि  राख्नुभयो। उहाँले आणविक हतियारको खतरा हटाउनु गाह्रो भए पनि असम्भवचाँहि  नभएको पनि बताउनुभयो। मङ्गलबार जापान पुग्नुभएका वानले नागासाकी र  हिरोसिमामा आणविक बम आक्रमणको ६५औं वार्षिक कार्यक्रममा भाग लिनु हुनेछ।  दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिकाले आक्रमणकारी जापानमाथि अणुबम  प्रहार गरेको थियो।                       
12 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[टोयोटा मोटर कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको सञ्चालन नाफा १  सय अर्ब येन पुगेको छ । गत वर्ष अधिक मात्रामा भएको कार फिर्ताको कारणले  गर्दा नोक्सान बेहोरेको कम्पनीले चालू आवको सुरुवातसँगै नाफा गर्न थालेको  समाचार निक्की बिजनेस डेलीले प्रकाशित गरेको छ । अन्तर्राष्ट्रिय बजारमा  टोेयोटाका उत्पादन माग उच्च रहेकाले पनि नाफा उच्च भएको हो ।तर गत वर्ष १ सय ९४.८ अर्ब येन घाटा बेहोरोको कम्पनीले वार्षिक नाफा भने  अपरिवर्तनीय नै रहने अपेक्षा गरिएको छ । युरोपेली बजारमा अनिश्चितता  छाएकाले कम्पनीको वार्षिक नाफामा खासै परिवर्तन नआउने देखिन्छ । ठूलो  आयातकर्ताका रूपमा रहेको अमेरिकामा पनि वित्तीय संकटका प्रभाव अझै कायमै  रहेकाले कम्पनीले विश्व बजारमा अपेक्षाकृत गाडी बिक्री गर्न नसक्ने देखिएको  समाचारमा उल्लेख छ ।विश्वकै सबैभन्दा ठूलो अटोनिर्माता कम्पनी टोयोटाले पछिल्लो विश्व आर्थिक  मन्दी सुरु भएदेखि गाडीको सुरक्षा प्रणालीमा देखिएको समस्याको कारणले  विश्वबजारबाट करिब १ करोड एकाइ गाडी फिर्ता गरिसकेको छ ।जसले कम्पनीलाई ठूलो परिमाणमा घाटा भएको हो । गत महिना चीनमा भएको हड्तालको  कारणले टोयोटाका साथै प्रतिद्वन्द्वी कार निर्माता कम्पनी हुन्डाई पनि  प्रभावित भएको थियोे । आन्दोलनले गाडी निर्माणका लागि आवश्यक पार्टपुर्जाको  आपूर्ति हुन नसकेपछि उत्पादन कार्य धेरै प्रभावित भएको थियो ।तर उदाउँदा एसियाली तथा मध्यपूर्वी राष्ट्रहरूमा बढेकोे मागले कम्पनीलाई  अत्यधिक नोक्सानका बाबजुद पनि सबल बनाउन सहयोग गरेको छ । निक्कीका अनुसार  विश्वबजारमा टोयटाको प्रतिद्वन्द्वीका रूपमा रहेका जनरल मोटर्सको व्यापार  पनि सकारात्मक रहेको देखिन्छ ।चालू आवको पहिलो त्रैमासिक अवधिमा टोयोटा समूहलगायत हिनो मोटर्स र  डाइहाट्सु मोटर्स कम्पनीले समग्रमा १८ देखि १९ लाख एकाइ गाडी बिक्री गरेका  छन्, जुन गत वर्षको तुलनामा ३० प्रतिशतले उच्च हो ।त्यसैगरी ठूलो संख्यामा कार फिर्तापछि उत्तर अमेरिकामा पुनः गाडी बिक्री  उच्च हुन थालेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यद्यपि युरोपेली बजार  अनिश्चत रहेकाले बिक्रीमा गिरावट आउने आशंकाका बाबजुद पनि आन्तरिक बजारमा  जापान सरकारले कार खरिदमा दिँदै आएको आर्थिक सहयोग ‘इको कार्स' अन्त  गरेकाले आगामी दिनमा अटोबजार क्षेत्रको नाफा न्यून रहने देखिन्छ ।
6 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[-प्रा. हाजिमे यामसिता म पहिलोपल्ट सन् १९९८ मा एक जना जापानी समाजसेवीसँग नेपाल आएको थिएँ।  त्यतिबेला नै मलाई यो ठाउँ औधी मन पर्‍यो। यहाँको प्राकृतिक छटा र  मानिसहरूको जीवनप्रतिको आशावादले मलाई छोयो। नेपालप्रति म यति मुग्ध भएको  छु कि १२ वर्षमा १२/१३ पल्ट नेपाल आइसकेँ। अझै आउन पुगेको छैन। जति आए पनि  आइरहुँ जस्तो लाग्छ। नेपालका गाउँघर घुम्दा धेरै असुविधा र गरिबी देखिन्छ।  त्यहाँ मानिसहरू धेरै सङ्घर्ष गरेर बाँचेका छन्। तर पनि उनीहरूमा आशा र  सकारात्मक सोच उत्तिकै पाइन्छ।यामसिता काठमाडौंमा।  तस्विरः सुदर्शन घिमिरे जापान एउटा समृद्ध देश भए पनि त्यहाँ बर्सेनि २५/३० हजार मानिस निराश  भएर आत्महत्या गर्न पुग्छन्। गरिबी, अव्यवस्था र अभावका बीच पनि  नेपालीहरूमा जीवनप्रतिको आशा गहिरो भएका कारण यहाँ आत्महत्याको दर एकदमै  नगन्य रहेछ। यस दृष्टिमा नेपाल धेरै सम्पन्न मुलुक हो। भौतिक र आर्थिक  समृद्धि मात्र सबैथोक होइन रहेछ, जीवनलाई हेर्ने दृष्टिकोण त्योभन्दा  महत्वपूर्ण रहेछ भन्ने कुरा नेपाल आएर सिकेँ मैले।  नेपालीहरूले जीवनको गरिमा र महत्व बुझेका रहेछन्। जीवनप्रति अविचलित आशा  र सकारात्मक सोचले गर्दा नेपाल एक दिन आर्थिक तथा भौतिक रूपले पनि समृद्ध  मुलुक हुनेछ भन्ने कुरामा मलाई कुनै सन्देह छैन। आशावादले नै यहाँका  मानिसहरूलाई समस्या र चुनौतीसँग लड्दै समृद्धिको लक्ष्य हासिल गर्न सघाउने  छ।  आज नेपालले द्वन्द्व, गरिबी र अविकास जस्ता समस्याहरूको सामना गरिरहेको  छ। जापानले योभन्दा पनि ठूलो सङ्कट दोस्रो विश्वयुद्धमा ध्वस्त भएपछि सामना  गर्नु परेको थियो। मैले पढाउने स्कूलको भवन पनि अमेरिकी सेनाको बमले  ध्वस्त भएको थियो। युद्धपश्चात् देशको शिक्षालगायत पुनर्निर्माणका कार्यलाई  कसरी अगाडि बढाउने भन्ने छलफल भइरहेको थियो। यसै मेसोमा अमेरिकी सरकारले  जापानमा अमेरिकाकै जस्तो शिक्षा नीति लागू गर्ने सिफारिस गर्‍यो। त्यतिबेला  अमेरिकामा शिक्षक आफैँले स्थानीय आवश्यकता अनुसारको पाठ्यक्रम बनाउने र  सोहीअनुरुप पढाउने प्रचलन रहेछ। हाम्रो सरकारले पनि सोही नीति अनुसरण गर्ने  निर्णय गर्‍यो। त्यसले हाम्रा शिक्षकहरूमा ठूलो हलचल ल्यायो। किनभने  शिक्षकले पहिलोपल्ट आफैँ सोच्नुपर्ने भयो। त्यसअघि शिक्षकहरू पाठ्यपुस्तकमा  भएका कुरा विद्यार्थीलाई रटाएर बस्थे। तर अब त शिक्षकले के रटाउने भनेर  पनि सोच्नुपर्ने भयो! समुदायको अवस्था र त्यहाँ ल्याउनुपर्ने परिवर्तनलाई केन्द्रमा राखेर  पाठ्यक्रम बनाउन भनियो। साना कक्षामा स्थानीय कुराहरू पढाउन जोड दिइयो भने  क्रमशः माथिल्ला कक्षाहरूमा क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय  क्षेत्रका कुराहरू पढाउने नीति लिइयो। तर यसनिम्ति सोच्ने, नयाँ पाठ्यक्रम  बनाउने र त्यस अनुसार पढाउने समेत सबै जिम्मेवारी शिक्षकलाई नै दिइयो। जसरी  शिक्षकहरूलाई पाठ्यक्रम बनाउन दिइयो, त्यसरी नै उनीहरूले विद्यार्थीहरूलाई  आफ्ना साथीहरूसँग सिक्न र आफूले जानेका कुरा सिकाउन लगाए। यसका लागि  अन्तरक्रिया र समूहमा अध्ययन गर्ने विधि अपनाइयो। कुनै समस्या या  विषयवस्तुका बारेमा विद्यार्थीहरूलाई एकापसमा छलफल गर्न लगाइयो। त्यहाँ  समस्या आइपरेमा वा नबुझेको कुरा बुझाउने काम चाहिँ शिक्षकहरूले गर्न थाले।  अर्थात् शिक्षकको काम छलफललाई सहजीकरण गर्ने मात्र हुन गयो। अमेरिकीहरूले  सिकाएअनुसार लागू गरिएको यो उपाय निकै उपलब्धिमूलक देखियो। यसले  विद्यार्थीहरूमा पनि नयाँ कुरा जान्नका लागि खोज्ने र चिन्तनशील हुने  संस्कारको थालनी गरायो। जापानको शिक्षाको लागि यो ठूलो ‘टर्निङ प्वाइन्ट'  थियो, जसले आधुनिक र समृद्ध जापान बनाउन निर्णायक योगदान गर्‍यो। केही स्कूलहरू घुमेको र शिक्षकहरूसँग कुराकानी गरेको आधारमा भन्नुपर्दा,  अहिले नेपालको पढाइ परीक्षामुखी छ। जाँच पास गर्नु नै यहाँको पढाइको मुख्य  अभीष्ट जस्तो देखिन्छ। यसले गर्दा जीवनका लागि चाहिने आधारभूत सीपहरू  सिक्नबाट बालबालिका वञ्चित भइरहेका छन्। अनि शिक्षकहरू कक्षाको अगाडि उभिएर  विद्यार्थीलाई निर्देशन दिनमा नै धेरैजसो समय खर्च गरिरहेका देखिन्छन्। तर  यो विधिबाट केटाकेटीहरूले खासै सिक्न सक्दैनन्। बरु शिक्षकहरू पछाडिको  बेञ्चमा बसेर विद्यार्थीलाई कुनै समस्या या नयाँ विषयमा छलफल गर्न दिनु  उचित हुन्छ। समाधानको बाटो पहिल्याउने या नयाँ-नयाँ खोज गर्ने प्रेरणा र  अवसर केटाकेटीहरूलाई नै दिनुपर्छ। त्यहाँ शिक्षक राम्रो सहजकर्ता वा केही  हदसम्म ‘मेन्टर' बन्ने गर्नु राम्रो हुन्छ। खासगरी हामी शिक्षकहरूले के कुरा सम्झिराख्नुपर्छ भने शिक्षाको ध्येय  विद्यार्थीलाई आज्ञापालक बनाउने होइन, बरु उसलाई आफैँ सोच्न सक्ने खोजकर्ता  बनाउने हो। यहाँका केही स्कूल घुम्दा मलाई यो कुराको अभाव निकै खट्कियो।  शिक्षकको काम विद्यार्थीहरूलाई आफैँ खोज गर्न प्रेरित गर्ने र त्यस क्रममा  आइपरेका समस्या हल गर्न सहजीकरण गर्ने मात्र हो। विद्यालय, समाज र देशका  समस्याका बारेमा छलफल गर्ने र समाधानका उपायहरू खोजी गर्ने काममा उनीहरूलाई  नै अग्रसर गराउनुपर्छ। चिन्तन तथा मनन् गर्ने काम अब विद्यार्थीहरूको हो,  शिक्षकको होइन। यसका लागि धेरै पूर्वाधार पनि चाहिन्न र खर्चिलो पनि हुन्न।  यसनिम्ति चाहिने मुख्य कुरा भनेको सिकाउने पद्धतिमा परिमार्जन/परिवर्तन नै  हो। स्कूल राम्रो बनाउने सबैभन्दा निर्णायक तत्व स्कूलको व्यवस्थापन हो।  जापानमा स्कूललाई सुव्यवस्थित तुल्याउन पूर्व विद्यार्थीहरूलाई स्रोतका  रूपमा प्रयोग गर्ने गरिन्छ। हरेक स्कूलमा पूर्व विद्यार्थीहरूको समूह वा  क्लब (एल्मुनाइ) बनाउने गरिन्छ, जहाँ उनीहरूको भावनात्मक लगाव समेत हुन्छ।  एल्मुनाइ को हरेक वर्ष बृहत् भेला हुने गर्छ। आफ्नो भविष्य बनाउन  महत्वपूर्ण योगदान गरेको स्कूलको प्रगतिमा सघाउन पूर्व विद्यार्थीहरू  हृदयदेखि नै समर्पित हुन्छन्। अधिकांशले आफ्नो कमाइको निश्चित हिस्सा  स्कूललाई चन्दाका रूपमा हरेक वर्ष दिइरहेका हुन्छन्। जापानमा जुन स्कूलको  एल्मुनाइ बलियो र प्रभावकारी हुन्छ, त्यो स्कूल राम्रो र स्तरीय मानिन्छ।  साधन-स्रोत जुटाउन र नयाँ-नयाँ ज्ञान तथा सीप भित्र्याउन पनि यो उपाय  प्रभावकारी हुने गरेको छ। मेरो विचारमा, नेपालमा पनि यो अवधारणा लागू गर्न  सकिन्छ। नेपालका स्कूलहरूको दिगो विकास र प्रगति सुनिश्चित तुल्याउन यो  एउटा भरपर्दो उपाय हुन सक्दछ। आर्थिक विकास र शिक्षा एकअर्कासँग घनिष्ट रूपले गाँसिएका कुरा हुन्।  मानिसहरू शिक्षित र सीपयुक्त भए भने मात्रै तिनले राम्रोसित काम गर्न र  आर्थिक विकासलाई टेवा दिन सक्छन्। देशको आर्थिक विकास भयो भने शिक्षामा  लगानी बढाउन सकिन्छ, जसले गर्दा शिक्षाको गुणस्तर बढाउन मद्दत पुग्छ।  जापानको आर्थिक विकासमा शिक्षाको ठूलो देन छ। एकातिर जापानले पाठ्यक्रम  शिक्षकलाई नै बनाउन लगाउने, प्राथमिक तहसम्म निःशुल्क र अनिवार्य  गर्नेलगायतका सुधारात्मक कदम चाल्यो भने अर्कातिर यसनिम्ति अत्यावश्यक  धनराशिको जोहो पनि गर्‍यो। शिक्षामा गरिएको नीतिगत सुधार र लगानीको सार्थक  परिणाम एकदशक पनि नपुग्दै देखिन थाल्यो- आर्थिक वृद्धिदर र विकास दुवैले  गति लिए। कलेज पढेका हरेक जापानीलाई रोजगारीको अनिवार्य व्यवस्था गरियो,  जसले गर्दा एकातिर उनीहरूको जोशिलो र उर्वर समय देश विकासमा सदुपयोग भयो  भने अर्कातिर उनीहरूमा निराशा र कुण्ठा जाग्ने मौकै मिलेन। आर्थिक विकासको लागि तीनवटा कुरा महत्वपूर्ण रहेछन्। पहिलो, ‘म गर्न  सक्छु' भन्ने आत्मविश्वास। दोस्रो, केही गर्ने अठोट। र, तेस्रो नयाँ-नयाँ  विचार (आइडिया)। स्कूलले यी तीनवटै कुरा किशोर-किशोरीहरूको दिमागमा  बीजारोपण गरिदिनुपर्छ। केटाकेटी/किशोरकिशोरीहरूमा आत्मविश्वास जगाउने र ‘केही गर्ने' अठोट  जागृत गराउने काम मुख्य रूपमा शिक्षककै हो। जापानका त्यसबेलाका शिक्षकहरूले  त्यो काम गरेकाले नै जापानले ठूलो फड्को मार्न सकेको हो। आज; नेपालका  युवायुवतीहरूमा पनि ‘हामी गर्न सक्छौं, हामीसँग अथाह संभावना छ, हाम्रो देश  राम्रो छ' भन्ने बोध र भावनाको विकास गर्नु जरुरी छ। ‘हामीसँग केही छैन,  हामी गर्न सक्दैनौं' भन्ने भावना राखेर कहिल्यै पनि उँभो लाग्न सकिँदैन।  त्यसैले सर्वप्रथम नेपालीहरूमा त्यस्तो (हामी गरीब; केही गर्न सक्दैनौं)  भावनाको सट्टा ‘हामी गर्न सक्छौं, हामी सक्षम छौं' भन्ने विचार र  आत्मविश्वास जागृत हुनु आवश्यक छ। त्यसका निम्ति सबैभन्दा प्रभावकारी ठाउँ  हो स्कूल।  आत्मविश्वास जगाउने व्यक्ति हो शिक्षक। आजका केटाकेटीहरूमा उचित ज्ञान,  सीप र प्रक्रियाद्वारा आत्मविश्वास जगाउने काम स्कूलका शिक्षकहरूको नै हो।  त्यसनिम्ति स्कूलका शिक्षकहरू नै सर्वप्रथम त्यस्तो सोच, दक्षता र  लगनशीलताले भरिएका हुनुपर्छ, जसले विद्यार्थीहरूलाई सधैं उत्प्रेरित गरिरहन  सकुन्। हरेक देशसँग केही न केही राम्रा कुरा हुन्छन्। अरू देशका राम्रा कुरा  अनुसरण गर्ने सुझबुझ र समझदारी आवश्यक रहेछ। जापानको आर्थिक समृद्धि भगवान  भरोसामा भएको होइन। युरोप र अमेरिकाले गरेको प्रगति र उनीहरूका राम्रा  कुराबाट सिक्न सकेकाले मात्र हामीले प्रगति गरेका हौं। हामीले ती देशहरूबाट  प्रविधि र व्यवस्थापन कौशल मात्र सिकेनौं, तिनै देशलाई बजार बनाएर राम्रा र  सस्ता मालसामानहरू पनि बेच्न थाल्यौं। भूगोल र जनसङ्ख्याका हिसाबले जापान  धेरै ठूलो देश होइन तर यस्तै तौरतरिकाका कारण प्रगति गर्न सफल भएको हो।  जापानको यो अनुभव नेपालका लागि पनि उपयोगी हुनसक्छ। यसनिम्ति अरूले के  राम्रा काम गरेका छन् भन्ने कुरामा हरदम आँखा लगाएर त्यसबाट आफ्नो देशले  कसरी लाभ लिन सक्छ भन्ने कुरामा नेपालीहरूले विशेष ध्यान दिनु राम्रो  हुन्छ। किनकि; जसले बढी सिक्न सक्छ, बढी प्रगति पनि उसैले गर्ने हो। हाललाई नेपालको प्रगति र समृद्धि कृषिमै निर्भर छ। तर परम्परागत विधिबाट  अत्यधिक उत्पादन सम्भव हुँदैन। त्यसनिम्ति अत्याधुनिक प्रविधि भित्र्याउनै  पर्छ। उत्पादित वस्तुहरूलाई सोझै बिक्रीमा पठाउनुभन्दा कोल्ड स्टोरमा  राखेर अथवा प्रशोधन गरेर महँगो मूल्यमा बेचबिखन गर्ने नीति लिइनुपर्छ।  उदाहरणका लागि धेरै भटमास उत्पादन हुन्छ भने त्यसलाई सोझै नबेची पेलेर तेल  बनाएर बेच्नुपर्छ। यसो गर्दा एकातिर धेरै नेपाली युवायुवतीहरूले रोजगारी  पाउँछन् भने अर्कातिर यसबाट हुने आम्दानीबाट अरू अरू क्षेत्रमा पनि  रोजगारीको सृजना हुन जान्छ। आधुनिक प्रविधिको प्रयोगको सन्दर्भमा जापान  जस्ता देशहरूबाट नेपालले सिक्न सक्छ। प्रविधि भिœयाउने र त्यसलाई उपयोग  गर्न सिकाउने सन्दर्भमा सबैभन्दा बढी उपयोगी संस्था त अन्ततः स्कूलहरू नै  हुन्छन्।आर्थिक क्षेत्रहरूको पहिचान गर्ने र त्यसको विकासका लागि नीति बनाउने काम  सरकारको हो। तर शिक्षासँग यसलाई नजोडी उत्तम नतिजा हासिल हुँदैन। कृषि,  व्यापार र पर्यटनलगायतका आर्थिक उपार्जनका नयाँ-नयाँ क्षेत्र र  माध्यमहरूबारे सम्भावनाको खोजी गर्ने सोचदेखि त्यसको लागि आवश्यक ज्ञान तथा  सीपहरू माध्यमिक र कलेज तहको शिक्षाले दिनैपर्छ।  शिक्षाले अर्को एउटा कुरा पनि हरेक नागरिकलाई दिनुपर्छ। त्यो हो, देशलाई  माया गर्ने भावना। आजको नेपाली राजनीतिक नेतृत्व देशको समृद्धिप्रति  कटिबद्ध र इमानदार हुन नसकेको गुनासो सुनिन्छ। जुन धेरै हदसम्म नाजायज पनि  नहोला। तर यसनिम्ति पनि नेपालको शिक्षा नै जिम्मेवार छ। नेतृत्वमा पुगेका  मानिसहरूले पाएको शिक्षामा कहीँ न कहीँ कमी भएरै यो समस्या देखिएको हो।  कमजोरी कहाँ छ- पाठ्यक्रममा, पाठ्यपुस्तकमा, शिक्षकमा वा अन्यत्र कतै?  त्यसको पहिचान गरी समस्या समाधानका लागि उचित कदम उठाउने कुराले अहिले  पहिलो प्राथमिकता पाउनुपर्छ।  यताका वर्षमा कामको खोजीमा वा पढाइका लागि ठूलो सङ्ख्यामा नेपालीहरू  विदेशिन थालेका छन्। विदेश जानु अवश्य पनि नराम्रो कुरा होइन। काम या पढ्न  जे गर्न विदेश गए पनि उनीहरूले सिक्ने अवसर पाउँछन्। यसले उनीहरूमा  आत्मविश्वास बढाउँदै लैजान्छ। जापानीहरू संसारमा जहाँ गए पनि आफ्नो देशका  लागि सोचिरहन्छन् र एउटा समयपछि उनीहरू देश फर्केर काम गर्न चाहन्छन्।  विदेशबाट सिकेको ज्ञान र सीप प्रयोग गरेर आफ्नो देशलाई समृद्ध पार्ने सपना र  अठोट नेपालीमा पनि हुनुपर्छ। त्यस्तो सपना र अठोटले नै एक दिन नेपाललाई  साँचो अर्थमा संसारकै समृद्ध देशमा रुपान्तरित गर्न सक्छ। त्यसनिम्ति  नेपालको शिक्षालाई देशप्रेम गर्ने नागरिक उत्पादन गर्ने गरी सुधार गर्नु  उपयुक्त देखिन्छ।     (दोस्रो विश्वयुद्धताका जापानी सेनामा रहेका प्रा.यामसिता शिक्षक र  पत्रकारपछि टोकियो विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक भए। हाल उनी  अवकाशप्राप्त जीवन बिताउँदै छन्। यो लेख ‘शिक्षक' म्यागेजिनका सुदर्शन घिमिरेले केही समयअघि काठमाडौंमा उनीसँग कुराकानी गरेर तयार पारेका हुन्।)http://www.mysansar.com/archives/2010/08/id/12553  
9 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[                                         टोकियो, (एएफपी), इरानको विवादित आणविक  कार्यक्रमविरुद्ध राष्ट्रसङ्घले अख्तियार गरेको नाकाबन्दीहरुकै अनुसरण  गर्दै जापानले इरानविरुद्ध बन्देज लगाएको छ र यसै महिनाको अन्त्यतिर थप  दण्डात्मक बन्देजहरुको घोषणा गर्ने योजना रहेको उसले बताएको छ।  पूर्वी एसियाको भ्रमणमा रहनुभएका अणु अप्रसारण तथा हतियार  नियन्त्रणसम्बन्धी अमेरिकी विदेश मन्त्रालयका विशेष सल्लाहकार नाओटो कान  टोकियोतर्फ आउँदै गर्दा प्रधानमन्त्री नाओटो कानको सरकारले यस्ता  बन्देजहरुको घोषणा गरेको हो। अणु अस्त्र र क्षेप्यास्त्र विकासमा संलग्न  देखिएका ४० संस्था र एक व्यक्तिको सम्पत्ति रोक्का गर्ने एउटा दण्डात्मक  व्यवस्थामा यी बन्देजहरुमा पनि परेको छ।राष्ट्रसङ्घ सुरक्षापरिषद्ले जुनमा इरानले युरेनियम संवर्धन कार्य रोक्न  अस्वीकार गरेपछि ऊविरुद्ध चौथो चरणका नाकाबन्दीहरु लगाएको थियो। इरानको यो  कार्य आणविक हतियार बनाउने प्रपाच हो भन्ने धेरै पश्चिम मुलुकहरु ठान्दछन्।इरानविरुद्ध संयुक्त राज्य अमेरिका युरोपेली सङ्घ क्यानडा र अस्ट्रेलियाले  पनि अतिरिक्त प्रतिबन्धहरुको घोषणा गरिसकेको छ। रुस र चीनले यी कदमहरुको  विरोध गर्दै आएका छन् जो इरानसँग ऊर्जाका लागि व्यापार प्रवद्र्धन गर्न  चाहने निकट व्यापारिक साझेदार हुन्।जापानी सरकारका प्रवक्ता योसितो सेन्गोकुले जापानले पनि अतिरिक्त  प्रतिबन्धहरु लगाउने सोच राखेको खुलासा गरे। राष्ट्रसङ्घका पछिल्ला  नाकाबन्दीहरुलाई पनि नाध्दै यूरोपेली विदेश मन्त्रीहरुले गत हप्ता इरानको  तेल र ग्यास उद्योगहरुलाई लक्षित गर्दै प्रतिबन्धहरुको घोषणा गरेको थियो।                            
5 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[नेपाल महोत्सवका आयोजकहरुको सहयोगमा गैर आवासीय नेपाली संघ जापानले गरिबी र  पछौटेपनका कारण विद्यालय नगैरहेका बालबालिकाहरुलाई खाजाको व्यवस्था गरेर  पढ्न प्रेरित गर्ने कार्यक्रमका लागि नेपाल महोसत्वका अवसरमा सहयोग संकलन  गरेको छ ।एनआरन जापानका प्रवक्ता डा राजेन्द्र प्रसाद पराजुली एक वक्तव्य जारी गरी  चेपाङजातिको बाहुल्य रहेको चितवनको शक्तिखोर गाविसस्थित श्री शिद्ध  प्राविमा गत एकवर्षदेखि उक्त कार्यक्रम संचालन गर्दै आएको छ उल्लेख गर्दै  सहयोग संकलनको पहिलो दिन ब्याबसायिक स्टलहरुबाट ७६,३७० येन र दोश्रो दिन  महोत्सवका सहभागीहरुबाट १,४०,६८० गरी जम्मा २,१४,०५० येन जम्मा भएको  जानकारी दिनुभएको छ । उक्त रकमको निष्ठापूर्बक सही सदुपयोग गर्ने गैर  आवासीय नेपाली संघ जापान प्रतिबद्धता ब्यक्त गर्दै सहयोग गर्नुहुने  महानुभावहरुमा हार्दिक कृतज्ञता प्रकट गर्नुभएको छ ।बक्तव्यमा आउदो नेपाल भ्रमण बर्ष २०११ र  नेपाली संस्कृतिको प्रवर्धनको  लागि आयोजित नेपाल महोत्सवको आयोजन गर्ने आयोजकहरु प्रति कार्यक्रम  भब्यताका साथ सफल गरेकोमा गैर आबसीय नेपाली संघ जापान हार्दिक बधाई ज्ञापन  गरिएको छ । साथै अहोरात्र सेवामा तल्लीन हुनुभएका स्वयमसेबक साथीहरुप्रति  हार्दिक आभार ब्यक्त गर्दै अन्त्यमा टाढा टाढाबाट हिबिया पार्कको भ्रमण गरी  नेपाल महोत्सब सफल बनाउनु हुने संपूर्ण नेपाली जापानी तथा अन्य विदेशी  अतिथि आगंतुक महानुभाबहरुलाई धन्यवाद ब्यक्त गरिएको छ।उक्त महोत्सवमा गैर आबसीय नेपाली संघ जापानद्वारा संघको स्टलमा आउनु हुने  जापानी नागरिकलाई उहाँहरुको नाम नेपालीमा लेखेर गैर आबसीय नेपाली संघ  जापानको पोस्ट कार्ड को साथमा गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने  पोस्टरहरु समेत बितरण गरिएको  थियो । साथै स्टलमा गैर आवासीय नेपाली संघ  जापानका क्रियाकलापको फोटो प्रदर्शनी गरिएको थियो । सबै अभियानमा गैर आबसीय  नेपाली संघ जापानका वर्तमान साथी पूर्व कार्यसमितिका पदाधिकारुहरुको  सक्रिय सहभागिता रहेको थियो भने स्टलमा गैर आबसीय नेपाली संघ जापानलाई  सुझाब संकलन, सदस्यको परिचय पत्र वितरण र नयाँ सदस्यता वितरण कार्यक्रम  समेत सञ्चालन गरिएको थियो ।
17 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[चितवनको विकट पहाडि क्षेत्र कान्दा गाउका अति विपन्न वासिन्दाको आडमा न्यानो पेटमा मानो ,मनमा शान्ति ,र अनुहारमा कान्ति ल्याउन पत्रकार एकल सिलवाल र रवीन्द्रसिह बानियाले मिशन कान्दा नामक हातेमालो अभियान संचालन गरिरहेका छन् । चितवनको लोथर गाविसमा पर्ने कान्दा गाउबाट भरतपुर आइपुग्न मात्र एक दिन पूरै लाग्छ । यस अभियानबाट संकलित १ लाख १८ हजार ५ सय २७ रुपिया,नगद र ५० बोरा भन्दा बढी लत्ताकपडा उनीहरुले दशैंको मुखमा यो गाउमा लगि वितरण पनि गरे । यसबाहेक भत्केको स्कुल मर्मत विद्यार्थीका लागि स्टेशनरी खरिद र गाउमा लगी स्वास्थ्य शिविर चलाउने उनीहरुको सोच छ । यो गाउका वासिन्दासंग न खाने खाना छ , न त जीउ ढाक्ने नाना नै । गएको जेठमा जंगलबाट ल्याएर खाएको च्याउ विषालु परेपछि यहि गाउमा एकै परिवारका आठ जनाको मृत्यु भयो । च्याउ खाएर विरामी परेकाहरुको उपचारको लागि गाउकै शिक्षक बालकृष्ण थपलियाले ठुलो मेहनत गरे ।  अज्ञानताका कारण विषालु च्याउ खाएर ज्यान गमाउनुपर्दासम्मको कथाव्यथा अलग्गै छ । तर अन्तिम समयसम्म हिम्मत नहारेका शिक्षक बालकृष्ण्ँ थपलियाले चेपाङ परिवारलाई बचाउन हरसम्भव प्रयास गर्दा विरामीको औण्ण्सधि उपचार ,एम्बुलेन्स भाडा र मृतकको अन्त्येष्टि ,कात्रो किनेको समेत खर्चमा झण्डै २० हजार रुपिया, ऋण्ँ बोकेका रैछन् । पीडित परिवारले मृतकहरुको काजक्रियामा ३० हजार खर्च ऋण्ँ गरेरै जुटाएको रहेछ । राज्यबाट अहिलेसम्म एक रुपिया,पनि राहत उनीहरुले पाउन सकेका छैनन् ।  शिक्षक बालकृष्ण थपलिया   जो जहा रहेपनि संसारको एक कुनाबाट अर्को कुनामा रहेका नेपालीलाई परेको बेलामा सहयोग गर्ने हामी सबै नेपालीको कर्तव्य हो । कान्दा गाउका अति विपन्न वासिन्दाको आगमा न्यानो ,पेटमा मानो ,मनमा शान्ति र अनुहारमा कान्ति ल्याउने यो हातेमालो अभियानमा हामी जापानवासी नेपालीहरुले पनि आफ्नो हात मिलाऔं । अनि समाजसेवा गर्दा बालकृष्ण सरलाई लागेको २० हजार र पीडित परिवारले मृतकहरुको काजकिरिया गर्दा लागेको ३० हजार रुपैया हामी सबै मिलेर तिरिदिन सके यो अभियानले सार्थकता पाउने थियो ।`मिशन कान्दा`हातेमालो अभियानका अभियानकर्ताकाले हामी सबैका लागि गरेको अपिल जस्ताको तस्तै यहा वियोगान्त कान्दाका हिम्मतिला नायकको कथामा  पढ्न सकिन्छ । यसलाई पढेर तपाईहरुले पनि मिशन कान्दाको यो अभियान सहित शिक्षक बालकृष्ण थपलियालाई सहयोग गरौं ।अनि धेरै धेरै धन्यवाद यो अभियानको थालनी गरेकोमा पत्रकार एकल सिलवाल र रवीन्द्रसिह बानियालाई पनि ।वियोगान्त कान्दाका हिम्मतिला नायकको कथा नाम बालकृष्ण थपलिया ।उमेर २९ वर्ष । पेशा शिक्षण । स्कुल कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालय कान्दा चितवन । पद प्रधानाध्यापक । स्कुल गाउँको सिरानमा छ । सबैभन्दा पुछारमा बाबुराम चेपाङको घर । गाउँको सिरानदेखि पुछारसम्म पुग्न २० मिनेट लाग्छ । गत जेठ १५ गते दिउँसो स्कुलमै बसिरहेका शिक्षक थपलिया बाबुरामको सिङ्गै परिवार विरामी छ भन्ने खबर पाएर त्यतै िहंडे । दिउँसो दुई बजे बाबुरामको घर पुग्दा परिवारका आठ जना िपंढीमा लडिरहेका थिए । ९ महिने शिशुदेखि ६५ वर्षीय वृद्धसम्म सबै शिथिल देखिन्थे । आँगनमा गाउँलेहरुको भीड थियो ।गाउँकै चेकराम चेपाङ िपंढीमा पल्टिएका विरामीलाई घरेलु औषधि खुवाउन व्यस्त थिए । विरामीलाई भने बीसको उन्नाइस नभएपछि औषधिमूलो गर्न काले झाक्रीलाई बोलाउँछु भन्दै चेकराम दुई घण्टा दूरीको कालीखोलातिर बतासको बेगमा हानिए । बिरामीलाई खुवाइएको औषधि कुकुर र सुँगुरको लिदी पानीमा मिसाएर बनाएको घोल रहेछ । त्यो खाएपछि उनीहरु वान्ता गर्न थाले । शिक्षक थपलियाले बोल्नसक्ने अवस्थाका बाबुरामलाई के भएको भनेर सोधे । अघिल्लो दिन बेलुका जङ्गली च्याउ खाएको थाहा भयो । ६५ वर्षका बाबुराम 'औडाहा भयो' भनेर छटपटिन थाले । उनको िपंडौला पनि बटारिएको देखियो । साढे तीन वर्षकी एक नातिनीको स्थिति पनि त्यस्तै थियो । ती दुवैलाई शिक्षक थपलियाले आँगनमा ओरालेर नुहाइदिए । अस्पताल जानुपर्छ घरमा बसेर निको हुँदैन भनेर उनले बाबुरामलाई सम्झाए तर मानेनन् । 'केही हुँदैन निको भइहाल्छ भनेर बाबुरामले अड्डी लिए'- थपलिया सम्झन्छन् ।झाँक्री लिन गएका चेकराम एक घण्टामै एक्लै फर्किए । आफू आउन नसक्ने बताएका झाँक्रीले केही उपाय सिकाएर पठाएछन् । त्यसैबमोजिम चेकरामले विरामीहरुलाई नून र खरानी खुवाइदिए । गर्भवती महिलाले नाघे च्याउको विष जान्छ भन्ने झाँक्रीको शिक्षाअनुसार गाउँभरि गर्भवतीको खोजी भयो । बाबुरामका विरामी छोरा पूर्णवहादुर आफै पनि बाँच्ने आशामा चार पाउ टेकेर 'गाउँमा कोही गर्भवती छन् कि' भनेर सोद्धै िहंडे तर कोही फेला परेनन् । त्यसपछि चेकरामले नै सबैलाई सात-सात पटक नाघिदिए । यी सब हेरिरहेका शिक्षक बालकृष्ण विरामीहरुलाई तत्काल अस्पताल पुर्याउन चाहन्थे । तर सोचेजस्तो सजिलो थिएन ।विस्तारै रात पर्न लागेको थियो । नजिकको अस्पताल भरतपुर पुर्याउन कम्तीमा १२ घण्टा लाग्छ । त्यसमा ११ घण्टाजति त डोकोमा बोकेर उकालो ओरालो र भीरको बाटो िहंड्नुपर्छ । राति लैजान सम्भव नदेखेपछि गाउँलेहरुलाई कुर्न लगाएर साँझ थपलिया स्कुलतिर उक्लिए । विहान उज्यालो नहुँदै स्कुल आइपुगेका चेकराम चेपाङले बाबुरामकी साढेतीन वर्षकी नातिनी आइतीमायाको राति तीन बजे ज्यान गएको खबर ल्याए । त्यो सुनेपछि थपलिया 'अब बाँकी रहेकालाई बचाउनुपर्छ म कोसिस गर्छु' भन्दै मोबाइल फोन बोकेर गाउँदेखि माथिको ज्यारबाङ डाँडातर्फ उक्लिए । त्यहाँ पुगेपछि मोबाइल टिप्थ्यो । डेढ घण्टामा डाँडामाथि पुगेका शिक्षकले त्यो क्षेत्रको स्वास्थ्य चौकी यौरालीटारका इाचार्ज राममणि सिलवाललाई फोन गरी विरामी अस्पताल पुर्याउन मद्दत मागे । सम्भव भएसम्मको प्राथमिक उपचार गरिदिन र भरतपुर लैजान हात्तीढापबाट एम्बुलेन्सको व्यवस्था मिलाइदिन आग्रह गरे । एम्बुलेन्स पाउने पक्का भयो भने विरामीलाई पाँच घण्टा बोकेर हात्तीढाप पुर्याउन सकिन्थ्यो । त्यहाँसम्म मोटर आइपुग्न सक्छ । तर स्वास्थ्यचौकीका इाचार्जले विरामीको उपचार त्यहाँ सम्भव नहुने र एम्बुलेन्स बोलाउन पनि नसक्ने जवाफ दिए । आक्रोस आएपनि निरास नभएका थपलिया आशालाग्दो खबरविना नै बाबुरामको घर पुगे ।'अरु कसैको सहयोग नपाए गाउँलेको साथ लिएर बाँचेकालाई जसरी पनि अस्पताल पुर्याउँछु भन्ने आँट आयो-उनी भन्छन् । तर बिरामीहरु सबैको अवस्था नाजुक हुँदै गएको थियो । अरु सबै निकै नै गलेका देखिन्थे । अलि टाठो देखिने बाबुरामका छोरा पूर्णवहादुर २३ लाई अस्पताल िहंडाइहाल्ने र त्यसपछि अरु योजना बनाउने विचार उनमा आयो । १४ गते च्याउ खाने बाबुरामका दुई छोरामध्ये कान्छा जीतवहादुर भोलिपल्ट विहानै कोराकतिर िहंडेकाले घरमा थिएनन् । थपलियाले १५ गते बेलुका नै सीतावहादुर चेपाङको बाबुछोरालाई उनको खोजी गर्न पठाएका थिए । १६ गते विहानसम्म खोज्न जानेहरु पनि बेखबर भएपछि ती सबैको खोजी गर्न रामवहादुर लालिकराम रेमलाल श्रीराम र अन्तरे चेपाङ गरी पाँच जनाको दोस्रो टोली कोराकतर्फ पठाए ।छिमेकी गाविस भएपनि कोराक पुगेर कान्दा फर्कन एक दिन पूरै लाग्थ्यो । च्याउ खाएकाले विरामी नै हुन सक्ने अनुमान गरी जीतवहादुृरलाई खोजेर उपचारार्थ अस्पताल पुर्याउन शिक्षक थपलियाले दुई वटा टोली पठाएका थिए । उनको अत्तोपत्तो नभएपछि पूर्णवहादुरलाई मात्र भए पनि डोकोमा बोकेर अस्पताल लगिहाल्ने तयारीमा उनी लागे । दिउँसो तीन बजे बाबुरामकी श्रीमती मतिमाया ६० को पनि मृत्यु भयो । अस्पताल लैजान ठीक्क पारिएका पूर्णवहादुरले १२ घण्टाको बीचमा छोरी र आमा गुमाएका थिए । दुवै शवहरु िपंढीमा कपडाले छोपेर राखिएको थियो । मृत आमा र छोरीको अनुहार हेरेर बाबुसँग विदा मागी पूर्णवहादुर डोकोमा चढेको बालकृष्ण सम्झन्छन् ।  दुई जना गाउँलेको साथ पाएका शिक्षक बालकृष्ण दिउँसो चार बजे पूर्णवहादुरलाई लिएर घरबाट निस्किए । रातभर िहंडेर भोलिपल्ट विहानसम्ममा विरामी अस्पताल पुर्याउने आशा उनले गरेका थिए । डेढ घण्टा उकालो िहंडेर मैदानेडाँडा पुगेपछि भीषण वर्षा हुन थाल्यो । पानीमा रुझ्दै भीरको बाटो विरामी लिएर राति िहंंड्दा अर्को दुर्घटनाको डर भयो । त्यो रात त्यहीं वास बसेर भोलिपल्ट विहानै िहंड्ने सल्लाह भयो । डाँडाको एक्लो लालिकराम चेपाङको घरमा वास बस्ने योजना बन्यो । पूर्णका भाइ सन्तवहादुरको खोजीमा गएको टोली पनि उनलाई डोकोमै बोकेर साँझ साढे ६ बजे त्यहीं आइपुग्यो । उनलाई कोराकको ननथलामा सिकिस्तै भएर लडिरहेको अवस्थामा उद्धारटोलीले भेटेको थियो । दुवै दाजुभाइलाई रातभर डाँडामै राखेर भोलिपल्ट सँगै अस्पताल लैजाने निर्णयमा बालकृष्ण पुगे ।विरामी बोक्ने मान्छे नपुगेर भोलिपल्ट विहान डाँडाबाट गाउँतर्फ चिच्याउँदा बाबुरामको पनि राति तीन बजे नै मृत्यु भएको खबर पाए । त्यसपछि अरु कोही नबाँच्ने भए परिवारको बीउ मात्र भए पनि  बचाउनुपर्यो भनेर दुवै दाजुभाइलाई बोकेर विहान सबेरै अस्पताल हिडियो-बालकृष्ण भन्छन् । भीरको बाटो डोको बोक्ने र समाउने गरी एक विरामी बोक्न चार जना चाहिन्थ्यो । गाउँका सेतुलाल कर्णिसंह रेमलाल श्रीराम दिलवहादुर चेपाङ र उनी समेत सात जना थिए । शिक्षक थपलियाले पनि पालैपालो विरामी बोके । दुई घण्टा िहंडेपछि टेलिफोन टिप्ने कुईंभीर आइपुग्यो । त्यहाँबाट भरतपुरको कालिका एफएमलाई समाचार टिपाएर बाँकी विरामी उद्धारका लागि प्रहरीको ध्यानाकर्षण गराइदिन आग्रह गरे । सात घण्टा िहंडेपछि कोराकको समिटारमा एउटा गाडी फेला पर्यो । त्यसैमा राखी दिउँसो दुई बजे पूर्णवहादुर र जीतवहादुरलाई भरतपुर अस्पताल पुर्याए । उपचार थालिएपछि विरामीहरुको अवस्थामा सुधार देखियो । आङमा गतिलो कपडा थिएन । शिक्षक थपलियाले नै उनीहरुलाई एक-एक जोर कपडा किनेर लगाइदिए । संयोगबस दिउँसो स्कुलका पियन कृष्णवहादुर चेपाङले ज्यारबाङ डाँडाबाट बालकृष्णलाई फोन गरे । बालकृष्णले विरामीको अवस्था सुधि्रएकाले बाँकी अरुलाई पनि अस्पताल पठाउन भने । मरेका तीनमध्ये बाबुराम दम्पतीको शव िपंढीमै थियो । छोराहरु निको भएर आएपछि दाहसंस्कार गर्लान् भनेर गाउँलेले नजलाई राखेका थिए । विरामी अस्पताल लैजानुपर्ने भएपछि परम्पराअनुसार शवहरु जलाउनुपर्ने भयो तर समय थिएन । घरमाथि चिलाउनेको फेदमा खाल्डो खनेर दुवै शव गाडी बाबुरामका जीवित दुई बुहारी र एक नातिनीलाई डोकोमा बोकेर सात जना छिमेकीहरु त्यसै दिन बेलुका पाँच बजे अस्पतालतिर लागे ।रातभर िहंडेर पूर्व-पश्चिम राजमार्गको वीरेन्द्रनगर निस्किई गाडी चढाएर विरामीलाई अस्पताल पुर्याउँदा भोलिपल्ट विहान तीन बज्यो । त्यसको एक घण्टा नबित्दै बाबुरामकी ६ वर्षीय नातिनी मंगलीमायाको मृत्यु भयो । छोराहरु पूर्णवहादुर र जीतवहादुरको अवस्था सामान्य नै देखिन्थ्यो । उनीहरु पत्रकारहरुसँग कुराकानी पनि गरिरहेका थिए । कमजोर हुँदै गएका दुई बुहारीहरु चन्द्रमाया र माजुलाई अस्पतालको सघन उपचार कक्ष आईसीयु मा सारियो । त्यसै दिन अर्थात् च्याउ खाएको पाचौं दिन दिउँसो तीन बजे माजु र साँझ ६ बजे चन्द्रमायाको ज्यान गयो । उनीहरुकै बेडमा पूर्णवहादुर र जीतवहादुरलाई सारियो । अघिल्लो दिनसम्म जाउलो खाइरहेका पूर्णवहादुर छेटौं दिन विहानैदेखि बोल्न छाडे । 'दाइको त्यो अवस्था देखेपछि आँत्तिएको जीतवहादुरलाई पनि जाउलो खुवाउन सकिन । त्यसपछि पोल्यो भनेर रुन थाल्यो'-शिक्षक बालकृष्णले विरामी स्याहार्दाको अनुभव सुनाए ।'पिसाबको पाइप निकालीदेऊ पोल्यो' भन्दै नस्रहरुसँग चिच्याएका जीतवहादुर बेसरी छटपटाउन थाले । आफैले पिसाबको पाइप निकाल्न खोजे । नस्रहरुले उनको हातगोडा बाँधिदिए । 'मलाई यहाँ मार्न लागे । खोलिदेऊ सर म घरै गएर मर्छु' भन्दै बालकृष्णसँग आग्रह गर्न थाले । 'त्यो देख्दा साह्रै पीडा भयो तर मैले पनि नखोलिदिएपछि नस्रहरुलाई थुक्न थाल्यो । उनीहरुले मुखमै कुट बाँधिदिए । डाक्टरहरुसँग काठमाण्डौ लगेर भएपनि एउटालाई त बचाउँछु पठाइदिनुस् भनें । बेलुका आठ बजे अस्पतालले डिस्चार्ज गरिदियो अनि उतै लिएर गएँ'- पैसाको अभावमा एम्बुलेन्स पनि उधारोमा लिएर गएको सम्झँदै शिक्षक बालकृष्ण भन्छन् । उनी मुग्लिन नपुग्दै भरतपुर अस्पतालको आईसीयुमा पूर्णवहादुरले अन्तिम सास फेरेका थिए । चरम पीडाले सम्हाल्नै नसक्नेगरी छट्पटाइरहेका जीतवहादुरले मलेखु पुगेपछि होस गुमाए । राति एक बजे काठमाण्डौको वीर अस्पताल पुर्याइए पनि अवस्था बुझेपछि अस्पतालले भर्ना लिन इन्कार गरदियो ।'त्यहाँ एकै छिन वाहिर राख्न पनि दिएनन् । चितवनका सभासद्हरुलाई फोन गर्दा मोबाइलको स्वीच अफ थियो । चिनेको अरु कोही थिएन । अस्पतालले बेडको पैसा नलिए पनि औषधि एम्बुलेन्स गाउँबाट विरामी ल्याउनेहरुलाई आउनेजाने गाडीभाडा र कुर्न बस्नेहरुको खानाखर्च गर्दा २० हजार जति ऋण लागिसकेको थियो । पैसा पनि खल्तीमा ६ सय मात्र बाँकी थियो । वीर अस्पतालका एक जना विरामी कुरुवा ज्ञानेन्द्रिसंह कार्कीको सहयोगमा राति नै टयाक्सीमा राखेर पाटन अस्पताल पुर्याएँ । बाँकी पैसा पनि ट्याक्सीलाई तिरेपछि खल्ती रित्तियो तर आफैलाई धरौटी राखेर भए पनि उपचार गर्छु भन्ने हिम्मत थियो'-उनी सम्झन्छन् । राति दुई बजेदेखि आकस्मिक कक्षमा जीतवहादुरको उपचार शुरु भयो । औषधिहरु महङ्गा थिए । एउटै सूईलाई रु ३५ सय पथ्र्यो । सँगसँगै रगत पनि चढाउनुपर्ने भयो । बालकृष्णले चन्दा उठाएर भए पनि तिर्ने विश्वास दिएर अस्पतालभित्रकै फार्मेसीबाट औषधिहरु लिए । विहान चितवनकै रेडक्रसकर्मी अनिता मैनाली आएर रु १ हजार दिइन् । सभासद्हरु गोविन्द चेपाङ र लालमणि चौधरीलाई फोन गरेर बोलाए । उनीहरुले रु १५ हजार सहयोग गरे । अस्पतालमा लागेको खर्च त्यसैले पुग्यो । उपचार शुरु भएपछि विरामीको अनुहार अलि उज्यालो देखिएको थियो तर सघन उपचार कक्षमा अचेत भएर लडिरहेका जीतवहादुरलाई पनि भोलिपल्ट २२ जेठको साँझ ६ बजे अस्पतालले मृत घोषित गर्यो । बालकृष्णमा साहस नमरे पनि उनले बचाउने आँट गरेका विरामीहरु कोही पनि बाँचेनन् । भोलिपल्ट दिउँसो अरु तीन जना मलामीको साथमा पशुपति आर्यघाटमा जीतवहादुरलाई जलाएर बालकृष्ण चितवन फर्किए ।भरतपुर अस्पतालमा ज्यान गुमाएका पूर्णवहादुरलाई पनि त्यही दिन बालकृष्णकै सहकर्मी शिक्षक सहदेव पाठक र अरु ६ जना छिमेकीले नारायणी नदीको किनारमा गाडिदिए । पूर्णवहादुरका श्रीमती छोरी र बुहारीलाई समेत एक दिनअघि त्यहीं ठाउँमा एकै चिहान बनाएर अन्त्येष्टि गरिएको थियो । यी सब परिस्थितिहरुलाई पछार्न चाहने शिक्षक बालकृष्ण थपलिया एक पटकलाई विफल भएका छन् तर सबै परिस्थिति प्रतिकुल हुँदाहुँदै पनि विपत्तिमा परेकालाई बचाउनुपर्छ भन्ने उनको हिम्मतले निराश हुनेहरुलाई हराइदिएको छ । अरु दुई शिक्षकमा एक जना विरामी र अर्काले पनि उनलाई साथ िदंदैमा ठिक्क भएकाले थपलियाको स्कुल यो घटनामा एक साता वन्द भएको थियो । उनी विकट बस्तीमा बसेर पढाउने ती सबै शिक्षकहरुको प्रतिनिधि पात्र हुन् जसले चुनावको बेला वाहेक जहिलेसुकै देशका सम्पूर्ण राजनीतिक शक्ति र राज्यका लोककल्याणकारी निकायहरुको जिम्मेवारीको भारी एकमुष्ट बोक्नुपर्छ । भन्छन् 'मैले सके जति गर्दा पनि विरामी कसैलाई बचाउन सकिन । त्यति पनि नगरेको भए मसँग पश्चात्ताप मात्र हुन्थ्यो होला तर अहिले पीडा छ पश्चात्ताप छैन । यही सम्झिएर चित्त बुझाउँदैछु ।' बाबुराम चेपाङको एकै छानामुनि बस्दै आएको परिवारमा पूर्णवहादुरका नौ महिने छोरा सन्सरवहादुर मात्र जीवित छन् । ती शिशु च्याउ नखाएकाले बाँचेका थिए । उनलाई शिक्षक थपलियाकै प्रयासमा एसओएस बालग्राम भरतपुरले जिम्मा लिएको छ । बाबुराम चेपाङका तीन श्रीमतीबाट ३० सन्तान जन्मिएका थिए । जेठी देवीमायातर्फका १२ मध्ये दुई छोरी र एक छोरा जीवित छन् । अरु सानैमा मरे । माहिली कोपीमायाले ६ वटा जन्माएकोमा पूर्णवहादुर र जीतवहादुर मात्र हुर्किएका थिए । तीन वटा सानैमा मरे । अन्तिम पटकको सुत्केरी व्यथाले उनी आफू पनि बाँच्न पाइनन् । कान्छी मतिमायाले जन्माएका १२ सन्तानमा कोही पनि बाँचेनन् । माहिलीका दुई छोरा र कान्छी मतिमायालाई लिएर बसेका बाबुरामको परिवार एक छाक च्याउले उजाड भयो । उनकी जेठी श्रीमती देवीमाया २० वर्षदेखि अलग्गै बस्दथिन् । सिङ्गै परिवार सखाप भएको चोट सहने र घर सम्हाल्ने जिम्मा अब उनकै काँधमा आएको छ । पहिले मरेका आठ जनाको काजकि्रया गर्ने कि उनीहरु विरामी छँदा उपचारमा लागेको ऋण तिर्ने  देवीमाया दोधारमा छिन् । मृतकका परिवारलाई आर्थिक सहयोग गर्न गृह मन्त्रालयसँग आग्रह गरिए पनि त्यो कति र कहिले आउँछ भन्ने निश्चित नभएको चितवनका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले वताए । राज्यविहीनताको यो हद !शिक्षक बालकृष्णले सूचना दिएको भोलिपल्ट १७ जेठको दिन इलाका प्रहरी कार्यालय खैरहनीले नौ प्रहरीको टोली विरामीको उद्धार गर्न र मरेकाहरुको सर्जमिन मुचुल्का उठाउन कान्दा गाउँतर्फ पठायो । उद्धार टोलीमा दुई जना स्वाथ्यकर्मी पनि थिए । घटनास्थलसम्मको दूरी र जाने बाटोबारे प्रष्ट नभई िहंडेको टोली त्यस दिन कोराकको थाकलटार पुगेर आधा बाटोमै वास बस्यो । भोलिपल्ट साँझसम्म पनि टोली घटनास्थल पुग्न सकेन । बरु शिक्षक बालकृष्णको सल्लाहअनुसार अघिल्लो साँझ नै गाउँलेले डोकोमा बोकेर लगेका विरामी त्यस दिन विहानै अस्पताल पुगिसकेका थिए । गएको दुई दिनसम्म पहिलो टोली सम्पर्कमा नआएपछि उनीहरुको खोजी गर्न इलाका प्रहरी कार्यालय भण्डाराले दुई मोटरसाइकलमा चार प्रहरी लोथरतर्फ पठायो । तिनीहरु पनि हराए ।हराएका प्रहरी र स्वास्थ्यकर्मीको उद्धार गर्न तेस्रो दिन फेरि जिल्ला प्रहरी कार्यालय चितवनले थप आठ प्रहरीलाई चार वटा मोटर साइकलमा खटायो । ती सबै लोथरको यौरालीटारमा भेट भई सँगै फर्किएका थिए । उता जिल्ला प्रहरी कार्यालय चितवनले भने खटाएका सबै प्रहरी बेखबर भएपछि शिक्षक बालकृष्ण थपलियालाई कार्यालयमा बोलाएर 'कस्तो ठाउँमा प्रहरी बोलाएको हराएमा तपाईंले जिम्मा लिनुपर्छ' भनी सोधपुछ गरेको थियो । विरामीको उद्धार गरेर आफ्नो काम गरिदिएकोमा धन्यवाद दिनुपर्नेमा प्रहरीबाट उल्टै उनले खप्की खानुपर्यो । गाउँलेले आश्चर्य त केमा मानेका छन् भने मृतकको सर्जमिन मुचुल्का उठाउन र विरामीको उद्धार गर्न गएको प्रहरी टोली तीन दिनसम्ममा पनि घटनास्थल नपुगी तल बेंसीको जकतिस भन्ने ठाउँबाट कान्दा गाउँ हेरेर फर्किएछ । प्रहरीले बाबुराम चेपाङको घर भनेर एउटा फोटो पनि खिचेर भरतपुर लगेको थियो तर त्यो घर बाबुरामकी २० वर्ष अघिदेखि नै अलग बस्दै आएकी जेठी श्रीमती देवीमायाको रहेछ । त्यहाँबाट अरु डेढ घण्टा िहंडेपछि मात्र कान्दा पुगिन्छ । अन्धविश्वासको आगोमा सबै जलेछिमकीहरुको भनाइअनुसार विषालु च्याउले िसंगै परिवार सिद्धिनुको कारण घरमूली बाबुराम चेपाङमा व्याप्त अन्धविश्वास नै थियो । उनले घरदेखि पारिको जङ्गलमा फलेतोको रुपमा पलाएको च्याउ टिप्न लाग्दा सँगै रहेकी श्रीमती मतिमायाले 'यो खान नहुने च्याउ जस्तो छ नलैजाऊँ' भनेकी थिइन् । घरमा ल्याएर केलाउन लाग्दा पनि साला धनवहादुर र साढुभाइ साजुरामले च्याउ विषालु भएकाले नखान सल्लाह दिएका थिए । साजुरामले त 'आफू त मर्छ मर्छ गाउँलेले समेत दुःख पाउँछ यो च्याउ नखाऊ- भनेका थिए । गाउँमा झारफुक गर्ने गरेका बाबुरामले आफूसँग च्याउको विष मार्ने विद्या भएको दाबी गर्दै आफैले पकाएर परिवारलाई खुवाएका थिए । जेठा छोरा पूर्णवहादुरले च्याउ खान नमानी आफ्नो लागि छुट्टै तरकारी पकाउन बारीबाट रायोको साग ल्याएका थिए । उनलाई पनि बाबुरामले हप्काएर खुवाएको छिमेकी कानवहादुर चेपाङले वताए । पूर्णवहादुरले पकाउन नपाएपछि ओइलाएर बसेको साग तीन दिनपछि फ्याँकिएको थियो । गाउँमा कोही विरामी हुँदा उपचार गर्ने व्यक्ति बाबुराम नै थिए । उनी विरामीलाई झारफुक गर्थे र जडिबुटी पनि खुवाउँथे । आफूहरु विषालु च्याउ खाएर विरामी भएपछि कुकुर र सँुगुरको दिसा पानीमा घोलेर खुवाउन चेकरामलाई बाबुराम आफैले सिकाएका थिए । यस्तो अन्धविश्वास गाउँका सबैमा छ । हाम्रो अपिलअन्तिम समयसम्म हिम्मत नहारेका शिक्षक बालकृष्ण थपलियाले चेपाङ परिवारलाई बचाउन हरसम्भव प्रयास गर्दा विरामीको औषधिउपचार एम्बुलेन्स भाडा र मृतकको अन्त्येष्टि कात्रो किनेको समेत खर्चमा झण्डै २० हजार रुपियाँ ऋण बोकेका छन् । पीडित परिवारले मृतकहरुको काजकि्रयामा ३० हजार खर्च ऋण गरेरै जुटाएको छ । राज्यबाट एक रुपियाँ पनि राहत पाउन सकेनन् । चितवनको सुविधासम्पन्न भूमिमा बसोबास भएर पनि सेवाभावकै कारण विकट कान्दा गाउँमा पढाउन गएका शिक्षक थपलियाले नमुना उद्धारकर्मको नायक बनेर मानवतामाथि लगाएको गुन हामी तिर्न सक्दैनौं तर यो पवित्र सेवाका कारण उनमा थोपरिएको ऋण तिर्न थोपाथोपा योगदान गर्न सक्छौं कि  मानवीय सेवाको उदात्त भावनालाई मर्न नदिऊँ । बालकृष्णहरुको हिम्मत बचाऊँ र यस्ता अरु बालकृष्णहरुको पनि खोजी गरौं । एकल सिलवालरविन्द्रिसंह वानियाकान्दा, चितवन
6 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[कुमार बज्र ,अगस्त १५ आइतवारका दिन नेपालमा रोजगारमुलक कार्यको सहयोगार्थ  चीबा केन ,काचुरा समुद्रितत टुर भब्यताका साथ सम्पन्न भएको छ / मंचको अधिकान्स कार्यक्रम बस भित्र सन्चालन गरिएको थियो /आफ्नो मन्तब्य ब्यक्त गर्दै मन्चका अध्य्क्ष सुनिल कुमार शाक्यले मन्चले हाल सम्म धुप तालीम ,इलेक्त्रिक तालीम तथा बिभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएकोमा नेपालमा रोजगार लाई प्रोत्साहन दिन  नेपालमा उत्पादित सामानहरु निस्चित कोताहरु मन्चले खरिद गरि जापान ल्याउन लागेको र उकत वस्तुहरु जापानमा बस्नु भएका दाजु भाई दिदिबहिनीहरुले सहयोग स्वोरुप खरिद गर्न हार्दिक अनुरोध गरिएको छ /त्यस्तै मन्तब्य दिने क्रममा सुनिल श्रेष्ठले जापान मा बस्नुहुने नेपालीहरुले महिनाको १००येन सन्कलन गरि नेपालमा पीडितहरुलाई सहयोग गर्नु पर्ने बिचार राख्नु भएको थियो भने रबी श्रेष्ठले पैसा भन्दा रोजगार मुलक सहयोग दिनु नै राम्रो हुने धारणा राख्नु भएको थियो /मन्तब्य दिने क्र्ममा चौधरीले समुद्रिततमा जलक्रिदा गर्ने रहरले आएको मा बस भित्र को यस कार्यक्रम देखेर आफु अत्यन्त प्रभाभित भएको कुरा बताउनु भएको थियो /मन्च का कोशाध्यक्ष जनक राज शाक्यले मन्चको वार्शिक आर्थिक बिवरण पेश गर्दै मन्चले नेपालमा रोजगारलाई प्रोत्साहन दिन नेपालमा उत्पादित वस्तुहरु जापानमा चिनाउनु नै सबभन्दा बेस हुने कुरा बाताउनु भएको थियो /उक्त कार्यक्रममा आर्थिक सहयोगको बिषयमा चर्का चर्की बहस चलेको थियो / प्रथम कार्यक्रमको सन्चालन मन्चका उपाध्यक्ष कृष्ण बदन जोशीले सफलतापुर्वक सम्पन्न गरेको थियो /दोस्रो चरणको कार्यमा काचुरा समुद्रिततको समुद्री झार कोन्बु २०० किलो जति सन्कलन गरि सरसफाइ तथा पौदी खेली रमाइलो गरेको थियो /तेस्रो चरणमा समुद्रितत अगाडिको रेजोर्त होटेल मिकजुकिमामा जापानमा पहिलो पटक वाइन स्पेसिआलिस्त 'सोमरिए 'हासिल गर्ने पहिलो नेपाली कृष्ण बदन जोशीलाई नेपाल जापान रेसुरेन्त ब्यवसायी संघ का महासचीब रबिन्द्र श्रेष्ठ साख:ले अभिनन्दन पत्र बितरण गरेको थियो /जोशीले वाइनको बिषयमा सामान्य जानकारी दीइ वाइन को महत्वो प्रत्याउनु भएको थियो /उक्त कार्यक्रमा पछी उक्त होतेलमा ७० भन्दा फरक फरक परिकार हरुले सजिएको लन्च बाइकिङ खान पाउन्दा सहभागी सम्पुर्ण साथीहरु प्रफुल्ल देखिन्थे /चौथो कार्यक्र्ममा चिसो स्विमिङ पुल र तातो स्विमिङ्पुल र साउनामा रमाएका थिए /र अन्तमा ओनसेन (तातो पानी )मा नुहाइ होटेल मिकाजुकी बाट बिदा भएको थियो /ओनसेनमा निवर्स्त्र रुपमा जानु पर्ने भएको ले नेपालीहरु लाज मानी मानी छिरेका थिए /फर्कने क्र्ममा बाटो भरी जादुहरु ,जोकहरु ,हस्तरेखाका कुराहरु र साँस्कृतिक कार्यक्रम गर्दै फर्केका थिए /१४ घण्टाको कार्यक्रम एक पलमा सिद्धिएको भान भएको थियो /उक्त दिन को कार्यक्र्ममा बच्चा ,आइमाइहरु ले पानी भरपुर मज्जा लिएका थिए 
13 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                   डा. खड्ग केसी आज  अगस्ट ९ । अर्थात् नागासाकी डे । सन् १९४५ मा जापानको नागासाकीमा  अमेरिकाद्वारा दोस्रो अणुबम खसालिएको दिन । अध्ययनक्रममा नागासाकी  विश्वविद्यालयमा साढे ६ वर्ष बिताएका डा. खड्ग केसीले आज सबेरै उठेर एकपटक  अणुबमले ध्वस्त पारिएको नागासाकी र बम आक्रमणमा बाँचेका आफ्ना जापानी  साथीलाई सम्झे । अनि, आजै प्रकाशित जापानका प्रमुख दैनिक पत्रिकाहरू  इन्टरनेटबाटै हेरिसके । हरेक वर्ष उनी हिरोसिमामा आणविक बम खसालिएको अगस्ट ६  तारिख र नागासाकीमा खसालिएको अगस्ट ९ तारिखका दिन आणविक अस्त्रमुक्त  विश्वका लागि कामना गर्दै आफू पुगेका ती दुई अभागी सहरको सम्झना गर्छन् ।००० जापानबाहिर  अणुबमले ध्वस्त दुई सहरबारे थुप्रै किस्सा र किंवदन्ती सुनिन्छन्- निकै  उराठ लाग्ने मरुभूमिजस्ता छन्, जताततै खरानी-खरानीको थुप्रो मात्रै छ,  त्यहाँ कतै पनि झारपात र रूखबिरुवा पलाउँदैनन् आदि । जापान पुग्नुअघि डा.  केसीले पनि यस्तै सुनेका थिए र उनलाई यस्तै लाग्थ्यो । सन् २००२ मा  छात्रवृत्ति पाएर राजनीतिशास्त्र उच्च अध्ययनका लागि जब उनी पहिलोपटक  नागासाकी ओर्ले, दृश्यले सुनिएका किस्सालाई झुटा साबित गरिदियो । नागासाकी  पुनर्निर्माण, उन्नति र आधुनिकीकरणले आधा शताब्दीअघिको संहारकारी घटनालाई  झन्डै बिर्साइदिँदोरहेछ । अणुबमले तहसनहस पारिएको सहर जापानीले पहिलेको  तुलनामा अझ व्यवस्थित र अझ सुन्दर बनाइसकेका छन् । त्यो देखेर नेपालबाट  गएका यी जिज्ञासु विद्यार्थी एकमन त दंग परेका थिए । तर, बिस्तारै उनले  जापान अहिलेको पुस्तासम्म तत्कालीन अणुबम आक्रमणको प्रभाव गढेको थाहा पाए ।   'नागासाकी  डे' को अवसरमा हरेक वर्ष नागासाकीमा विशेष कार्यक्रम गरिन्छ । केसी पनि  हरेक वर्ष त्यहाँ पुग्थे । 'प्रत्येक चोटिको 'नागासाकी डे'मा म साथीहरूसहित  नागासाकी पिस म्युजियममा जान्थेँ,' केसीले भने, 'पहिलोचोटि त हामीलाई  हाम्रो विश्वविद्यालयले नै त्यहाँ लगेको थियो ।' म्युजियममा त्यतिवेलाको  नागासाकीका विभिन्न दृश्य र भौतिक वस्तु राखिएको छ । बम आक्रमण र  त्यसलगत्तैको अवस्था भिडियो स्लाइडमा भत्केका घर, मान्छेका आर्तनाद र  चिच्याहट, पोलिएका-डढेका मान्छे, जलिरहेको बस्ती आदि सबै देख्न सकिन्छ ।  म्युजियमभित्र त्यस्तो दृश्य देख्दा केसीको आङ एकपटक जिरिङ-जिरिङ भयो ।  उनलाई लाग्यो- एकपटक यी दर्दनाक दृश्य र नागासाकीवासीका पीडासँग  साक्षात्कार गराइदिन पाए आणविक शस्त्रास्त्रमा अहिले पनि होडबाजी गरिरहेका  मुलुकका आँखा खुल्थे कि ! नागासाकीमा रहुन्जेल केसीले अणुबम आक्रमण र त्यसका प्रभावका बारेमा धेरै जान्ने-बुझ्ने  मौका पाए । बम आक्रमणमा परेर बाँच्न सफल भएका (हिबाकुछा) हरूलाई भेटे ।  दुईजना हिबाकुछा त उनीसँगै एउटै विश्वविद्यालयमा पढ्ने साथी पनि थिए । बम  आक्रमणमा आफ्ना अभिभावक र आफन्त गुमाएकाहरू, बमका छर्रा लागेकाहरू,  रासायनिक विकीरणद्वारा अनेक रोग लागेकाहरू, त्यतिखेर गर्भमा रहेका र  जन्मँदै क्यान्सर रोग बोकेर आएकाहरू आदि पनि जापानमा हजारौँ छन् ।  'लुलालंगडाहरू, लठेब्राहरू, सुस्त मनस्थितिका मान्छेहरू पनि जापानमा थुप्रै  भेटिन्छन्,' केसीले भने, 'त्यो सबै त्यही बम आक्रमणको प्रभावले भएको हो ।'   ०००दोस्रो  विश्वयुद्धताका जापान सबै हिसाबले एकदमै शक्तिशाली राष्ट्र थियो ।  त्यतिवेलाको निरंकुश र सैन्यवादी राजतन्त्रको साम्राज्यवादी नीति झन्झन्  चुलिँदै थियो । दोस्रो विश्वयुद्ध चलिरहँदा अमेरिका युद्धमा सहभागी थिएन,  तर नयाँ उपनिवेश खोजिरहेको र शक्तिको मात चढ्दै गरेको जापानले सन् १९४१ मा  अमेरिकामाथि पनि आक्रमण गर्‍यो । यसको बदलास्वरूप अमेरिका जबर्जस्ती  प्रत्याक्रमणमा उत्रेको थियो । त्यसपछि १९४१ देखि ४५ सम्मको युद्धमा  जापानका ६७ सहर ध्वस्त भइसकेका थिए, ३० लाख मान्छे मारिइसकेका थिए । लडाइँ  लम्बिरहेका वेला अमेरिकी तत्कालीन राष्ट्रपति ट्रयुमानले 'पोस्टड्याम  डिक्लारेसन' बाट जापानलाई चेतावनी दिए, 'जापान ! अब कि आत्मसमर्पण गर, कि  योभन्दा कडा आक्रमणको सामना गर !'तर,  जापान पछि हट्ने 'मुड'मा थिएन । 'जापानी जनता त्यहाँको राजतन्त्रप्रति कति  अन्धभक्त थिए भने उसका पक्षमा उनीहरू आत्मघाती विमानमा चढेर अमेरिकामाथि  आक्रमण गर्न पनि तयार थिए,' केसीले भने, 'नेपालमा राजतन्त्रलाई भगवान्को  अवतार मानिन्थ्यो, त्यहाँ त अवतार होइन, भगवानै मान्ने चलन थियो ।'  अमेरिकाले त्यति विध्वंसक र नरसंहारकारी अणुबम हान्ला भन्ने जापानले सायद  अनुमान पनि गरेको थिएन । त्यसैले उसले आत्मसमर्पणको चेतावनीलाई इन्कार  गरिदियो । कतिसम्म भने हिरोसिमामाथि आक्रमण भइसकेपछि पनि जापानले 'शत्रुसँग  मुकाबिला गर्ने' घोषणा गर्‍यो । फलस्वरूप दुई प्रमुख सहर तीन दिनको फरकमा  खरानी पारिए । हिरोसिमामा एक लाख ६६ हजार मान्छे मारिए, नागासाकीमा ८० हजार  । हजारौँहजार घाइते भए, हजारौँहजार अपांग । विकीरणबाट अहिले पनि मान्छे  मरिरहेका छन् । नागासाकी ध्वस्त भएको ६ दिनपछि अगस्ट १५ मा मात्रै जापानले  आत्मसमर्पण गर्‍यो र दोस्रो विश्वयुद्धको पनि थान्को लाग्यो । बम  आक्रमणको पीडा भोग्नेहरू अहिले पनि जापानमा उत्तिकै छन् । खड्ग केसीले  नागासाकीमा पनि त्यस्ता थुप्रै मान्छेहरू भेटे, जो अहिले पनि ६५ वर्षअघिको  त्यही आक्रमणका देखिने-नदेखिने घाउ बोकेर हिँडिरहेका छन् । माथि भनियो,  दुईजना हिबाकुछा (बाँच्न सफल भएका) केसीका साथी नै थिए- ७६ वषर्ीय केइसुके  होन्डा र ६७ वषर्ीय हिरोहिको फुकुदा । नागासाकी बम आक्रमणका वेला स्कुले  विद्यार्थी रहेका होन्डा केसीसँगै नागासाकी विश्वविद्यालयमा पिएचडी अध्ययन  गर्थे । उनीहरूका प्रोफेसर पनि एउटै थिए । फुकुदा पनि केसीसँगै नागासाकी  विश्वविद्यालयमा पढ्ने मित्र थिए । फुकुदा बम आक्रमणको समयमा गर्भमा थिए ।  दुईजना आफ्ना नजिकका यी मित्रहरूबाहेक त्यो घटनामा परेर बाँच्न सफल भएका र  त्यसको कुनै न कुनै प्रभाव सहेर बाँचेका थुप्रै जापानीलाई केसीले भेटेका  थिए र उनीहरूका अनुभव सुनेका थिए । उनी पहिलो बम आक्रमण भएको सहर  हिरोसिमामा पनि चारपटकसम्म पुगेका थिए र हरेकपटक तीन-चार दिन त्यहाँ बसेका  थिए । ०००केसी  नागासाकी पुग्नुको खास उद्देश्य थियो, अध्ययन । तोकिएको समयमा पिएचडी सकेर  उनलाई नेपालै र्फकनु थियो । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सरुवा  भई आएका उनी त्यतिखेर पृथ्वीनारायण क्याम्पस, पोखरामा राजनीतिशास्त्र  पढाउँथे । जापान पुगेपछि पर्वतस्थित आफ्नो गाउँको विद्यालयका लागि सहयोग  जुटाउने उद्देश्यले पनि उनले धेरैतिर सम्पर्क गर्न थाले । जसले गर्दा उनले  जापानी जीवनशैली र सामाजिक जीवनबारे थप थाहा पाउने अवसर पाए । पहिलोचोटि  नागासाकी पिस म्युजियममा सुरक्षित राखिएका वस्तु, फोटोहरू र भिडियो दृश्य  हेरेर बाहिर निक्लेपछि केसीको हृदय अणुबम आक्रमणको घटनाले नराम्ररी  हल्लाएको थियो । उनले सोचे- यस्तो अमानवीय घटनाका कारण जापानीहरूले  अमेरिकाविरुद्ध कस्तो प्रतिशोध साँधिरहेका होलान् ! तर, अनौठो कुरा के रहेछ  भने बढीजसो जापानीहरू त उल्टो अमेरिकाप्रति अनुग्रहित पो रहेछन् ।  'जापानीहरू कति धेरै सहिष्णु र कति धेरै पोलाइट छन् भने कतै यो नक्कली त  होइन जस्तो लाग्छ,' केसीले भने, 'संग्रहालयभित्रको दृश्य देख्दा हामीमा पनि  प्रतिशोधको भावना जाग्छ । तर, जापानीहरू प्रतिशोधको भावना देखाउँदैनन् ।'  उनले थपे, 'खै, यो पुँजीवादमा भावना पनि ह्रास हुँदै जाँदोरहेछ क्यारे !'केसीका  अनुसार अधिकांश जापानी अहिले पनि अमेरिकाको आक्रमण जापानकै गलत नीतिका कारण  भएको हो भन्ने ठान्छन् । मानवअधिकारकर्मी, समाजवादी र राजतन्त्रविरोधी  तत्कालीन जापानी राजतन्त्रको साम्राज्यवादी नीतिले गर्दा नै जापानले यति  धेरै क्षति बेहोर्नुपरेको हो भन्छन् । 'उनीहरू अमेरिकालाई जिस्काउनै  हुँदैनथ्यो, जापानको निरंकुशता र साम्राज्यवादी नीति अझै लम्बिएको भए थप  हानी हुन्थ्यो भन्छन्,' केसीले भने, 'केही परम्परावादी जापानीले मात्रै  अमेरिकाले माफी माग्नुपर्छ र जापानले अमेरिकासँग बदला लिनुपर्छ भन्ने सोच  राख्छन् । केसीका दुईजना हिबाकुछा साथीहरू पनि दुई फरक विचार राख्थे ।  'आणविक अस्त्रमुक्त विश्व हुनुपर्छ भन्नेमा चाहिँ सबै जापानी एकमत छन्,  त्यसो नभए आउँदो पुस्ताले थप दुःख पाउनेछ भन्ने ठान्छन् उनीहरू,' उनले भने ।  खड्ग केसीले यस्ता परम्परावादी जापानीहरू पनि देखे, जसले अमेरिकाको खुलेर  आलोचना गर्न पनि सक्दैनन् र आफूहरूको गल्ती थियो भनेर माफी पनि माग्दैनन् ।  ०००खड्ग  केसी नेपाल फर्किसके । तर, ज्यान यहाँ रहे पनि आफूले साढे ६ वर्ष बिताएको  नागासाकी सहरको झल्को उनलाई आइ नै रहन्छ । हिरोसिमा र नागासाकीमा अणुबम  खसालिएको दिनमा उनी झन् बढी सम्झन्छन्- जापान बसाइका आफ्ना क्षणहरू । ओहो,  शस्त्र होडको घमण्डले आँखा चिम्लँदा जापानले त्यत्रो मानवीय क्षति  भोग्नुपर्‍यो, भौतिक संरचना कति ध्वस्त भए कति ! ४० लाख मान्छे मारिए, ७०  सहर ध्वस्त भए, विद्यालय-विश्वविद्यालय खरानी पारिए । बम आक्रमणको प्रभाव  अहिलेको पुस्ताले पनि भोगिरहेछ । तर, त्यसको जिम्मेवारी न अहिलेसम्म  अमेरिकाले लिएको छ, न जापानले नै । नेपाल फर्केपछि पनि जापानका बारेमा  गहिरो चासो राख्ने डा. केसीले आफ्ना हिबाकुछा साथीहरू केइसुके होन्डा र  हिरोहिको फुकुदालाई पनि सम्भदै भने, 'हाम्रो मित्रराष्ट्र जापानले भोगेको  त्रासद घटनाले हामी नेपालीलाई पनि आणविक अस्त्रमुक्त विश्वको पक्षमा उभिन  प्रेरित गरेको छ ।'  संगीतश्रोताsangeet.srota@gmail.comhttp://www.nayapatrika.net/newsportal/middle_page/15984.html 
12 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[भन भन भाइ हो- देउ सरकारभन भन बैनी हो- देउ सरकारजोडले भन- देउ सरकारस्वर मिलाइ कन- देउ सरकारबेइजिङ्ले सुनून्- देउ सरकारदिल्लीले सुनून्- देउ सरकारसम्मेलन केन्द्रका- देउ सरकारसिल्लीले सुनून् - देउ सरकार ।हामी त्यसै आएनौ सिस्नुपानीले जा भन्योसक्छस् भने तँ नि पर्धान~मन्त्री खा भन्यो ।ढोका खुल्लै पाइयॊ देउसी खेल्न आइयॊदेउसीभित्र स्वाधिनताको गीत गाइयोकाठमाण्डूको ट्राफिकजाम के सकिन्थ्यो भिडेरट्याममा देउसी खेल्नु थियो आयौँ हिँडेर ।कालापानी कालै भो सुस्ता पनि सुस्तै भोनयाँ नेपाल माधव नेपाल उस्तै उस्तै भो ।कुर्सि छाड्न पाइन भनी माधव नेपाल रुंदैछन्रुदा रुदै अरुभन्दा बलिया हुँदैछन् । भनभन साथी हो- काम चलाऊजोडले भन- काम चलाऊसरकार हाम्रो- काम चलाऊसम्विधान हाम्रो- काम चलाऊअख्तियार हाम्रो- काम चलाऊसम्वैधानिक समिित- काम चलाऊपुलिसका आईज- काम चलाऊनेपालको पासपोर्ट- काम चलाऊकोशीको बाँध- काम चलाऊअनमिनको काँध- काम चलाऊनेपालको बजेट- काम चलाऊहाम्रा बोइङ् जेट- काम चलाऊमुलुकै हाम्रो- काम चलाऊयो देउसी हाम्रो- काम चलाऊछटपटी छ कांग्रेसको पानी बिना माछो भोहिङ बाँधेको टालो थियो ऐले वाङ खायो ।वामदेव झुण्ड एमालेको माओवादी भित्तामाओली झुण्ड लपक्कै कांग्रेस कित्तामा ।भाले हो कि पोथी हो यो पत्ता लगाई हालौंनबल्खु दरबार खालि पारी बोइलर पालौंन ।राकेश सुदका दाह्री देख्ता कमरेडहरु थुरुरुचाइनिज प्रभु गुहार्नलाई बेइजिङ लुरुरु ।२-४ जना बाबुरामले सक्थे कि देश बढाउन,भित्र बाहिर तयार छन् तिनलाई लढाउन !!साना गुण्डा समाचारमा दिनदिनै छाउंछन्ठूलासँग पुलिस आफैं मित लाउंछन् ।नाङ्गा नाच हेर्न पाए पुलिस आफै रमाउनेअनि तिनले नाङ्गालाई कहाँ समाउने !एकदुईजना रमेश खरेल भेटिन्छन् नि भेट्नलाईपछि पछि ठूला हाकिम पाइला मेट्नलाई ।नेतासँगै मह ले नि डाक्टर पदवी पाएछन्जिन्दगीमा पहिलोपल्ट जि…ल् खाएछन् ।ओली पनि डाक्टर गच्छेदार नि डाक्टरनक्कलीले देको डाक्टर थोत्रे ट्याक्टर ।विष हो कि जुस हो दर्शक थला पर्दैछन्सुपरस्टार त्यसैको बखान गर्दैछन् ।खाउं खाउं साथी हो- नखानेजाऊं जाऊं साथी हो- नजानेनजाने किन- तटस्थनखाने किन- तटस्थबेइजिङ कि दिल्ली- तटस्थवारि कि पारि- तटस्थसुर्वाल कि सारी- तटस्थचढ्ने कि झर्ने- तटस्थबाँच्ने कि मर्ने- तटस्थगोरे कि काले- तटस्थपोथी कि भाले- तटस्थसाधु बनी बिरालो मन्दिर मन्दिर ढोग्दैछसामाजिक सेवाको खोल ओड्दैछकाली बाबाका खुट्टामा लम्पसारै परे निराजतन्त्र आउंदैन अब मरे नि ।एम.आर.पि.टेण्डर टुङ्गो नलाई गुल्टेछसुद-सुजाता कम्पनी टाट उल्टेछनेपाल सरकार छिमेकीका राजदुतले नै चलाउनेहाम्रो सरकार लिन्ठिङ् लिन्ठिङ् पुच्छर हल्लाउनेमधेशको मुद्दा भन्नु यिनको नारा मात्र होनेता बनी सत्ता पुग्ने पारा मात्र हो ।दूताबासैबाट आउँछ ज्यानको धम्की हाम्रालाईफिर्ता लैजाऊ धम्क्याउनेलाई पठाऊ राम्रालाई ।तिमी आफैं सुधार तिम्रो युपि बिहारहाम्रो देश हाम्रै जिम्मा दागा नधर ।भन भन साथी हो- सभासद्भनी साध्ये छैन- सभासद्गन गन साथी हो- सभासद्गनी साध्ये छैन- सभासद्घुस्याहा पनि- सभासद्भुस्याहा पनि- सभासद्गगन पिन- सभासद्बबन पनि- सभासद्ऐरे पनि- सभासद्जैरे पनि- सभासद्हाम्रा गाउँको- सभासद्भैरे पनि- सभासद्कम्मर भाँच्तै- सभासद्नाङ्गै नाच्तै- सभासद्तोङ्बा तान्दै- सभासद्मुक्का हान्दै- सभासद्सिक्रीले बाँध्छन्- सभासद्बिक्रीमा ल्याउँछन्- सभासद्सुँगुरभन्दा मोटा- सभासद्एक करोड गोटा- सभासद् ।थापा मगर खगेन्द्रले गिनिजमा नाम लेखाएनेपाल मन्त्रीमण्डलले नि पौरख देखाएजलवायु जोगाउन काला पत्थर गएरअपानवायु छाडी आएछन् बढ्ता खाएर ।मकैमा दाना थिएन नेताले सम्विधान दिएनउस्ता उस्तै दुवैसँग बिजै थिएन ।राजावादी चोखिँदैछन् माओवादी भाँडामाकुनदिन चड्छिन् हिमानी नि पेरिस डाडाँमा ।राजावादी फटाहा जालि माओवादीमै अटाएगौरवशाली पार्टीको झन् गौरव बढाए ।रेखासँग नाच्तै भन्छन् सुकिला र मुकिलाफाइभ स्टारको चिकेन रोष्ट डकार झुसिला ।नडराउनोस् माओवादी अब जङ्गल फिर्दैनकिनभने पजेरो जङ्गल छिर्दैन ।आशिषबन्द र हड्ताल- मूर्दावादशान्ति र सम्विधान- जिन्दावादशेयरको मूल्य- बढ्दो होस्लोडसेडिङ सधैं- घट्दो होस्आयकर तिर्ने- बानी होस्धारामा सधैं- पानी होस्नेताले घाँस- नचरुन्बाघ भालु भोकै- नपरुन्कालो सूचिमा- नाम नहोस्सडकमा निस्कँदा- जाम नहोस्खेतमा जहाज- नझरोस्डेंगुलॆ निम्तॊ- नगरोस्दिदैछौ आषिस- गनेरमहङ्गी घटोस्- भनेरपेटमा अल्सर- नबढोस्पल्सरमा छोरो- नचढोस्चोरलाई खेद्ने- लाठी होस्घरकी जहान- बाठी होस्महंगीमा पाहुना- नआओस्आए पनि कुकुरले- भगाओस्यहाँ आउन काललाई- भय होस्नेपाली जनको- जय होस्आघौँ आउँला देउसी गाउँला सारङगी नि रेटौँलानेपाली नै रहियो भने फेरि भेटौँला ।
12 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[Krishna Lal Sapkota from dcnepaltv on Vimeo.
20 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[http://www.nayapatrika.com/newsportal/cover_story/7365.html मोडलबाट नायिका हुँदै गायिका भएकी पूजा लामाको अश्लील भिडियोले अपहरणसम्मको 'स्क्यान्डल' मच्चाएको छ । पूजाको अश्लील भिडियो सार्वजनिक गरेको भन्दै अपहरणमा परेका एक युवालाई प्रहरीले शुक्रबार मुक्त गरेको छ ।  पापी फिल्मबाट नायिकाको रूपमा उदाएकी पूजाले पछिल्लोपटक दीपक रायमाझीको नयाँ फिल्म 'लभ स्टोरी २०६६' मा अभिनय गरेकी छिन् । सामयिक 'म्युजिक भिडियो इन्डस्ट्री' चल्तीकी मोडल पूजाले पछिल्लो समयमा गीत पनि गाएकी छिन् ।  उनै मोडल, नायिका, गायिका पूजाले आफ्नो प्रेमीसँग गरेको यौनसम्पर्कको भिडियो भन्दै अहिले मोबाइलबाट मोबाइलमा फरवार्ड भइरहेको छ ।  एक मिनेट २३ सेकेन्डको सो भिडियोमा युवती हातमा कप लिएर केही (सम्भवतः कफी) पिइरहेकी देखिन्छिन् । संवाद र वातावरण हेर्दा यो बिहानको दृश्य हो । कोठाको भित्तामा पूजाकै ब्लोअप तस्बिर देखिन्छ । अश्लील भिडियोमा युवतीको पूरै शरीर देखिन्छ, तर युवकको यौनांग मात्र ।  पुरुषले युवतीलाई 'गुडमर्निङ माई लभ' भन्छन् । पुरुषको उत्तेजित यौनांग देखेर रमाउँदै युवती भन्छिन्, 'ओ अल्वेज स्ट्यान्डबाई ।' पुरुष पनि भन्छन्, 'आँच, क्या दियो ।' संवादपछि दुवैजना खित्का छाड्छन् । त्यसपछि युवतीले मुखमैथुन सुरु गर्छिन् । भिडियो सकिन्छ ।  भिडियोमा युवतीले वेलावेलामा क्यामेरातिर हेरेर रमाएको स्पष्ट देखिन्छ । भिडियोले स्पष्ट भन्छ, उनीहरूले राजीखुसी यौनसम्पर्क राखेका हुन्, राजीखुसीले नै भिडियो खिचेका हुन् ।  यही भिडियो सार्वजनिक भएपछि पूजाका ब्यायफ्रेन्ड शिशिर (प्रशन)ले माओवादी कार्यकर्ताको सहयोगमा शुक्रबार पि्रतम पाण्डेलाई अपहरण गराएका थिए । प्रहरी स्रोतका अनुसार पूजा र पि्रतम साथी हुन् । पूजाले मोबाइलबाट गीत सार्न दिँदा प्रितमले भिडियो पनि सारेको आरोप पूजाको छ ।  भिडियो सारेको मात्र होइन, सार्वजनिकसमेत गरेको आरोप लगाउँदै पूजाका ब्यायफ्रेन्डले शिशिरले आफ्नो चिनजानमा रहेको माओवादी कार्यकर्ताबाट प्रितमलाई अपहरण गर्न लगाएका थिए । विवादमा आएपछि आफूलाई शिशिर भनेर चिनाउने प्रशन एक एफएमका कार्यक्रम प्रस्तोता रहेको प्रहरी स्रोतको दाबी छ ।  पि्रतमलाई माओवादीको स्वयम्भुमा रहेको १५ नम्बर सम्पर्क कार्यालयमा लगेर राखिएको थियो । जानकारी आएपछि शुक्रबार नै महानगरीय प्रहरी प्रभाग लैनचौरको टोलीले माओवादी कार्यालयमा छापा मारेर पाण्डेलाई मुक्त गराएको थियो ।  प्रहरीले पाण्डेसहित शिशिर भनिने प्रशनसहित पूजालाई पनि कार्यालयमा बोलाएर छलफल गर्न खोजेको थियो । तर, पूजाले आफ्नो प्रतिनिधि (ब्यायफ्रेन्ड) छ भन्दै नआउने जानकारी गराएकी थिइन् । पूजाको तर्फबाट बोल्दै उनका ब्यायफ्रेन्ड प्रशनले पूजाको मोबाइलका गीत सार्ने क्रममा पि्रतमले भिडियो पनि सारेको र सार्वजनिक गरेको दाबी गरेका थिए । उनले अर्कैको भिडियोलाई कम्प्युटरबाट 'म्यानुपुलेट' गरेर पूजालाई बदनाम गर्न खोजेको आरोप पनि लगाएका थिए ।  तर, लैनचौर प्रहरी कार्यालयमा भएको छलफलपछि हाम्रो कुरा मिल्यो भन्दै दुवै पक्ष हिँडेको प्रहरी निरीक्षक रुगमबहादुर कुँवरले बताए । 'अश्लील भिडियो विवादमा अपहरण र उद्धारपछि कार्यालयमा राखेर छलफल गरियो,' उनले भने, 'तर दुवै पक्षले यो विवाद नबढाउने भनेपछि मुक्त गरियो ।' यता नायिका पूजाले सो सेक्स भिडियो आफ्नो नभएको बताएकी छिन् । 'मलाई सबै कुरा थाह छ, यसबारेमा म अहिले केही भन्न सक्दिनँ,' शुक्रबार साँझ पत्रिकासँग संक्षिप्त कुरा गर्दै उनले भनिन्, 'भोलि दस-एघार बजेतिर भेटेर डिटेलमा बताउँछु, ।'  तर, शनिबार उनी सम्पर्कमा आइनन् । बारम्बार फोन गर्दा पनि उनले फोन उठाइनन् । उनीसँग सम्पर्क गर्ने प्रयास दिनभर सफल हुन सकेन । साँझ उनको मोबाइल उठ्यो । तर, उताबाट पुरुष आवाज आयो ।  ती पुरुषले आफू पूजाको ब्वायफ्रेन्ड भएको बताउँदै के कुरा गर्नु छ मसँग गर्नुस् भने । उनले भने, 'म पूजाको ब्वायफ्रेन्ड हुँ । उसको मोबाइल अहिले मसँग छ । जे कुरा गर्नु छ मसँग सोध्नुस् ।' उनले आफ्नो थर बताउन नचाहे पनि नाम भने शिशिर बताए । सेक्स भिडियोको बारेमा जिज्ञासा राख्दा उनले भोलि भेटेर कुरा गरौँला भने । उनले भने, 'म तपाईंलाई भोलि फोन गर्छु । भेटेर कुरा गरौँला नि ।' फोन काटियो । पूजा र प्रेमी शिशिर (प्रशन) सँग संवाद शुक्रबार साँझ ७:०० बजे  नयाँ पत्रिकाबाट नायिका पूजा लामाको मोबाइलमा डायल । फोन उठ्दैन । पुनः प्रयास गर्दा पनि फोन उठ्दैन । संवाददाताको मोबाइलबाट पूजाको मोबाइलमा एसएमएस ः म नयाँ पत्रिका दैनिकबाट लक्ष्मण सुवेदी । तपाईंसँग कुरा गर्न चाहन्छु । फोन गर्नुहोला अथवा रिसिभ गर्नुहोला ।  ७:१५ मा संवाददाताको मोबाइलबाट पूजाको मोबाइलमा पुनः डायल । पूजा मोबाइल उठाउँछिन् ।  पूजा : हेलो ।  संवाददाता : हेलो, म नयाँ पत्रिकाबाट लक्ष्मण सुवेदी । पूजा : अँ, तपाईंको म्यासेज हेरेकी मात्र थिएँ । फोन आइहाल्यो ।  संवाददाता : पूजाजी, तपाईंको भन्दै अश्लील भिडियो बजारमा आएको छ, के हो कुरा बुझौँ भनेर । पूजा : हो, यसबारेमा मलाई सबै थाहा छ । तपाईंहरूले पनि हेरिसक्नुभयो होला, तर त्यो भिडियो मेरो होइन । संवाददाता : तर भिडियोमा त तपाईं स्पष्ट देखिनुभएको छ, कोठाको भित्तामा तपाईंकै फोटो छ, ........ ? पूजा : होइन, यसबारेमा अहिले म कुरा गर्न नसक्ने ठाउँमा छु । भोलि डिटेलमा बताउँछु नि है, दस-एघार बजेतिर भेटेर कुरा गरौँला नि । संवाददाता : तर यो कुरा त आजै व्यापक भइसक्यो, तपाईंको संक्षिप्त प्रतिक्रिया राखौँ भनेर ।  पूजा : भोलि नै गरौँ न । अहिले म कुरा गर्न नमिल्ने ठाउँमा छु ।  संवाददाता : अहिले कुरा गर्न अप्ठ्यारो छ भने एक घन्टापछि फोन गरौँ ? पूजा: एक घन्टापछि त रात परिसक्छ ।  संवाददाता : रात परे पनि फोनमा कुरा गर्नर् के हुन्छ र ? पूजा : हैन क्या, म अहिले घरमा फ्यामिलीसँग छु । त्यसैले आज कुरा गर्न मिल्दैन । संवाददाता : तर तपाईंले आफ्नो पक्षमा कुरा आजै पनि राख्न सक्नुहुन्छ । तर, तपाईंले चाहनुहुन्छ भने मात्र ।  पूजा : हैन म यसबारेमा भोलि नै भेटेर डिटेलमा भन्छु । अहिले मिल्दैन । संवाददाता : तर त्यो भिडियो तपाइंको होइन भने अरू 'डिटेल' कुरा गर्न केही बाँकी हुन्छ र ? पूजा : होइन, यसबारेमा धेरै कुरा छ । भोलि नै गरौँ न है बाइ.... फोन कटियो ।  शनिबार :  २ बजेसम्म पूजाको फोन आएन ।  २ बजेपछि नयाँ पत्रिकाबाट लगातार आठपटक फोन डायल । केही फोन काटिए, अरू उठेनन् ।  साँझ ६:३२ मा नयाँ पत्रिकाबाट पूजा लामाको मोबाइलमा पुनः डायल । फोन उठ्यो, तर सुनियो कुनै पुरुषको आवाज ।  उताबाट: हेलो, को बोलेको ?  यताबाट : म नयाँ पत्रिकाबाट । यो पूजाजीको मोबाइल होइन ?  उताबाट : हो, के काम छ ?  यताबाट : तपाईं को बोल्नुभयो होला ? मैले त पूजाजीलाई खोजेको ।  उताबाट : पूजाको मोबाइल मसँग छ । के काम छ, मलाई भन्नोस् ।  यताबाट : तपाईं को हो नि ?  उताबाट : म....... पूजाको ब्यायफ्रेन्ड ।  यताबाट : तपाईंको नाम के होला ? परिचय त चाहियो नि कुरा गर्न ।  उताबाट : म शिशिर ।  यताबाट : शिशिर..., थर नि ?  उताबाट : नाम, थर सबै किन ? कामको कुरा गर्नोस् न ।  यताबाट : पूजाजीको भिडियोबारेमा मैले हिजो पनि कुरा गरेको थिएँ, आज भेटेर कुरा गरौँला भन्नुभएको थियो । फोन आएन । मैले फोन गर्दा पनि सम्पर्क भएन । त्यही भिडियोबारे बुझौँ भनेर ।  उताबाट : के भिडियो ?  यताबाट : त्यही बजारमा आएको अश्लील भिडियो ।  उताबाट : यसबारे अहिले कुरा नगरौँ, भोलि भेटौँला ।  यताबाट : पूजाजीलाई पाऊँ न त, उहाँसँग छोटै भए पनि कुरा गरौँ न ।  उताबाट : होइन, भोलि नै कुरा गरौँला । फोन काटियो ।बिहे गरिन् पूजा लामाले http://www.nayapatrika.com/newsportal/cover_story/7398.htmlअश्लील भिडियो सार्वजनिक भएपछि विवादमा आएकी नायिका पूजा लामाले नाटकीय रूपमा बिहे गरेकी छिन् । भिडियोमा देखिने शिशिर र पूजाले आइतबार भद्रकाली मन्दिरमा पारम्परिक रूपमा बिहे मात्र गरेनन्, शालीन शैलीमा पत्रकारहरूलाई प्रतिक्रिया दिएर भिडियो 'स्क्यान्डल' समाप्त पारिदिएका छन् । पूजा र उनका ब्यायफ्रेन्डको सहवासको भिडियो सार्वजनिक भएको समाचार आइतबार नयाँ पत्रिकाले छापेको थियो । पत्रिका बिहान बजारमा आएपछि शिशिर सिङताङ र पूजा लामाले तत्कालै बिहे गर्ने खबर आएको थियो । समाचार संकलन गर्न अपराह्न दुई बजे भद्रकाली पुगेका पत्रकारहरूलाई पनि पूजा बिहेका लागि आउँदै छिन् भन्ने विश्वास थिएन । तर, समाचार छुटिहाल्ला कि भनेर मन्दिर पुगेका पत्रकार तब आश्चर्यमा परे जब पूजा चढेको गाडी मन्दिरको अगाडि आएर टक्क रोकियो । गाडीबाट दुईजना ओर्लिएलान् भन्ने पत्रकारहरूको अनुमान थियो । दुईजना त ओर्लिए, तर पुरुष थिएनन् । बेहुलीको रूपमा आएकी पूजाका साथमा गायिका निशा सुनुवार थिइन् । पूजा रातो पछ्यौरामा ढाकिएर रातै सारीमा सजिएर मुस्कुराउँदै आइरहेकी थिइन् । मन्दिर परिसरमा छिरेदेखि नै उनी हाँसिरहेकी थिइन् । पूजा मन्दिर परिसरमा आएपछि उनका भिनाजु मनोज 'रिसिभ' गर्न पुगेका थिए । पूजा मन्दिरमा छिर्नासाथ मनोजले नजिकै रहेको फूलपसलबाट पूजाका सामान, नरिवल र दुईवटा माला किने जसको कुल मूल्य थियो ८० रुपैयाँ । भिनाजु सामान किनिरहेका थिए, पूजा हाँस्दै पसलछेउमै उभिएकी थिइन् । बेहुली पूजा त आइन् तर बेहुला अझै देखिएनन् । सिनेमा र टेलिभिजनका पर्दामा तथा प्रत्यक्ष रूपमा देखेका सञ्चारकर्मीहरू भन्दै थिए, 'पूजा त बेहुली रहिछन्, तर उनलाई बिहे गर्ने केटोचाहिँ कुन हो ?' प्रश्न अनेक थिए, अनुमान अनेक थिए । अनुमान चिर्दै १० मिनेटपछि आए शिशिर सिङताङ । स्ट्राइप कालोसुटमा सजिएका युवक हाँस्दै मन्दिर परिसरमा आए । उनै थिए पूजासँगै अश्लील भिडियोमा देखिने युवा शिशिर सिङताङ । शिशिर मन्दिरमा आउनासाथ पूजाको नजिकै गए, देब्रे गालामा किस खाए । प्रस्ट भयो, दुलाहा यिनै हुन् । पूजा र शिशिर दुवै अंगालो मार्दै मन्दिरतिर लागेपछि उनीहरू सञ्चारकर्मीको घेराउमा परे । दनादन क्यामेराहरू चल्न थाले । दुवै हाँस्दै-हाँस्दै मन्दिरभित्र छिरे । मन्दिर प्रवेशलगत्तै दुवै पूजामा जुटे । शिशिरले नरिवल फुटाए, पूजाले धूप बालिन् । दुवैले करिब चार मिनेटजति मन्दिरमा पूजा गरे । पूजा गर्दा पनि दुवै मुस्काइरहेका थिए । मन्दिर चारैतिर सञ्चारकर्मीबाट घेरिएको थियो, केन्द्रमा थिए पूजा र शिशिर ।पूजा र शिशिरलाई केही आफन्तहरूले सहयोग गरिरहेका थिए । अपराह्न ३:१४ मा शिशिरले पूजालाई औंठी लगाइदिए । पूजा हल्का लजाइन् । तर, उनले पनि शिशिरलाई औंठी लगाइदिइन् । शिशिरले थालीमा रहेको सिन्दुर झिकेर पूजाको सिउँदो रंगाइदिँदा पूजाको मुहारको रंग बदलियो । उनी केही 'सिरियस' देखिइन् । तर, लगत्तै शिशिरले कोटको गोजीबाट मंगलसूत्र निकालेर लगाइदिए । सबैले ताली बजाए । अब पालो पूजाको । उनले माला निकालिन् र शिशिरको गलामा पहिर्‍याइदिइन् । खादा लगाइदिइन् अनि निहुरेर शिशिरको खुट्टा ढोगिन् । अब लजाउने पालोचाहिँ शिशिरको आयो । पूजाले खुट्टा ढोग्दा उनी लजाए । अनि कुममा समातेर पूजालाई उठाएर अंगालो मारे । ३:२० मा दुवै मन्दिर परिसरबाट बाहिरिएपछि सञ्चारकर्मीले घेरिहाले । सञ्चारकर्मीले प्रश्न तेस्र्याउन थालिहाले, 'हतारमा विवाह गर्नुभयो, भिडियो सार्वजनिक भएर हो ?' पूजा केही बोल्न खोजिन् तर अक्मकाउँदै शिशिरलाई हेरिन् । अनि शिशिरले सञ्चारकर्मीलाई भने, 'जे प्रश्न सोध्ने हो मलाई सोध्नुहोला, उनी अब मेरी श्रीमती भइसकिन्, सबै प्रश्नको उत्तर म दिन्छु ।'शिशिरले पूजासँग एक वर्षदेखि आफ्नो अफेयर चलेको बताए । उनले भने, 'उनी र म एक वर्षदेखि सँगै छौँ । हामी बिहे गर्ने योजनामै थियौँ, ६ महिना अगाडि हाम्रो इन्गेजमेन्ट भइसकेको थियो ।'पत्रकार पंक्तिबाट अर्को प्रश्न आयो- भिडियोलाई झापड दिन बिहे गर्नुभएको हो ? पूजाले भनिन्, 'तपाईंलाई कस्तो लाग्छ ?' शिशिरले बीचमै उत्तर दिए, 'हो, यस ।'शिशिरले आफू २९ वर्ष पुगेको र डिजेको रूपमा काम गरिरहेको बताए । अहिले विशालनगरमा बस्दै आएको बताउँदै उनले पूजालाई आफ्नै निवासमा भित्र्याउने बताए । उनले भने, 'हुन त उनलाई पहिला नै घरमा भित्र्याइसकेको छु, आज फेरि भित्र्याउँछु ।'पत्रकारहरूसँग कुरा गर्दा पनि दुवैजनाले अंगालो मारेकै थिए । सञ्चारकर्मीले प्रश्न सोधेपछि पूजा पुलुक्क शिशिरको मुहारमा हेर्थिन् । शिशिर उत्तर दिन्थे । पूजाले आफ्नो बिहे हुने कुरा आइतबार बिहान मात्र जानकारी भएको बताइन् । हाँस्दै उनले भनिन्, 'हतारमा बिहे भयो । आज मेरो बिहे हुने रे भन्ने मैले त बिहान मात्र चाल पाएँ ।'पूजाले दुवैको परिवार विवाहका लागि राजी भए पनि केही समयपछि मात्र बिहे गर्ने योजना रहेको सुनाइन् । कतार एयरवेजमा एयरहोस्टेसको रूपमा काम गरिरहेकाले आफूले बिहेको समय केही पर सार्न खोजेको तर अहिले अचानक बिहे गर्नुपरेको बताइन् । 'बिहेपछि एयरहोस्टेसको रूपमा काम गर्न नपाइने रहेछ । त्यसैले शिशिरले बिहे गर्न कर गर्दा पनि मैले मानेकी थिइनँ,' उनले भनिन् । तर, अचानक बिहे भए पनि आफू निक्कै खुसी भएको बताइन् । उनले भनिन्, 'हामीले जे गर्दा उचित हुन्छ लाग्यो, त्यही गर्‍यौँ ।'पूजा र शिशिर दुवै आफ्नाबारेमा राम्रो कुरा लेखिदिन सञ्चारकर्मीहरूसित आग्रह गरिरहेका थिए । दुवैले भनिरहेका थिए, 'कति नराम्रो कुरा मात्र लेख्नुहुन्छ, आज चैं राम्रो लेखिदिनु है ।'सार्वजनिक भएको भिडियो क्लिपबारे दुवैजना त्यति खुलेनन् । पूजा प्रायः मौन नै बसिन् भने शिशिर अब आफूहरू श्रीमान्-श्रीमती भएको बताइरहेका थिए ।पूजा र शिशिरसँग पत्रकारको कुराकानी चलिरहेको वेला केही पर पूजाकी पि्रय साथी भएको दाबी गर्दै गायिका निशा सुनुवार भिडियो क्लिपको बारेमा जानकारी दिँदै थिइन् । उनले सञ्चारकर्मीमाझ भनिन्, 'उनीहरू दुवै पहिलादेखि नै एक-अर्कालाई निकै माया गर्थे । दुवै सँगै बस्दै आएका थिए । एक दिन शिशिरले भिडियो खिचौँ भनेछन्, पूजाले पनि हुन्छ भनेपछि दुवैले सहमतिमा मोबाइलबाट भिडियो खिचेपछि डिलेट गरेका थिए रे । तर, अचानक सार्वजनिक भयो ।'  पूजालाई दिदी भन्ने प्रितम पाण्डेले दिदीको मोबाइलमा राम्रा-राम्रा गीत छन्, म सार्छु भनेर मोबाइल लगेपछि गीत सार्दा डिलेट भयो भनिएको भिडियो पनि मेमोरीकार्डबाट सरेको उनले बताइन् । निशाका अनुसार सार्वजनिक भएको भिडियोमा अनुहार नदेखिएको पुरुष शिशिर नै हुन् ।  सञ्चारकर्मीसितको कुराकानीपछि दुवै मन्दिर परिसरमा रहेका आफन्तहरूसित आशीर्वाद लिन थाले । विवाह समारोहमा कलाकारहरू त्यति देखिएनन् । नायक कृष्ण मल्ल भने मन्दिर परिसरमा आएर दुवैलाई आशीर्वाद पनि दिए । उनले सफल दाम्पत्य जीवनको शुभकामना दिए । बिहेमा शिशिरकी आमा पनि आएकी थिइन् ।  करिब ३:४६ मा बेहुला-बेहुली मन्दिर परिसरबाट बाहिरिए । दुवै हात हल्लाउँदै सिल्भर कलरको बा३च ८७०४ नम्बरको कार चढेर सहिदगेटतिर हुइँकिए । पूजा आफ्ना विभिन्न कामले पटक-पटक विवादमा आइरहने पात्र हुन् । दार्जिलिङबाट काठमाडौं आएकी पूजा नेपाली ग्लामर क्षेत्रमा स्थापित मात्र भइनन्, प्रेमप्रसंगका लफडाले पनि विवादमा छाइरहिन् ।  पूजा पहिलोपटक रिमा गुरुङको नजरको दोषी बनी ए साइँला... बोलको गीतको भिडियोमा अभिनय गरेर चर्चामा आएकी थिइनू् । उनी नारायण पुरीको पापी फिल्मबाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । उनले हालै दीपक रायमाझीको चलचित्र लभ स्टोरी २०६६ मा अभिनय गरेकी छिन् ।  नायिका तथा गायिका पूजाले शिशिरसँग गरेको बिहे दोस्रो हो । यसअघि विराज लोप्चनसित उनको बिहे भएको थियो । विवाह भएको करिब सात महिनामै दुवैबीच सम्बन्धविच्छेद भएपछि दुवै छुट्टै बस्दै आएका थिए । लोप्चन र पूजाको एक छोरा छन् । पूजाका सात वर्षीय छोरा प्रशान्त दार्जिलिङमा पढ्दै छन् ।  पूजा चलचित्रकर्मी दिनेश डिसीसँगको सम्बन्धको कारण एकताका चर्चामा आएकी थिइन् । दिनेशले बिहे गर्ने आश्वासन दिएर आफूलाई फसाएको भन्दै महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेमा उजुरीसमेत दिएकी थिइन् । दिनेशले उपेक्षा गरेको भन्दै उनले असोज ०६३ मा अत्यधिक मात्रामा स्लिपिङ ट्याबलेट खाएर आत्महत्याको प्रयास गरेकी थिइन् । परिवारका सदस्यले समयमै चाल पाएर वीर अस्पताल लगेर उनलाई बचाएका थिए ।  टाइमलाइन आइतबार अपराह्न ३:०० बजे पूजा लामा केही साथीका साथ रातो सारीमा रातै पछ्यौरा ओढेर हाँस्दै भद्रकाली मन्दिरमा प्रवेश गरिन् । उनको प्रवेशसँगै बिहेको हल्ला मात्र हो कि भनेर सशंकित बनेका सञ्चारकर्मी ढुक्क भएर ए बिहे त हो रहेछ भन्न थाले । ३:१० - कालो सुटमा सजिएर कपाल पछाडि बाँधेका एक युवक आए । उनी सीधै पूजातिर गएर अंगालो मार्दै देब्रे गालामा किस खाए । बल्ल सबैले थाहा पाए- उनै रहेछन् बेहुला शिशिर सिङताङ ।  ३:१४ - दुवै भद्रकाली मन्दिरमा प्रवेश गरे । पहिला बेहुला शिशिर सिङताङले नरिवल फुटाए । दुवैले मन्दिरमा पूजा गरे । शिशिरले कोटको खल्तीबाट औंठी निकालेर लगाइदिए । सिउँदोमा सिन्दुर अनि गलामा मंगलसूत्र लगाइदिए । पूजा मुसुमुसु हाँसिरहेकी थिइन् । ३:१५ - पूजाले शिशिरलाई औंठी लगाइदिइन् अनि माला लगाइदिइन् । सबैले ताली बजाए ।  ३:१६ देखि ३:४४ - सञ्चारकर्मीसित दुवैले कुराकानी गरे । शिशिरले पहिला नै 'ऊ मेरी बूढी हो, अब सबै कुरा म गर्छु' भन्दै प्रतिक्रिया दिएका थिए । उनलाई शुभकामना दिन पुराना नायक कृष्ण मल्ल मात्र देखिएका थिए ।  ३:४६ - दुवै हात हल्लाउँदै सिल्भर कलरको बा३च ८७०४ नम्बरको कार चढेर सहिदगेटतिर लागे । फोटो फिचर   
20 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[सिद्धराज राई, धनकुटा, कार्तिक ८- माओवादी र उसको भातृ संगठन अखिल क्रान्तिकारीका विद्यार्थीले भोजपुर बहुमुखी क्याम्पसका प्रमुख पर्वतकुमार राईमाथि सांघातिक आक्रमण गरी घाइते बनाएको छ। खुकुरी र खुँडा प्रहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको छ।विहान ११ वजे सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा अन्य सहकर्मी र कर्मचारीसँग छलफल गरिरहेका राईलाई माओवादी कार्यकर्ताले क्याम्पसको बरन्डामा निकालेर कुटपिट गरेका थिए।माओवादीका ११ नं. एरिया सेक्रेटरी इन्सान र अनेरास्ववियू (क्रान्तिकारी) की जिल्ला अध्यक्ष सुनिता राईको नेतृत्वमा आएका माओवादी कार्यकर्ताको समूहले क्याम्पस प्रमुख राईमाथि खुकुरी, खुँडा, लाठी र रड लगातार प्रहार गरेको प्रत्यक्षदर्शी तथा शिक्षा संकायका संयोजक उत्तमसिं राईले बताए।खुकुरी र अन्य हतियारको लगातारको प्रहारले राई घटनास्थलमै ढलेका थिए। पाँच मिनेटसम्म लगातार कुटपिट गरेपछि माओवादी कार्यकर्ताहरु क्याम्पसबाट भागेका थिए। कुटपिटबाट गम्भीर घाइते राईको भोजपुर अस्पतालमा उपचार भईरहेको छ। जिल्ला अस्पताल भोजपुरका अनुसार क्याम्पस प्रमुख राईको टाउको र शरीरका अन्य भागमा २५ बढी टाँका लगाइएको छ।क्याम्पस प्रमुख राईमाथि आक्रमणको अभियोगमा प्रहरीले अनेरास्ववियू (क्रान्तिकारी) की जिल्ला अध्यक्ष सुनिता राई, उपाध्यक्ष नविन परियार र सचिव दिनेश खनाललाई भोजपुर बजारबाटै पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताए।उनले कुटपिटमा संलग्न अन्य भने फरार रहेको जनाएका छन्। 'क्याम्पस प्रमुखमाथि भएको यो जघन्य अपराधमा संलग्न जो सुकैलाई हामी कानूनी दायरामा ल्याउँछौं। कुटपिटमा संलग्न अन्य माओवादी कार्यकर्ताको पनि खोजी भईरहेको छ।' प्रजिअ खतिवडाले भने।क्याम्पस पम्रुख राईमाथि भएको कुटपिटको विरोधमा आइतवारै प्राध्यापक संघको नेतृत्वमा भोजपुर क्याम्पसका प्राध्यापकहरुले क्याम्पस परिसरमा पदर्शन गरेका छन्। उनीहरुले क्याम्पस जस्तो शिक्षाको मन्दिरमा भएको जघन्य अपराधका दोषीलाई दण्डित गर्न माग गरेका छन्।क्याम्पसमा कर्मचारी नियुक्तिको विषयलाई लिएर आपत्ती जनाउँदै क्याम्पस प्रमुख राईको राजिनामा माग्दै ५ महिनादेखि अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघले आन्दोलनरत छन्।क्रान्तिकारीले क्याम्पस प्रमुख राईलाई यही विषयलाई लिएर कुटपिट गरेका हुन्। यस विषयमा नेपाल विद्यार्थी संघ भोजपुरले प्रेस विज्ञप्ती प्रकासित गरी क्याम्पस प्रमुख राईलाई कुटपिट गर्न आफ्नो संगठनको संलग्नता नभएको जनाएको छ।
10 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
15 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[बनभोजमा गएका बालबालिका चढेको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १५ बाल बालिका घाइते भएका छन्। कैलालीको गोदावरी-७ बुढेतोला पिकनिक खान गएका गोदावरी गाविस-२ ओलानीको सन्तोषी बाल क्लबका बालबालिका चढेको से.१त.२८८९ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो। बुढीतोलामा पिकनिक खाएर घर फर्किरहेका बालबालिका चढेको सो ट्रयाक्टर शुक्रवार राती साढे ८ बजे तेघरी व्यारेक नजिक दुर्घटनामा भएको थियो। दुर्घटनामा परि ओलानीकै १७ वर्षीय गणेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते वालवलिकाको अत्तरिया स्थितपदमा अस्पताल र सेवा नर्सिङ्ग होममा उपचार भइरहेको छ। पद्मा अस्पतालमा तुलराम साउद, कलसी विक, रणजित विक, सुन्तली विक, द्यौमा साउद, रतन साउद, कालु साउद, सुन्तली साउद, पवित्रा साउद, पुरन साउद, पुष्कर साउद, कालु साउद र सरस्वती साउदको उपचार भइरहेको छ।त्यस्तै सेवा नर्सिङ्ग होममा लक्ष्मीराज जोशी र कलसी विकको उपचार भइरहेको अस्पतालले जनाएको छ। ट्रयाक्टर चालक राम चौधरी फरार रहेका छन्। उनको खोजी भइरहेका मालाखेती इलाका प्रहरी कार्यालयले जनाएको छ।
11 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[बच्चु विकभारतीय वायुसेनाले लगातार दुई दिन नेपाली आकाशमा सुपरसोनिक जहाज उडाएपछि सर्वसाधारण त्रसित भएका छन् । सुपरसोनिक जहाज मंगलबार र बुधबार पटक-पटक नेपाली आकाशमा प्रवेश गरे पनि नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।मंगलबार पहिलोपटक बिहान १० बजे ठूलो आवाज र धुवाँको मुस्लोसहित सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाशमा देखिएको थियो । केही क्षणमै विमान भारतीय सीमाक्षेत्र धार्चुलातिर हान्निएर दृश्यबाट हराएको थियो ।स्रोतका अनुसार वायुसेनाको जहाजले भारतको पिथौरागढबाट उडान भरेको थियो । जहाज महाकाली नदीको किनारैकिनार कहिले नेपाली आकाशमा त कहिले भारतीय आकाश हुँदै उडिरहेको थियो ।तीव्र वेग, भयंकर आवाज र धुवाँको मुस्लोसहित जहाज उडेपछि सीमाक्षेत्रका नेपाली मंगलबार नै त्रसित भएका थिए । तर, नेपाली प्रशासनले कुनै प्रतिक्रिया नजनाएपछि बुधबार बिहान सुपरसोनिक फेरि नेपाली आकाशमा देखिएको थियो ।मंगलबारजस्तै बुधबार पनि सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाश चक्कर लगाएर उत्तरी सीमातिर लागेको थियो ।दार्चुलाका प्रहरीप्रमुख डिएसपी डिल्लीराज विष्टले पनि भारतीय जहाज सुपरसोनिक नेपाली आकाशमा प्रवेश गरेको बताए । 'महाकाली नदी हुँदै जहाज उत्तरतिर उडेको हो, नदी त नागवेली छ, तर जहाज सीधा उडेकोले कहिले नेपाल त कहिले भारतको आकाशमा उडेको होला,' डिएसपी विष्टले भने ।उनले सुपरसोनिक नेपाली आकाशमा प्रवेश गरेपछि बुधबार दिउँसो भारतको धार्चुलाका प्रशासनिक तथा सुरक्षा निकायसँग जानकारी लिन खोजेको जानकारी पनि दिए । भारतीय अधिकारीले सीमाक्षेत्रको नियमित गस्ती गरेको जानकारी दिएका थिए ।तर, सीमाक्षेत्रको गस्ती गर्दा जहाज नेपाल किन प्रवेश गर्‍यो भन्ने विषयमा कुनै छलफल नभएको नेपाली अधिकारीको भनाइ छ । 'उनीहरू (भारतीय सुरक्षा अधिकारी) सँग कुरा गरेका थियौँ, नियमित पेट्रोलिङ हो भन्ने जानकारी आयो,' डिएसपी विष्टले नयाँ पत्रिकासित भने, 'महाकाली-महाकाली भएर उत्तरी क्षेत्रमा पेट्रोलिङ गरेको हो भनेका छन्, यो त नियमित प्रक्रिया हो भन्ने कुरा आयो ।'दार्चुलाका प्रमुख जिल्ला अधिकारी खम्बराज थानीले पनि नेपाली आकाशमा अचानक भारतीय जहाज आएको बताए । 'भारतीय सेनाले सीमाक्षेत्रमा त्यस्तो जहाज उडाउँदैछ भन्ने हामीलाई पूर्वजानकारी थिएन,' उनले भने, 'जहाजले चक्कर लगाएर गयो, त्यसपछि पनि भारतीय पक्षले केही भनेको छैन ।'के हो सुपरसोनिक ?लडाकु जहाजमा सुपरसोनिक दुनियाँमै दु्रततम् र सबैभन्दा हलुका मानिन्छ । सुपरसोनिकमा पनि भारतले संसारकै सबैभन्दा सानो र हलुका लडाकु विमान एलसिए -लाइट कम्ब्याट एअरक्राफ्ट) बनाएको छ । भारतीय वायुसेनाले एलसिएलाई सीमा-गस्तीमा लगाएको छ ।एलसिए सुपरसोनिक भारत आफैले बनाएको दोस्रो लडाकु विमान हो जसमा एक पाइलटका लागि मात्रै सिट छ । विमान हलुका र तीव्र मात्र होइन, प्रतिस्पर्धीलाई छक्याएर उड्न सक्ने क्षमताको मानिन्छ । सन् २००८ मा औपचारिक उडान सुरु गरेको एलसिए सन् २०१५ सम्ममा पूर्ण प्रविधियुक्त हुने भारतको अपेक्षा छ ।भारतले पहिलो लडाकु विमान 'हिन्दुस्तान फाइटर' सन् १९६२ मा नै बनाएको हो । हिन्दुस्तान फाइटर (एचएफ) लाई विकसित गरेर एलसिए सुपरसोनिक जहाज बनाइएको हो । यसको तयारी सन् १९८३ मा सुरु भएको हो । तर, पोखरण परमाणु परीक्षणको प्रतिक्रियास्वरूप अमेरिकाले सैनिक सहयोगमा नाकाबन्दी लगाएपछि एलसिए निर्माण लगभग अवरुद्ध भएको थियो । तर, एलसिएको सफल परीक्षणपछि भारत डबल इन्जिनको एमसिए बनाउने तयारीमा छ ।आकाशबाट आकाशमै र आकाशबाट जमिनमा क्षेप्यास्त्र प्रहार गर्न यो विमान बनाइएको हो । त्यस्तै, लेजरको निर्देशनमा खस्ने बम पनि यो विमानले बोक्न सक्छ । यो विमानले चार हजार किलो हतियार बोक्न सक्छ ।
9 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[गगन थापामाओवादी नेताले पेरिसडाँडाबाट आन्दोलन शान्तिपूर्ण हुने दाबी गरिरहेकै बेला कांग्रेस नेता शेरबहादुर देउवा चितवनमा 'जन-ढुङ्गा' प्रहारबाट जोगिन संघर्ष गर्दै थिए । घटनापश्चात एक माओवादी नेता भन्दै थिए- 'तपाईंमाथि आक्रमण वा कारबाही गर्ने हाम्रो कुनै नीति थिएन ।'  मैले भनेँ- प्रश्न मेरो नाम तपाईंको कारबाहीको सूचीमा छ वा छैन भन्ने होइन, म त एउटा थोत्रो मोटरसाइकलमा साँझ/बिहान सुरक्षाविना एक्लो हिँडिरहेकै हुन्छु । मैले त मेरी आमालाई तलमाथि केही भइहाले १० लाख राहत र सहिदको टोपीको माग नगर्नसमेत भनिसकेको छु । त्यसैले मेरो प्रश्न आफ्नो सुरक्षासँग जोडिएको होइन, प्रश्न कारबाहीको सूची बनाउने यो अधिकारको स्रोत र आधार के हुन् ? भन्ने हो । प्रश्न राजनीति र अपराध बीचको भेद के हो ? भन्ने नै हो । प्रश्न, हिंसा र अहिंसा, स्वतन्त्रता र निरङ्कुशताको भेद कहाँ खुल्छ र कहाँ जोडिन्छ ? भन्ने हो । प्रश्न, माओवादी सर्वोच्च हो वा विधि ? भन्ने हो । प्रश्न तपाईंहरूको जङ्गली र असभ्य व्यवहारको हो । चिन्ता माओवादीको तालिवानीकरणको हो । उनीसँग कुनै उत्तर थिएन ।माओवादीलाई एउटा वाक्य साह्रै मनपर्छ- सबै नेपाली माओवादी, सबै माओवादी नेपाली । त्यसैले आत्मनिर्णयको अधिकार स्थापित गर्न गुड्डी हाँक्ने माओवादीले संविधानमा 'बहुलवाद' शब्दको प्रयोगलाई अस्वीकार नै गरे । टुप्पादेखि पुच्छरसम्मका माओवादी सबै गैरमाओवादी नेपाली अनागरिक हुन् भन्ने सैद्धान्तिक आत्मश्लाघाले ग्रसित छन् । यस्तो हुललाई जोतेर विरोधका कार्यक्रम सुरु गरिएको छ । नेतृत्वले चाहेर पनि यो शान्तिपूर्ण हुन सक्दैन । अर्कोतर्फ के नेतृत्व आन्दोलनलाई शान्तिपूर्ण बनाउन चाहन्छ भन्ने प्रश्न छँदैछ । केही समयअघि कार्यकर्ता प्रशिक्षणको क्रममा माओवादी नेता भट्टराईले भने- 'जति बढी अराजकता मच्चिन्छ, त्यति नै चाँडो हामी सत्ताको नजिक पुग्छौं । जति सकिन्छ, अराजकता मच्चाउनुहोला ।' खै यसबाट के बुझौं, हामी अनागरिकले ? माओवादीले घोषणा गरेका कार्यक्रममा प्रकट हुने शैली र व्यवहार एउटा परीक्षण हो । माओवादी ब्यानरमा 'नागरिक सर्वोच्चता' लेखिएको छ । तर उसले गर्ने नागरिकको परिभाषा भने एक रङ्गको छ, 'नागरिक- माओवादी- नागरिक' । हाम्रो परिभाषा अलि भिन्नै छ, 'नागरिक- कांग्रेस होइन, नागरिक- कांग्रेस, माओवादी, एमाले, फोरम....' यो धर्को त अनन्तसम्म तन्किएर जान्छ । गएको दुई महिनामा करिब पन्ध्रवटा जिल्ला घुम्दा नागरिकसँग प्रशस्त संवादको मौका जुर्‍यो । कष्टकर जीवन, सामाजिक असुरक्षा, असमवेदनशील राज्य, यस्ता कुरा उनका निम्ति कुनै नौलो अनुभव थिएन । तर पनि एउटा विश्वासले उनीहरू बाँचिरहेका थिए, परिवर्तनप्रतिको विश्वास । तीतो लाग्ला, तर सत्य यही हो, नेपालमा सकारात्मक परिवर्तन हुन्छ भन्ने नागरिकको विश्वासमा ठूलो पहिरो गएको छ । वास्तवमा सत्ताको अशोभनीय लुछाचुँडीमा एकले अर्कालाई नङ्ग्याउँदै जाँदा कतै यी निर्वाङ्ग नै पो होलान् कि भन्ने भयले अत्तालिएका छन् । यो डर जायज छ, किनकि नागरिकको पंक्तिले बुझेको छ, शान्तिको मोर्चामा एउटाको जय र अर्काको पराजय हुन सक्दैन । एउटा त्रास देखिन्छ, साझा त्रास, शान्ति र लोकतन्त्रको । शोकगीत गाउँदै गणतन्त्रको मलामी जानुपर्ने त्रास । तर विडम्बना, संविधानसभा, संघीयता र गणतन्त्रको जननी भएको दाबी गर्ने माओवादीमा भने यस्तो त्रास देखिँदैन । सैद्धान्तिक द्विविधा, भष्मासुरकारी दुःसाहस र अन्तरद्वन्द्वले आँखाहरू ढाकिएको माओवादी आसन्न खतरा देख्न सकिरहेको छैन । यथार्थ र रहर बीचको पार्थक्य छुट्याउने सामथ्र्य गुमाएको छ । रहर त आकाशको उचाइमा पुग्ने होला, तर पंखाहरू काटिइसकेको यथार्थलाई नबुझ्दा दुःसाहसी बनिने हो । कहिले सैद्धान्तिक रूपमा शुद्ध हुन खोज्ने, कहिले व्यवहार मिलाउन सिद्धान्त शून्यताको अवस्थामा पुग्ने । 'माओवाद'को श्राद्ध गरेर संशोधनवादी भएको हिम्मत नगर्दा भाकपा -माओवादी) ले भनेजस्तै माओवादी आज 'सारसंग्रहवादी' बन्न पुगेको छ । सारसंग्रहवाद नैतिकतावादमा अडिएको हुन्छ, यसले असल र खराब प्रश्नमाथि विचारै गर्दैन । परिणाम, आज माओवादीको अर्थहीन उग्रक्रान्तिकारिताले दक्षिणपन्थकै सेवा गर्न पुगेको छ । शान्ति प्रक्रिया असफल हुनुको अर्थ के हुन्छ ? नेपालको द्वन्द्वको समाधान गर्न र उपलब्धिको रक्षा गर्न नेपाली सक्षम छैनन् । उत्तर र दक्षिण दुवैतिरका छिमेकी पानी लिएर यहाँको आगो निभाउन आउलान् भन्ने भ्रम कसैले नपाले हुन्छ । माओवादीलाई अझैसम्म आतङ्ककारीको सूचीबाट नहटाउने अमेरिका आफू सही प्रमाणित भएकोमा हषिर्त नै होला । यिनीहरू कोही केही हार्नेवाला छैनन् । हार्ने हामीले हो । र यो हामीभित्र माओवादी पनि पर्छ । माओवादीको अज्ञानता, भ्रम, लहड र दुःसाहसले निम्त्याउने संकटबाट यो बाहेकका शक्तिहरू ओभानै रहन्छौं भन्ने भ्रम आत्मघाती हुन्छ । गैरमाओवादी कित्ताको एउटा अंश मुठभेडतर्फ जान बडो आतुर छ । युद्ध अर्थतन्त्रमा 'तर' मार्नेहरूले हिजोकै दिन फर्किने मनसुवा पालेकै छन् । तर एउटा कुरा बुझरिाखे राम्रो- अबको संकट यिनलाई मात्र जोगाउनेगरी व्यवस्थित ढङ्गले आउनेवाला छैन । प्रचण्डपथ र अन्धजातिवादको अवैध सम्बन्धबाट जन्मेको जातीय विद्वेष र घृणाको जगमा युद्धसरदारहरू जन्मिनेछन् । यी युद्धसरदारहरूले धोती लगाए पनि, टोपी लगाए पनि, यी कोही नेपाली रहन पाउनेवाला छैनन् । आज मुठभेडमा जान आतुर हुनेहरू, त्यसका निम्ति उकास्नेहरू यस्ता युद्धसरदारको पहिलो सिकार बन्नेछन् । यस्तो अवस्थामा सतत् हस्तक्षेपबाट मुलुकको संकटमोचन कांग्रेसले गर्ने आशा र विश्वासले योतर्फ फर्किएर यसका सदस्यले हेर्नु स्वाभाविक हो । कांग्रेस महासमितिको बैठक प्रारम्भ भएको छ । यो महासमितिबाट कांग्रेसजनले गरेका अपेक्षा धेरै छन् । पार्टी जीवनमा कैयन प्रश्न उठेका छन् । पद्धतिको, मूल्यको, व्यवस्थापनको, विधिको, संरचनाको, सहभागिताको । प्रत्येक प्रश्नको उत्तर खोज्नुछ । रूग्ण र निरीह बन्दै गएको पार्टी पद्धतिभित्र मूल्य र मान्यताहरू स्थापित गर्नुछ । नेतृत्वलाई 'म'बाट 'हामी' बनाउनुछ । 'देवी'हरूमा चढेको भूत उतार्नुछ । पार्टी विभाजनको रेखा मेट्दै गुट, उपगुट र भागबन्डाको राजनीतिलाई अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउनुछ । पार्टीबाट खेदिएका, उपेक्षित सामाजिक, सांस्कृतिक, उमेर समूह र समुदायकालाई ढोका उघारेर स्वागत गर्नुछ । कांग्रेस भएकोमै जीउ र धन गुमाएकालाई पुनःस्थापित गर्नुछ । कांग्रेसलाई फेरि एकपटक गरिब, किसान, श्रमिक, मजदुर, दलित, जाति, जनजाति, महिला, युवा, हिमाल-मधेस र उपेक्षित समुदाय सबैले आफू अटेको महसुस गर्न पाउने पार्टी बनाउनुछ ।उदारीकरण र भूमण्डलीकरणको भरिया बन्दा व्यहोर्नुपरेको क्षतिको आत्मसमीक्षा गर्दै 'केन्द्रबाट देब्रे'तिरको प्रजातान्त्रिक समाजवादको नयाँ कार्यसूची तय गर्नुछ । विचार, संस्कार र कार्यक्रमका दृष्टिले सही ठाउँमा उभिनुछ । यही बैठकबाट सबै कार्यभार सम्पादन हुनेछन् भन्ने होइन । तर यो बैठकबाट र्फकंदै गर्दा प्रत्येक कांग्रेस एउटा विश्वास लिएर फर्कियोस्, एउटा उच्च मनोबल र ऊर्जा लिएर फर्कियोस् ।नागरिकको पंक्तिबाट कांग्रेससँग सोधिएको अर्को एउटा प्रश्न पनि छ । के गणतन्त्रको ठेकेदारको द्विविधा र दुःसाहसको कारण गणतन्त्रकै मलामी जानुपर्ने बनिरहेको अवस्थाबाट कांग्रेसले हामीलाई त्राण दिन सक्छ ? महासमितिले यसको उत्तर नखोजी घरेलु मुद्दामा मात्रै सीमित रहनु अन्ततः आत्मनाशी हुनेछ । राष्ट्र र समाजको ऐतिहासिक दायित्वलाई ठीक-ठीक ठम्याएर एउटा दलले मुलुकको नेतृत्व गर्न सक्ने हो । बीपी भन्नुहुन्थ्यो, 'प्रगतिको ऐतिहासिक महत्त्व नबुझेर समयको मागविपरीत काम गर्दा ठूलठूला संस्थाले इतिहासको पानाबाट मेटिएर जानुपरेका धेरै घटना छन् । अतः हाम्रै सुरक्षित भविष्यका निम्ति पनि केही विषयमा प्रस्टता आवश्यक छ । प्रत्येक क्रान्तिको सफल नेतृत्व गर्ने तर क्रान्तिका उपलब्धिहरू जोगाउने योग्यता नराख्ने । यसरी नै बित्यो हाम्रो साठी वर्ष । यो शान्ति प्रक्रिया असफल हुँदा फेरि एकपटक गुम्नेछन् हाम्रो संघर्षका उपलब्धिहरू, फेरि एकपटक पराजित हुनेछ कांग्रेस, फेरि एकपटक गुम्नेछ लोकतन्त्र र फेरि एकपटक झुक्नेछ हाम्रो स्वाभिमान । अतः 'देब्रे' र 'दाहिने' कुनाबाट भएका आक्रमण र आत्मघाती प्रहारहरूबाट शान्ति प्रक्रिया जोगाउने र समयमा संविधान निर्माण गर्ने नै अहिलेको हाम्रो मुख्य कार्यभार हो । यसको निम्ति विचारमा प्रस्टता, आफैंप्रतिको भरोसा र आत्मविश्वास चाहिएको छ ।पेरिसडाँडामा तीन करोडको घर किनेर स्थायित्व खोजिरहेको माओवादीका महङ्गा गाडीहरू जङ्गलको गोरेटोबाट छिर्न सक्दैनन् भन्ने बुझ्ने हो भने, राज्यलाई कमजोर र समाजलाई भयवित बनाउँदै निर्वाचनमार्फत बलपूर्वक जनमतलाई नियन्त्रण गर्ने माओवादी योजना र सत्ताकब्जा गर्छ भन्ने हुइयाँ फैलाएर छिर्के हान्न बसेको दाहिने अतिवादीको मनसुवा ठम्याउन सकिन्छ । यसर्थ कांग्रेस एउटा नयाँ ठाउँमा उभिनुपर्छ, लोकतान्त्रिक संविधान निर्माणमा दृढता, सत्ता साझेदारीको सन्दर्भमा लचकताको नारा, जुझारु संगठन र संघीय नेपाल सञ्चालन गर्नसक्ने विवेकशील नेतृत्वसहितको कांग्रेसले दुई अतिवादी धारहरूको अवैध गठजोडबाट तुहिन लागेको शान्ति प्रक्रियालाई जोगाउन सक्छ । महासमितिको मञ्चमा उभिन पाएका कांग्रेस तरूणले बैठकको छलफललाई जीवन्त बनाउन सक्नुपर्छ । शान्ति प्रक्रिया तुहियो भने र समयमा संविधान निर्माण भएन भने, शासन जसले गर्ला, निरङ्कुश सत्ताको खिलाफमा फेरि पनि सबैभन्दा पहिला संघर्षमा उत्रनुपर्ने कांग्रेस नै हो । निरङ्कुश सत्ता विरुद्धको संघर्षमा कांग्रेसभित्र कैयौं होनहार पुस्ताको उमेर र ऊर्जा सकियो, हाम्रो पुस्ताको कांग्रेसको ऊर्जा र उमेर फेरि निरङ्कुश सत्ता विरुद्धको संघर्षमा होइन, समतामूलक र समृद्ध नेपाल निर्माणका निम्ति उपयोग गर्नुछ । यसका निम्ति शान्ति प्रक्रियाको सफलता अनिवार्य सर्त हो । विश्वास छ, अन्योलग्रस्त वर्तमान र अनिश्चित भविष्य लिएर महासमिति बैठकभित्र छिरेका कांग्रेसजन दरिलो आत्मविश्वास, ऊर्जा र दृढ इच्छाशक्ति लिएर बाहिर निस्कनेछन् ।
11 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[http://nagariknews.com/society/nation/6588-2009-11-01-08-48-37.html बारा जिल्लाको गढीमाई मेलामा हुने ठूलो संख्यामा पशुपंक्षीको बलि रोक्न  तपस्वी रामबहादुर बम्जनसहित सरकारलाई भारतकी प्रभावशाली अधिकारकर्मी मेनका गान्धीलगायत नेपाली तथा अन्तर्राष्ट्रिय अभियानकर्ताहरूको दवाब परेको छ। नेपाली अभियानकर्ताहरूले स्टप एनिमल सेक्रिफाइस अलायन्स र एनिमल वेलफेयर नेटवर्क नेपालसँग सहकार्य गरेका छन्। नेटवर्कले दुई हजारभन्दा बढी व्यक्तिहरूको हस्ताक्षरसहितको ज्ञापनपत्रमा गढीमाईमा भइरहेको 'चरम क्रुरता' अन्त्य गर्न आह्वान गरेका छन्। ज्ञापनपत्रमा प्रधानमन्त्री, उपप्रधानमन्त्रीका साथै कृषि मन्त्रीलाई सम्बोधन गरिएको छ।नेटवर्कले भनेको छ, 'गढीमाईमा निर्दोष प्राणीहरूको असंगठित र अनियमित किसिमले सामूहिक बली दिने काम भइरहेको छ। राँगाहरू रक्सीले मातेका भक्तहरूद्वारा मारिने गरेका छन् जो खुकुरी लिएर मन्दिरमा प्रवेश गर्छन् र तर्सिएका राँगाको टाउको छिनाल्छन्।' सञ्जालका अनुसार, यसलाई 'परम्परा' भन्ने बाहेक कसैले पनि वर्षौंदेखि यो परम्परालाई किन कायम राखिएको छ भनेर पर्याप्त व्याख्या गर्न सकेको छैन। यस्तो अभ्यासलाई निरन्तरता दिनका लागि यो उपयुक्त तर्क होइन; नेपालले प्रतिकूल प्रभावलाई ध्यानमा राखेर विगतका नरबली र सतिजस्ता अनेकन 'परम्परा'लाई हटाएको छ। अलायन्स सदस्यहरूले शान्तिपूर्ण आन्दोलनमात्र गर्ने र अर्को सातादेखि काठमाडौंमा धर्ना दिने योजना बनाएका छन्। अभियानकर्ताहरूले पिपुल फर एनिमल, व्युटी विथआउट क्रुयल्टी र पेटा इन्डिया लगायतका भारतीय समूहहरूसहितको अन्तर्राष्ट्रिय गठबन्धन निर्माण गरेका छन्। वर्ल्ड सोसाइटी फर दि प्रोटेक्सन अफ एनिमल्स, एनिमल एड अर्बोड, ब्रिजिट बारडोट फाउन्डेसन आदिजस्ता अन्तर्राष्ट्रिय समूहले नेपाल सरकार, युरोप, अष्ट्रेलिया र अमेरिकी राजदूतलाई पत्र लेखेर अभियानमा सहभागी भएका छन्। स्वास्थ्य खतरा अभियानकर्ताहरूले नेपाल सरकारले 'संसारको सबैभन्दा ठूलो पशुबली'बाट हुने खतरालाई गम्भीर चासोका साथ तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्। 'पशुको ढुवानी, वध, फ्याक्ने र पशुको तयारी र तिनको मासुको कसैले अनुगमन नगर्ने हुनाले मानव र पशुको निकटताबाट गढीमाई (फुड प्वाइजनिङ) खाद्य विषाणु (साल्मोनेल्ला, इकोली, काम्पाइलोबक्टर, आदि) का साथै बर्ड तथा स्वाइन फ्लुको कारण बन्न सक्छ', अभियानकर्ताको तर्क छ। वर्ड फ्लुको संक्रमण सबैभन्दा गम्भीर चासोको विषय रहेको छ, अभियानकर्ताले भनेका छन्। 'भारतको उत्तरी क्षेत्रका साथै नेपालको दक्षिणी क्षेत्रमा बर्डफ्लु बढिरहेको स्थितिमा मेलास्थलमा ल्याइने कुखुरा र हाँसमाथि सशक्त नियन्त्रण आवश्यक छ। यथार्थमा, व्यापक संख्यामा हुने बलीका कारण भारतीय र नेपाली अधिकारीहरूले गढीमाईमा ल्याइने सम्भावित रोगी पन्छीको गैरकानुनी चलखेललाई रोक्न सक्ने छैनन्', अभियानकर्ताहरू भन्छन्। भारतीय चासो यस मेलाको व्यापक लोकप्रियताको एउटा कारण भारतसँग सीमा जोडिनु हो, जहाँ केही राज्यले बलीका लागि पशुबधलाई रोक लगाइसकेका छन्। अभियानकर्ताहरूले प्रश्न गरेका छन्, 'के नयाँ नेपालले ती अन्धविश्वासी भक्तहरूलाई सेवा पुर्‍याउँछ जो आफ्नो मुलुकमा गैरकानुनी रहेको काम गर्न सीमा पार गरेर आउँछन्?' पशुअधिकारकर्मी मेनका गान्धीले प्रधानमन्त्री माधवकुमार नेपाललाई पत्र पठाएर उहाँलाई हस्तक्षेप गर्न आग्रह गर्नुभएको छ। गान्धीले पत्रमा लेखेका छन्, 'नेपाल र यस उपमहाद्वीपका धेरै मानिसले यो बलीप्रति चासो देखाएका छन्। तपाईंको सरकारले धेरैवटा मानवीय कदमहरू चालको छ- उदाहरणका लागि बाँदर निकासीमा रोक। तपाईंले मासु ऐन लागु गरिसक्नु भएको छ, जसले मानवीय व्यवहारलाई अनिवार्य बनाइसकेको छ, गढीमाई मेलामा गरिने यस्ता कार्य गैरकानुनी हुनेछन्।' अभियानकर्ताले अहिले देशमा पशुविरुद्धको क्रुरताको अन्त्य र पशु कल्याणका गतिविधि संचालन गर्न अत्यन्तै आवश्यक महसुस गरिएको पशु कल्याण ऐन (एनिमल वेलफेयर एक्ट) लागु गर्न आग्रह गरेका छन्। गढीमाई मेला प्रत्येक पाँच वर्षमा आउँछ। आयोजकहरूका अनुसार सन् २००४ मा करिब ७ लाख मानिस आएका थिए, जसमा आधाभन्दा बढी भारतको बिहार र उत्तर प्रदेशका बासिन्दा थिए। यस वर्ष आयोजकहरूले २० हजार राँगासहित ५ लाख पशुलाई बली दिने योजना गरेका छन्। मेला मंसिर ९ (नोभेम्बर २४) देखि सुरु हुनेछ। मेलाको नियमअनुसार सबै पशुलाई पहिला दुई दिनमा बली दिइसक्नुपर्छ। गढीमाईको बली रोक्न विभिन्न धर्मगुरुलाई तपस्वीको अनुरोधउपेन्द्र लामिछाने, वीरगन्ज, १४- गढिमाई मेलामा दिइने पशुबली रोक्न बाराका तपस्वी रामबहादुर बोम्जनले विभिन्न धर्मका गुरुलाई अनुरोध गरेका छन्। हलखोरियास्थित तपस्यास्थलमा शनिबार आयोजित धार्मिक सभामा बोम्जनले अबोध प्राणीको हत्या गरेर कसैको भलो नहुने बताउँदै सबै धर्मालम्बीलाई बली प्रथा बन्द गर्न आग्रह गरेका हुन्। 'अबोध प्राणीको हत्या किन?', सभामा जम्मा भएका धर्मगुरु , सर्वसाधारण तथा पत्रकारतर्फ हेर्दे तपस्वीले भने -' मनोकामना पूर्तिका बहानामा दिइने बली रोक्न सबैलाई अनुरोध गर्दछु,' आफ्नो ५ मिनेटको मन्तव्यमा तपस्वी बोम्जनले अनाहकमा अबोध प्राणीमाथि गरिने क्रुर कार्य बन्द गर्न समेत आग्रह गरे। भेलामा सहभागी विश्व हिन्दू महासंघका कार्यवाहक अध्यक्ष उपेन्द्र गौतमले तपस्वीको भनाईलाई स्वागत गर्दे बली प्रथा अन्त्यको लागि सबैले सहयोग गर्ने बताए। त्यस्तै सोही भेलामा सहभागी नेपाल कृष्ण प्रणामीका केन्द्रीय प्रवक्ता कृष्णप्रसाद सापकोटाले 'सपना'लाई आधार बनाएर गढीमाई मेलामा सुरु भएको बली प्रथा रोकिनु पर्ने बताए। भेलमा वैष्णव समुदाय , मुस्लिम समुदाय तथा विभिन्न बौद्ध गुरुले बली प्रथा रोक्ने बारे आफ्नो धारणा राखे। यस अघि पनि पटक- पटक तपस्वीले बली रोक्न अनुरोध गर्दे आएका छन्। तपस्वीका आग्रहको कारण दक्षिण एसियामै बढी बली दिइने यस मेलामा विवादसमेत सुरु भएको छ। मंसिर ९ र १० गते दिइने बलीको लागि मेला समितिले सम्पूर्ण तयारी पूरा गरिसकेको छ। बलीको लागी आधुनिक वधशालाको समेत निर्माण गरिएको मेला आयोजक समितिले जनाएको छ। यस पटकको मेलामा १० हजारभन्दा बढी राँगा, दुई लाखभन्दा बढी बोका , र अनगिन्ती संख्यामा हाँस, परेवा, र कुखुराको बली दिइने गढीमाई मन्दिरका मूल पूजारी मंगल चौधरीले बताए। बरियारपुरमा मेलामा दिइने बलीको लागी सम्पूर्ण तयारी पुरा हुदै गर्दा रतनपुरीमा बली रोक्ने अभियान सुरु भएको छ। बली रोक्नका लागी असोज ३ गते बाराका प्रमूख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकलाई आग्रह गरेका तपस्वी रामबहादुर बोम्जनले ४ दिनअघि पत्रकार सम्मेलनमार्फत् आफूले कसैगरी पनि उक्त बली रोक्ने दावी गरेका छन्। ' तपस्वीले बली रोक्न आग्रह गरेका हुन् ', बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले सुनाए। बली रोक्ने-नरोक्ने बारेमा भने उनले प्रतिक्रिया दिएनन्। बोम्जनकै आग्रहमा उनका अनुयायीले गढीमाईमा बली नचढाउन आग्रह गरेको नेपाली तथा हिन्दी भाषाका पर्चाहरु बाँड्न थालेका छन्। नमोबुद्ध तपोवन समितिका अध्यक्ष वेदबहादुर लामाले तपस्वीले यस पटकको बली रोक्ने दावी गरेका छन्। तपस्वीले असोज ९ गते गढीमाईका मूल पुजारी मंगल चौधरी र अर्का पुजारी दुखान चौधरीलाई हलखोरीयास्थित तपष्यास्थलमा बोलाएर बली रोक्न आग्रह गरेको लामाले सुनाए। ' निर्दोष प्राणीको बली दिनु उचित हैन भनेर सम्झाउनु भयो ', तपस्वीको भनाई उद्धृत गर्दे लामाले भने -' गढीमाईका पूजारीले त्यस कुरालाई बेवास्ता गरेका छन्। ' यता गढीमाई मन्दीरका पूजारी मंगल चौधरी सदियौँदेखि चलिअएको परम्परा नतोडिनेमा विश्वस्त छन्। ' पहिलेको भन्दा धेरै संख्यामा बली चढ्ने अनुमान गरेका छौ ', चौधरीले बताए। चौधरीको अनुसार बलीको पहिलो दिन मंसिर ९ गते मुसा , परेवा, वोका , पाठो र सुँगुरको पंञ्चबली दिएर बलीको विधिवत उदघाटन हुने छ। त्यसै दिन १० हजार भन्दा बढी राँगाको समेत सामूहिक बलि दिइने उनले सुनाए। मंसिर १० गते भने बोकाको बली दिइने उनी सुनाउँछन्। त्यसबाहेक हाँस , परेवा, तथा अन्यको समेत बली दिइने छ।बम्जनको अग्नीपरिक्षाhttp://www.hamroblog.com/?p=2702#more-2702 मंसिर महिना जत्ति नजिकिंदैछ लिटिल बुद्धको उपमा पाएका रामबहादुर बम्जनको परिक्षाको समय समेत त्यत्ति निकट आइरहेको छ । प्रत्येक पांच-पांच वर्षमा विरगंजमा रहेको गढीमाई मन्दीरमा यो वर्ष बलि हुन नदिने उद्घोषका साथ उनले जर्वजस्ती बलि दिए प्रलय गराउने चेतावनी समेत दिएका छन । तर,सायद विश्वमा सबैभन्दा धेरै बलि चढ्ने मन्दीरको रुपमा चर्चामा रहेको गढीमाईप्रति आस्थावान समुदाय र पुजारीहरुले बली रोके प्रलय हुने दावी गर्दै बम्जनलाई बली रोकेर देखाउन उल्टै चुनौति दिएका छन ।  बम्जनले असोजको मध्यतिर गढीमाई मन्दीरमा निर्दोश पशुको ज्यान नलिन आग्रह गर्दै पशु बलिको साटो फलफुहरु चढाउन आग्रह गर्दै यदी जर्वजस्ती गरेमा आफुले प्रलय गराउने चेतावनी दिएपछि बाराका शुरक्षा निकायका ब्यक्तिहरु,प्रमुख जिल्ला अधिकारी र गढीमाई मन्दीरका पुजारीहरु गएर बम्जनलाई भेटेका थिए । भेटमा बलीका पक्षधरहरुले बली नदिए प्रलय हुने भएकाले धार्मिक परम्परालाई विवादमा नल्याउन बम्जन लगायत उनका समर्थकहरुलाई आग्रह गरेपनि उनीहरु भने बलीको विपक्षमा अडिग रहेपछि टोली त्यत्तिकै फर्किएको थियो ।बम्जनले बाराको बरियापुरमा रहेको गढीमाई मन्दीर नजिकै आपुलाई बस्न जग्गा दिन समेत मन्दीर व्यवस्थापन समितिसंग आग्रह गरेका थिए । तर, उनको सो आग्रह अस्विकार भइसकेको छ । तर,त्यसको विकल्पमा बम्जनका चेलाहरुले गढीमाई मेलामा बलिको विरोधमा पर्चाहरु बाडेर बली प्रथा रोक्न पहल गर्ने तयारी गरिरहेका छन । हुनपनि प्रत्येक पांच वर्षमा मंसिरको सप्तमी र अष्टमी पारेर लाग्ने मेलामा अनगिन्ती पशुबली चढ्ने गरेको छ । बलीमा २ लाखको हाराहारीमा रांगाको बली चढ्दै आएको छ भने बोकाको संख्याले पनि एक लाख नाध्ने गरेको छ । त्यस्तै हांस,कुखुरा, परेवाहरुको संख्या पनि २ लाखको हाराहारीमा हुने गरेका छन । त्यसैले होला गढीमाइलाई संसारमै सबैभन्दा बढी बलि चढ्ने मन्दीरको रुपमा लिइन्छ । पशुबली आफैंमा नकारात्मक विषय हो नै । यसमा कुनै तर्कविर्तक गरिरहनु आवश्यक छैन । तर, अर्कोतिर छ भक्तहरुको भावना । प्राचिनकालदेखीनै गढीमाईको नाममा बलीको भाकल गरेपछि सो भाकल पुरा भएपछि वचन अनुसारको बली दिनुपर्ने र नदिए भाकल गर्नेको अनिष्ट हुने जनविश्वास रहिआएको देखिन्छ । आस्थाको आधारमा नेपाल र भारतवाट गढीमाईमा बली चढ्ने गरेको छ । भाकल गरे गढीमाइले पुरा गर्छीन भन्ने जनविश्वास बलियो रहेको र गरेको भाकल पुरा हुने गरेको चढ्ने गरेको बलीको संख्यावाट नै पुष्टी हुन्छ नै । त्यसैले यो वर्षनै बली रोक्न सम्भव जस्तो देखिएको छैन । तर, यो वर्ष कसैको आस्थामाथि चोट नपु¥याई बलीप्रथाको विपक्षमा जनमत निर्माणको प्रयास गर्ने हो भने अर्को मेलामा बलीको संख्या घट्न सक्छ । यदी लिटिलबुद्ध र उनका अनुयायीहरुले जर्वजस्ती बली रोक्न खोजेमा धार्मिक भिडन्त हुने सम्भावनाका हुन्छ नै । त्यसको विपक्षमा बलीका पक्षधरहरु उत्रिनेछन नै । त्यही कारण अहिले शुरक्षा निकायहरु कसरी र्दुघटना हुनवाट रोक्ने भन्नेमा केन्द्रित भएका छन । हाम्रोकामना बली पनि रोकियोस र धार्मिक आस्था पनि कायम रहोस । तर,सम्भव छ र ?गढिमाई मेलाका बारेमा केही वर्षअगाडि नेपाल वातावरण पत्रकार समूहले बनाएको एउटा डकुमेन्ट्री निकै चर्चामा आएको थियो। यो मेलाका बारेमा जान्न त्यो डकुमेन्ट्री तल क्लिक गरी हेर्नुस्। 
5 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[चितवन, १८ कात्तिक  : यौनसम्पर्क गर्न नदिएको झोकमा एक व्यक्तिले मंगलबार आफ्नै श्रीमतीमाथि बन्चरो हानी हत्या गरेका छन् । उनले दिउँसै यौनसम्पर्कका लागि श्रीमतीलाई दबाब दिएका थिए ।चितवनको भरतपुर नगरपालिका- ११, गणेशस्थाननिवासी ५४ वषर्ीय बाबुराम परियारले ४६ वषर्ीया श्रीमती विष्णुमाया  परियारको धारिलो बन्चरो प्रहार गरी बीभत्स हत्या गरेका हुन् । दिउँसो चार बजे घरको आँगनमा बसिरहेकी श्रीमतीलाई आफूले यौनसम्पर्कका लागि अनुरोध गर्दा नमानेकाले हत्या गरेको बाबुरामले बताएका छन् ।'तीन दिन भएको थियो, यौनसम्पर्क नगरेको,' उनले नयाँ पत्रिकासित भने, 'राति हात लम्कायो भने गाली गर्दै लात्तले हान्थी ।'हत्या गरेकोमा उनलाई अहिले पनि कुनै पछुतो छैन । निर्धक्क हुँदै भन्छन्, 'जानीजानी मारेको हुँ । मान्छे बूढो भए पनि मन बूढो हँुदोरहेनछ । आफ्नै श्रीमतीसँग यौनसम्पर्क गर्न नपाएपछि मार्नुकोविकल्प थिएन ।'एकपटक टाउकोमा बन्चरो प्रहार गरिसकेपछि श्रीमती यौनसम्पर्कका लागि तयार भएको उनले बताए । 'तपाईंले जे भने पनि मान्छु भनी, तर मैले रिस थाम्न सकिनँ र फेरि हानेँ,' उनले भने । दिउँसो चार बजे श्रीमतीको हत्या गरेपछि उनी भागेर चोकसम्म आएका थिए । स्थानीय युवाहरूको सहयोगमा प्रहरीले परियारलाई पक्राउ गरेको छ ।बाबुराम २६ वर्षदेखि कपडा सिलाउने काम गर्दै आएका छन् । उनकी श्रीमती विष्णुमायाले ज्याला-मजदुरी गरी परिवारको लालन-पालनमा टेवा दिँदै आएकी थिइन् । तर, बाबुरामको विचारमा श्रीमतीको काम भनेकै श्रीमान्ले चाहेको वेला गर्न दिनु हो । 'गर्नै नदिएपछि श्रीमतीको के काम ?' उनी यसो भन्छन् ।घटना भएको दिन मंगलबार सो दम्पती घरमै दाउरा चिरेर बसेको थियो । साँझ चार बजेतिर घरमा अरू कोही थिएन । दाउरा चिर्दाचिर्दै थकाइ लागेपछि बाबुरामले विष्णुमायालाई भित्र जाउ"m भने । भित्र गएपछि यौनसम्पर्क गर्न जोसिएका बाबुरामले आफ्नो इच्छा पूरा नभएकाले दाउरा काटेको बन्चरोले श्रीमतीलाई काटेको स्विकारेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका बाबुरामले बुुधबार नयाँ पत्रिकासँग श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध रहेको आरोपसमेत लगाए ।'मैले तीन वर्षअगाडि नै अर्को मान्छेसित यौनसम्पर्क गरेको देखेको हुँ,' उनले दाबी गरे, 'अरूलाई गर्न दिने तर मलाई गर्न नदिने भएपछि रिस थाम्न नसकेर मारेँ ।'भरतपुरको गणेशस्थानमा रहेको झ्याक्सीले बारेको घरमा विगत २६ वर्षदेखि उनीहरू बस्तै आएका थिए । उनीहरूका चार छोरा र दुई छोरी छन् । दुई छोरीको विवाह भइसकेको छ भने छोराहरू कामको सिलसिलामा जिल्लाबाहिर छन् । दुवै दम्पतीले रक्सी पिउने भएकाले दिनहुँ झगडा हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । छिमेकी मनमाया परियारले भनिन्, 'दिनहुँ झगडा भइरहन्थ्यो । तर श्रीमतीको हत्या गर्छ भन्नेलागेकै थिएन ।'बाबुरामले गत वर्षको भदौ महिनामा पनि श्रीमतीलाई यौनसम्पर्क गर्न नदिएको रिसमा गुद्वारबाट हात छिराएर आन्द्रा नै बाहिर निकालेका थिए । घटनापछि विष्णुमायाले प्रहरीमा उजुरी गरेपछि उनी जेल परेका थिए । गत साउन महिनामा श्रीमतीकै अनुरोधमा बाबुरामलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक रवि घिमिरेले बताए । यसपटक यौनसम्पर्क गर्न नपाएकै झोकमा हत्या गरेको हुनसक्ने उनको अनुमान छ । घटनाको अनुसन्धान प्रहरीले अघि बढाएको छ ।श्रीमतीको इच्छाविपरीत यौनसम्पर्क गर्न नपाउने कानुन रहेको अवस्थामा यो घटनाले महिला अधिकारको खिल्ली उडाएको चितवनका मानवअधिकारकर्मी मुकुन्द दाहाल बताउँछन् ---http://www.nayapatrika.com/newsportal/countryside/7501.html विष्णु पौडेल
15 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[काठमाडौं। तत्कालीन युवराज दीपेन्द्रद्वारा अत्यन्तै मन पराइएकी देवयानी राणा अहिले संयुक्त राष्ट्रसंघको जागिर छाडेर घरैमा आराम गरिरहेकी छन्। आर्थिक हिसाबले मात्र नभई विश्वव्यापी रूपमै सम्मानित उक्त जागिर छाड्नुको कारण भने उनको पेटमा हुर्कंदै गरेको नवसन्तान हो। उनको गर्भमा अहिले बढ्दो उमेरको पाँच महिनाको शिशु रहेको छ। भारतका सम्मानित र धनाढ्य सिंह परिवारसँग वैवाहिक सम्बन्ध गाँसिएपछि उनी अहिले नयाँदिल्लीमै बस्दै आएकी छन्। देवयानीको बिहे भारतीय केन्द्रीय सरकारमा मन्त्रीसमेत भइसकेका अर्जुन सिंहका नाति ऐश्वर्य सिंहसँग तीन वर्षअघि भएको थियो। कांग्रेस आईका नेता अर्जुन अहिले बुढेसकालका कारण हि्वलचेयरको सहारामा यता-उता सर्ने गर्छन्। सिंह परिवारको इन्दिरा गान्धी विमानस्थलबाट निस्कँदा गुडगाउँको बाटो हुँदै अगाडि बढ्नुपर्ने स्थानमा 'कापासेरा' नामक विशाल फार्महाउस छ। यही क्षेत्रमा ओबेरोय, टाटा, बिडला र केपी सिंहजस्ता कहलिएका धनाढ्य बस्ने गर्छन्। स्मरण रहोस्, दीपेन्द्र, देवयानी र पारस झन्डै-झन्डै एउटै सालमा जन्मिएका हुन्। अहिले ३८ वर्ष पुगेकी देवयानीका श्रीमान् उनीभन्दा तीन वर्ष कम उमेरका छन्। यसैबीच, पूर्वराजा ज्ञानेन्द्र भारततर्फ जाने तयारीमा छन्। उनी कुनै राजनीतिक वा सामाजिक कार्यक्रममा नभई आफ्ना नातेदारको वैवाहिक निम्तो मान्न जान लागेका हुन्। राजा त्रिभुवनकी छोरीको बिहे भारतको मयुरभञ्जमा रहेका रजौटासँग भएको थियो। उनैकी नातिनीको बिहे अहिले इन्दौरका राजासित हुन लागेकाले यही अवसरमा ज्ञानेन्द्रको उता जाने कार्यक्रम बनेको हो। आगामी डिसेम्बर २२ मा हुने उक्त वैवाहिक कार्यक्रममा ज्ञानेन्द्रका साथमा प्रभूशमशेर राणा र प्रभाकरशमशेर राणा पनि जान लागेका छन्। तीनदिने बिहे उडिसाको भुवनेश्वरमा सम्पन्न हुनेछ। रमा टिभीबाट रुँदै-रुँदै काठमाडांै। सचेत, समाजमा सुपरिचित र टेलिभिजनको पर्दामा दिनहुँ देखिने महिलासमेत घरेलु हिंसाबाट सहिनसक्नु हुनेगरी प्रताडित भएर मुलुक नै छाड्न बाध्य हुनुपर्छ भने अरू सामान्य नेपाली महिलाको हालत झन् कस्तो होला? जीवनका सबै कमाइ र जीवनसमेत सुम्पिएर आफ्नो बनाइएको मानिस नै आफ्नो नबनेपछि पाइएको दुःख भोग्न विवश महिला समाजमा थुप्रै होलान्। तर, यो प्रसंग चानचुने महिलाको होइन। जीवनमा सांसारिक सारा चिज प्राप्त भएर पनि आफ्नै मानिसबाट अवहेलना, कुटाइ र धम्क्याइले मात्र नपुगी जीवनमाथि नै धावा बोलिने अवस्था आएपछि नेपाली समाजमा स्थापित भइसकेकी नेपाल टेलिभिजनकी समाचारवाचिका रमा सिंह अहिले बिदेसिन बाध्य भएकी छन्। उनले नेपाल टेलिभिजनबाट ६ महिनाका लागि बिदा स्वीकृत गराई छोरी लिएर अमेरिका उडेकी छन्। पूर्व महिला फुटबल खेलाडीसमेत रहेकी रमाको दुवै दाम्पत्य जीवन सुखमय हुन सकेन। यति मात्र होइन, जीवनभर मिहिनेत गरी कमाएको सम्पत्ति पनि उनको भएन। रमा भाष्करराज राजकर्णिकारसँग सम्बन्धविच्छेद भएपछि तत्कालीन राजा ज्ञानेन्द्रका सुरक्षा अधिकृत र केही महिनाअघिसम्म राष्ट्रपतिको सुरक्षा अधिकृत रहेका कर्णेल राजकुमार खड्कासँग लिभिङ टुगेदरको सम्बन्ध गाँस्न पुगेकी थिइन्। तीन छोराका बाबु खड्काले रमालाई भन्दा उनको कमाइलाई बढी महत्त्व दिएको कुरा खुलुन्जेलसम्म ढिला भइसकेको थियो। पैसाकै नाममा उनीमाथि लगातार आक्रमण हुन लागेपछि यो मामलाकै कारण खड्काले सैनिक हिरासतमा थुनिएर जागिरबाट राजीनामासमेत दिइसकेका छन्। यता, माओवादीको नाम लिएर मानिसको जीवन तवाह बनाइदिने क्रम अझै रोकिएको छैन। माओवादीकै नाममा अरूको उठिवास लगाउनसक्ने मानिस तिनै राजकुमार खड्का हुन्। खड्काले 'माओवादी पार्टीसँग कुरा चलिरहेको छ। उनीहरूले आफूलाई महत्त्वपूर्ण जिम्मेवारी दिने भएका छन्' भनेको कुरा रमाकी एक सहकर्मीले रमा र उनकी सानी छोरीसँगै बसेका वेला सुनाइदिएपछि आठ वर्षकी छोरी डराएकी थिइन्। उलेन्स स्कुलमा कक्षा तीनमा पढ्दै गरेकी सुवासिकाले खड्का माओवादीमा प्रवेश गर्ने भन्ने सुनेदेखि नै मेरो मामुलाई माओवादीले लगेर मार्छ भनी सधैँ रुने गर्न थालिन्। खड्कासँग सम्बन्धविच्छेद भइसकेपछि पनि नक्सालमा आक्रमणमा परेकी रमा छोरीको अत्यासलाग्दो रुवाबासीबाट झन् प्रताडित भइन्। उनी अहिले नाबालिका छोरीका साथ हाल अमेरिकामा रहेकी आफ्नी दिदीकोमा शरण लिइरहेकी छन्। अर्कातर्फ माओवादीलाई पनि राज्यका सुरक्षाकर्मी भई भूमिका निर्वाह गरिसकेका मानिसको खाँचो छ। पूर्वडिआइजीहरू गोपालमान श्रेष्ठ र अशोक श्रेष्ठलाई महत्त्वपूर्ण जिम्मेवारी दिएझैँ रमाको २३ लाख रूपैयाँ छोरा पढाउँछु भनी लगी हालसम्म नफर्काएका तत्कालीन राजा ज्ञानेन्द्रका सुरक्षा अधिकृृत खड्कालाई पनि माओवादीले रामै्र जिम्मेवारी दिने सम्भावना रहेको छ। आफ्नो सम्झिएकोे मानिस घाती निस्कनु र शाही शासन पनि नरहेपछि एक्लिएकी रमा झन् खड्का माओवादीमा जाने भएपछि थप खतरा महसुस गरी नेपाल नै छाड्ने अवस्थामा पुगेकी हुन्।सुन्तली राजधानीतिर सुटुक्क अछामस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत केही पुरुष प्रहरीलाई वैज्ञानिक तथ्यविना नै प्रज सुन्तली धामीमाथि सामूहिक बलात्कारको अभियोग पुष्टि गराउन दिलो ज्यान दिएर लागेकी सुदूरपश्चिम क्षेत्रकी डिआइजी पार्वती थापा अन्य युनिटमा कार्यरत पुरुषलाई समेत अमानवीय तवरले पीडा दिने काममा सक्रिय भएकी छन्। आफूले पुरुषहरूलाई जति यातना दिए पनि हुने, तर वैज्ञानिक जाँचले समेत बलात्कार ठहर नगरेको विषयलाई जबर्जस्त स्थापित गर्ने उनका हर्कत हेर्दा लाग्छ, संसारभरका पुरुषप्रति उनको अनौठो वितृष्णा रहेछ। कैलाली जिल्लास्थित त्रिनगर चौकी, जहाँबाट भारतीय नाका गौरीफन्टा भेटिन्छ, पार्वतीको यातनाको जालसम्म फैलियो। चौकीमा कार्यरत प्रनानि (सई) हरिश चन्दसित पार्वतीले पहिले केही घरायसी सामान र पछि २५ हजारको मोबाइल सेट मगाएकी थिइन्। डिआइजीको आदेश नमान्नु कसरी, पुर्या ए, हरिशले। जिल्ला प्रहरी कार्यालयबाट तीन महिनाअघि मात्र त्रिनगर पुगेका हरिशलाई के थाहा, उपकारको बदला अपमान पाइन्छ भन्ने। त्यत्रो सामान बुझाएको पर्सिपल्ट, अर्थात् लक्ष्मीपूजाको राति १० बजे आततायी शैलीमा हरिश त्यहाँबाट लखेटिए। र, त्यही रात त्यहाँ अर्का सई केशव पनेरु पठाइए। बोर्डरमा जान पाएकोमा सई पनेरु खुसी थिए। तर, के गर्नु खुसी भएर? पनेरुको त्यो खुसी चार दिन पनि टिक्न पाएन। अर्थात्, चार दिनपछि पार्वतीले पनेरुलाई आफूसितै बस्न भनेर फिर्ता बोलाइन् र कारागारमा खटिएका रोकाया भन्ने अर्का सईलाई त्यहाँ पठाइन्। कारागार, अर्थात् सशस्त्र प्रहरी गुल्ममा खटिने राजपत्र अनंकित कर्मचारी (सईसम्म) ले त्यहाँ खटिएको सामान्यतया पाँच वर्षसम्म अन्यत्र खटिन पाउँदैनन्। वा, अन्यत्र खटाउनैपरेमा हेडक्वार्टरको स्वीकृति चाहिन्छ। तर, प्रेसरकी बिमारी पार्वतीलाई रात-बिरात के सनक चलेर हो, नियम-कानुन सबलाई उनले फरियामा छोपेर आदेश फलाक्दै रहिन्। बलात्कृत भनिएकी सुन्तली धामी कसैको थाहा-पत्तैविना बेपत्ता बनाइन्। उनलाई पार्वतीले अधिवक्ता तथा सभासद् सपना प्रधान मल्लको सम्पर्कमा काठमाडौं पठाइन्। र, सपनाले कतै गोप्य सेल्टरको व्यवस्था गरेर सुन्तलीलाई अझैसम्म राखेकी छन्। दबाबकैबीच राष्ट्रिय मानवअधिकार आयोगले सुन्तलीकै बयानका आधारमा सामूहिक बलात्कार भएकै भनी ठहर गरेर एउटा प्रतिवेदन पनि सार्वजनिक गर्योि। जतिवेला राष्ट्रिय मानवअधिकार आयोगले त्यस्तो ठहर गर्दै थियो, उति नै वेला बलात्कारको अभियोगमा थुनिएका प्रहरीहरू निर्दोष सावित भएर रिहा हुँदै थिए। यसमा पनि डल्ली मगर्नीले षड्यन्त्रै रचेकी रहिछन्। अछामबाट सरकारी वकिल नवराज भट्टले गत बुधबार पार्वतीलाई फोन गरी जाहेरवाला (सुन्तली) लाई जिल्ला अदालतमा पठाइदिनू भनेका थिए। तर, पार्वतीले नक्कली जवाफ दिइन्। भनिन्, 'ब्लिडिङ (रक्तश्राव) भएकाले सुन्तली आउन सक्दिन।' तर, आफ्नै जिल्ला आउन नसक्ने सुन्तली गुपचुपमै काठमाडौं पठाइसकिएकी थिइन्। प्रश्न उठेको छ, न्यायिक निकायलाई समेत बहानाबाजी र नाटक गरेर थाङ्नामा सुताउन खोज्ने पार्वतीले कुन कानुनको रक्षाका लागि जागिर खाइरहेकी छन्? पार्वतीको यही नाटकबाट आजित भएपछि सुन्तली बलात्कारको अभियोग लागी थुनिएका असई दानसिंह भण्डारी, हवल्दार बिरादत्त बडू र नीरभान महतारालाई सरकारी वकिलले निर्दोष साबित गरी रिहा गरिदिए। बाँकी तीनजना भने पुर्पक्षका लागि कारागार चलान भएका छन्। तीन भाइलाई कारागार चलान गर्नुअघि न्यायाधीशले सबैका अगाडि भने, 'मलाई थाहा छ, तपाईंहरू निर्दोष हुनुहुन्छ। कहिलेकाहीँ भीडको उत्तेजनालाई नियन्त्रण गर्न पनि कसैलाई थुन्नुपर्छ। नआत्तिनूस्, तपाईंहरू चाँडै छुट्नुहुनेछ।' - प्रकाश रावल, अत्तरिया पराइ भूमिमा थुप्रै नेपाली पत्रकार  २२ अप्रिल, बुधबार अस्ट्रेलियास्थित नेपाली दूतावासका चालक गणेश हाम्रो भ्रमणका पथप्रदर्शक हुन्। उनले नै छाने कि आज हामी यहाँको संसद्भवन हेर्न जाँदै छौँ। हामी राजदूतनिवास मियाली भिलेजबाट बिहान ११ बजे हिँड्यौँ। केहीछिनमै गणेशले यहाँको मुख्य बजार पुर्याबए। टेलिफोनमा ३० डलर भरे र त्यो फोन हामीलाई दिए। अस्ट्रेलियामा सबैभन्दा ठूलो समस्या कार पार्किङ हो। यदि, कोही भाग्यमानी छ भने उसले निःशुल्क पार्किङ पाउँछ। यहाँ तल्लो वर्गको मानिससँग पनि उसको कार हुन्छ। गणेशले दुई हजार आठ सय डलरमा कार किनेका छन्। उनले अब यहाँ दूतावासका तीनवटा र एउटा आफ्नै कार फरक-फरक समयमा चलाउनुपर्छ।  गणेशले हामीलाई क्यान्बेराको मुटु संसद्भवनअगाडि छाडिदिए र अफिसको काममा गए। हामी संसद्भवनको विशालकाय आँगन हुँदै प्रमुख ढोकातर्फ गयौँ। त्यहाँ मर्यादापालकले भित्र पस्ने मुख्य मार्ग सिकाइदिए। आ-आफ्नो पासपोर्ट देखाएर क्यामेरा, बेल्ट, घडी र कलम सबै स्क्यानिङमा राख्यौँ। सम्मानपूर्वक मर्यादापालकले जाँच गरे र संसद्भवनभित्र निरीक्षणका लागि अनुमति दिए।  अस्ट्रेलियाको संसद्द्वारा जारी भिजिटर गाइडमा लेखिएको छ-  'अस्ट्रेलियाली कमनवेल्थको राजनीतिक जीवनको मुख्यबिन्दु यहाँको संसद् हो। यहाँको संसद्मा सरकारलाई चाहिने कानुन र बहसका अरू सबै कुरामाथि छलफल हुन्छ। यद्यपि, अस्ट्रेलिया नवीन राष्ट्र हो, तर यसले आफूलाई संसारको सबैभन्दा पुरानो प्रजातन्त्र भनेर दाबी गर्न सक्छ। अस्ट्रेलिया नै पहिलो देश थियो, जसले महिला र पुरुष दुवैलाई मतदानको अधिकार र संसद्मा चुनिन पाउने अधिकार दियो। र, यो देशको पहिलो राष्ट्रिय व्यवस्थापिकाका दुवै सदन जनताद्वारा प्रत्यक्ष चुनिएका थिए।' यो संसद्भवन क्यान्बेराको क्यापिटल हिलमा ३२ हेक्टर जमिनमा फैलिएको छ। यसको भवन डिजाइन इन्जिनियर रोमाल्डो गिरगोलाले गरेका थिए। ९ मे १९९८ मा महारानी एलिजाबेथ द्वितीयाले यसको उद्घाटन गरिन्। यो भवनले अस्ट्रेलिया र युरोपबीचको सांस्कृतिक सम्बन्ध पनि जोड्छ। यसमा प्रयोग भएको काठ र मार्बलले अस्ट्रेलियालीमूल र युरोपियनमूललाई जोड्छ। यसको उत्तर-दक्षिणको जमिनले पूर्व-पश्चिमका भागमा रहेका सिनेट र प्रतिनिधिसभालाई विभाजित गर्छ।  सिनेट र प्रतिनिधिसभाका दुवै बैठककोठा पब्लिक ग्यालरीबाट हेर्न सकिन्छ। यदि, हामी आफैँलाई बुझ्न अप्ठ्यारो भयो भने हंसमुख मर्यादापालकले संसद्को कारबाही कसरी चल्छ भनेर सिकाइदिन्छन्। यदि, संसद् चलिरहेको छ भने हेर्न पनि पाइन्छ।  संसद् चलेका वेला दुवै बैठकको प्रश्नोत्तर समय दुई बजे सुरु हुन्छ। प्रश्नोत्तर हेर्न पहिले नै टेलिफोनबाट सिट आरक्षण गर्नुपर्छ। यहाँ जतिवेला गए पनि निःशुल्क पथप्रदर्शक हुन्छन्। संसद्भवनभित्र पहिलो तलामा आमाले दूध पियाउने र बच्चा हेर्ने कोठा छन्। बच्चा र अपांगलाई हि्वलचियरको व्यवस्था भुइँतलादेखि नै छ। यसको एउटा तलामा क्याफे पनि छ, जसमा बसेर आफ्नो रुचिअनुसारको खाना खाँदै संसद्भवन हेर्न सकिन्छ। यहाँको संसदीय पसलमा दर्शकका रुचिअनुसार अस्ट्रेलियाको राजनीति र साहित्यका बारेमा सन्दर्भ-सामग्री पाइन्छ। यहाँ फराकिलो अस्ट्रेलियाका कला, हस्तकला र स्मृतिका सामग्री उचित मूल्यमा किन्न पाइन्छ।  अस्ट्रेलियाको संविधानमा संघीय दुई सदनको व्यवस्था गरिएको छ- सिनेट र प्रतिनिधिसभा। दुवै सदन जनताबाट प्रत्यक्ष चुनिएका हुन्छन्। १८ वर्षमाथिका सबै अस्ट्रेलियन नागरिकलाई मत हाल्ने अधिकार छ। दुवै सदनको पावर उस्तै हो, तर कर तथा लगानीसम्बन्धी निश्चित कानुन बनाउने अधिकार प्रतिनिधिसभासँग मात्रै छ।  सिनेट च्याम्बर रातो रंगको छ र प्रतिनिधिसभा हरियो रंगको छ। हरेक च्याम्बरअगाडि ठूलो टेबुलसहितको कुर्सीको व्यवस्था हुन्छ। यसमा सिनेटमा सभापति र प्रतिनिधिसभाका सभामुख बस्छन्।  सरकार सञ्चालन गरिरहेको पार्टीका प्रतिनिधि सभाध्यक्षको दायाँपट्टि बस्छन् भने गैरसरकारी प्रतिनिधि बायाँपट्टि बस्छन्। सभाध्यक्षको अगाडिको ठूलो टेबुलमा प्रमुख पार्टीका प्रमुख नेता र सभा सञ्चालनमा सहयोग गर्ने सरकारी कर्मचारी बस्छन्। प्रतिनिधिसभाको बैठक सुरु हुँदा अगाडिको टेबुलमा सुनको राजदण्ड ९न्यमि:बअभ० राखिन्छ। जसले सदनको अधिकारलाई प्रतिविम्बन गर्छ। त्यस्तै, सिनेटको बैठक सुरु हुँदा कालो रंगलाई सभाध्यक्षपछाडिको कोष्ठमा राखिन्छ।  सिनेटमा ७६ जना सिनेटर हुन्छन्। जसमा १२/१२ जना प्रत्येक ६ राज्यबाट र दुई/दुईजना प्रत्येक दुई प्रमुख टेरिटोरीबाट प्रतिनिधित्व गर्छन्। सिनेटका सदस्य ६ वर्षका लागि प्रत्येक तीन वर्षमा आधा अवकाश हुनेगरी चुनिन्छन्। समानुपातिक मतदानबाट प्रत्येक राज्य र टेरिटोरीलाई एउटा इलेक्टोरल जिल्ला मान्दै चुनाव हुन्छ। यसले स्वतन्त्र र साना पार्टीका प्रतिनिधिलाई फाइदा हुन्छ र ठूला पार्टीलाई सिनेटमा बहुमत हासिल गर्न कठिन हुन्छ। प्रतिनिधिसभामा भने सिनेटको भन्दा दोब्बर सदस्य हुन्छन्, जस्तो: एक सय ५० जना। अस्ट्रेलियालाई समान जनसंख्यामा बाँडेर निर्वाचन क्षेत्र बनाइन्छ। प्रत्येक जिल्लाबाट एकजना चुनिन्छ। एकजना प्रतिनिधि तीन वर्षका लागि चुनिन्छ। प्रतिनिधिसभामा जसको बहुमत हुन्छ, उसैले सरकार बनाउँछ। संसद्का मुख्य चार काम हुन्छन्। सरकारको निर्माण गर्ने, कानुन निर्माण गर्ने, बहसको थलो बन्ने र सरकारका कामको निगरानी गर्ने। यहाँ सय वर्षमा जम्मा ६ वटा उपनिर्वाचन मात्र भएका छन्।  अस्ट्रेलियाको केन्द्रीय संसद्भवन हेरिसकेपछि हामीलाई लिन गणेश आइपुगे। उनले हामीलाई अस्ट्रेलियाको मर्कस क्लार्क स्ट्रिटस्थित क्यान्बेरा सिटीमा अवस्थित नेपाली दूतावासमा पुर्यासए। त्यहाँ हाम्रो दूतावासका प्रथम सचिव शंकर बैरागीसँग भेट भयो। उनले हामीलाई दूतावास परिसर घुमाए। त्यहाँ नेपाली पत्रपत्रिका आएका थिए। युरोपबाट प्रकाशित भइरहेको 'नेपाली पत्र' अस्ट्रेलियाबाट पनि प्रकाशित हुन सुरु भएको रहेछ। यो पत्रिकाअनुसार अस्ट्रेलियामा करिब २५ जना नेपाली पत्रकार कार्यरत छन्। उनीहरूले यहाँ पत्रकार महासंघको शाखा खोल्ने प्रयास गरिरहेका छन्। अस्ट्रेलियामा हाल 'नेपाली टाइम्स' र 'अस्ट्रेलियाको नेपाली पत्र' गरी दुई पत्रिका प्रकाशित भइरहेका छन् भने सिड्नीमा हिमालयन रेडियो, पर्थमा हिमाल रेडियो, मेलवर्नमा मेलवर्न चौतारी गरी तीनवटा रेडियो नेपाली भाषामा सञ्चालित छन् भने धधध।बगकलभउब।िअय्क नामक वेबसाइट पनि लोकप्रिय छ। अमेरिकापछि यहाँ नेपाली पत्रकार बढी छन्। दुई वर्षअघि मात्र यहाँ पत्रकार आउन थालेका हुन्।  दुई बोतल भ्याटसहित दे दनादन काठमाडौं। बुधबार दिउँसो जनआस्थाका पत्रकारलाई एकजना 'वरिष्ठ' पत्रकारको फोन आयो, बेलुका पाँच बजे 'सिद्धार्थ फुडल्यान्ड' मा आउनुहोला, एकजना हाकिमसा'बले छलफल कार्यक्रमको आयोजना गर्नुभा'छ।' भरपर्दो पत्रकारको सूचनाका कारण को र के नभनी जनआस्थाकर्मी त्यहाँ पुग्दा ती हाकिम रहेछन्, नापी विभागका महानिर्देशक हृदयनारायण मिश्र। उनले विशुद्ध चिनजानका लागि यस्तो भेटघाट आयोजना गरिएको बताए। केही साप्ताहिक पत्रिकाका सम्पादक, ठूला पत्रिकाका रिपोर्टरदेखि लिएर अन्यसमेत गर्दा एक दर्जनको उपस्थिति रहेको उक्त जमघटमा दुई बोतल भ्याट-६९ आधा दर्जनजति बियर र दारु नखानेहरूका तर्फबाट त्यत्ति नै संख्यामा जुसका बट्टा रित्तिएका थिए। जमघट साँझ ६ बजेबाट १० बजेसम्मै भएको थियो। आखिर सरकारी कार्यालयका हाकिमले किन पत्रकारमाथि यसरी खर्च गर्छन्? भन्नका लागि 'चिनजान' गर्न भनिन्छ। तर, हाकिमको यस्तो औधी 'पत्रकारमोह' केका लागि हो भन्नेचाहिँ अदृश्य नै हुने गर्छ। अघिल्लोसाताको एक सोमबारे पत्रिका र बुधबारकै जनआस्थामा पनि उनका बारेमा समाचार प्रकाशित भएको थियो। नापी विभागमा उनको पदसमेत विवादमा परिराखेका वेला उनले पत्रकारसित 'चिनजानी' कार्यक्रमको बन्दोबस्ती गरेका थिए। भेटघाटका वेला मिश्रले आफू साउनदेखि महानिर्देशक भएको र त्यसयता बनेपामा डिजिटल प्रविधिको म्यापिङ प्रणाली कार्यान्वयन भइरहेको दाबी गरे। साथै पुरानो शिक्षा लिएका प्राविधिक र नयाँ प्रविधिबीच म्यापिङ हुँदा समस्या आउने गरेको पनि उनले बताए। यद्यपि, पत्रकारसित दारुपानी खाएर दोस्ती बढाउने उपाय खोज्नुभन्दा सरकारी अधिकारीहरूले आफ्नै कार्यकक्षमा दिउँसै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्नु र आफू तथा कार्यालयले गरेका प्रगतिबारे सूचना दिनु बढी वैज्ञानिक र बुद्धिमत्तापूर्ण हुन्थ्यो कि? कार्यालयमा सूचना माग्न जाने पत्रकारलाई सूचना दिन नमान्ने, तर साँझ होटलमा दसौं हजार खर्च गरेर 'सम्बन्ध विस्तार' गर्ने संस्कारमा दोस्रो जनान्दोलनपछि पनि परिवर्तन आएको छैन भन्ने यसबाट प्रस्ट भएको छ। हाकिमसा'बहरूलाई सल्लाह दिने सञ्चारकर्मीले पनि अबदेखि कार्यालयमै र कार्यालय समयमै पत्रकार भेटघाट गर्न उनीहरूलाई सुझाब दिने हो कि? फेरि यस्ता 'जलपान' प्रायः भूमिगत राख्ने गरिएको छ। यो विशुद्ध 'भेटघाट' मात्रै हो भने यसलाई सार्वजनिक गर्न किन हिच्किचाउने? यो पनि सञ्चारकर्मी र सरकारी हाकिमले सोच्नुपर्छ। अन्यथा यस्तो भेटघाट 'अपवित्र' उद्देश्यबाट प्रेरित थियो भन्ने स्पष्ट हुन्छ। उता बुधबारकै साँझ पुरानो बानेश्वरको सिद्धार्थ फुडल्यान्डमा दुईजना माओवादी र एकजना एमालेका वरिष्ठ पत्रकारले राति नौ बजेसम्म अर्कै गोप्य कोठामा बसेर जलपान गरेका थिए। माओवादी र सरकारबीच मुठभेडको तयारी भइरहेका वेला दुई दलका वरिष्ठबीच त्यस्तो के गोप्य कुराकानी भयो होला? त्यो भने थाहा हुन सकेको छैन। - अरुण बरालबाट बाहुनकी छोरी भगाउँदा बाफ रे बाफ! रुकुम। 'पैसा तिर्छेस् कि छोरी फिर्ता लगौँ? तेरो सम्पूर्ण श्री-सम्पत्ति उठाइदिउँ्क?' यही गाली सुन्नुपर्योन एकाबिहानै साँख- १ निवासी यमकुमारी नेपालीले। 'पढ्दा पढ्दै छोराले माया-पिरती गाँसेछ, उनकी छोरी मेरो छोराले भगाएपछि हामीले पैसा तिर्नुपर्यो ,' नेपालीले दुःख व्यक्त गर्दै भने, 'धेरैले नयाँ जमाना आयो भन्थे, जमाना पुरानै रहेछ।' सरकारले आर्थिक वर्ष ०६५/६७ को बजेटमा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रूपैयाँ प्रोत्साहनस्वरूप दिने भनाइको उल्टो रुकुममा यस्तो काम भएको छ।  'केटाकेटीले एकअर्कालाई मन पराएर गरेको निर्णयमा हामीले पैसा तिर्नुपर्ने यो कस्तो कानुन हो?' दुलाह दिनेश परियारकी आमाले प्रतिप्रश्न गरिन्। उनीका छोरा दिनेशले आफैँ पढ्ने स्कुलका मास्टर डम्बरबहादुर पाण्डेकी छोरीसँग पिरती गाँसेको कुरा घरमा पैसा माग्न आइसकेपछि मात्र थाहा पाएको बताएकी छन्। 'राम्रोसँग साँझ-बिहानको छाकटार्न पनि धौ-धौ पर्नेलाई ५० हजार चाहियो नत्र गाउँबाट निकालिदिन्छु भन्दा म छाँगाबाट खसेझैँ भएकी छु,' उनले दुःख पोख्दै भनिन्। पुग-नपुग ४० वसन्त लामो जिन्दगीमा उनको यो सबैभन्दा नरमाइलो घटना हो। स्थानीय साँखमा रहेको जनजागृति माविमा कक्षा आठमा अध्ययनरत हीरा पाण्डे र दिनेश परियारबीच पहिल्यैदेखि माया-पिरती बसेको थियो। उनीहरूले कात्तिक ७ गते राति वैवाहिक बन्धनमा बाँधिने निधो गरेका थिए।  सानो संख्यामा रहेको सो दमार्इं बस्तीमा लठ्ठी समातेर जबर्जस्ती पैसा लिएको यमकुमारीले बताइन्। 'भोलि दिउँला भन्ने सर्तमा उनीहरूले हाम्रो आँगन छाडे,' नेपालीले बताइन्। भोलिपल्ट बिहानै पैसाका लागि उनी बिष्टकहाँ पुगिन्। तर, बिष्टहरूले कुरा सुनेको नसुन्यै गरे। किनकि, उनीहरू पनि डम्बर पाण्डेकी छोरी भगाएकोमा खुसी थिएनन्। छोराले केटी भगाएको चार दिनपछि छरछिमेक र आफन्तबाट पैसाको काम चल्यो र उनीहरू उपल्लो जातिको कुटाइबाट जोगिए।  उता पाण्डे परिवारले ५० हजार रूपैयाँ त लिए-लिए, धम्की दिन पनि छाडेनन्। पीडित परिवारको झन्डै एक हप्ता चुलो नै नबलेको दुलाह दिनेशका बाबुले बताए।  'मैले त मेरी छोरी ल्याएर बुझाऊ अनि पैसा फिर्ता लेऊ भनेकै हुँ नि! ' दुलहीका बुबा डम्बरबहादुरले आफ्नो कुरा खोले। उनले भने, 'छोरी बुझाउँछ कि भनेर पैसा लिएको हुँ।' कात्तिक १२ गते सम्म केटाकेटी गाउँबाहिर भागेर बसे। पछि हौसला दिएपछि दुलाह-दुलहीलाई घरमा बोलाएको केटापक्ष बताउँछ। त्यही घटनालाई लिएर रुकुमस्थित राजनीतिक पार्टीका दलित संगठन विरोधमा उत्रिएका छन्। त्यसैलाई लिएर उनीहरूले सबैको साझा मञ्च संयुक्त दलित जनअधिकार फोरम पनि गठन गरेका छन्।  - देपेन्द्रकुमार खड्का  
5 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[उपेन्द्र लामिछाने, वीरगन्ज कात्तिक १६ - बुद्ध एयरबाट बिहान  दस बजे सिमरा एयरपोर्टमा ओर्लिएका एमाले स्थायी कमिटी सदस्य बामदेव गौतम सरासर भिआइपी कक्षतर्फ मोडिए। हातमा फूल लिएर स्वागत गर्न बसेकाको ताँतीतर्फ उनी लम्किए।उनी तब छक्क परे, जब ती फूल  उनको स्वागतका लागि नभएर सोही जहाजमा आएका एकिकृत माओवादीका नेता गिरिराजमणि पोखरेलका लागि रहेछ भन्ने थाहा पाए। आन्दोलनमा सहभागी हुन आएका  माओवादीका नेताको स्वागतमा  उभिएका  सभासद् जयराम दाहालसहितको टोली एमाले नेता गौतम हात उठाउँदै अचानक अगाडि आएर उभिएपछि  अलमलमा परेको थियो।  एमालेका  कार्यकर्ता ठानेर गौतमले उठाएको अभिवादन त उनीहरुले फर्काए तर हातका फूल र माला भने  दिएनन्।  दुई दर्जनको सङ्ख्यामा  रहेका माओवादी कार्यकर्ताबाट रित्तै हात फर्कंदै गरेका गौतमले धन्न खाली हात भने हुनु परेन। अन्तिम लहरमा रहेका एक कार्यकर्ताबाट अनायास  दुई थुङ्गा फूल  पाएपछि उनको मुहारको रङ फेरिएको थियो।'अगाडि उभिएर के छ कमरेड भनेर हात टपक्क समाउनुभयो ', स्वागत गर्न बसेका माओवादी कार्यकर्ता जगनाथ घिमिरेले भने -  मैले पोखरेलको स्वागतका लागि ल्याएको मालाबाट दुई थुँगा चुँडेर उनलाई दिएँ ।' आफूले फूल दिएलगत्तै गौतम मुस्कुराएको उनले बताए। केही समयअगाडि आफू एमालेमा रहेको बताउने घिमिरेले  माओवादीमा प्रवेश गरेको गौतमलाई थाहा नभएको पनि सुनाउन भ्याए।दुई थुङ्गा फूल लिएर भिआइपी कक्षमा आफ्ना कार्यकर्ताको प्रतीक्षामा बामदेव गौतम बसे। यता गिरिराजमणिलाई भने माओवादी कार्यकर्ताले भव्य स्वागत गरे। स्वागतका  क्रममा सँगै आएका गौतमलाई देखेर आफूहरु झुक्किएको माओवादी कार्यकर्ताले बताएपछि पोखरेलले उनलाई किन स्वागत नगरेको त भनेर प्रश्न गरेका थिए। 'तपाईंको अनुमतिविना कसरी स्वागत गर्न सर्क्छौ भन्यौ', घिमिरेले थपे - उहाँले बाँकी माला गौतमलाई  लगाइदिन आग्रह गर्नुभयो।' भिआइपी कक्षमा बसिरहेका  गौतमलाई तिनै माओवादी कार्यकर्ताले ८-१० वटा माला गलामा लगाइदिँदा उनी अचम्ममा परे।  बल्ल उनले आफू झुक्किएको मेसो पाए। माओवादी कार्यकर्ता र नेताका लागि भिआइपी कक्षको माहौल रमाइलो बने पनि  गौतम भने त्यहाँ माला फुकालेर  गम्भीर मुद्रामा बसेको एक  सुरक्षाकर्मीले बताए। गम्भीर बनेका गौतमतर्फ हेर्दे गिराराजमणिले हामी सबै कम्युनिष्ट,  तपाईं कम्युनिष्टको नेता हो भन्दै उक्त स्वागतलाई अर्थाउने  प्रयास गरेका थिए। सरकारमा रहेका अन्य दलका नेता तथा मन्त्रीलाई ढुङ्गा प्रहार गर्ने माओवादी कार्यकर्ताले बामदेव गौतमलाई फूलको माला लगाइदिएपछि  एयरपोर्टमा खटिएका सुरक्षाकर्मी अचम्ममा परेका थिए। किन झुक्किए गौतम ? कोल्बी बजारमा मङ्गलबार हुने बारा क्षेत्र नम्बर ५ को  क्षेत्रीय भेलामा सहभागी हुन निम्ता पाएका गौतमले झुक्किएर एक दिनअगावै सिमरा आउँदा उक्त समस्या आइपरेको सुरक्षा श्रोतले जनायो। जहाजबाट ओर्लेपछि गौतमले फूलका माला र गुच्छा लिएर उभिएका माओवादी कार्यकर्तालाई आफ्नो स्वागतमा उभिएका एमाले कार्यकर्ता ठानेपछि अप्ठेरोमा समेत परे। गौतम पनि ती कार्यकर्तालाई आफ्नो कार्यकर्ता ठानेर झुक्किएको बताउँछन्। 'लाइनमा उभिएकामध्ये कतिपय विगतमा एमाले थिए, त्यसैले आफ्नै कार्यकर्ता ठानें ', सिमरास्थित जिफन्ट कार्यालयमा नागरिकसँग भने - पछि थाहा पाएँ कि ती त माओवादीमा गइसकेका रहेछन्।उनले आफ्नो कारणबाट भिआइपी कक्षमा माओवादीलाई रमाइलो लागे पनि आफूलाई भने केही महसुस नभएको सुनाए। 'मेरो स्वागत गर्न पाउँदा उनीहरुलाई खुसी लागेछ ', उनले भने - म भने मौन बसें।   स्वागतका लागि खटिएका कार्यकर्तासँग आफू झुक्किए पनि सिमराचाहिँ झुक्किएर नआएको दाबी उनले गरे। 'म झुक्किएर एक दिनअगावै सिमरा आएको हैन', उनले भने- आउँदै गरेको खबर साथीहरुलाई गर्न नभ्याउँदा उहाँहरु स्वागतमा आउनु नभएकाले यस्तो देखिएको हो।
8 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[पुजारी नियुक्ति संयुक्त संघर्ष समितिले हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरका भण्डारी रातभर राजधानीका क्याबिन र डान्स रेष्टुरेन्टमा झुम्ने गरेको खुलासा गरेको छ। पशुपतिका भण्डारीद्वय सानुबाबु राजभण्डारी र जितेन्द्र राजभण्डारी एउटा क्याबिन रेष्टुरेन्टमा मदिरापानमा व्यस्त रहेको फोटो पनि समितिले शनिबार पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गर्यो।पशुपतिनाथ मन्दिरमा नेपाली पुजारी नियुक्तिका लागि समितिको गठन भएको हो। पत्रकार सम्मेलनमा संयुक्त संघर्ष समितिका संयोजक डा. ऋषिप्रसाद शर्माले भक्तजनले चढाएको भेटी दुरुपयोग गरिएको भन्दै यस्ता भण्डारीहरुलाई तत्कालै हटाउन माग गरे। एउटा फोटोमा त चन्दन लगाएका पुजारीले युवतीलाई अ‍ंगालो मारिरहेको देखिन्छ।भारतीय पुजारी राखेपछि चढाइएको भेटी आफूखुसी दुरुपयोग गर्न पाइन्छ भनेर नै भण्डारीहरु भारतीय भट्ट राख्ने पक्षमा रहेको आरोप लगाए। उनले भारतीय भट्ट र भण्डारीहरुले नेपालको पशुपतिनाथ मन्दिरमा बसेर गरिरहेका कुकृत्य आउँदा दिनमा पनि भण्डाफोर गर्दै जानेसमेत चेतावनी दिए। उनले भने, 'पशुपतिमा पानी फोहोर छ, खानेपानी छैन। तीर्थालु बस्ने ठाउँसमेत छैन। भण्डारीहरुले भेटी जाँड रक्सी र यौन दुराचारमा सकेका छन्। यिनलाई हटाउनुपर्छ।' पूर्व पुजारी विष्णु दाहालले नियम र पद्धतिलाई धज्जी उडाएको भन्दै हटाउनुपर्ने माग गरे। भण्डारीले माछा, मासु, चुरोट, रक्सीजस्ता इन्द्रीयलाई उत्तेजित पार्ने कुनै पनि चिज खान बर्जित गरेको बताए। उनले भने, 'लसुनसमेत नखाने, सात्विक खाना मात्र खानुपर्ने नियम छ। सत्कर्ममा लाग्ने मात्र भण्डारी र पुजारी हुन पाउँछ।'पशुपतिमा चढेको भेटी पारदर्शी बनाउनुपर्ने माग उठ्दैआएको छ। तर, अहिलेसम्म भएको छैन। पौडेल गत पुसमा १७ देखि २३ सम्म पुजारी हुँदा दैनिक ३२ देखि ४० हजारसम्म भेटी सार्वजनिक गरेको बताए। उनले भने, 'त्यसबेला त भक्तजन नै आएका थिएनन्। विवाद थियो।' उनका अनुसार दैनिक दुई लाखसम्म भेटी उठ्छ। शिवरात्रिको दिन ५ करोडजति उठ्ने उनले बताए। तर भेटी अहिलेसम्म पारदर्शी नभएको भन्दै पारदर्शी बनाउने आवाज उठिरकेको छ।    
17 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[चिता छाडेर ठमठम घर फिर्ताकाठमाडौं। तपार्इंका आफन्तजनलाई पशुपति आर्यघाटमा लगिएको छ भने तपार्इंलाई लाग्दो हो, उनको प्राणान्त भइसक्यो। तर, घाटमा पुर्यािउँदैमा मानिसको प्राणान्त नभएको पनि हुन सक्छ। अन्तिम अवस्थाको मानिसलाई 'घरको न घाटको' भन्ने नेपाली आहान भए पनि आर्यघाटको ब्रह्मनालमा सुताइसकेका सुनसरीका भवनाथ भट्टराई यतिवेला घर फर्केर ठमठम हिँडिरहेका छन् भन्ने सुन्दा यो आहान बेकारमा निर्माण गरिएको रहेछ भन्ने स्पष्ट हुन्छ। अस्ति शनिबार मात्रै पशुपति आर्यघाटबाट पर्सा घर भएकी एकजना ५० वर्षीया महिलालाई घर फर्काइयो। काठमाडौं मेडिकल कलेजबाट बुधबार आर्यघाट पुर्याघइएकी उनलाई घाटका सुवर्ण वैद्यले उपचार गरेर तीन दिनपछि घर फर्काइदिएका हुन्। उनको नाम एक्पोज नगरिदिन आग्रह गर्दै परिवारका सदस्यले जनआस्थासित भने, 'उहाँ ओछ्यानमै हुनुहुन्छ, उहाँलाई क्यान्सर भएको हो।' काठमाडौं मेडिकल कलेजबाटै आर्यघाट लगिएका दोलखा चरिकोटका ८० वर्षीय पदमबहादुर थापालाई घाटेवैद्यले असोज १८ गते घर फर्काइदिए। तर, फोक्सोको क्यान्सरले थलिएका उनलाई घरमा भने लगिएन। हाल उनी प्रहरी अस्पतालमा छन्। त्यस्तै, टिचिङ अस्पतालबाट आर्यघाट पुर्यासएका निजगढका ४० वर्षीय बालकृष्ण सिवाकोटीलाई पनि असोज १८ गते नै घर फर्काइएको छ। कात्तिक ७ मा दुर्गादेवी मास्के, कात्तिक २ मा लक्ष्मी दासी र असोज ६ मा गम्भीरमान रञ्जितकारलाई पनि आर्यघाटबाट घर फर्काइएको छ।  पशुपति आर्यघाटको माथ्लोछेउमा शव जलाउने ठाउँमै सटिएर रहेको घाटेवैद्यको कार्यालयमा दर्ता भएको तथ्यांक हेर्दा गत वैशाखदेखि कात्तिक ७ गतेसम्म ४४ जनालाई आर्यघाटबाट घर फिर्ता गरिएको छ। यसअवधिमा घाटेवैद्यकहाँ दुई सय ४८ जना दर्ता भएकामा दुई सय चारजनाको भने मृत्यु भएको थियो। आर्यघाटका वैद्यकहाँ ०५४ सालदेखि नै घर फिर्ता हुनेहरूको नामावली राखिएको छ। जसअनुसार विगत आठ वर्षमा पाँच सय ३६ जना आर्यघाटबाट फिर्ता भएका छन्। आर्यघाटका प्रमुख वैद्य एवं समाजसेवी सुवर्ण वैद्यको के दाबी छ भने आफूकहाँ आइपुगेकामध्ये ३५ प्रतिशत जीवितै फर्किने गरेका छन्।  आर्यघाटबाट फिर्ता हुनेहरूको कथा बडो मार्मिक छ। सुनसरीका भवनाथ भट्टराईलाई आजभन्दा सात वर्षअघि दसैँका वेला मृत्यु भएको ठानी ०५९ साल असोज २९ गते आर्यघाट पुर्याजइएको थियो। त्यसवेला उनी ८० वर्षका थिए। उनी मंसिर १८ सम्म आर्यघाटमै घाटेवैद्यकहाँ बसे। उनले दसैँ-तिहार पनि मनाए। हालसम्म पनि उनी जीवितै छन्। हालै पशुपति आर्यघाटमा उनलाई सम्मानसमेत गरिएको छ। आर्यघाटमा वैद्यकहाँ स्वयंसेवीका रूपमा कार्यरत कृष्ण तिम्सिनाले जनआस्थासित अर्काे रोचक घटना सुनाए- 'भक्तपुरका एकजना वृद्धलाई मरिसकेको ठानेर ब्रह्मनालमा सुताइयो, तर वैद्यले छाम्दा उनको नाडी चलिरहेको थियो, भोलिपल्ट उनको बोली फुट्यो। तर, पर्सिपल्ट मृत्यु भयो।' त्यसो त अस्पतालका डाक्टरले मृत घोषणा गरी आर्यघाटमा पठाइएका व्यक्तिले घाटबाट फर्केर डाक्टरको जागिरसमेत खाइदिएको स्मरण पनि आर्यघाटका सेवकहरूसित छ। तिम्सिनाका अनुसार छाउनी अस्पतालले मृत घोषणा गरी आर्यघाट पठाएका कृष्णबहादुर गुरुङ जिउँदै फर्किएका थिए। आफूलाई जिउँदै हुँुदा मृत घोषणा गरेको भन्दै उनले छाउनी अस्पतालका डाक्टरविरुद्ध उजुरी गरेका थिए। किन लगिन्छ घाट?हिन्दु परम्पराअनुसार मानिसलाई नमरीकनै घाट लाने चलन छ। अन्तिमै अवस्थामा पुगेका र अब फर्कने अवस्था छैन भन्ने प्रायः निश्चित भएका मानिसलाई घाट लाने प्रचलन भए पनि पशुपति आर्यघाटमा कतिपय बिरामीलाई निको हुने आशमा पनि लाने गरिएको पाइएको छ। चरिकोटका पदमहादुर थापाका आफन्त भन्छन्- 'भीमेश्वरका एक व्यक्तिका आफन्त घाटमा पुगेपछि जाति भएका थिए, त्यही देखेर बिसेक हुन्छ कि भन्ने आशमा हामीले पनि घाट लगेका हौँ।' कतिपय असाध्यै गरिब व्यक्तिका बिरामी पनि घाटमा आउने गरेको स्वयंसेवी तिम्सिना बताउँछन्। घाटमा उपचार गर्ने वैद्यले औषधि खरिदबाहेक अन्य उपचार निःशुल्क गरिदिने गरेका छन्। तर, घाट पुर्या एर फर्काइएका आफन्तजनका बारेमा बताउन भने प्रायःजसोले हिच्किचाउने गरेका छन्। समाजले केही भन्छ कि भन्ने उनीहरूको सोच हुन सक्छ। तैपनि घाटमा पुगेर फर्केको मानिसलाई सकारात्मक रूपमा हेर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छन्, सुवर्ण वैद्य। त्यही भएर उनले हालै एक कार्यक्रममा विभिन्न समाजसेवीसँगै राखेर भवनाथ भट्टराईलाई सम्मान गरेका हुन्। ०५३ सालसम्म आर्यघाटमा भरत वैद्यले सेवा पुर्या एका थिए भने अहिले छोरा सुवर्णले पिताको बिँडो थामिरहेका छन्। मृत्यु भएको ठानी आर्यघाटमा सद्गति गर्न ल्याइएको व्यक्तिको नाडी चलेको छ या छैन भनी अन्तिम जाँच गर्ने वैद्य हुन्- सुवर्ण। आफ्नो मानिसको मृत्युबारे शंका लागी कसैले जाँच गरिदिन अनुरोध गर्नासाथ उनी ब्रह्मनालमा गएर नाडी छाम्ने गर्छन्। पशुपति आर्यघाटमा जस्तै अन्य घाटमा पनि यस्तै सेवा विस्तार गर्ने योजनामा छन्, सुवर्ण। उनको समेत सक्रियतामा अहिले बनेपाको पनौतीघाटमा 'घाट अस्पताल निर्माण भइरहेको छ। भक्तपुरको हनुमानघाट र साँखुमा पनि यस्तो सेवा रहेको बताइन्छ। आर्यघाटमा वैद्यले आयुर्वेदिक र एलोपेथिक दुवै विधिबाट उपचार गर्ने गरेका छन्। यो सेवा दाताहरूले दिएको सहयोगबाटै सञ्चालित छ। पाठकवृन्द, मान्छेलाई बाँच्ने चाहना कहिलेसम्म हुँदैन र! आफ्नो मान्छे नजलाउन्जेलसम्म सास रहिदिए हुन्थ्यो भन्ने आफन्तहरूलाई पनि लाग्छ। यस्तो वेलामा घाट पुगेका बढीभन्दा बढी मानिस घर फर्किनु खुसी र हर्षको कुरा हो। त्यसैले घाटबाट फर्कनेहरूलाई सम्मानको नजरले हेर्न र अन्तिम अवस्थामा मानिसको नाडी छाम्ने 'घाटेवैद्यहरू'लाई देशैभरिका घाटमा खटाउन आवश्यक छ। पशुपति आर्यघाटका वैद्यहरूको सेवा यसका लागि अनुकरणीय हुन सक्छ। - अरुण बरालबाट  
10 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[फोन नउठ्दा कमरेड फन्फनीकाठमाडौं। यसै साता सोल्टी होटलमा एमालेका शीर्ष नेताहरूबीच भएको त्रिपक्षीय वार्ता सकारात्मक र सद्भावपूर्ण रहेको भन्ने बाहिर चर्चामा आए पनि उक्त वार्तामा चर्काचर्की भएको बुझिएको छ।  आधा घन्टा ढिलो पुगेका केपी ओलीले सुरुमै अध्यक्ष खनाललाई थर्काउँदै भने, 'एकलौटी गर्न खोज्ने? लड्ने भए लडाँै, अझै बन्छन् यस्ता समानान्तर कमिटी। मलाई धम्की दिएर तह लगाउँछु भन्ठान्या'होला, हिजो पनि माधव कमरेडसँग लडेकै हुँ, तपाईं के गर्न सक्नुहुन्छ, गर्नुहोस्। तपाईंले मात्रै चलाएर पार्टी चल्दैन।'  झलनाथ पनि के कम! उनले पनि ओलीलाई गतिलै जवाफ दिए- 'चुनाव लड्ने, हार्ने अनि ठूलो कुरा गर्ने? हार्नेले थान्कोमा बस्नुपर्छ। तपार्इंले जहिल्यै किचलो र गुटबन्दी गर्दै आउनुभा'छ। यस्तो दादागिरीले कतिन्जेल चल्छ? के यो पार्टीमा हिजो यस्तो प्रजातान्त्रिक अभ्यास भा'थ्यो? तलैसम्म नेतृत्वमा आउन लोकतान्त्रिक प्रतिस्पर्धा चलिरा'छ, यस्तो वेला के सिकाउँदै हुनुहुन्छ तपार्इं? के सिक्छन् मानिसले तपार्इंबाट? सातौँ महाधिवेशनपछि पनि किचलो सुरु गर्नुभो, किचलोलाई परम्परा नबनाउनुहोस्।' मेलमिलापका निम्ति भेला गराइएका दुई नेताबीच घम्साघम्सी परेपछि प्रधानमन्त्री माधव नेपालले भने, 'कामरेडहरू, हाम्रो काँधमा ऐतिहासिक दायित्व छ, मिलेर जानुपर्छ। सरकारको नेतृत्व हामीकहाँ छ। संविधानसभाको नेतृत्व हामीसित छ। माओवादी अतिवाद र कांग्रेसी दक्षिणपन्थसित हामी आफैँ जुधेर कसरी पार लाग्छ?'  भेटघाटको प्रारम्भमै ओलीको गुनासो थियो, 'मसित कुनै सल्लाह हुन्न, छलफलमा पनि मलाई बोलाउनुहुन्न।' अध्यक्ष खनाल र ओलीले फोन किन रिसिभ नगरेको भन्दै आमसभामा झगडासमेत गरेका थिए। 'मेरो फोन तपार्इंले नउठाउने? तीन महिनादेखि तपार्इंले मेरो फोन रिसिभ गर्नुभएन, त्यसैले मैले पनि गरिनँ।' दुई नेताको गन्थन यस्तो थियो।  केपी ओलीले महाधिवेशनअनुसार विधान, प्रतिवेदन नछापिएको र महाधिवेशनले दिएको म्यान्डेट उल्लंघन गरिएको आरोप लगाएका थिए। अध्यक्ष खनालले प्रतिवाद गर्दै भने, 'के उल्लंघन भयो? महाधिवेशनका अडियो, भिडियोहरू छन्। शुद्दीपत्र निकाल्ने नै हो, नियमावली ल्याउने नै हो। चित्त बुझेन भन्दैमा विद्रोह गर्दै हिँड्ने? आफूले पार्टी चलाउँदा अरूले पनि यसैगरी दादागिरी देखाए भने तपार्इं सहनुहुन्छ?' निकैबेरको भनाभनपछि नेताहरूले फराकिलो कम्पाउन्ड भएको ठाउँमा भोजको आयोजना गर्ने विषयमा छलफल गरे। होटल, बालुवाटार वा कसैको घरमै गर्ने कि भन्नेबारे कुराकानी भएपछि अन्ततः केपी कामरेडको कम्पाउन्ड ठूलो छ, त्यही गरौँ भन्ने सहमति भयो र शनिबार बालकोटमा भोजको बन्दोबस्त गरियो।  यसैबीच, एमालेभित्र १३ र १४ गतेका निम्ति समानान्तर रूपमा आयोजित चियापान कार्यक्रमका सम्बन्धमा एमाले स्थायी समिति बैठकले सर्वसम्मत निर्णय लिएअनुसार १३ गते दिउँसो एकदेखि चार बजेसम्म वसन्तपुरमा एउटै मात्र चियापान हुने भएको उपत्यका इञ्चार्ज राजेन्द्र श्रेष्ठले जनाएका छन्।  
5 Vote(s) ]]></description>
<dc:creator>enbeeone3</dc:creator>
<description><![CDATA[काठमाडौं। अरूलाई सुरक्षा प्रदान गर्ने नेपाल प्रहरीका डिआइजी नै असुरक्षित भए भन्ने सुन्दा तपाईंहरूलाई कस्तो लाग्ला? हालै सुदूरपश्चिमको दिपायलमा कार्यरत एक डिआइजीले 'म आफैँ असुरक्षित छु।' भनेर प्रधानमन्त्री माधवकुमार नेपालसित बिन्ती बिसाएपछि ती अधिकृतलाई राजधानी झिकाउन लागिएको छ।  त्यसरी आफैँ असुरक्षित भएको महसुस गर्ने बर्दीधारी हुन्- पार्वती थापामगर। नेपाल प्रहरीलाई समावेशी बनाउन अरूको पालोसमेत मिचेर पहिलोपटक फुली थपिएका दुई महिला डिआइजीमध्ये पार्वती एक हुन्। हालै सामूहिक बलात्कारमा परेकी भनिएकी महिला प्रहरी जवान सुन्तली धामीलाई प्रधानमन्त्रीसित भेट गराउने क्रममा थापाले भनेकी थिइन्, 'महिला प्रहरीहरू असुरक्षित भए, म आफैँ असुरक्षित छु।' पोखरामा प्रचण्डलाई छाता ओढाउने डिआइजी पार्वतीले आफू असुरक्षित हुनुको विस्तृत कारणचाहिँ खुलाएकी छैनन्। तर, यो प्रसंग महिला प्रहरीको बलात्कार घटनासित जोडिएर आएको हो। कतिपय प्रहरीले डिआइजी थापामगरबाट एकपक्षीय निर्णय भएको र उनी महिला भएकै कारणले पुरुष प्रहरीमाथि न्याय नभएको गुनासो गर्न थालेपछि उनले सुदूरपश्चिम छाड्ने मानसिकता बनाएको प्रहरी सूत्र बताउँछ। तर, प्रहरी स्रोतको दाबी के छ भने उनलाई असुरक्षित भएका कारणले होइन कि बलात्कार प्रकरणमा एकतर्फी भूमिका खेलेकाले फिर्ता बोलाउन लागिएको हो।  'बलात्कार'काण्डको यथार्थ  दसैँका बेला अछाम जिल्ला प्रहरी कार्यालयमा प्रहरीबाटै सामूहिक बलात्कारमा परेको भनिएकी सुन्तली प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीकै गृहजिल्ला दार्चुलाकी हुन्। मंगलसेन बजारको पोस्टमा समेत डेढ वर्षजति काम गरेकी धामीले चरेश खाने गरेको र इन्जेक्सन पनि लगाउने गरेको बयान यसअघि नै सहकर्मी शुभद्रा शर्माले छानबिन टोलीलाई दिइसकेको प्रहरीसूत्र बताउँछ। यसअघि पनि उनले सुरुमा सहमतिमा सम्बन्ध राखेर पछि 'जबर्जस्ती गर्योल' भन्ने आरोप लगाई नेपाली सेनाका एक जवानको जागिर चट् बनाएको बताइन्छ। अछाम जिप्रकामा सामूहिक बलात्कार भयो भन्ने उनको दाबीलाई पनि प्रहरीसूत्रले 'बनावटी' भएको दाबी गरेको छ।  धनगढी अस्पतालमा डा. गणेश बोहरा नेतृत्वको मेडिकल बोर्डले गरेको परीक्षणमा 'स्पर्मेटोजुवा नट सिन' अर्थात् पुरुषको वीर्य देखिएन भनिएको र मासिक श्राव भएको देखिन्छ', भन्ने उल्लेख छ।  जानकारीअनुसार असोज ११ गते नवमीका दिन सञ्चारकोठाको बंकरमा पूजा गरेको बोकाको बासी मासु पोलेर र साँधेर प्रहरीहरूले खाएका थिए। एक मिनेट पर महिला प्रहरी बस्ने बंकर थियो। डिस्चार्ज ब्याट्री ओसार-पसार गर्ने प्रहरी जवानहरूले पनि सोही मासु खाएको, तर कोही बेहोस नभएको सूत्र बताउँछ। प्रहरी जवान सुन्तलीले राति स्थानीय टेकेन्द्र शाह नामको युवकलाई बोलाएर ढोका थुनी बसेको रमन कमान्डरले पत्तो पाएपछि लफडा सुरु भएको हो। इन्स्पेक्टर शारदा चौधरीले ढोका खोल्न भन्दा ढोका नखोली बसेकाले प्रहरीहरूले जबर्जस्ती ढोका खोल्दा धामीले केटोलाई अँगालोमा बेरेकी थिइन्। प्रहरीले केटोलाई पक्रेर थुनेका थिए। भोलिपल्ट उनले आज टीकाको दिन हो, मेरो हुनेवाला पतिलाई छाडिदिनुपर्योथ भनेपछि कागज गरी जिम्मामा शाहलाई छाडिएको थियो। टीकाको दिन चार बजे उनले दिपायल तालिमकेन्द्रमा रहेकी दिदी सिपाही बागमती धामीलाई फोन गरिन्। त्यस्तै, अछामकै बयलपाटामा कार्यरत आफ्नो नाता पर्ने धामी थरकै प्रहरी नायव निरीक्षकलाई उनले दिदीकोमा टीका लगाउन जान लागेको भनेकी थिइन्। तर, उनी डिआइजी पार्वती थापामगरकहाँ पुगिछन्। डोटीमा १५ गते मेडिकल नभएपछि उनलाई धनगढीमा मेडिकल गरिएको थियो।  प्रहरी जवानहरूले सामूहिक रूपमा मिलेर आफूलाई बलात्कार गरेको आरोप धामीले लगाएकी छन्। र, सबैतिरबाट उनीमाथि सहानुभूति व्यक्त गर्दै दोषीमाथि कारबाहीको माग भइरहेको छ। एउटी महिलामाथि त्यस्तो व्यवहार भएको हो भने त्यो जघन्य अपराध नै हो तर, 'कोही पनि निरपराध व्यक्ति सजायको भागिदार नबनून्' भन्ने फौजदारी न्यायको मान्यतालाई पनि आत्मसात् गर्नैपर्ने हुन्छ। जिल्ला प्रहरी कार्यालयभित्र, जहाँ सामूहिक चहल-पहल भइरहन्छ, त्यसमा पनि राति ७/८ बजे कोही सुतिसकेकै हुँदैन। त्यस्तो बेलामा भएको भनिएको यो घटनामाथि निष्पक्ष छानबिन हुनैपर्छ।  उता, डिआइजी पार्वती थापाको क्वार्टरमा डोटीका एमाले नेता प्रेम आले राति-राति देखिने गरेको त्यहीँका प्रहरी कर्मचारीले गुनासो गर्ने गरेको स्रोतले बतायो। उता पार्वतीले भने आफ्ना निकटस्थहरूसित भर्खरै एआइजीबाट रिटायर्ड भएका दीपेन्द्र बिष्टले एसएसपी हुुँदा आफूलाई 'रेप' गर्ने प्रयास गरेको, तर आफू कडा स्वभावकी भएकाले नसकेको बताउने गरेकी छन्। 'सबै पुरुष बद्मास हुन्'- डिआइजी थापाको भनाइ उद्धृत गदर्ैै स्रोतले भन्यो।    -प्रकाश रावल, अत्तरियाबाट 
10 Vote(s) ]]></description>