MEROLINKS / bijaykhatri / All
<language>en</language>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[एउटा खुशीको खबर बाँड्न चाहन्छु आज।
मेरो कविता "परदेशी" ले "'स्पन्दन' कविता पुरस्कार - २०१०" प्राप्त गरेको छ। फेसबुक सन्देशका माध्यमबाट आदरणीय अग्रज होम बहादुर क्षेत्रीज्यूले यो खबर दिनुभएको हो मलाई। 'स्पन्दन' मासिकमा वर्षभरि छापिएका कविताहरुमध्येबाट सम्पादकमण्डलले उत्कृष्ट ठह-याएको कवितालाई दिईने रहेछ यो पुरस्कार।
"स्पन्दन"मासिक अभि-जमान स्मृति ट्रस्टद्वारा प्रकाशित हुन्छ र संसारभरि नि:शुल्क वितरण गरिन्छ।  "स्पन्दन" को 'आर्थिक' मूल्य 'नि:शुल्क' हो तर यसको सांकेतिक मूल्य भने "हरेक दिन आधा घण्टा नेपाली साहित्यलाई" हो। तपाईँ पनि "स्पन्दन" प्राप्त गर्न चाहनुहुन्छ भने क्षेत्री सरलाई सम्पर्क गरेर अनुरोध गर्नसक्नुहुन्छ। उहाँको सम्पर्क ई-मेल चाहिएमा यो पोष्टमा प्रतिकृया दिँदा सो कुरा जनाउनुहोला। उहाँलाई फेसबुकमा पनि भेट्न सकिन्छ,  Hom Bahadur Chetri खोजी गरेर। 
सामाजिक र साहित्यिक सेवाको पवित्र उद्देश्य राखी आफ्ना पूज्य माता-पिताको स्मृतिमा श्री होम बहादुर क्षेत्रीज्यूले अभि-जमान स्मृति ट्रस्टको स्थापना गर्नु भएको हो। "स्पन्दन" प्रकाशनका साथै यो ट्रस्ट अरु साहित्यिक प्रकाशन, छात्रवृत्ति वितरण, साहित्यिक पुरस्कार वितरण, साहित्यिक संघ-संस्थाहरुलाई सहयोग, कुवेतमा नेपाली साहित्य चर्चा आदि बिभिन्न गतिबिधिहरुमा सकृय रहेको छ। 
क्षेत्री सर पेशाले एक पेट्रोलियम ईञ्जिनियर हुनुहुन्छ र हाल कुवेतमा कार्यरत हुनुहुन्छ। उहाँ एक चर्चित साहित्यकार पनि हुनहुन्छ र केहि कृतिहरु प्रकाशित भईसकेका छन्। आफ्नै पसिनाको कमाईलाई नेपाली भाषा र साहित्यको सेवामा लगाएर र ब्यस्त पेशागत जीवनका बीचपनि लगनका साथ भाषा-साहित्यका लागि समय निकालेर उहाँले देखाउनुभएको उदाहरणले हामीजस्ता नेपाली भाषा-साहित्यका नयाँ सेवकहरुलाई ठूलो हौसला मिलेको छ। 
म आफूलाई एउटा सिकारु लेखक/साहित्यकार मान्छु र कुनैपनि पुरस्कार प्राप्त गर्न सक्ने हैसियतको ठान्दिन। 'स्पन्दन' जस्तो मासिकले मेरा रचनाहरु छापिदिनुनै मेरा लागि ठूलो पुरस्कार भईसकेको थियो। यसैले होम सरको सन्देश मेरा लागि एक सुखद् आश्चर्य र हौसला बनेको छ अहिले:) 
पुरस्कार वितरण कार्यक्रम आगामी भानु-जयन्तीमा आसाममा हुनेछ।
  'स्पन्दन' को एक अंक (साभार: होम सरको फेसबुक पाना)
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[भाऊ लाग्न थालेको छ गर्भैबाट अचेलबच्चा खानेहरु बढेका छन् शहरमा!Image Source
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[समय र ईन्टरनेटको 'उचित'  तालमेल नमिल्दा पखेटा काटिएको चरो बनेको छु। एकदिन फेरि कस्सो नआउलान् मेरा ब्लगका दिन:))
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[तपाईँहरुलाई थाहै छ, संविधानसभा यतिखेर प्रधानमन्त्री चुन्न नसकेर अलमलिएको छ। संविधानसभाको यो अलमलले पूरै देशलाई प्रभावित पारेको छ। आफ्ना तुच्छ ब्यक्तिगत अहं र दलीय स्वार्थमा अल्झेर नेता र दलहरु संविधान निर्माणको प्रमुख कामलाई बिर्सिरहेका छन्। 
सहमतीय सरकार बनेन भने संविधान नबन्ने निश्चित छ, कथंकदाचित बनिहाल्यो भनेपनि क्षणिक र कामचलाऊ बन्नेछ। त्यस्तो संविधानले अहिलेका जल्दाबल्दा मुद्दाहरुलाई बिल्कुलै समाधान नगर्ने मात्र होईन, अरु नयाँ समस्याहरु पनि उब्जाउनेछ। 
सहमतीय प्रधानमन्त्रीको रुपमा सबैलाई स्विकार्य ब्यक्ति पाउन गाह्रो छ। अहिलेको अवश्थामा अलिक बढी संभावना भएका नेता बाबुराम भट्टराईमात्रै हुन्। माओवादीले उनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याएको भए शायद देश यो अनिर्णयको बन्दी बनीरहनुपर्ने थिएन। तर माओवादीले फेरि प्रचण्डलाईनै उम्मेदवार बनायो।
नेपाल फर्केपछिका यी दश दिनमा मैले नेपाली समाजको वर्तमान मनोदशालाई केहि पढ्ने कोशिश गरेको छु। मैले के भेटें भने मानिसमा माओवादीप्रति र विशेष गरी यसका अध्यक्ष प्रचण्डप्रतिको बिश्वास तिब्र रुपमा घटिरहेको छ र उनीहरु कांग्रेस र एमालेभन्दा अलिकति पनि फरक नभएको धारणाले जरो गाड्दैछ। जमघट र कुराकानीहरुमा प्रचण्डप्रतिको अविश्वास भेटिन्छ जताततै। प्रचण्डले एउटा मौका पाईसकेका र उनको कार्यक्षमता र शैली देखिईसकेकोले फेरि उनलाईनै प्रधानमन्त्री बनाऊँदा उस्तै स्थिति दहोरिने चिन्ता छ सबैमा। यसैले अब पालो बाबुरामको हो भन्ने एउटा बलियो जनमत बनिसकेको छ नेपालमा। बाबुराम प्रधानमन्त्री होलान्-नहोलान् र भएभने पनि उनी सबैले आशा गरे अनुसारका 'सबैका' प्रधानमन्त्री बन्लान्-नबन्लान् त्यो कुरो भविष्यको गर्भमा छ तर जनताले उनीमाथि धेरै ठूलो भरोसा राखेका छन्। नीजि र दलगत स्वार्थभन्दा माथि उठेर काम गर्न सके भने आफूलाई 'नेता' हरुको भिडबाट माथि उठाएर 'राजनेता' बनाउने मौका दिँदैछन् जनता। जनमतको पृष्ठभूमि यस्तो हुँदा-हुँदै र कांग्रेस-एमालेले पनि स्विकार्ने संभावना पनि धेरै हुँदा-हुँदैपनि यो वा त्यो बहाना बनाएर उनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा नउभ्याउनु माओवादीको गल्ती र कमजोरी दुबै हो। प्रचण्ड आफैं उम्मेदवार हुनुमा उनको सत्तालोलुपता सबैभन्दा ठूलो कारण हो।  
यतिखेर प्रचण्डले देखाएको ब्यबहार विगतमा गिरिजाले देखाउने ब्यबहारभन्दा कत्ति पनि फरक छैन। गिरिजामा चरम सत्तालिप्सा थियो र उनी दल र सरकार दुबैको नेतृत्वमा आफूबाहेक अरुलाई कल्पना गर्न सक्दैनथे। प्रचण्ड अहिले त्यहि ब्यबहार देखाईरहेछन् र यो र त्यो बहाना बनाएर बाबुरामलाई छिर्के हानिरहेछन्। सरकार र दलको सम्बन्धालाई स्पष्ट रुपमा परिभाषित गर्ने हो भने फरक-फरक ब्यक्तिले यी दुईको नेतृत्व गर्दा सरकार र दल दुबैको संचालन झन् राम्रो हुन्छ। अर्कोतिर, प्रचण्डले अहिले कुर्सीलिप्सा नदेखाएको भए उनको राजनीतिक उचाई बढ्ने थियो, उनी फेरि लोकप्रिय हुनसक्थे र सत्ताबाहिरै बसेर पनि देशको राजनीतिलाई डो-याउन सक्थे।
मैले कतै पढेको थिएँ (लाओ-च वा च्वाङ् च को भनाई हुनुपर्छ यो) , "A good ruler rules without ruling." (असल शाशक शाशन नगरी शाशन गर्छ।) । चरम विरोधाभाषी लाग्ने यो भनाई एउटा गहन सत्य हो। एउटा असल शाशक त्यहि हो जो आफ्नो नैतिक बलको भरमा शाशन गर्न सक्छ। उसको उपस्थितिमात्रै पनि काफी हुनसक्छ। एउटा राजनेता त्यहि हो, जो सत्तामा भए पनि नभए पनि, आफ्नो वैचारिक क्षमता र नैतिक बलको आधारमा देशको राजनीतिलाई प्रभावित बनाउन सक्छ।
बाबुरामलाई राजनेता 'घोषणा' गर्न खोजेको होईन मैले, उनले देशका लागि धेरै काम गर्न बाँकीनै छ त्यसका लागि तर एउटा सामान्य तुलनामा पनि उनी प्रचण्डभन्दा प्रभावशाली लाग्छन्। सरकार त के दलमै नबसे पनि देशको राजनीतिमा तरंग ल्याउन सक्ने चिन्तन र वैचारिक/बौद्धिक क्षमता छ उनीसंग। यसैले होला उनीमा कुर्सीलिप्सा केहि कम छ र उनी ढुक्क देखिन्छन्। अर्कोतिर प्रचण्डको स्थिति ठिक उल्टो छ, अहिलेसम्म उनले कुनै स्पष्ट चिन्तन र वैचारिक क्षमता देखाउन सकेका छैनन्। उग्र कुरा गरेर कार्यकर्तालाई सन्काउन र नेतृत्व तहका आफ्ना प्रतिस्पर्धीहरुको अन्तरविरोधमा खेल्न उनी सिपालु छन् तर त्यतिकै भरमा सधैं राजनीति चल्दैन। वैचारिक क्षमता नभएको नेता पदबाट हट्नासाथ उसको प्रभाव शून्य हुनपुग्छ। हिजो नेपालको राजनीतिमा जति ढलीमली गरेपनि आज गिरिजा झण्डै गुमनाम भईसके, त्यहि स्थिति प्रचण्डको पनि हुनसक्छ। यहि डरले उनलाई आफैं प्रमको कुर्सी ताकिरहने र अरुलाई मौका नदिने बनाएको हुनसक्छ।
माओवादी विना महाधिवेशन दुई दशक चल्नु र नेतृत्व परीवर्तनको कुनै हावा नचल्नुको मानसिक/वैचारिक आधार पनि यहि हुनसक्छ।
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका पत्रकार रविन थपलियाको उपचारको सहयोगार्थ आयोजित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्यो,  गत साउन ३१  गते सोमबार। उक्त कार्यक्रममा रविन थपलियाजीको उपचारार्थ जापानमा संकलित रकमको औपचारिक हस्तान्तरण पनि गरियो।रविनजीसंग मेरो परिचय फेसबुकले गराएको हो। उहाँको उपचारका लागि र कृत्रिम खुट्टा जडानका लागि सहयोग गर्ने आह्वानका साथ फेसबुकमा चर्चा शुरु भएपछि जापानमा पनि हामीले कुराकानी र योजना शुरु ग-यौं। केहि समयपछिनै जापानमा रहेका नेपाली विद्यार्थीहरुको संगठन ‘नेपाली विद्यार्थी सामाज, जापान' (नेसाज) को नेतृत्वमा सहयोग संकलन शुरु गरियो। यसपटकको संकलन अभियान नागोया क्षेत्रमा केन्द्रित थियो, तर नागोया बाहिरका केहि महानुभावहरुले पनि खुल्ला मनले सहयोग पठाउनुभएको थियो। नेसाजको सकृय अभियानका कारण दुई हप्ताभन्दा छोटो समयमै पनि उल्लेखनीय रकम संकलन भयो। हामी नेपाल फर्कने बेला परेकोले त्यो रकम हस्तान्तरण गर्ने कामको जिम्मा पनि हामीलाईनै दिए साथीहरुले।रविनजीको उपचारको लागि धेरै देशमा रहेका नेपालीहरुले सहयोग संकलन जारी राखेका छन्। केहि ठाऊँको रकम उहाँले प्राप्त पनि गरीसक्नुभएको छ। सोमबारको कार्यक्रममा एनआरएन-आयरल्याण्डका प्रतिनिधिले आयरल्याण्डमा संकलित रकम पनि हस्तान्तरण गर्नुभएको थियो। देशभित्रैबाट पनि सहयोग संकलन भईरहेछ। उक्त कार्यक्रममै पनि थुप्रै संघ-संस्थाहरु र सहृदयी महानुभावहरुले सहयोगको घोषणा गर्नुभएको थियो।यो कार्यक्रमभन्दा पहिले रविनजीकै निवासमा दुई पटक भेटघाट र आत्मीय भलाकुसारी भएको थियो मेरो। उहाँले भोग्नुपरेको बिभत्स दुर्घटना, बीएण्डबी अस्पतालको लापर्वाही, क्षतिपूर्ति पाउनका लागि गर्नुपरेको संघर्ष र दोषीहरुमाथि कारवाही गर्न सम्बन्धित निकायहरुले देखाएको उदासीनता उहाँकै मुखबाट सुनें मैले। उहाँको कुरा सुनेपछि हाम्रो देशको स्थितिको भयावहताले मलाई एकचोटि फेरि कहाली लगायो। हाम्रो देश सिण्डिकेटहरु, अपराधीहरु र भ्रष्टाचारी कर्मचारी र नेताहरुको मिलमतोका कारण विकराल दण्डवीहिनताको स्थितिमा पुगेको छ। रविनजीको समग्र अनुभव हाम्रो देशमा जारी नियमहीनता र दण्डहीनताको एकदम स्पष्ट उदाहरण हो।करीब चौध महिना पहिले बालाजुमा घटित एक बिभत्स दुर्घटनामा पर्नुभएको थियो रविनजी। उहाँले चलाईरहनुभएको मोटरसाईकललाई गलत दिशाबाट आईरहेको ट्रकले ठक्कर दिएको थियो। सामान्य घाईतेमात्रै हुनुभएका उहाँलाई ट्रकचालकले ट्रक ब्याक गरेर मार्न खोजेको रहेछ, तर त्यहाँ उपश्थित जनसाधारणले उहाँलाई जोगाएका रहेछन्। दुर्घटनाका कारण उहाँको खुट्टामा चोट लागेको रहेछ। उक्त चोट गम्भिर भएपनि खुट्टै काट्नुपर्ने स्थितिको भने थिएन। उपचारार्थ बीएण्डबी अस्पतालमा भर्ना भएपछि अस्पतालको लापरवाहीका कारण चोटमा ईन्फेक्सन हुँदै र फैलिदैं जाँदा खुट्टा काट्नुपर्ने भएको रहेछ। आफ्ना समग्र भयावह अनुभवहरुलाई रविनजीले आफ्नो ब्लग "अग्निबाँण" मा रविनजीले विस्तृत रुपमा लेख्नुभएको छ।फर्कौं फेरि कार्यक्रमतिरै। कार्यक्रम निर्धारितभन्दा एक घण्टा ढिला शुरु भएको थियो। कार्यक्रमका सबै वक्ताहरुले छोटो र विषयको सीमाभित्रै रहेर बोलेका थिए। यहाँसम्म कि माओवादी नेता पोष्टबहादुर बोगटी र कांग्रेस नेता अर्जुन नरसिंह केसीसमेतले राजनीतिका कुरा गरेनन्। उनीहरुले रविनजीको उपचारार्थ आर्थिक र अन्य सहयोगको प्रतिबद्धता राखेर छोटो मन्तब्यमात्रै राखे। नेपालका कार्यक्रमहरुमा यस्तो विरलै देखिन्छ। यतिखेरका हरेक कार्यक्रमहरुमा, चाहे ती राजनीतिसंग सुदूर साईनोसम्म पनि नभएका किन नहुन्, देशको राजनीति र हुन नसकेको प्रधानमन्त्रीको निर्वाचनको बाढी पस्नु स्वाभाविक देखिन्छ। यो कार्यक्रमको एउटा सकारात्मक अनुभवको रुपमा लिएको छु मैले यसलाई।कार्यक्रममा नेसाजको प्रतिनिधित्व गर्दै नेसाजका पूर्व कार्यकारी सदस्य सोविता कोईरालाद्वारा जापानमा संकलित १११६०२ येन रकम रविनजीलाई हस्तान्तरण गरियो। नेसाजको पूर्व सदस्यको रुपमा सोविताजी र नेसाजको सल्लाहकारको रुपमा मैले छोटो मन्तब्यको अवसर पनि पाएका थियौं। टनाटन भरिएको हल र विशिष्ट ब्यक्तित्वहरुको माझमा नेसाजको चर्चा हुँदा यो कार्यक्रमका माध्यमबाट नेसाजले पनि एउटा राम्रो पहिचान बनायो भन्ने लागेको छ हामीलाई।औपचारिक कार्यक्रपछिको रमाईलो सांस्कृतिक कार्यक्रम भने आधा भन्दा बढी हेर्न भ्याईएन।रविनजीलाई सहयोग गर्न ईच्छुक हुनुहुन्छ भने तलको खातामा रकम जम्मा गरेर सहयोग गर्न सक्नुहुन्छ;गोर्खा विकास वैक,पुतलीसडकमा रहेको  रविन थपलिया नामको खाता नम्वर 03823 SAरविनजीसंग सम्पर्कको लागि;रविन प्रसाद थपलियामनमैजु ५, काठमाण्डौ,मोवाईल ९८४१६५९४९४rabin.thapaliya@gmail.com  
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[अर्को एउटा बढी सोधिईने प्रश्न हो, "यति लामो समय जापान बसेर आएपछि नेपालको धेरै कुरा एकदम फरक लाग्छ होला, सबैभन्दा बढीचाहिँ के फरक लाग्छ?" जापानजस्तो अति विकसित र नेपालजस्तो अति कम विकसित देशलाई दाँज्दा हजारौं भिन्नताहरु भेटिन्छन् भन्ने कुरामा प्रश्न सोध्ने महानुभावहरु सचेत हुनुहुन्छ, उहाँहरुको चासो तुरुन्तै देखिने, एक नजरमै अनुभव हुने कुराहरुको बारेमा हो।त्यस्ता प्रश्नहरुको जवाफमा एउटा लामो सूचिनै बन्नसक्छ। मलाई चिमोट्नेमध्येका एक-दुई कुराहरु राख्ने जमर्को गर्दैछु। छक्क पार्ने, निराश बनाउने अनुभवको शुरुवात हाम्रो एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेबाटै शुरु हुन्छ। विमानस्थल सानो-ठूलोको कुरो त्यति महत्वको कुरो होईन तर हाम्रो विमानस्थल फोहर, अब्यबश्थित र अँध्यारो छ। देशको एकमात्र आकाशे ढोकाका इमिग्रेशन लगायतका सबै भागहरुलाई राम्ररी उजिल्याए पहिलो पटक नेपाल पस्ने विदेशीले पनि नेपालको उज्यालै छवि मनमा राख्ने थिए। अहिले हाम्रो विमानस्थल र इमिग्रेशनले नेपाल पहिलो पटक पस्ने विदेशीलाई मलिन र चिसो छवि दिँदो हो नेपालको। इमिग्रेशनमा देश पस्नेहरुको पासपोर्ट-भिसा आदि जाँच गरीरहेका मान्छेहरु बाहेक अर्को एउटा समूह पनि देखिन्छ जहिले पनि। त्यो समूहको काम लाम लागेर उभिएका आगन्तुकहरुको अनुहार अर्थ न बर्थसंग क्वार्क्वार्ती हेरेर उभिईरहनु हो। तिनको अरु कुनै काम देखिँदैन, फेरि तिनमा न कुनै फुर्ति देखिन्छ, न कुनै उत्साह। हाम्रो देशको जासूसी संयन्त्रमा काम गर्ने मान्छेहरु हुन् भनौं भने जासूसी त्यसरी गरिन्न। उसैपनि हात्ती पनि भित्र-बाहिर गर्न सक्ने विमानस्थलको रुपमा कुख्याति कमाएको विमानस्थल छ हाम्रो। विमानस्थलको 'ओभरस्टाफिङ' को नमूना पात्रहरु हुन् ती। हाम्रो देशका सबै निकायहरुमा गाँजिएको छ यो 'ओभरस्टाफिङ' को रोग। वास्तवमा, हाम्रो देशको अहिलेको कर्मचारी संख्याको आधालाई हटाएपनि अझै चाहिनेभन्दा धेरै बाँकी रहन्छन्। थोरैमात्र पनि गतिलो सामान लिएर पसेका, विशेष गरी विदेशमा श्रम गरेर फर्किएका नेपाली दाजुभाई-दिदीबहिनीहरुले भोग्ने झञ्झट र मानसिक यातनाको कुरो छँदैछ। इमिग्रेशनबाट बाहिर निस्कनेबित्तिकै देखिने ट्याक्सीहरुको 'जुलुश' र तिनको तानतानले जो कोहि आगन्तुकलाई हैरान बनाऊँछ। दुनियाँको कुनै पनि विमान्स्थलको ट्याक्सी प्रणाली यति भद्रगोल छैन होला। यसलाई प्रणालीबद्ध देख्न पाउने कहिले होला हामीले?विमानस्थलबाट बाहिरिनेबित्तिकै देख्न थालिने फोहरको थुप्रो र दुर्गन्ध हाम्रो देशको, विशेष गरी हाम्रो राजधानी शहरको पहिचान बनिसकेको छ। हाम्रा शहरहरुको ध्वनि-प्रदूषण पनि सीमाहीन छ। सात वर्ष जापान बस्दा मैले गाडीको हर्नको आवाज सात पटक भन्दा बढी सुनिन होला। ब्यबश्थित ट्राफिक बत्ती प्रणाली  र त्यसलाई रिठ्टो नबिराई अनुशाशनपूर्वक पछ्याउने जापानी बानीका कारण हर्नको आवश्यकतानै नदेखिएको होला। बाबा नाम गरेका एकजना जापानीले हामीलाई ट्राफिक बत्तीमा बानी लगाउने कोशिश गरेका थिए केहि समय पहिला। ट्राफिक बत्तीको निर्देशनलाई नटेर्ने नेपालका केहि 'ठूलाबडा' लाई समेत समातेर तह लगाउने कोशिश गरेका थिए तिनले। के के भएर ती बाबा पनि फर्किए, अनि हाम्रा सडकहरुमा राखिएका ट्राफिक बत्तीलाई पनि हामी नेपालीले बिर्सियौं। तिनले सडक ओगटनुबाहेक अरु केहि योगदान दिन सकेका छैनन्। हाम्रो समाजको अनुशाशनहीनता झन्-झन् बढ्दैछ र अनुशाशनहीनता बढ्दै जाँदा ध्वनि-प्रदूषण र अरु प्रदूषणहरु बढ्नु स्वाभाविक हो।  यी एक-दुई कुराहरु त उदाहरणमात्रै हुन्। वास्तवमा हाम्रा सबैजसो समस्याका जगमा हाम्रो अनुशाशनहीनता उभिएको छ।स्वभावकै कुरा गर्दा, काम गर्ने कुरामा हामी नेपाली अल्छी छौं। कसैलाई चित्त नबुझ्न सक्छ यसो भन्दा तर सत्य यहि हो कि हामी नेपालीहरु-सबै तहका, सबै पेशाका- तुलनात्मक रुपमा कम काम गर्छौं। मेहेनत गरेर कमाउनेलाई मूर्ख भन्ने र भ्रष्टा्चार गरेर, ठगेर कमाउनेलाई बहादुर ठान्ने सामाजिक मान्यता छ हाम्रो। हाम्रो समाजमा श्रमको सम्मान हुने दिन अझै शुरु भईसकेका छैनन्।एक नजरमै झ्वाट्ट देखिने केहि कुराहरु भए यी। कति कुराहरुका बारेमा यति थोरै लेखेर नपुग्न सक्छ। केहि कुरामा मनमा पाकिसकेका छन्, ती ब्लगमा अर्लिने छन् बिस्तारै। आजलाई यत्तिनै।सबैको जय होस्!
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[धेरै पहिलानै हो, कुनै पोष्टरमा यस्तो लेखिएको देखेको थिएँ; "Home is a place where when you go there, nobody asks why you came." (घर भनेको त्यो ठाऊँ हो, जहाँ तिमी जाँदा कसैले पनि तँ किन आईस् भनेर सोध्दैन।)मलाई यो भनाई असाध्यै मन परेको थियो त्यतिबेला, अहिलेपनि मनपर्छ र एउटा स्पष्ट सत्योक्ति मान्छु म यसलाई। सवा सात वर्ष लामो प्रवासबाट नेपाल फर्केपछि सामना गरेका प्रश्नहरुका कारण भने यसको सत्यतामाथि कता-कता शंका लाग्न थालेको छ।नेपाल मेरो देश हो। मेरो देश भनेको मेरो घर हो। म घर फर्केको छु र यसैले मलाई मान्छेहरुले "तँ किन फर्किस्-" भनेर सोध्नुनपर्ने हो। तर नेपाल फर्कपछिका साढे तीन हप्तामा मैले सामना गरेका तीन चौथाई प्रश्नहरुको एउटै सार यहि हो। धेरै परिचितहरु म बढीमा दशैं-तिहार सम्मलाईमात्रै फर्केको होला भन्ने ठान्छन्, उनीहरु म सधैंका लागि फर्केको भन्ने स्वीकार्न तयार छैनन्। जसले मेरा कुरा पत्याएका छन् उनीहरु मलाई ‘मूर्ख', ‘महामूर्ख' भन्छन्।यस्ता प्रश्नहरुको सामना गर्न मानसिक रुपले आफूलाई एक हदसम्म तयार पारेको थिएँ मैले, किनभने म यो समयमा नेपाल फर्किन्छु भनेर मैले चार वर्ष पहिलानै तय गरीसकेको थिएँ। १४ वर्ष पहिला पहिलो प्रवासबाट यसैगरी फर्किँदानै यस्ता धेरै प्रश्नहरुको सामना गरीसकेको थिएँ। त्यतिखेरभन्दा यतिखेर स्थिति झन् बिग्रेको छ, देशबाट पलायन हुनेहरुको बाढी निरन्तर ठूलो हुँदै गईरहेको छ। यो स्थितिमा विदेशको सहज जिन्दगी छोडेर नेपालमा आउनेलाई धेरै मान्छेहरु "जानी-जानी आगोमा हाम्फाल्ने मूर्ख" भनिदिन्छन सहजै। नेपाली मानसिकता प्रवल रुपले त्यहि साँचोमा ढलीसकेको छ। चारवर्ष अगाडिबाटै केहि साथीहरु र आफन्तहरुलाई मैले आफू नेपाल फर्किने कुरामा दृढ भएको सुनाऊँदा उनीहरु सबैबाट म मूर्ख भनिन थालीसकेको थिएँ। सकेसम्म नफर्किने र फर्किहालेपनि अहिले होईन, १५-२० वर्ष "उतै" बसेर "प्रशस्त" कमाएपछि "रिटायर्ड लाईफ" मात्रै नेपालमा बिताउन आउने सल्लाह पाउन थालेको पनि त्यतिखेरबाटै, अझ विदेश पसेबाटै हो मैले।केहि मान्छेहरु भने ‘यसले बेस्करी कमाएर, सात पुस्तालाई पुग्ने पैसा लिएर फर्कियो होला।‘ भन्ने सोच्छन्। ठिकै छ, आफ्नो यथार्थ-आफ्नो पिडा आफैसंग छ, यस्ता कुरामा विवाद गरेर समय खेर फाल्नुहुँदैन भन्ने सोचेर यस्ता कुरा सुनेका बेला मौन बसिदिन्छु। अरु केहि साथीहरु, ‘देशको स्थिति अझै सप्रेको छैन, दुई वर्ष जति ढिला गरेर फर्किएको भए हुन्थ्यो' भनेर ‘चिन्ता' ब्यक्त गर्नुहुन्छ। तर अबको दुई वर्षमा देशको स्थति सप्रिन्छनै भन्ने के निश्चित छ? स्थिति अहिलेभन्दा अझ भयावह पनि हुनसक्छ। देशको स्थिति सप्रेपछिमात्रै फर्किने ‘अवसरवादी' बनेर कति वर्ष पर्खिने?र ईमान्दारिताका साथ भन्नुपर्दा मेरो देश फर्किने निर्णयलाई एकदमै मनपराउने र मलाई देशभित्रै बसेर देशका लागि केहि गर्ने प्रेरणा दिनेहरु पनि भेटेको छु मैले तर उनीहरुको संख्या ज्यादै थोरै छ।यसको दोष कसलाई दिने? आममानिसमा शान्त, सुरक्षित र सम्मानित नागरिकको रुपमा जीवन बाँच्ने चाहना प्रवल हुन्छ। मानिसहरुमा ‘राष्ट्रवाद' र आफ्नो समाजको माया पनि नहुने होईन तर जीवनका दैनिक समस्याहरुलेनै उम्किन नसक्ने गरी अँठ्याएको बेला यस्ता भावहरु ‘एब्स्ट्रयाक्ट' र अनावश्यक समेत मानिँदा रहेछन्। दशकौं-शदियौंदेखि गलत राजनीतिको शिकार बनेको हामी अभागी नेपालीको देश नेपाल हरतरहले खोक्रो बनीसकेको छ। विदेशीहरुले हामीलाई असफल राष्ट्रको सूचिमा राख्न थालीसके। हाम्रा आफ्नै आँखाले पनि हाम्रो देशको नाडीमा ‘सफल राष्ट्र'को कुनै लक्षण भेट्न सक्दैनन्। सुरक्षा, रोजगारी र सम्मान कुनै पनि नागरिकको नैसर्गिक अधिकार हो र आफ्नो देशमा त्यसको सम्भावना नदेखेपछि मान्छे, चरम मानसिक पिडा खपेरै भएपनि प्रवासिन, प्रवासमै आफ्नो पसीना पोख्न र उतै बिलाउन बाध्य र तयार हुन्छ।नेपाल फर्किनुका मेरा आफ्नै कारणहरु छन्।पहिलो, मलाई विदेशको जीवन मानसिक रुपले अत्यन्त कष्टकर लागीरह्यो सधैंभरी। नेपाललाई माया गर्ने मेरो संवेदनशील मननै मेरो ‘कमजोरी' हो। ‘नेपाल' भन्ने एउटा आदर्शको लागि बाँच्न र सकेसम्म ‘केहि' गर्न मलाई बाध्य बनाउने यहि संवेदनशीलतालाई लिएर धेरैले मलाई गिज्याऊछन् र उडाऊँछन्। अर्कोतिर, म विदेशी समाजमा बस्न तयारै भएपनि मेरो हैसियत त्यो समाजको तेश्रो-चौथो तहको नागरिक भन्दा कहिल्यै हुनेथिएन। आफू खाने-बस्ने र ‘धानिने' बाहेक मैले त्यो समाजको लागि केहि गर्न सक्ने पनि थिईँन। यसैले ‘जति बसेपनि म यो समाजको सबैभन्दा बाहीरी घेरोबाट कहिल्यै भित्र पस्न सक्ने होईन।‘ भन्ने भावनाले मेरो मनमा सधैं घर बनाईरह्यो। मलाई नेपाल फर्काउने पहिलो ‘मानसिक' ईन्धन यहि थियो।दोश्रो र उत्तिकै महत्वपूर्ण कारण हो, छोरीको पढाई। जापानको पढाई, कम्तिमा १२ कक्षासम्म निसन्देह एकदम उत्कृष्ट छ तर पढाईको माध्यम जापानी भाषा हो। जापानी शिक्षा प्रणालीमा अँग्रेजीको स्थिति अझै पनि सन्तोषजनक छैन। अहिलेको विश्वग्राममा जीवन बिताउनका लागि त्यो त्यति सहज तयारी होईन। झन् विशेष गरी हाम्रो जस्तो कमजोर र गरीब देशका मानिसका लागि त अँग्रेजी अत्यावश्यकनै छ। हुनत जापानमा अंग्रेजी माध्यममा पढाई हुने ‘ईण्टरनेशनल स्कूल' हरुपनि नभएका होईनन्, तर तिनलाई मेरो पेशागत जीवनको कमाईले आँट्न सक्ने होईन। अंग्रेजीमै पढाउनका लागि हो भने अमेरिका, क्यानाडा, बेलायत वा अष्ट्रेलिया पसेर उतै भासिए भईहाल्यो भन्ने सल्लाह पनि नपाईने होईन। यस्तो सल्लाह अहिलेको समयमा सबैभन्दा ‘तार्किक' मानिन्छ। तर मेरा लागि यो विकल्पलाई माथिको पहिलो कारणले काटिसकेको छ:)अरु जति तर्क-वितर्क जति गरेपनि, म हाम्री छोरीले कम्तिमा १२ कक्षासम्म नेपालमै पढोस् भन्ने चाहन्छु। बाल्यकाल बाहिरै बिताएका, विद्यालय शिक्षा बाहिरै पढेका युवाहरुलाई हेरेर, उनीहरुको मनोदशा बुझेर म पुगेको निष्कर्ष के हो भने कुनै पनि मान्छेले आफ्नो मूल (root) निर्माण गर्ने समय भनेको बाल्यकाल, किशोरकाल र तीसंग जोडिएर आउने विद्यालय शिक्षा हो। बाहिरी समाजमा विद्यालय जीवन बिताऊँदा त्यो मूलको निर्माण त्यति राम्रोसंग नहुन सक्छ। त्यसरी हुर्केको मान्छेमा, न विदेश- न नेपाल, कुनैपनि समाजसंग आफ्नोपनको भावना निर्माण नहुन सक्छ। भोलि उसले ‘मेरो पनि आफ्नै देश छ' भनेर फर्किने कुनै मानसिक आधार उसमा बिल्कुलै नबन्न सक्छ। मेरी छोरीले त्यो मनोदशा भोग्नु नपरोस् भन्ने प्रवल चाहना छ मेरो। मेरो लागि यो कारण, पहिलो कारणभन्दा पनि बलशाली भनेपनि हुन्छ।छोरी घरका अरुसंग छोडेर आफू बूढाबूढीभने विदेशै बसेपनि भईहाल्छ नि भन्ने सल्लाह पनि पाईन्छ यदाकदा, तर छोरी हुर्कने क्रमका हरेक चरणलाई नजिकबाट हेर्न र त्यसमा सकेसम्म धेरै सकारात्मक योगदान दिन चाहन्छु म।बाँकी जागिरे जीवनसंग जोडिएका केहि कुराहरु पनि छन्, तिनको आफ्नै महत्व छ, तर सबैभन्दा बलशाली भने पहिलो र दोश्रोनै हुन्।तीन हप्ताले मलाई केहि सिकाईसकेको छ अब। म मान्छे हेरेर उत्तर दिन थालेको छु। ‘नेपाल कति बस्छस् अब?' भनेर सोधिईएको बेला धेरैजसो मेरो उत्तर ‘बस्छु होला केहि समय।‘ जस्तो ‘अष्पष्ट' हुन्छ। आफ्नो मनको साँचो कुरो केहि आत्मीयहरुसंगैमात्रै खोलेको राम्रो। कि कसो:)
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[आफूले सुनेका/पढेका तर नभोगिएका परीवर्तनहरुसंग चिनजान गर्दैछु। सात वर्ष यसै पनि लामो समय हो, यो अवधिमा परीवर्तनको गति जतिसुकै मन्द हुने समाजमा पनि धेरै कुरा फेरिएको देखिन सक्छ। परीवर्तन भएका कति कुरा प्राकृतिक र स्वाभाविक हुन्छन्। धेरै चिनजानका ब्यक्तिहरुको निधन भईसकेको हुन्छ, धेरै नयाँ बच्चाहरु थपिईसकेका हुन्छन् समाजमा। आफू जाँदाका साना बच्चाहरु किशोर बनिसक्छन् र किशोरहरु बलिष्ट वयष्क बनिसकेका हुन्छन्। एउटा फरक परिवेश र स्थानमा बिताएपनि आफूले पनि यो अवधिमा बिताईएको उहि सात वर्ष हो, तर यो अवधिको परीवर्तनलाई प्रत्यक्ष देख्न नपाएको हुँदा कता-कता के-के अनौठो लाग्दो रहेछ। आफ्नो मनमा आफूले छोडेर जाँदाकै चित्र बाँकी हुँदो रहेछ र त्यहि चित्रका आधारमा सबै कुरा चिन्ने-खोज्ने निरर्थक चाहना पनि हुँदो रहेछ।हाम्रो देशका लागि यो कालखण्ड अझ विशेष रह्यो। यहि अवधिमा धेरै ठूला राजनीतिक परीवर्तनहरु भए।नयाँ परिवेशमा पुगेको आफ्नो समाज र देशसंग फेरि परिचय गाँस्ने क्रममा छु यतिखेर, अर्को शब्दमा अहिलेको ‘फेशनेवल' वाक्यांश ‘नयाँ नेपाल' संग चिनजान गर्दैछु। त्यो परिवेशमा आफ्नो ठाऊँ खोजिरहेछु र आफ्नो परिचय निर्माण गर्न खोजिरहेछु। भौतिक, मानसिक सबै हिसाबले एउटा संक्रमणबाट गुज्रिरहेछु।नेपालको जिन्दगी अप्ठेराहरुले भरिएको छ। अप्ठेराहरु हिजोपनि थिए, र आज अप्ठेराहरु नघटेका बरु झन् बढेको पाएँ मैले। वर्षौंको अस्थिर राजनीति र सीमाहीन मौलाएका भ्रष्टाचार, नीतिहीनता र दण्डहीनताका कारण देश झन्-झन् जर्जर हुँदै गईरहेको छ। केहि मान्छेहरु "कत्रा-कत्रा परीवर्तन भए---" भनेर घमण्डले खोक्छन् तर राजनीतिक परीवर्तन हुनुनै कुनै ठूलो कुरा होईन। राजनीतिक परीवर्तनसंगै प्रणालीबद्ध सामाजिक-आर्थिक विकास र समृद्धि जोडिएर आउन सक्यो भनेमात्रै त्यो राजनीतिक परीवर्तन गर्व गर्न लायक हुन्छ। यतिखेर, देशको राजनीतिक प्रणालीमा जति परीवर्तन भए पनि सत्तासंयन्त्रको काम गर्ने शैलीमा कुनै परीवर्तन देखिएको छैन। आफूलाई नयाँ भनाउने शक्तिहरु पनि पूरानै भ्रष्ट र असक्षम प्रणालीभित्रै आफ्नो भाग खोज्न र त्यसमै रमाउन अभ्यस्त हुन थालेका छन्। एउटा थोत्रो-बिग्रिएको गाडीमा चालक फेरिएजस्तै स्थिति छ अहिले। गाडी नयाँ नबनुञ्जेल थोत्रो-बिग्रिएको गाडीमा चालकमात्रै फेर्दैमा केहि हुनेवाला छैन।नेपाली जिन्दगीका अप्ठेराहरु भोग्ने बानी पार्दैछु। शुद्ध सफा पानीको अभाव र वर्षैभरिको लोडशेडिङ्ग यतिखेरको नेपाली जिन्दगीलाई परिभाषित गर्न सकिने सबैभन्दा सटीक प्रतीक हुन्। हिजोदेखि आजसम्म देश चलाउनेहरुमा अलिकति मात्रै पनि सृजनात्मकता, अलिकति मात्रै पनि संवेदनशीलता भईदिएको भए हामीले पूरै देशमा विद्युतीकरण गरीसकेका हुन्थ्यौं यतिखेरसम्म, तर त्यो हुन सकेन, र अझै केहि समय हुने छाँट देखिँदैन। जबसम्म हाम्रो राजनीति समाजका सबैभन्दा धूर्त र कपटी मान्छेहरुको बन्दी बनीरहन्छ, तबसम्म यो अन्धकार हामीले भोगिरहने छौं।यो पाली वर्षामा पनि दिनको दुई घण्टा लोडशेडिङ्ग कायमै छ। वर्षामै दुई घण्टा भएपछि हिऊँद लागेपछि स्थिति भयावह हुने निश्चित छ। यहाँ मान्छेहरुको मनमा अठाह्र घण्टे लोडशेडिङ्गको स्मृति आलै छ। यो पालि त्यति वा त्यो भन्दा पनि बढी हुने पक्काजस्तै छ। केहि समय पहिला कालीगण्डकीमा समस्या आउँदा एक हप्ताजति दैनिक आठ घण्टे लोडशेडिङ्ग खपियो। त्यसलाई मैले भावी ‘अठाह्र घण्टे' खप्ने अभ्यासका रुपमा लिएको छु:) फेरि अहिलेको दैनिक दुई घण्टे पनि तालिकाबद्ध छैन। त्यो दुई घण्टा बाहेक पनि बत्ती कतिखेर जाने र कतिखेर आउने ठेगान हुँदैन। यसैले जिन्दगी तालिकामा चलाउन गाह्रो छ।पहिला यहि कुराले त्यति घोच्दैनथ्यो होला, किनभने जिन्दगीको एउटा महत्वपूर्ण भागको रुपमा ईण्टरनेटको उपस्थिति थिएन। अहिले हेर्दा, जिन्दगीका महत्वपूर्ण सम्वादहरु, सम्पर्कहरु सबै ईण्टरनेट आश्रित भईसकेछन्। विशेष गरी पेशागत जीवनका लागि आवश्यक सम्पर्क र सम्वादका लागि अरु माध्यमहरुको प्रचलन लगभग पूरै घटीसकेको छ। फोन एउटा विकल्प हुनसक्छ यदाकदा तर यसका आफ्नै सीमा छन् र यो खर्चिलो पनि हुनसक्छ।हाम्रो ‘संक्रमण'काल यसरी चल्दैछ भने आर्याको पनि आफ्नै संक्रमणकाल चल्दैछ। हामीभन्दा धेरै निश्चिन्त बाल-मनोदशामा बाँचीरहेकाले ऊ खुशीनै छे। शुरुवाती दिनका भाषिक समस्यामाथि बिस्तारै विजय पाउन थालेकी छे उसले, नेपाली राम्रैसंग बोल्ने भईसकी। उसको भाषिक संक्रमणकालको यतिखेरको चरण अनौठो देखिन्छ; उसले नेपाली बोलेको जापानीले नेपाली बोलेको जस्तो लाग्छ भने उसले जापानी बोलेको नेपालीले जापानी बोलेको जस्तो लाग्छ:) ध्वनिगत रुपमा उसको उच्चारण यतिखेर नेपाली र जापानीको ठीक मध्यमा छ। हामी दुईले घरमा कहिलेकाहीँ मात्रै भएपनि ऊसंग जापानी बोलेर उसको जापानी क्षमतालाई बिग्रने नदिने कोशिश गरेको हो, तर त्यो सम्भव हुने छाँट देखिन्न। स्कूल पनि जान थालीसकेकी छे, साथी धेरै बनाएपछि उसले तिब्र गतिमा जापानी बिर्सने निश्चित छ अब।यतिखेर तीजको आगमन नजिकिएको छ र केहि नेपाली टिभी च्यानेलहरुमा तीजका गीत जतिखेरपनि बजिरहेका हुन्छन्। ती गीत हेर्दै नक्कल गरेर नाच्नु उसलाई सबैभन्दा मनपर्ने काम हो यतिखेर। आमाको कुर्थाको शललाई सारी मानेर जीऊमा बेर्न पनि सिपालु भईसकेकी छे ऊ।लोडशेडिङ्ग उसका लागि भने रमाईलो कुरो भएको छ। बत्ती जाँदा "बत्ती गयो--!" भनेर कराउनु र आऊँदा "बत्ती आयो--!" भनेर रमाउनु उसको दिनचर्याका प्रिय गतिबिधिहरुमध्येका बनेका छन्। साँझमा बत्ती जाँदा जम्मा हुने भिडमा हिँड्न उसलाई खुब रमाईलो लाग्छ। सडकमा जताततै देखिने फोहरसंग भने अझै अभ्यस्त हुन सकेकी छैन ऊ। बाहिर निस्कँदा "कुसाई! कुसाई!" (गन्हायो! गन्हायो!) भनेर नाक छोपिरहन्छे। त्यसैगरी गाडीका हर्नको आवाजलाई सहने बानी पनि अझै लागिसकेको छैन।हाम्रा सडकहरुमा देखिने छाडा कुकुरहरु र गाईहरु देखेर भने ऊ खुब खुशी हुन्छे। "ऊ कुकुर!" वा "गाई आयो!" भनेर दंग पर्छे ऊ सडकमा तीनलाई देख्दा।हाम्रो ‘संक्रमण'काल लोडशेडिङ्ग र छाडा सडकले दु:खी छ, उसको संक्रमणकाल यिनैले गर्दा खुशी छ। बच्चा हुन पाउनुपनि गज्जबकै कुरो हो:)  
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[यस पटक ब्लगले एउटा 'रेकर्ड' तोड्यो:) आज आठौं दिनमा आएर बल्ल नयाँ केहि टाँस्ने जमर्को गर्दैछु। त्यो पनि हालसालै लेखेको नयाँ नभएर, धेरै पूराना। जापान बसाईका शुरुवाती दिनहरुमा लेखिएका टुक्रा हुन् यी, नियममा नबसी लेखिएका 'सेन्र्यु'हरु।"गरिबीको आनन्द"सस्तो कोठालेपूर्ण भएको छ मेरोलाम्खुट्टे मार्ने कला ।"बतास"तन छुँदाछुँदैमन पनि धोईसकेछक्या मिठो वतास!ब्लगमा कतै दोहोरिईसकेका रहेछन् यी टुक्राहरु भने माफ पाऊँ।
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA["गुँड" सर्दा-सर्दै यतिखेर म एउटा क्याम्पसको शिक्षक-कर्मचारी आवास  क्षेत्रको एउटा घरमा आईपुगेको छु। जापान जानुअघि पनि यहिँ बस्थें, घर भने  फरक परेको छ।कुनै शुक्रवार  साँझबाट यो गुँडमा पोका-पन्तरा सार्ने योजना थियो र त्यसै दिन बिहानबाट  सरसफाई थालियो। चालीसको दशकको शुरुतिर बनेपछि सबै आवासगृहहरुमा कुनै गतिलो  मर्मत-सम्भार गरिएको छैन। यसैले धेरैजसो आवास-गृहहरुको हालत ठीक छैन। पानी  चुहिने, भित्ता चर्किने, ड्रेन बिग्रेका, अधिकाँश बत्तीहरु नबल्ने आदि  समस्याहरु छन् धेरैमा। सरकारी सम्पत्तिको कत्ति पनि माया नगर्ने नेपाली  बानीका कारण धेरैजसो फर्निचरहरु पनि बिग्रिसकेका छन्।, दुई दशकभन्दा बढी  प्रयोग गरेपछि धेरै कुरा पुराना हुनु, बिग्रिनु स्वाभाविक हो तर  लापर्वाहीपूर्ण प्रयोगका कारण बिग्रिनै नपर्ने कुराहरुको पनि अवश्था ठीक  छैन धेरै आवासहरुमा। भन्न पनि लाज लाग्छ, कतिपयले छोडेर  जाने बेला आवासगृहका सामानहरु बोकेर हिँडेका घटना पनि भेटिन्छन्।सौभाग्यवश यो आवासगृह  भने तुलनात्मक रुपमा राम्रोसंग स्याहार-सम्भार गरिएको भेटियो। यो घरमा  पहिला बस्नुहुनेहरुसंग राम्रो परिचय छ हाम्रो। यहि घरमा लगभग बीस वर्ष  बस्यो होला उहाँहरुको परिवार। उहाँहरुको स्वभावको आधारमा आफू निराश  हुनुनपर्ने कुरामा म ढुक्क थिएँ, हुनुपरेन पनि। उहाँहरुले नफ्याँकी  हिँडनुभएका पूराना किताब, पत्रिका र जुत्ताहरुका थुप्रा भने ठूलै थिए। एक  वर्षदेखि लगभग खालीजस्तै रहेकाले फोहर, माकुराका जाला, धूलो आदि पनि  प्रशस्त जम्मा भईसकेको रहेछ।माथिल्लो कोठा सफा गर्ने क्रममा  किताब-याकका फोहर पन्छाऊँदा त्यहाँबाट एउटा मूसो निक्लेर खुर्र दौडियो र  तलतिर लाग्यो। पहिलाको आवासमा पनि मूसाहरुले दु:ख दिएका थिए, यहाँपनि दु:ख  पाईने भयो भन्ने लाग्यो।नभन्दै साँझबाटै मूसाहरुको ‘खेलकूद' शुरु  भयो। एक वर्ष देखिको आफ्नो एकछत्र राजमा ‘अतिक्रमणकारी'हरु पसेकाले उनीहरु  धेरै रिसाएका पनि होलान्:) रातभरि मूसाहरुले भाँडाकुँडा बजाए, लडाए र पस्न  सकेजति ठाऊँमा उनीहरुले आफ्ना लिँड उपहार पनि छोडेर गए। ‘भोलि नबिर्सिकन  मूसाको विष वा खोर किनेर ल्याउने' घर सल्लाह भयो।तर बिर्सियो। नयाँ  गुडँमा ब्यबश्थित हुन धेरै किनमेल गरियो तर धेरै दिनसम्म त्यहि मूसाको  औषधि किन्न भने बिर्सिरहियो र रातभरि मूसाहरुको ‘खेलकूद' र ‘कन्सर्ट' बाट  ‘आनन्द' पाउने क्रम जारी रह्यो।मूसाहरु धेरै भएको स्पष्ट थियो तर  सधैं बाहिर देखिने उनीहरुको प्रवक्ताजस्तो एउटा ठूलो मूसो थियो। यो माऊ  मूसो पनि हुनसक्छ। एकदम निडर लाग्थ्यो यो मूसो। टक्क रोकिएर हामीतिर  हेर्थ्यो र नडराई हामीसंग आँखा जुधाऊँथ्यो यो मूसो। यसरी टाउको ठड्याएर  चुनौतीका साथ हामीलाई आँखा तर्ने मूसो गणेशको वाहन नभएर गणेशका बाकै बाहन  हुनुपर्ने, कसरी मूसो भएर जन्मिएछ बजिया! धरोधर्म! यो मूसोलाई देख्दा मलाई  जहिलेपनि गजधुम्म बाटो छेकेर बसीरहेको साँढे देखेजस्तो लाग्थ्यो।मूसाको  विष किन्न लगातार बिर्सिरहेपनि सुत्नुअगाडि खानेकुराहरु मूसाले नभेट्नेगरी  राख्न भने बिर्सिने कुरा भएन। साथै महत्वपूर्ण किताबहरु, लुगाहरु आदि पनि  जोगाउने मेसो गरियो।  सुत्ने कोठाको ढोका राम्ररी ढप्काए मूसा पस्न नसक्ने  रहेछ। बैठक कोठा र भान्छाका ढोकाहरु ढप्काएपछि पनि मूसाहरुको आवतजावत  रोकिने रहेछ। तर मूसाहरुको एउटा गुँड भान्छाको ठूलो -याकको पछाडि भएको  कुरामा कुनै शंका थिएन। त्यो -याकको पछिल्तिर फोहर राम्रैसंग जम्मा भएको छ,  त्यता सरसफाई गर्ने साईत अझै जुरेको छैन। त्यो -याक ‘एकदमै गह्रौं' भएको  निहुँ पारेर आलटाल गरिराखिएको छ अहिलेसम्म। ढोकाहरु सबै राम्रोसंग बन्द  गर्दा बढीमा बाहिरका मूसा बहिरै र भित्रका मूसा भित्रै हुने थिए होलान्।दोश्रो  तल्लाको सानो चाहिँ कोठामा बसेर केहि गर्दै थिएँ एक साँझ, ढोका खुल्लै  थियो। अलिअलि स-याकसुरुकको आवाज आयो र पछाडि हेरेको, चुनौतीका साथ आँखा  जुधाउन उपश्थित थियो उहि ‘साँढे' मूसो! यो मूसो तल-देखि माथि पूरै घर  चहार्दो रहेछ।हामीले ढोकाहरु सबै राम्ररी बन्द गरेर सुतेपछि  मूसाहरुलाई साह्रै रिस उठेछ कि क्या हो, ढोकामै ‘नारा लगाउन' र ‘तोडफोड  गर्न' थाले। राति मूसाले ढोका अगाडि केहि चिज कुटुकुटु काटेर निदाउन दिएन।  ढोका खोलेर हेर्दा मूसो खुरुर्र भागिसक्थ्यो र देखिन्थ्यो मूसाले गरेको  तोडफोडको नतीजाको रुपमा काठका साना-मसिना टुक्राहरु। आवासका ढोकाहरुमा  काठमाथि एकपत्र पातलो प्लाई (?) टाँसिएको रहेछ र पूरानो हुँदै गएपछि त्यो  प्लाई कतै-कतै उप्किन थालेको रहेछ। त्यहि प्लाई काटेर बस्दो रहेछ मूसो  रातभरि। कुटुकुटु आवाजले असैह्य भएपछि ढोका खोल्ने र मूसो लखेट्ने क्रम  जारी रह्यो केहि रात।कोठामा सरेको पाँच दिनपछि बल्ल आईपुग्यो  मूसाको विष। त्यो विष खाएपछि मूसो घर बाहिर गएर मर्छ भनेर लेखिएको थियो  संगैको कागतमा। झट्ट हेर्दा साबुनजस्तो देखिने विषादि आठ टुक्रा पारेर  प्रयोग गर्ने निर्देशन पनि लेखिएको थियो। ती टुक्राहरुलाई भान्छा,  ढोकाहरुका अगाडि, भ-याङ्गमुनि आदि गरेर छरेर अलिक ढुक्कको सास फेरेर  सुतियो।राती मूसाहरुको ‘गतिबिधि'मा खासै कमी भने आएन। भोलपल्ट  बिहान हेर्दा विषादिका सबै टुक्राहरु गायब भैसकेका थिए र ठाऊँ-ठाऊँमा  मूसाका हरिया लिँडहरु देखिए, विषादि खाएपछिको असर होला शायद हरियो लिँड।त्यो दिनबाट ‘साँढे' मूसो देखिन छाड्यो।‘साँढे'  नदेखिएपनि मूसाहरुको जुलुश भने ठूलै बाँकी रहेजस्तो लाग्यो। ढोका काट्ने  काम अब तल्लो तल्लामा मात्रै बाँकी रह्यो। भ-याङ्ग चढेर माथिल्लो तल्लासम्म  आउने ‘आँट' शायद ‘साँढे' मूसोमा मात्रै थियो:)त्यो -याकको प्रयोग  नगरिएको एउटा घर्रा सफा गर्दा अर्को मूसो निक्लियो र बैठक कोठातिर पुगेर  बिलायो। यो मूसो धेरै पटक बैठक कोठातिर बिलाएकोले मूसा भित्र-बाहिर गर्ने  प्वाल होला त्यो कोठामा कतै भनेर धेरै खोजियो तर पत्तो लागेन।अर्को एक पोको औषधि पनि भित्रियो घरमा।यो  दोश्रो पोकोलाई टुक्र्याएर छरेको भोलिपल्ट दिऊँसो एउटा सानो मूसो भान्छाको  -याकसंगैको झ्यालमा ऊँघेर बसिरहेको थियो। विषको असर हुनसक्छ। त्यति शक्ति  नभएको देखेर उसलाई बढार्ने र डष्ट कलेक्टरमा हालेर बाहिर फ्याँक्ने विचारमा  पुगें म। केहि घण्टामा त्यो मूसो बाहिरै मर्ने थियो। तर मैले उसको नजिक  कूचो लानासाथ मूसो ज-याकजुरुक उठेर टाप कस्यो र -याकमुनि पुग्यो।त्यो  साँझ लोडशेडिङ्ग थियो र म घरमा एक्लै थिएँ। त्यो ‘बिरामी' मूसोलाई निकाल्न  र लखेट्न मैले धेरै कोशिश गरें। धेरै बेरसम्म -याकमुनि रड घुमाईरहें, तर  मूसो निक्लेन।भ-याङ्गमुनि ध्यान दिएर हेरेको, मूसाले प्वाल बनाएको  रहेछ। केहि दिनअघि भ-याङ्गमुनि त्यस्तरी युद्धस्तरमा सफा गर्दा पनि यो  देखिएनछ। भ-याङ्गमुनि सधैं अँध्यारो हुने, त्यसैले होला। अहिले बत्ती  नहुँदा ईमर्जेन्सी लाईट बोकेर त्यता गईएछ र प्वाल देखियो। मूसाहरु बैठक  कोठामा होईन, यतै आएर बिलाउँदा रहेछन्।भ-याङ्गमुनिको प्वाललाई  ईँट्टाका टुक्राहरुले टालटुल पार्ने कोशिश गरें मैले र फेरि भान्छातिर  फर्किएँ। भान्छाको एक छेऊमा ‘बिरामी' मूसो अल्मलिईरहेको थियो। पछाडिबाट  सुटुक्क गएर एउटा मोटो लठ्ठीले जोडले थिचें एकछिन्। आर्तनाद गरिरहेको  मूसोलाई त्यहि लठ्ठीले घिसार्दै ढोकासम्म लगें र हुच्चिएर बारीतिर  हुर्र्याईदिएँ। पानी परीरहेको थियो, केहि बेरमै म-यो होला त्यो मूसो।दोश्रो  पोको औषधिका आठ टुक्रा मध्ये दुई टुक्रा त्यतिकै बाँकी रहेछन्। त्यो रात र  भोलिपल्ट बिहानसम्म तलको कोठाको ढोका काटेको आवाज सुनिँदै थियो, त्यसपछि  सुनिएन। विषादिका बाँकी दुई टुक्राहरु पनि देखिएनन् त्यसको एक रातपछि।त्यसपछिका  चार दिन घर बसिएन। फर्किएर आऊँदा पूरै घर डुङ्डुङ्ती गन्हाईरहेको थियो।  तीनवटा मूसा मरेर कुहिन थालिसकेका रहेछन्। दुईटा ट्वाईलेटमा थिए र एउटा  भान्छासंगैको स्टोरमा थियो। विषादिमा लेखिएको सही हो भने ‘मर्न' का लागि  खुल्ला ठाऊँ खोज्दा-खोज्दै त्यहाँ पुगेका होलान्, बाहिर निस्कने बाटो  भेटेनन् होला। तीनलाई फालेपछि गन्हाउन छोड्यो।यतिखेर भने मूसाले  दु:ख दिएका छैनन् तर एक हप्ताको मूसा आतंकले छोडेको प्रभाव भने ज्यूँदै छ।  कतै केहि स-याकसुरुक गरेजस्तो लाग्यो कि मूसा आयो भनेर उठ्न र बत्ती बाल्न  छोडेको छैन:)   
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[तस्बिर साभार: नागरिक दैनिकहिजो कुशेऔँशीका दिन, पिताको मुख हेर्न भनेर हिँडेको म,  नौ घण्टाभन्दा बढी जाममा परेर मध्यरातमा घर पुगें। नागढुंगाको नजिकै कतै गएको पहिरोले सिर्जेको जाम थियो त्यो।बसका अरु सबै पनि मजस्तै पिताको मुख हेर्न हिँडेका थिए; धेरैजसो बच्चासहितका महिलाहरु थिए। कोहि लिन आउला-नआउला, आएन भने के गर्ने- एउटा अन्यौल र त्रासको भाव थियो बसभरि। काठमाण्डौं छोड्न लाम लागेका र पस्न लाम लागेका दुबैतिरका गरेर हजारौंको संख्यामा थिए होलान् गाडीहरु, तिनमा सवारहरुको संख्या लाखौंमा पुग्यो होला सजिलै। रात छिप्पिँदै जाँदा त्यो अन्यौल र त्रासको भाव यसरी लाखौं मनहरुमा सघन हुँदै थियो।पहिरो छऊञ्जेल त रोकियो-रोकियो, पहिरो पन्छाएर बिस्तारै चलमलाउन थालेको सडकलाई फेरि थला पार्दिँदा रहेछन्, बीच-बीचमा ओभरटेक गर्ने र गलत दिशाबाट भएपनि आफू पहिला जान खोज्ने उपबुज्रुक चालकहरु। यस्ता खालका मान्छेको ताईँ न तुईँको अहंकार र अधैर्य मानसिकताका कारण अरु धेरैले अनाहकमा दु:ख पाउनुपर्छ। हिजोको जामको कम्तिमा चौथाई समय त यस्तै काईते भातमारा चालकहरुका कारण सिर्जिएको हुनुपर्छ।पहिरो पन्छिसकेर र माथि उल्लेख गरिएका नियम मिचुवाहरुलाई ट्राफिक प्रहरीले सही दिशामा सोझ्याइसकेर गाडीको लस्कर चल्मलाउन थालेको केहि छिनमा फेरि रोकियो। अर्को पहिरो खस्यो कि कतै भनेर शंका गर्दै थिए सबै, होईन रहेछ; उकालो चढ्दै गरेको कुनै गाडीको तेल सकिएछ र ऊ सबैलाई अलपत्र पारेर बाटैमा लम्पसार परेछ। ४५ मिनेटजतिपछि गाडी-गँड्यौला फेरि चलमलायो, तेलको ब्यबश्था भयो होला शायद। हिजो त तेलमात्रै सकिएछ, कहिलेकाहीँ यस्तै बेलामा गाडीनै बिग्रिदिन्छन् र बाटैमा लम्पसार पर्दिन्छन् एक-दुई दिन।मैले भोगेको यो नौ घण्टे जाम अरु कतिपय जामको दाँजोमा अझ छोटो हो। यो भन्दा धेरै लामो जाममा फँसेका रामकहानी धेरै सुनेको छु, धेरै साथीहरुबाट। हाम्रो जस्तो भौगोलिक बनावटमा पहिरो जानु स्वाभाविक हो। यस्ता पहिराहरु र जामहरु हरेक वर्षायामका हाम्रा साथी बनिसकेका छन, देशका सबै भेगका लागि।  नीच राजनीतिक स्वार्थले जन्माउने जामहरुको अर्को अध्याय भने वर्षैभरि चलिरहन्छ। हामी यस्ता जाममा फँसी-फँसी 'अभ्यस्त' भईसकेका छौं।पहिरो जानु स्वाभाविक हो तर एउटा पहिरोले देशको गतिलाईनै ठप्प पार्नु बिल्कुलै स्वाभाविक होईन। वर्षौं यसरी पहिरोका कारण सिर्जिएका जामलगायतका समस्या र जनधनको अपार क्षति देख्दा-देख्दै, अनुभव गर्दा-गर्दै पनि हामीले अझै यसको दिगो समाधान भेट्न नसक्नु झन् स्वाभाविक होईन।पहिरोलाई द्रुत गतिमा पन्छाउन सक्नेगरी तयारी अवश्थामा रहनु जति आवश्यक छ, सडकनजिक पहिरो जानै नसक्ने गरी बेलैमा रोकथामका बिभिन्न उपाय अपनाउनु अझ आवश्यक छ। हामीसंग त्यसका लागि आवश्यक दक्ष जनशक्तिको अभाव छैन, सडक यातायातको लामो अनुभव सँगालिसकेको छ देशले। मितब्ययितापूर्वक सदुपयोग गर्ने हो भने स्रोत-साधनको पनि खासै अभाव हुने छैन।समस्या समाधानको अर्को पाटो भनेको वैकल्पिक सडकहरुको निर्माण हो। सकिन्छ भने हरेक प्रमुख मार्गसंग समानान्तर हुनेगरी अर्को एक वा दुई मार्ग निर्माण गरिनुपर्छ। सामान्य अवश्थामा ती मध्ये एउटा हल्का सवारी साधनहरुका लागि र अर्को ट्रकजस्ता भारी सवारी साधनहरुका लागि तोक्न सकिन्छ। यसले सडकमाथिको अहिलेको अनियन्त्रित चापलाई कम गरेर सडकको आयु बढाऊँछ र पहिरोजस्ता प्रकोपका बेला विकल्प उपलब्ध हुन्छ। सडकको पूरै लम्बाईमा नसके केहि निश्चित संवेदनशील खण्डहरुमा मात्रै पनि त्यो ब्यबश्था गर्न सके पनि धेरै सुविधा हुन्छ।सात साललाई हामीले नेपाल आधुनिक युगमा पदार्पण गरेको प्रस्थान बिन्दू मानेका छौं। त्यस यता सडकका नाममा देशको पैसाको ठूलो खोलो बगाईसकिएको छ। ४६ सालपछिकै कुरा गर्दा पनि लगानी धेरै लागिसकेको छ। लगानीको अनुपातमा काम हुन सकको भए शायद देशभरि सुविधायुक्त सडक-संजाल बनिसक्नेथियो। तर हाम्रो दुर्भाग्य, सडक-निर्माण हाम्रो देशका नेता, प्रशाशक र प्राविधिकहरुको एउटा सिण्डिकेटको 'दुहुनो गाई' बनेको छ। सडक निर्माणको पक्ष हाम्रो देशमा सबैभन्दा धेरे भ्रष्टाचार हुनेमध्येको एक हो। यसैले हामी यस्ता जाम खपिरहन विवश छौं।हिजोको जाममै मैले सुनेको ठट्यौलीको भाषामा भन्दा हामी यस्तै 'जाम'संग मनको 'पाउरोटी' खाईरहन विवश छौं:)देशमा भईरहने यस्ता जामहरु, तिनमा फँस्ने लाखौंको संख्यामा रहेका सर्वसाधारणले भोग्नुपर्ने शारीरिक-मानसिक कष्ट र जामका कारण खेर गएको देशको  कार्यक्षमता र समय बुझ्न सक्ने संवेदनशील राज्ययन्त्र हामीसंग कहिल्यै भएन। प्लेन र हेलिकप्टर चढ्न सक्ने भएपछि हिजो आफूलाई हिँडाउने सडकलाई सजिलै चटक्क बिर्सिदिने कृतघ्न छन् हाम्रा नेताहरु, नीति-निर्माताहरु र प्रशाशकहरु। धिक्कार छ तिनको संवेदनाहीन मनलाई!र धिक्कार छ यस्ता संवेदनाहीन नेताहरु र प्रशाशकहरु जन्माउने र तिनलाई टाउकोमा चढाउने हामी नेपाली जनतालाई!
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[हिजो 'आरोहण गुरुकुल' मा 'सुइना कर्णालीका' भन्ने नाटक हेरेँ|
र, मुटुभरि विषाद, आँखाभरि आँसु र मनमा एउटा संकल्प लिएर फर्किएँ|
मैले नाटक साह्रै कम हेरेको छु| हामी सानो छँदा सम्म गाउँमा नाटक देखाउने चलन थियो यदाकदा| एउटा हातका औंला भाँच्न भ्याउने गरी हेरियो होला यस्ता नाटकहरु, आफ्नै गाउँ र वारीपारी गरेर| गाउँका युवाहरुको स्वत:स्फूर्त उत्साह र लगनका परिणाम हुन्थे ती र तिनले प्राय:जसो कि वर्गीय विभेद र सामाजिक द्वन्द्वका कथा बुनेका हुन्थे कि बैंशालु प्रेमका कुरा बोकेका हुन्थे| काठमान्डौको पश्चिमी भेगको काँठ हाम्रो गाउँमा वामपन्थी राजनीति खासै पसेको थिएन, यसैले नाटकमा राजनीति कमै हुन्थ्यो| कलाकारिताका हिसाबले यस्ता नाटकको स्तरलाई उँचो भन्न सकिने कुनै आधार भने भेटिन्नथ्यो; कथा, सम्वाद, प्रस्तुति, अभिनय सबै काँचो-अधकल्चो हुन्थे, तर तिनले गाउँको स्थानीय संस्कृतिक जीवनमा अलिकति भएपनि ज्यान थपेका थिए| २०४४-४५ तिर गाउँमा टिभी 'पसेपछि' नाटकका यस्ता स्थानीय उत्पादन पनि बन्द भए|
साहित्य पढ्ने रुचि भएपनि मलाई नाटक पढ्ने बानी भने लागेन| पढ्ने हिसाबले नाटक जहिलेपनि निरसनै लागे| 
काठमाडौंमा प्रज्ञा भवन, संस्कृतिक संस्थान वा सभागृहमा नाटकहरु चलिरहेका हुन्थे, तर धेरै हेर्ने मेसो मिलेन|  नाटक प्रदर्शन धेरैजसो साँझमा हुने र साँझ छिप्पिएपछि काँठको आफ्नो गूँडतिर फर्कन बस नभेटिने-दुई कुराको संयोगले गर्दा नाटक धेरै हेरिएन| एउटा हातका औंलालाई नपुग्ने रहेछन् मैले यी ठाउँमा हेरेका नाटकहरु| ६ कि ७ मा पढ्दा विद्यालयले प्रज्ञा भवन लगेको थियो 'मालती मंगले' देखाउन| त्यसको केहि समयपछि 'आऊ बसौं पियारी मिर्मिरे झ्यालैमा' भन्ने हास्य-नाटक हेरेको थिएँ| आई. एस्सी. पढ्दा ताका एउटा फ्रेन्च नाटकको नेपाली अनुवाद मंचन 'स्कापांको दाउपेच' हेरेको थिएँ| मैले हेरेका नाटकहरु कुल यत्तिनै होलान्| 
यो हिसाबले, 'सुइना कर्णालीका' (सपना कर्णालीका) मैले हेरेको चौथो नाटक हुनपुग्यो| र मेरो पहिलो गुरुकुल अनुभव पनि यहि बन्यो|
यो कथा (यो यथार्थ) कर्णालीको हो| नाटकका दुई पक्ष छन्- विपना (यथार्थ) पक्ष र सपना पक्ष| विपना पक्षले  कर्णालीको आजलाई देखाएको छ, कहालीलाग्दो गरिबी, चरम जातीय विभेद र कठोर श्रमले भरिएको दु:खी जिन्दगीलाई देखाएको छ| यो त्यहि कर्णालीको कथा हो, जो मेरा लागि अहिलेसम्म यदाकदा कुनै पत्रिकाको पानाभन्दा बढी बन्न सकेको थिएन, मेरो चियापसले बुद्धिविलासभन्दा बढी बन्न सकेको थिएन| गुरुकुलको रिमाल नाट्यघरमा 'सुइना कर्णालीका' हेरेपछि मलाई अब कर्णाली आफ्नै लाग्न थालेको छ, मुटुको नजिक लाग्न थालेको छ| हिजो कर्णालीको पीडा मेरो मुटुमा पस्यो र अब यसले मलाई जीवनभरी चिमोटिरहनेछ| पूरै नाटक टिलपिल आँखाहरु लिएर हेरेँ मैले|
नाटकको  सपनाखण्डमा आफ्ना अपार प्राकृतिक र मानवीय सम्पदाको प्रयोग गरेर समृद्ध र विकसित बनेको कर्णाली राज्यको कथा छ| यस्तो कर्णाली राज्य जो संघीय नेपालका अरु राज्यहरुभंदा धेरै विकास भैसकेको छ, र यस्तो कर्णाली राज्य जससँग आर्थिक सहायता माग्न केन्द्रिय राज्य (केन्द्रिय सरकार) आईरहन्छ| यहि कर्णाली राज्यको समृद्धिबाट लोभिएर संसारका अनेक देशबाट यहाँ मान्छेहरु यहाँ काम गर्न आउँछन्| कलाकारहरुको अभिनय अत्यन्त जीवन्त र स्वाभाविक लाग्छ| सबै कलाकारहरुको अभिनय उत्कृष्ट छ, त्यसमा पनि विशेष, कर्णाली राज्यको मुख्य मन्त्रीको भूमिकामा भएका साथीको अभिनय अझ अब्बल  छ| नाटकको यहि भागमा अहिलेको नेपाली राजनीतिमा मौलाएका भ्रस्टाचार, अपराधीतंत्र र नातावादमाथि गम्भिर प्रहार गरिएको छ र भाषण बढी गर्ने, कामको नाममा माखोपनि  नमार्ने नेपाली नेतागिरीको खेदो खनिएको छ|
नाटक, दलित भएकै कारण कतै बास नपाएर खुल्ला आकाशमुनी चिसो रात बिताउन बाध्य भोका र थकित पुन्नबहादुर विश्वकर्मा र उनकी अबोध सानी नातीनीको दुखद् यथार्थबाट शुरु हुन्छ र उनीहरुको सपनामा प्रवेश गर्छ| उनीहरु निद्राबाट ब्युँझेपछि, गरिबी, विभेद र दु:खका पहाडले थिचिएको कर्णालीमा ब्युँझिएपछि नाटकको अन्त्य हुन्छ| नाटकको शुरुवाती भागको सशक्तताले मनलाई यस्तरी बाँध्छ कि कुनै राजनीतिक कमेडीजस्तो लाग्ने 'सपना' खण्डमा पनि दर्शकले कर्णालीको व्यथालाई भुल्न सक्दैन, उल्टो सबै हाँसो र व्यंग्यले कर्णालीको दयनीय वर्तमान र कर्णालीवासीका पिडालाई अझ गहन रुपले दर्शकको मनमा गाडीदिन्छन् र दर्शक बाहिर हाँसेपनि भित्रभने रोईरहेकै हुन्छ| |              
यो नाटकको कथा त्यति मौलिक र नयाँ नलागेपनि प्रस्तुतिको सशक्तताले नाटकलाई बलियो बनाएको छ| कर्णालीका पिडामाथि थुप्रै कथा लेखिईसकेका छन्, यसका सम्भावनाहरुका कुरा पनि धेरैले गरिसकेका छन्, तर यो नाटकले कर्णालीको विपना (यथार्थ) र यसको सपना (सम्भावना) को खाडललाई त्यसको सम्पूर्ण भयावहताका साथ प्रस्तुत गरेको छ| यो नै यस नाटकको शक्ति, यो नाटकको मौलिकता र यो नाटकको सफलता हो|
नाटकमा  कर्णाली प्रदेशको वर्तमान दुर्गतिका लागि, त्यहाँका श्रमजीवी जनताको घोर दु:खी जीवनका लागि केन्द्र (काठमान्डौ) लाई दोषी देखाईएको छ| निसन्देह यो सत्यको एउटा पाटो हो; तर सत्यको अर्को पाटो भनेको, कर्णाली (वा यस्तै अरु भूभाग) को पीडाको अर्को पाटो भनेको त्यहींका ठूलाठालू लाउकेहरु पनि हुन्| कर्णालीमा पुन्नबहादुर विश्वकर्माहरुमात्र छैनन्, तिनलाई चुस्ने स्थानीय जूकाहरू पनि छन्| एक ठाउँमा जातिभेदको प्रसंग ल्याएर यसलाई थोरै सम्बोधन गरिएको छ, तर त्यतिमै त्यो पाटोको सम्बोधन पुगेजस्तो लाग्दैन| देशमा यतिखेर जारी, क्षेत्रीय समस्याका लागि काठमान्डौलाईमात्रै धारे हात लगाउने र जातीय समस्याका लागि बाहुनलाईमात्रै सत्तोसराप गर्ने  'फेशन'ले बढी प्रभावित गरेको छ नाटकलाई|  
श्रमको  सम्मान गर्ने र सादा जीवन-उच्च विचार राख्ने संस्कृतिले हाँकेको समृद्ध कर्णालीमा तल्लो तहको शारीरिक बलको काम गर्न कुनै पश्चिमी मुलुकको मान्छे आएको देखाईएको छ, कर्णालीको समृद्धिमा झुत्तिएर त्यहाँ काम गर्न आएका 'लाखौं' विदेशीहरुको प्रतिनिधिपात्र हो ऊ| प्रतिनिधिपात्रको यस्तो चयनले शारीरिक श्रम चाहिने काम भनेको तल्लो तहको काम हो र यस्तोमा आफूबाहेककालाई 'दलाउन' सक्नुनै 'समृद्धि'को परिचय हो भनेजस्तो लाग्छ| नाटकले दिन खोजेको मूल सन्देशसंग यो मेल खाँदैन|
माथि पनि लेखें, यो मेरो पहिलो गुरुकुल अनुभव थियो| गुरुकुलका बारेमा मैले धेरै पढेको थिएँ, सुनेको  थिएँ तर अहिलेसम्म पुगेको थिइन| 'सुइना कर्णाली'का रुपमा मेरो यो पहिलो गुरुकुल अनुभव अत्यन्त फलदायी रह्यो| अबका हरेक पटकका काठमान्डौ बसाईमा, गुरुकुलमा नाटक मन्चन भैरहेको छ भने, नछुटाई हेर्न जाने विचारमा छु| 
(फ्ल्याश नराखी) तस्बीर खिच्ने अनुमति दिईएको थियो| म पनि केहि फोटो र बेला-बेलाका केहि टुक्रा भिडियो खिच्ने विचारमा थिएँ तर नाटकले यस्तरी तन्मय बनायो कि क्यामेरातिर हात बढ्नै मानेनन्| दोश्रो पटक हेर्न गईयो भने खिच्नुपर्ला तस्बीरहरु:) 
देशका अरु भागमा यो मन्चन पुग्ला-नपुग्ला, तर तपाईं काठमाण्डौमै हुनहुन्छ भने यो नाटक हेर्न नछुटाउनुहोला, पुस २५ सम्म मन्चन हुँदैछ|
 तस्बीर साभार: आरोहण गुरुकुल गृहपृष्ठ
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA['कति दिन बस्ने' शीर्षकमा मेरो एउटा छोटो लेख छापिएको छ 'हिमाल खबरपत्रिका' को यसपालिको दशैं डबल अंकमा (वर्ष २०, अंक १२-१३, पूर्णांक २७३)। त्यसलाई यहाँ गएर हेर्न सक्नुहुन्छ। 
मैले केहि समय अगाडि यसै ब्लगमा राखेको लेख "तँ किन घर फर्किस्?" मा आधारित भएर, ब्लगमा प्राप्त प्रतिकृयाहरुलाई पनि मिलाएर लेख तयार पारेको थिएँ र त्यहि मूल शीर्षकनै राखेर पठाएको थिएँ। सम्पादनका क्रममा शीर्षक बद्लिएको हो। लेख पनि मूल कदभन्दा धेरै सानो आकारमा पुगेको रहेछ। यस्तो massive सम्पादनपछि मेरो लेखको मूल आशय फरक परेको त छैन तर कुराहरु हतारमा ओकलीरहेजस्तो देखिन्छ र ममा मेरा आफ्नै कुरामा त्यति धेरै आत्मविश्वाश नभएको छनक पनि देखिन्छ। गाऊँघरतिरको शब्द प्रयोग गर्दा लेख एक हिसाबले छेऊ-कुना कताकति नमिलेको 'टुकुने' बनेको छ। 
'हिमाल खबरपत्रिका' जस्तो प्रतिष्ठित पत्रिकामा लेख प्रकाशित हुनु गर्वको कुरा हो र यसका लागि मलाई हौस्याउनुहुने आदरणीय मित्र र प्रकाशित गरिदिने 'हिमाल' लाई हार्दिक धन्यबाद दिन चाहन्छु।
तर भविष्यमा पत्रिकाहरुमा लेख पठाऊँदा भने लेखले पाउने 'कद' पहिल्यै सोधेर आफैंले त्यहि सीमा अनुसार सम्पादन गरेर पठाउनेछु।
मैले तयार पारेर पठाएको लेखनै यहाँ राख्न भने लेखकीय नैतिकताले नदेला तर तपाईँलाई पढ्न मन लाग्छ भने म बिजुली-चिठ्ठीबाट पठाउन तयार छु, बिजुली-ठेगाना पाम्:) 
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[बा अब हुनुहुन्न। हामीलाई पूरै टुहुरा बनाएर उहाँ जानुभएको आज १८ दिन भइसकेछ। हाम्रो घर अब अभिभावकवीहिन भएको छ। एउटा गहन पिडादायी रिक्तता छाएको छ घरको जीवनमा-हाम्रो जीवनमा। एउटा नपुरिने घाऊ बनेको छ मनमा, तर फेरि जीवनलाई सकेसम्म सामान्य बनाएर बाँच्ने कोशिशको अर्को विकल्प छैन।     एउटा संघर्षशील जीवनको अन्त्य भएको छ। उहाँले भोगेका दु:खका पहाडहरुका कुरा सुन्दा जहिलेपनि हाम्रो आङ्ग जिरिङ्ग हुन्थ्यो। हाम्रो पालनपोषण र शिक्षादिक्षा उहाँको तपस्या थियो। चरम अभावको क्षणमा पनि उहाँले हामीलाई त्यसको सकेसम्म अनुभव हुन नदिने कोशिश गर्नुभयो।      उहाँको आत्माले चीर शान्ति पाओस्।      ७३ वर्षको उमेरलाई वृद्धावश्था निश्चय पनि मान्न सकिन्छ तर यति वृद्ध पनि होईन कि निधनलाई स्वाभाविक र कालगतिको मान्न सकियोस्। उहाँलाई केहि महिना पहिलासम्म देख्ने जो कोहिले पनि उहाँ अझै १२-१५ वर्ष स्वस्थ र पूरै सकृय बाँच्ने कुरामा अलिकति पनि शंका गर्ने थिएन। हामीलाई त्यस्तै लाग्थ्यो तर नियतिका अगाडि हाम्रा चाहना र प्रार्थनाहरुको कुनै जोड चलेन।     गएको हिऊँदबाट उहाँको फोक्सोमा क्षयरोग देखिएको थियो। लगभग साठी वर्षको धूम्रपानका कारण थियो त्यो। केहि महिनाको सघन उपचार र धूम्रपान त्यागपछि स्थिति सप्रिएको थियो र उहाँ फेरि सामान्य र स्वस्थ जीवनमा फर्किनुभएको थियो। तर त्यसको केहि समयपछि धेरै समस्याहरु देखापर्न थाले। उहाँले दृष्टिशक्ति गुमाउन थाल्नुभयो, बेसूरका कुराहरु गर्न थाल्नुभयो र शारीरिक रुपमा गल्दै जानुभयो। उहाँको समय र स्थानको चेत तिब्र गतिमा घट्न थाल्यो, उहाँ धेरैजसो वर्तमानसंग अप्रासंगिक र धेरै पूराना कुराहरु गर्न थाल्नुभयो, धेरै मान्छेलाई नचिन्ने समस्या पनि देखिन थाल्यो। बिस्तारै बोली पनि लर्बरिँदै गयो, हातखुट्टाको नियन्त्रण पनि गुम्दै गयो।      निधनको दुई महिनाअघि गरिएको जाँचले उहाँमा ब्रेन ट्युमर देखियो। चिकित्सकहरुका अनुसार ब्रेन ट्युमरले मष्तिष्कको १/६ भाग ढाकिसकेको थियो र त्यो फैलिने क्रममा थियो। उनीहरुका अनुसार, त्यसलाई हटाउनका लागि शल्यचिकित्सा गर्न सकिने सम्भावना पनि थिएन, विशेष गरी उहाँको उमेर र शाररिक कमजोरीका कारण। हामीसंग उहाँको सकेसम्म राम्रो स्याहार गर्ने र कुनै दैवी ‘चमत्कार' को आशा गर्ने बाहेक अरु राम्रो विकल्प थिएन।आफ्नो जीवनका ती अन्तिम दुई महिना बा धेरैजसो पूरै अचेत, कहिलेकाहीँ अर्धचेत अवश्थामा रहनुभयो। अर्धचेत अवश्थामा शरीरका बिभिन्न भागमा आफूलाई अत्यन्तै पिडा भईरहेको कुरा भन्नुहुन्थ्यो। कहिलेकाहीँ केहि पारीवारिक कुराहरु पनि गर्नुहुन्थ्यो। झोल कुराहरु अलिअलिमात्रै खुवाउन सकिन्थ्यो, त्यो पनि साह्रै मुश्किलले। दिशा-पिसाबका लागि डायपर प्रयोग गरिएको थियो।      हाम्रो भागमा कुनै दैवी चमत्कार परेन। बालाई निको भएन। र बा अब हुनहुन्न।     मेरो बाल्यकालमा फर्किएको छु म यतिखेर। बाको काखमा, बासंग म आफूलाई कति सुरक्षित र आनन्दित ठान्थें। हिजोसम्म, अचेत भएर लडिरहेकै भएपनि बाको उपश्थितिमात्रैले पनि कति सुरक्षित र निश्चिन्त बनाऊँथ्यो मलाई।      उहाँले एउटा गम्भिर रोगको पिडाबाट मुक्ति पाउनुभयो भनेर मनलाई ढाडस दिने कोशिश गर्न खोज्छौं हामी तर----      आज, आफू जिन्दगीको लडाईँको सबैभन्दा अग्र मोर्चामा बलजफ्ती घचेटिएझैं लागीरहेछ मलाई। यो जिन्दगीका घाम, पानी, हुरीले मेरो छातीमा सोझै हान्नेछन् अब। म लुक्ने काख हुनेछैन अब। म छेलिने ओत हुनेछैन अब। म सुस्ताउने छहारी हुनेछैन अब।     बा अब हुनहुन्न---   
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[गत असोज ४ गते सोमबार बा हामी सबैलाई छोडेर जानुभयो| म यतिखेर परिवारका साथ उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकलाई सहने र धैर्यधारण गर्ने प्रयासमा छु|यसैकारण केहि समय ब्लगमा नियमित हुन् नसक्ने ब्यहोरा पनि सविनम्र जानकारी गराउन चाहन्छु|
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[Image Source: Click Hereम हुर्केको परिवार, परिवेश मांसाहारी थियो। जातीय कारणले खसी-बोका मात्रै खान हुने मानिन्थ्यो। कुखुराको अण्डा पनि खान नहुने मानिन्थ्यो, तर केहि ‘आँटिला'हरुले अण्डा र कुखुराकै मासु पनि खान थालीसकेका थिए। ती आँटिलामध्येमा पर्न आफूसंग भने गाँठ र आँट दुबै थिएन:) धेरै खान सक्ने हैसियत थिएन तर मासु एउटा ‘विशेष' खानेकुरा मानिन्थ्यो र चाडबाड, विशेष गरी दशैं, चैते दशैंमा यो अनिवार्य ठानिन्थ्यो। आक्कलझुक्कल अरु बेलामा पनि यो मुखमा पर्न आईपुग्थ्यो। यसरी हेर्दा मेरो बाल्यकाललाई म ९५ प्रतिशत शाकाहारी र ५ प्रतिशत मांसाहारी मान्न सक्छु :) 
शिक्षा र रोजगारीका लागि मान्छेहरु शहर पस्न थालेपछि तिनले खाने मासुको परिमाण पनि बढ्न थाल्यो। अत्यन्त ‘स्वादिष्ट', ‘सम्मोहनकारी' र ‘शक्तिशाली' म:म:लाई चिनेपछि त्यसबाट को बँच्न सकोस्! खसी-बोकामात्रै सिध्याउन पाउने भनेर तोकिएका बाहुनहरुले प्लेटका प्लेट भैंसी पनि सखाप पार्न थाले। तीन वर्षको दौरान गोटा सौ एक प्लेट ‘भैंसी' मेरा पेटमा पनि पसे हुनन्। तैपनि औसतमा मेरो मांसाहारको परिमाण खासै बढेको मान्न सकिन्न। 
अध्ययनका लागि २०४८ मा चीन पुगेपछि भने मासुको परिमाण बेस्सरी बढ्यो। चीनियाँ भोजनमा मासुको अंश ज्यादै धेरै हुन्छ। सागपातपनि थरी-थरिका र धेरै पाईन्थे तर मासु धेरै सस्तो लाग्थ्यो। ‘चिनियाँहरुले उड्नेमा हवाईजहाज र हिँड्नेमा मोटर बाहेक जे पनि खान्छन्!' भन्ने सुनिन्छ यदाकदा। त्यो साँच्चै हो जस्तो लाग्थ्यो मलाई चिनियाँहरुको खानपीन हेर्दा। अहिलेको चीनमा कस्तो छ त्यति थाहा भएन तर मेरो अनुमानमा त्यहाँ शाकाहारी बढेका छैनन् बरु घटेका होलान्। 
चीनमा बस्दा कुखुरा र बुंगुरको मासु सबैभन्दा धेरै खाईयो। मुसलमानका भोजनालयहरुमा खसीको मासु पनि खाईयो र यदाकदा गाईकै मासु पनि खाईयो होला, जोगिन खोज्दा-खोज्दै पनि खानामा गाईको मासु छ भन्ने थाहा नभएर र कहिलेकाहीँ भुँडी भर्ने अरु कुनै उपायनै नदेखेर। नेपालमा छँदा गनेर दुई-तीन पटक भन्दा बढी माछा खाने सौभाग्य मिलेको थिएन होला, चीनमा माछा खान पनि ‘पारंगत' भईयो:)
नेपाल फर्केपछि पनि कुखुरा र खसीको मासुलाई निरन्तरता दिईयो। भैंसीवाला म:म: भने खान छोडियो। 
दोश्रो प्रवासका लागि जापान पुगेपछि फेरि चीनकै जस्तो स्थिति दोहोरियो। त्यहाँ पनि माछा-मासु नखाई टिक्न नसकिने स्थिति छ। सुविधासम्पन्न जीवन जीऊन सक्नेहरुको कुरा बेग्लै तर सामन्यतया शाकाहारी जीवन मांसाहारीभन्दा महंगो लाग्छ जापानमा। ‘शाकाहारी हुँ' भनेर कसैले भन्दा जापानीहरु छक्क पर्छन् र सोध्छन्; "अण्डा पनि खाँदैनस्?" वा "माछा पनि चल्दैन?"। कतिपय रेष्टुरेण्ट वा भोजहरुमा मासु र आलु मिसाएर पकाएको तरकारीबाट आलुका टुक्राहरुमात्रै छानेर शाकाहारी ब्यक्तिलाई दिईएका कुराहरु पनि धेरै सुनिन्छन्। परम्परागत जापानी खानामा माछा र समुद्री जीवको प्राधान्यता छ तर गत शताब्दीबाट पश्चिमा खानाको प्रभावका कारण जापानमा मासुको खपत पनि धेरै बढी छ। 
जापानमा शकाहारी खानाको अस्तित्वनै छैन होला भन्ने लागेको थियो मलाई तर नेपाल फर्कने केहि महिना अघि पुगेको एउटा बौद्ध मन्दिरले मेरो त्यो सोचाईलाई भने गलत साबित गरिदियो।
एकजना शुभचिन्तक जापानी बृद्धाले लिएर गएकी थिईन् हामीलाई त्यो मन्दिरमा। आफूलाई कहाँ लगिँदैछ भन्ने बारेमा त्यति नबुझ्दा-नबुझ्दै पनि हामी उनको पछि लागेका थियौं, एउटा आईतवार बिताउनु थियो जसरी भएपनि:) 
जापानी बौद्ध परम्पराका बिभिन्न सम्प्रदायहरुमध्ये कुनै एकद्वारा संचालित त्यो मन्दिर हंसमुख बुद्ध (Laughing Buddha) को रहेछ। प्रवचनकर्ताका अनुसार उनीहरु Laughing Buddha लाई बौद्ध धर्मशास्त्रहरुमा वर्णित गौतम बुद्ध पछिका बुद्ध, मैत्रेय बुद्ध मान्दा रहेछन्। पछि मैले ईण्टरनेटमा पनि खोजेको थिएँ; त, Laughing Buddha लाई मैत्रेय बुद्ध मान्नेहरु जापान र अन्यत्र पनि धेरै रहेछन्। 
मन्दिरसंगै भव्य सुविधापूर्ण प्रार्थना कक्षहरु, ध्यान कक्षहरु पनि थिए। प्रवचनहरुपछि  हामीलाई पनि सामूहिक, ब्यक्तिगत प्रार्थनामा सहभागी गराईयो। त्यसपछि भोजनालायतिर लगियो। त्यहाँको भोजनालयमा पूर्ण शाकाहारी भोजन तयार हुँदो रहेछ। हामीकहाँ शाकाहारीहरु गाईभैंसीको दूध भने खान्छन् तर त्यहाँ दूधसंग सम्बन्धित भोजन पनि छँदै थिएनन्। त्यो सम्प्रदायमा दूधलाई पनि मासुजस्तै मानिने रहेछ। खाना अत्यन्त स्वादिष्ट थियो, र उनीहरुले भनेअनुसार त्यो अत्यन्त पौष्टिक पनि हुन्छ रे। जीवनमा पहिलोचोटि मैले पूर्ण शाकाहारी तर माछामासुभन्दा धेरै स्वादिष्ट र पौष्टिक खानाको स्वाद पाएँ।
त्यो ठाऊँमा फेरि पुग्ने मेसो मिलेन तर त्यो घटनाले मांसभोजनलाई निरन्तरता दिन मेरो मनले बनाएको एउटा ‘निहुँ'लाई भने गतिलै धक्का दियो। केहि वर्षयता मासु खानका लागि गरिने पशुपञ्छीको बध, तीनलाई दिईने यातना आदिका प्रति म संवेदनशील हुँदै गईरहेको थिएँ तर मासु छोड्न सकिरहेको थिईँन। मैले खोजेका बिभिन्न बहानाहरुमध्ये ‘माँसाहारजत्तिको पौष्टिक शाकाहार नहुन सक्छ', अथवा कम्तिमा ‘हामी शाकाहारी खानालाई मिलाएर बनाउन जान्दैनौं"; "जापानमा शाकाहारी हुनु असम्भव छ" आदि प्रमुख थिए। तर उक्त मन्दिरमा पुग्ने संयोगले मलाई मेरो कमजोर ईच्छाशक्तिनै सबैभन्दा प्रमुख कारण हो मैले मासु छोड्न नसक्नुमा भन्ने बोध गराईदियो। त्यसयता मैले माछामासुलाई क्रमैसंग घटाऊँदै लागें र विगत दुई महिना यता लगभग पूर्ण शाकाहारी बनेको छु। त्यो ‘लगभग' किनभने दूध-दहीभने अझै बाँकीनै छ। यस्तोलाई अंग्रेजीमा lacto vegetarian (दुग्धाहारी?) भन्छन्। 
केहि विशेष घटनाहरुले मान्छेको संवेदनालाई बढाईदिँदा रहेछन्। छोरीको जन्म एउटा यस्तै घटना भयो। एउटा नयाँ मानवजीवनको शुरुवात र हुर्काईलाई नजिकबाट हेर्दा-हेर्दै म सबै जीवनप्रति अझ संवेदनशील हुन थालेछु। मान्छे वा जनावर, सबैको जीवन एउटा अद्वितिय र अनुपम प्राकृतिक सौन्दर्य हो। जीवनको हत्या घोर कुरुपता हो र यस्तो कुरुप कार्य जीवनप्रति कुनै संवेदनशीलता नभएको क्रुर मान्छेले मात्र गर्न सक्छ। यो मान्यता अब मेरो मनमा गहिरो गरी बसेको छ। यो दशैंको याममा खसी-बोका-च्याङ्ग्रा-भेंडा आदि घिच्याऊँदै हिँडेका मान्छेहरु देख्दा मलाई उनीहरुले मान्छेकै बच्चालाई घिच्याऊँदै हिँडिरहेजस्तो लाग्छ। 
एउटा ई-मेल प्राप्त हुनु अर्को घटना बन्यो। साउदी अरेबियामा कार्यरत भाइ उदय घिमिरेले एउटा मेल पठाएका थिए, त्यहाँको बहुचर्चित एक हत्याकाण्ड बारे। हत्याकाण्डको नृशंशता कहालीलाग्दो थियो। केहि फिलिपिनोहरुले एकजना पाकिस्तानी मान्छेलाई हत्या गरेर उसको मासु खाएका थिए र सम्पूर्ण गतिबिधिहरुलाई क्यामेरामा कैद पनि गरिररहेका थिए। पछि ती मान्छेहरु समातिएपछि ती फोटोहरु फेला परेर सबैका हातमा पुगेका रहेछन्। 
भाइको ई-मेलमा धेरै फोटाहरु थिए। मृत पाकिस्तानीको लाश कुनै फलेकमा राखिएको, पहिला उसको घाँटी छिनालिएको, त्यसपछि क्रमैसंग हात खुट्टाहरु निकालिएको, उसको छाती फोरेर दुई भाग लगाईएको, भित्रका मुटु, कलेजा, फोक्सो आदि झिकिएको, आन्द्राभुँडी झिकिएको आदि अनेक फोटाहरु थिए। ती सबै राक्षसहरु अत्यन्त आनन्दित ‘पिकनिक'को मुडमा थिएँ, उनीहरुको अनुहारमा अलिकति पनि लज्जाबोध वा डर थिएन। ती मध्येका केहि उक्त अभागी मान्छेको जननेन्द्रिय हातमा लिएर क्यामेरातिर फर्केर जिस्कँदै हाँसिरहेका पनि थिए। त्यहाँ आन्द्राभुँडी सफा गरिएका तस्बीरहरु पनि थिए, अनि केहि ठूला ड्रमजस्ता भाँडाहरुमा मासु पकाएको र अन्त्यमा गोलाकार बसेर सबैले मासु खाएका फोटाहरु पनि थिए। सबै घटनाक्रम हामीकहाँ खसी-बोका काटेर गरिनेसंग उस्तै थिए। 
Image Source: Click Here
क्रमश----   
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[Image Source: Click Here 
कुरा शुरु गरौँ २०५३ सालबाट|  म मेरो पाँचवर्षे पहिलो प्रवासबाट भर्खरै नेपाल फर्केको थिएँ| पाँच वर्षका घटनाक्रमहरुका बारेमा 'अपडेट' हुने क्रममा त्यो अवधिमा बनेका 'स्ल्यांग'हरुपनि सिक्दै थिएँ|                  त्यतिखेर  गाउँमा भर्खर-भर्खरै मोटरसाइकल संस्कृति भित्रेको थियो| गाउँका केही केटाहरु कच्ची बाटोमा कुहिरिमंडल धूलो उडाउँदै मोटरसाइकल हुईकाउँथे| मोटरसाइकलमा सवारमध्ये धेरैजसो वेरोजगार थिए, रोजगारीको चिन्तापनि थिएन तिनलाई र तिनले बाऊ-आमालाई थर्काएर त्यो जिनिस हात परेका हुन् भन्ने सुनिन्थ्यो| मोटरसाइकल तिनका लागि आवश्यकताभन्दा पनि खोक्रो रवाफ प्रदर्शन गर्ने माध्यम थियो| ती कन्नापछाडि उडाइने पात्रपनि बन्थे धेरैजसो| बाटोमा यस्ता मोटरसाइकलवाला कुनै हुइकिरहेको देखेपछि "ऊ 'बा.अ.प' गयो!" भन्ने चलनजस्तै चलेको थियो| यदाकदा 'बा.अ.फ.' पनि प्रयोग हुन्थ्यो| केहि मोटरसाइकलको नम्बर प्लेटमा 'बा.अ.प' वा 'बा.अ.फ.' नै पनि हुन्थ्यो तर 'प' वा 'फ' को ठाँउमा अरुनै अक्षर भएका पनि हुन्थे| 'बा.अ.प' वा 'बा.अ.फ.' सबैलाई चिनाउने साझा नाम बनेका थिए, सबै ईन्जिन तेल (engine oil) लाई 'मोबिल' भनिएजस्तै:)     
एक-दुई दिनमा अर्थपनि थाहा पाईयो; 'बा.अ.प' र 'बा.अ.फ.' भनेको 'बारी अब पच्यो!' र 'बारी अब फर्केन!' रे| मोटरसाइकल चढ्ने धेरैले खेत वा बारीको टुक्रो बेचेर मोटरसाइकल किनेका हुनाले त्यसरी रमाईलो 'न्वारान' गरिएको रहेछ| हरेक हप्ताजसो "फलानोलेपनि खेत 'हानेर 'बा.अ.प' किनेछ|" भन्ने नयाँ 'समाचार' पनि सुनिन्थ्यो| 'हानेको' भनेको चाहिं 'बेचेको' रे!
पछि चितवनको एउटा साथीसंग कुरा हुँदा यस्तै प्रसङ्ग त्यहाँ पनि जन्मेको थाहा पाईयो| उसको तिर 'ना.अ.क.' र 'ना.अ.घ.' लाई क्रमशः 'नारायणी अंचल कठ्ठा' र 'नारायणी अंचल घडेरी' भनेर उडाईँदो रहेछ| देशका अरु भागमा पनि यस्ता 'कथा' बनेका थिए होलान् पक्कै पनि|  
जग्गा कारोबारले ब्यबशायको रुप लिंदैगरेको शुरुवाती दिनहरु थिए ती| पछि यो ब्यबशाय अनियन्त्रित र संक्रामक रुपले फैलँदै गयो र नेपाली संस्कृतिमा थपिएको एउटा रोगनै बन्यो| सत्तासीनहरुको भ्रष्ट शासनशैली, गाउँमा अवसर र सुविधाहरुको चरम अभाव र माओवादीहरुको विध्वंशात्मक विद्रोहले देशका गाउँ-गाउँबाट मान्छेहरु विस्थापित हुने क्रम बढ्यो| केहि नहुने गरीबहरु खाने मुख र कमाउने पाखुरीमात्रै बोकेर भएपनि शहर पसे| गाउँमा अलिकति केहि हुनेहरु त्यो बेचेर राजधानी र अरु प्रमुख शहरहरुमा घडेरी जोड्नेतिर लागे| राजधानीमा घडेरी/घर हुनुलाई गतिलो धाक र रवाफ मान्नेहरु पनि  हाम्रो समाजमा  सधैं  छंदैछन्|  यी कारणले गर्दा जग्गाको कारोबार ह्वात्तै बढ्न गयो| यसमा हुने पैसाको चलखेल, भ्रष्टाचार, गुन्डागर्दी आदि पनि त्यहि अनुपातमा बढ्दै गयो|  पहिला मान्छेका आँखामा त्यति धेरै नपर्ने 'जग्गा दलाल' हरुको जमातपनि ठूलो भयो, दलालहरु नेपाली समाजका सबैभन्दा सकृय मान्छेहरुजस्ता देखिन थाले|      'दलाल' लाई अंग्रेजी शब्द 'agent' को नेपाली अनुवादका रुपमा लिईन्छ तर 'agent' शब्दको जुन ईज्जत छ, 'दलाल'ले त्यसको  एक प्रतिशत पनि पाउन सकेको छैन| यथार्थमा 'दलाल' शब्द बेईज्जतीको पर्याय पो मानिन्छ| आफूभन्दा फरक विचार राख्ने जोसुकैलाई यसको र त्यसको 'दलाल' भनी-भनीकन नेपालका साम्यवादी दल र नेताहरुले विचरो 'दलाल' शब्दको हुर्मत काढीसकेका छन्| छ दशकयता 'दलाल' लाई नकारात्मक अर्थमा मात्रै सुन्दा-सुन्दा नेपाली मानसिकताले यस्लाई त्यही अर्थमा मात्रै लिनथालेको छ| हाम्रो  मानसिकतामा 'दलाल' को आकृतिको गुणात्मक स्वरुप 'चोर', 'फटाहा' वा 'गुन्डा' भन्दा अलिकतिपनि फरक  छैन| विचरो 'दलाल' शब्द दिक्क भएर जंगल पसीसक्यो होला, सके आत्महत्यानै गरिसक्यो की:)          
'दलाल' शब्द आफैंमा नराम्रो होईन, यसैले 'दलाली' आफैंमा नराम्रो काम पनि होईन र 'दलाल' नराम्रो पेशा पनि  होईन| ठण्डा दिमागले सोच्दा, सबै जागिरेहरु 'दलाल' हुन्; फरक यत्ति हो, कोई सरकार र जनताबीचका दलाल  होलान् कोहि साहू र ग्राहकबीचका दलाल होलान्| सबैले बिचमा बसेर, दुई पक्षको 'सेवा' गरेर 'कमिसन'नै खाने  हुन्| यसर्थ 'दलाल' शब्दको 'पुनरुत्थान' गरिनु, यसलाई फेरि यसको स्वाभाविक ईज्जत दिलाइनु जरुरी छ:) 
त्यसपछि नेपालमा जग्गा कारोबार, जग्गा दलाली र जग्गा दलालहरु संक्रामक रुपमा  बढे भनेर माथिपनि भनिसकेको छु| हालै साढे सात वर्षे दोस्रो प्रवासबाट फर्केपछि यी शब्दहरुले सगरमाथाको चुचुरो छोइसकेको देखियो| केहि जग्गा दलालहरुले अचम्मलाग्दो गरी दाम पनि कमाएछन् | अहिले यो पेशा समाजका चुल्ठे-मुन्द्रेहरुको सबैभन्दा राम्रो 'जागिर' भएछ| सबै दलका धेरै कार्यकर्ताहरु पनि यतै छिरेछन्  र आफ्नो पहुँचको दुरुपयोग गरेर यो पेशालाई अझ पत्रु, अझ भ्रष्ट र अझ अनुशाशनहीन बनाएछन्| दल र नेताहरुका लागि यो क्षेत्र चन्दा दुहुने  लैनो गाई बनेछ|  
यतिखेर देशमा ब्याप्त कार संस्कृति जन्माउने प्रमुख कारकहरु मध्ये एक यहि जग्गा कारोबार पनि हो| यसैले समाजमा घरका तल्ला थप्ने होडबाजीको संस्कृति पनि जन्मायो, कसैले सोझो दलाली गरेर कमाएर थपे, कति कर्मचारीले दलालसँग मिलेर कमाएर थपे, कतिले सार्वजनिक वनपाखाको 'प्लटिंग' गरेर-गराएर-बेचेर थपे; र कतिले आफ्ना मलिला जग्गा बेचेर थपे|
यहि कारोबारले देशका धेरै मलिला फाँटहरुको हत्या ग-यो| यो ब्यबशायलाई नियमन र नियन्त्रण गर्ने कुनै गतिलो निकाय नहुँदा-भएकाले पनि गतिलो काम नगर्दिंदा र  देश चलाउनेहरु यसलाई मर्यादित बनाउनेतिर लाग्नुभन्दा यसैलाई दोहेर अकूत कमाउनतिर लग्दिनाले देशका उत्कृष्ट कृषियोग्य फाँटहरुको बलात्कार जारी रह्यो| अनुत्पादक बन्जर जमीनको दाँजोमा मलिला खेतबारी टुक्राउन (कथित 'प्लटिंग' गर्न) पनि सजिलो, त्यहाँ कंक्रिट जंगल ठड्याउन पनि सजिलो| जसरी हुन्छ 'छिटो र धेरै' धन कमाउनुलाई बहादुरी मानिने संस्कृतिले समाजलाई गाँजेको बेला मलिला फाँटहरु, देशको कृषिक्षेत्रको भविष्य आदि कुराहरु कसैको मनमा पनि बस्न योग्य भएनन्|
कति ठाउँमा प्राकृतिक रुपले सुन्दर डाँडा-थुम्काहरू पनि भासेर तिनका छाती चिरेर बेच्ने काम भईरहेको छ| यसरी देशका धेरै ठाउंको स्थानीय प्राकृतिक सौन्दर्यको नाक-कान ताछिईसकेको छ|
हामीले गुमाएका हाम्रा अति उर्वर मलिला फाँटहरु, जंगलहरु र सुन्दर डाँडा-थुम्का हरुलाई एकछिन बिर्सेर हेर्ने हो भने अथवा यस्ता भूमिलाई कथित घरजग्गा कारोबारको पन्जाबाट जोगाएको स्थिति हो भने; स्वस्थ अर्थतन्त्रमा नीतिनियममा रहेर अरु वस्तु र सेवाहरुजस्तै घरजग्गाको पनि केहि कारोबार हुनु स्वाभाविक हो| हाम्रो अस्वस्थ अर्थतन्त्रको हकमा भने यस्तो स्वाभाविक प्रकृयाको आशा गर्न सकिने ठाउं थिएन र यो नीतिविहीन वातावरणमा फैलियो| अशान्ति, असुरक्षा र चन्दा आतंक आदिले गर्दा लगानीका अरु क्षेत्रहरु सुक्दै गएपछि मान्छेहरुले यसमा पैसा लगाउन थाले| माओवादीहरु शान्तिप्रक्रियामा आइसकेपछिपनि अन्य क्षेत्रको लगानी वातावरणमा खासै सुधार आउनसकेको छैन र अझै यसैमा लगानी बढी छ| देशको समग्र अर्थतन्त्रका लागि यो चिन्ताको विषय हो किनभने ठूल्ठूला मूठामा पैसाको खेल देखिएपनि घरजग्गा  कारोबार मूलतः एउटा अनुत्पादक ब्याबशायिक क्षेत्र हो| उध्योग वा पर्यटन क्षेत्रमा जस्तो लामो समयसम्म  प्रतिफल दिने क्षमता घरजग्गा ब्यबशायको हुँदैन; न त यसले सिर्जना गर्ने रोजगारीनै पनि स्वाभाविक, व्यापक र दिगो प्रकृतिको हुन्छ| 
यसपटक के थाहा पाईयो भने जग्गा दलालहरुलाई 'ज.द.' भनेर छोटकरीमा पुकार्न थालिएछ| जग्गा दलालहरुले 'जग्गा मध्यस्थकर्ता' (छोटकरीमा 'ज.म.') को रुपमा आफ्नो दोश्रो न्वारान गरेर आफ्नो पेशालाई 'ईज्जतदार' बनाउने कोशिश पनि गरेछन्, तर त्यो प्रयास खासै सफल हुन भने सकेनछ|
खेत र बारीका पाटा 'प्लटिंग' गरेर बेच्ने र कमाउने काम भएकाले यो पेशालाई कसै-कसैले 'पाटो प्लटिंग' पनि भन्दा रहेछन् अचेल| अनि 'पाटो प्लटिंग' गर्नेहरु 'पाटे' भनिंदा रहेछन्| जग्गा भनेको माटो त हो भन्ने अर्थमा जग्गा दलालहरुलाई कसै-कसैले 'माटे' पनि भन्दा रहेछन्|  
'पाटे' र 'माटे' हरुको कारोबार अलि खस्केको बेला रहेछ अहिले| लगानीका नयाँ क्षेत्र खासै नदेखिएपनि बैंक र फाइनान्स कम्पनीहरुले बढी ब्याज दिन थालेकाले मान्छेका पैसा त्यतै पसेजस्तो छ अहिले| 'पाटो प्लटिंग' खस्केकै ठिक, यस्तो अनुत्पादक क्षेत्र बढी उक्सिनु भनेको देशको अर्थतन्त्र सुन्नेर मोटाउनुमात्रै हो| देशको समग्र अर्थतन्त्र सही लीकमा चलेको बेला पनि यसको आफ्नो स्वाभाविक हिस्सा भने कायम रहनेनै छ, त्यसमा कसैले कन्जुस्याईं गर्ने छैन|
म:म पसलभन्दा बढी खुलेका बैंक र फाइनान्स कम्पनीहरुले बेस्करी ब्याज दिनुपनि अर्को खाले 'पाटे-माटे' संस्कृति र देशको अर्थतन्त्रको रोग बन्दै छ| यसले देशको शेयरबजारलाई कुटुकुटु खान थालेको त देखिईसक्यो| अब बिस्तारै अरु क्षेत्रमा यसले पारेको कुप्रभावपनि सतहमा आउनेनै छन्| 
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
मानव जाति कहिलेदेखि मांसाहारी भयो अथवा यो मानवको रुपमा उभिएको शुरुवाती दिनदेखिनै मांसाहारी थियो वा थिएन भन्ने बारेमा मेरो सीमित ज्ञानले कुनै निर्णय दिन सक्ने कुरो भएन। तर मानवजाति विगत केहि हजार वर्ष देखिनै अत्यन्त हिंस्रक देखिन्छ। उसको त्यो हिँस्रक जीवनशैली र स्वभावसंगै मांसाहारपनि आईरहेको देखिन्छ। मान्छेले मान्छे खाने कुरा इतिहासको पानामा सीमित भईसकेको कुरा हो, (भलै हालै साउदी अरेबियामा फिलिपिनोहरुले पाकिस्तानीलाई खाएको कुराले यो तथ्यमा पनि पुनर्विचार गर्नुपर्ने देखाउँछ) तर सूधा र कमजोर जनावहरुप्रतिको मानव ब्यबहार भने अझै जस्ताको तस्तै र दानवीय छ। केहि समय अगाडिसम्म कुनै-कुनै समाजमा बच्चाको सालनालसमेत खाने कुराको उल्लेख गर्नुभएको छ कृष्ण पौडेलजीले यहि लेखकै भाग-१ माथिको आफ्नो प्रतिकृयामा। उहाँले चिनियाँहरुले बाँदर खाने अति क्रुर तरिकाको पनि चर्चा गर्नुभएको छ। मान्छेले मान्छे खाने कुरा अपवादबाहेक नदेखिएपनि, नसुनिएपनि मान्छेले मान्छेसंग गर्ने ब्यबहार भने अझै पनि अत्यन्त हिंसात्मक छ। चेतना माथिल्लो स्तरको हुँदै जाँदा र बुद्धिको विकास हुँदै जाँदा त समग्र मानवजाति बिस्तारै अहिंस्रक र कोमल हुँदै जानुपर्ने हो तर त्यो हुन सकेको छैन। मान्छेलाई मान्छे हुनबाट रोक्ने एउटा प्रमुख कारण मांसाहारनै हुनसक्छ। हत्या गरिँदाको क्षण पशुपञ्छीमा उब्जने भय र क्रोधभावका कारण तिनका शरीरमा थुप्रै विषाक्त रसायन निर्माण हुन्छन्। ती विषाक्त रसायन मासु हुँदै मान्छेको शरीरमा पनि प्रवेश गर्छन्। मासुले मान्छेमा तनाव र चिन्ता बढ्ने कुरा प्रमाणित भईसकेको छ। संसारमा मासुकै कारण र मासुको माध्यम हुँदै धेरै रोगहरु फैलिरहेका छन्। 
मानवीय संवेदनाले मांसाहारलाई कदापि स्विकार्न सक्दैन। यो भन्दा तल्लो, शारीरिक तहमा उभिएर पनि,मानव शरीरलाई मांसाहार आवश्यक पर्छ कि पर्दैन वा मानव शरीरको बनौट, विशेषत यसको पाचन प्रणाली मांसाहारलाई मिल्ने गरी बनेको छ कि छैन भन्ने बारेमा विवादहरु चलिरहेका छन्। मानिसले मासु खानुपर्ने कुरामा दिइने एउटा तर्क यसको पौष्टिकताको हो। मासु यदि पौष्टिकनै हो भनेपनि यत्तिकै पौष्टिक शाकाहारी खानेकुराहरु पनि जति पनि भेटिन्छन्। त्यसैले पौष्टिकताकै लागि मासु खानुपर्ने र निर्दोष जनावरहरु मार्नु पर्ने कुरामा खासै दम देखिँदैन। मानिसको पाचन प्रणाली, मुख-दाँत-भोजन नली-आन्द्राहरुको बनौट पनि मांसाहारी जनवारहरुसंग बिल्कूलै नमिल्ने तर शाकाहारी जनावरहरुसंग मिल्ने कुरामा विज्ञहरु एकमत देखिन्छन्। यसैले प्रकृतिले मानिसलाई शाकाहारी जीवनको लागि तयार पारेको हो, मांसाहारी जीवनको लागि होईन। 
मांसाहारको पक्षमा दिईने अर्को एउटा तर्क हो, ‘मानवजातिले मांसाहार नगर्ने हो भने, पर्यावरणीय सन्तुलन (इकोसिष्टम) बिग्रन्छ'। यहि लेखकै पहिलो भागमा अमित भाइले पनि यस्तै प्रतिकृया लेखेका छन्। तर यो तर्कमा पनि कुनै दम छैन, किनभने जुन प्राकृतिक प्रणालीको सन्तुलनको कुरा गरिएको छ, त्यो प्राकृतिक प्रणालीबाट मानवजाति धेरै पहिले अलग भइसकेको छ। खेतीपाती गर्न जानेबाटै मानिस त्यसबाट अलग भईसकेको हो। मान्छे जंगलमै बसीरहेर अरु कुनै वैकल्पिक आहारको ब्यबश्था गर्न नसकेको भए, मासु नखाई बाँच्न नसक्ने स्थितिमा यो ‘पर्यावरणीय सन्तुलन' को हावादारी कुरामा केहि दम हुनसक्थ्यो। बाघभालूले मासु नखाँदा तिनको अस्तित्वनै समाप्त हुन्छ, पर्यावरणीय सन्तुलन बिग्रने त्यो अवश्थामा हो। मान्छेले मासु नखाँदा पृथ्वीको पर्यावरणीय सन्तुलनको रौं पनि हल्लिँदैन। फेरि मान्छे जंगली जनावरहरुको शिकार गरेर पनि खाँदैन अचेल, ऊ त तुलनात्मक रुपमा सूधा र कमजोर जन्तुहरुलाई केहि समय पालेर, पछि ‘धोकापूर्ण' तरिकाले मारेर खान्छ। यी जनावरहरुलाई तिनको प्राकृतिक जंगली जीवनशैलीबाट जबर्जस्ती तानेर घरपालुवा बनाएर उसले पृथ्वीको पर्यावरणीय सन्तुलनलाई पहिल्यै धेरै खल्बल्याईसकेको छ। उल्टो अब मासु खाने बहाना पनि त्यसैलाई बनाउन खोज्नु भनेको कुटिल चालबाजी मात्रै हो।
एकथरी लालबुझक्कडहरु अन्न-सागपात-फलफूल खानुपनि हिँसानै हो भन्छन्। यस्ता काईते गफ गरेरै भएपनि मासु खानुलाई न्यायसंगत ठान्नेहरुसंग कुरा गरीरहनुको तुक छैन। वनस्पतिहरु चेतनाको हिसाबले जनावरहरुभन्दा फरक आयामका हुन्। फेरि वनस्पतिहरु पाकेपछि वा तिनमा फल लागेपछि मात्रै खान्छौं हामी। हाम्रो अस्तित्वका लागि अन्न-सागपात-फलफूल जरुरी छन्। भोलि मानवजातिले आफ्नो शरीरका लागि आवश्यक पर्ने पौष्टिक तत्वहरु वनस्पतिले जस्तै सोझै सूर्यको किरणबाट र माटोबाट लिन सक्ने भयो भने हामीलाई तिनको पनि जरुरत हुने छैन। तर एउटा कुरा के स्पष्ट छ भने त्यतिखेर पनि ‘घामबाट ताकत लिनु पनि मांसाहारनै हो' भन्ने लालबुझक्कडहरुको कमी हुनेछैन।
धेरैजसो धर्ममा देवताको नाममा पशुबली दिईन्छ, विगतमा देउताकै नाममा नरवलि पनि दिईन्थ्यो। हिन्दू धर्मका बिभिन्न सम्प्रदायहरुमा यो अझ बढी देखिन्छ। ढुंगाको मूर्ति अगाडि निर्दोष र अबोध पशुहत्या गरेर धर्म कमाईन्छ भन्ने हाम्रो संस्कार र परम्परालाई धिक्कार छ! नेपालका कतिपय मन्दिरहरुमा त त्यो निर्दोष-अबोध जनावरलाई जति धेरै यातना दिएर तड्पाई-तड्पाई मा-यो, त्यतिनै धर्म र पुण्य कमाईने विश्वाश गरिन्छ। के हिंसा धर्म हो????? हामीले आफ्नो क्रुरता र हिंसालाई छोप्न धर्म-परम्परा र कथित शास्त्रको गज्जबको खोल तयार पारेका छौं। बलीप्रथाका विरुद्ध कसैले चुईँक्क बोल्यो कि शास्त्रको दुहाई दिँदै त्यसको समर्थनमा पाखुरा खैंचिदै आउनेहरु धेरै छन्। तर विचारणीय छ, के कुनै पनि शास्त्रनै कुनै विषयको अन्तिम सत्य हुनसक्छ? के एउटा निश्चित कालखण्डमा लेखिएको त्यो कथित ‘शास्त्र'लाई सबै समयका सबै मानिसले मान्नुपर्छ भन्ने बाध्यता छ? 
बिभिन्न चाडपर्वहरुमा हाम्रो समाजले बलि दिने जनावरहरु तुलनात्मक रुपले निर्धा र सोझा हुन्छन्। राँगोलाई महिषासुरको अवतार मान्ने हाम्रो समाजले अझ सम्म किन नबुझेको होला, अरुलाई मारेर मासु खाने हिसाबले बाघ वा सिंह पो बरु महिषासुरका नातेदार हुनसक्छन् (गहिरिएर हेर्ने हो भने तिनले पनि आफ्नो प्राकृतिक स्वभावलाई पछ्याएका मात्र हुन्)। तर हामी बाघ वा सिंहलाई खसी-बोका-राँगोलाई जसरी यातना दिन र मार्न सक्दैनौं; हाम्रो शारीरिक क्षमताले पुग्दैन त्यसो गर्न, अनि हामी हाम्रो कुण्ठा र हीनताबोधलाई लगेर आफूभन्दा कमजोर र सूधा जनावरहरुमाथि खन्याउँछौं। हाम्रा धेरैजसो मन्दिरहरुमा मानसिक शान्ति पाईँदैन, ती जनावरहरुका वधशाला मात्रै हुन्। र हाम्रा पेट आईन्स्टाईनले कतै भनेझैं, हत्या गरिएका अबोध जनावरहरुका चिहानमात्रै हुन्।
  म शाकाहारतिरको मेरो यात्रासम्बन्धी कुराकानीलाई अहिले यत्तिमै बिट मार्ने अनुमति चाहन्छु।
यात्रा जारी छ र कुराकानी पनि बेलाबखत जारीनै रहनेछ :)
(समाप्त) 
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[Image Source: Click Hereभाग १ यता
एक-दुई  दिनमा ती राक्षसहरुको पापको घैंटो फुटेछ| त्यो निर्दोष पाकिस्तानीको मासु  खाने मध्येका केही भोजन विषाक्तता (food poisoning) को समस्याले गर्दा  अस्पताल भर्ना भएछन्| त्यसपछि एक-एक गर्दै सबै कुरा बाहिर आएछन्| साउदी  सरकारले ती मध्ये केहीलाई प्राणदण्ड दिएछ, बाँकीलाई लामो समयको कारावासको  सजायँ दिएछ|
आङ्गनै सिरिङ्ग गर्ने तस्बीरहरु हेरेपछि  मेरो मनस्थितिनै खल्बलिएको थियो केहि समय| त्यसपछिका दिनमा मासु खाँदा  जहिलेपनि तिनै दृश्यहरु झल्झली आँखामा आउन  थाले| मासु नखाई पनि नहुने, तर खान थालेपछि तिनै दृश्यहरु आँखामा आएर  मनस्थिति खल्बलिने, एउटा एकदम अफ्ठेरो परिश्थितिमा बाँचें म धेरै दिन| ती  तस्बीरहरु छउन्जेल बेला-बेला हेरिने र आफ्नो मनस्थिति खल्बलीइरहने भएकाले  केहि समयपछि सबै तस्बीरहरु मेटें मैले| कसैलाई forward पनि गरिन| तेस्ता  तस्बीरहरु हेर्नु भनेकै पनि एउटा हिंसा-आहार हो| कतिपय मान्छेमा ठुलो   मानसिक विचलननै ल्याइदिन सक्छन यस्ता तस्बीरहरुले| केहि वर्ष पहिला इराकमा  अन्सर-अल-सुन्नाका राक्षसहरुले नेपाली दाजुभाईहरुको हत्या गरेको भिडियो  पूरा हेर्ने आँट कहिल्यै गर्न सकिन मैले, जति हेरें त्यतिलेनै पनि धेरै दिन  मानसिक विचलन भोगेको थिएँ|
यी  घटनाहरुले मलाई मानव जीवन र अरु जनावरको जीवनको समानता र महत्वप्रति  संवेदनशील बनाए| ठाडो शब्दमा भन्दा मैले मान्छेको मासु र अरु जनावरको  मासुमा भेद देख्न छोडें र मैले आफुलाई शाकाहारी बनाउने निधो गरें| मेरो  निर्णय केहि समय धर्मराईरह्यो; मेरो मन-चिन्तन त संवेदनशील बनेको थियो तर  मेरो जिब्रो अझै जब्बरनै थियो यो मामिलामा| यही अनुभवी जिब्रोले मलाई धोका  दिईरहयो धेरै समय| विगत ३ महिनाको अनुभवबाट भने मलाई आफुले आफ्नो जिब्रोलाई  पनि शाकाहारमा ढाल्न सकेको अनुभूति भईरहेछ| मासु र मासुका कुनै पनि  परिकारका प्रति बिल्कुलै आकर्षित महशुश गर्दिन म अचेल| एउटा सफलताको भावले  मन भरिएको छ:)
क्रमशः 
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[केहि घण्टाको झरीपछि आजबिहान पौने ९ बजेतिर पोखरा-५, पर्स्यांगबाट देखिएको महिमामंडित माछापूच्छ्रे हिमाल|
विजया दशमी २०६७ को पावन अवसरमा यहांहरू सबैमा हार्दिक मंगलमय शुभकामना  ब्यक्त गर्न चाहन्छु| यो पवित्र दिनले यहांहरू सबैको जीवनमा सुख-शान्ति,  सफलता र समृद्धिको बढ़ोत्तरी गरोस| 
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[ब्लगमा अनुपश्थित भएको दश दिन भईसकेछ। यसपटकको अनुपश्थिति ब्लग लेख्नै नभ्याउने गरी एकदमै ब्यस्त भएर भने होईन। 
नोभेम्बर ६ देखि १२ सम्म म चीनको सियान (Xian) शहरमा थिएँ। चीनमा यतिखेर ब्लगर, फेसबुक र युट्युब सबै प्रतिबन्धित रहेछन्। प्रोक्सीको सहायताले गरिएको खोल्ने कोशिश पनि काम लागेन। अलिक धेरै समय दिन पनि सकिएन चिनियाँ सरकारको आँखा अझै नपरीसकेको प्रोक्सी खोज्न। 
ब्लग, फेसबुक र युट्युब तिन्टै चलाउन नपाएपछि त ईण्टरनेट भन्ने चिजै किन चाहियो र जस्तो पो लाग्दो रहेछ:) चीनमा यी साईटहरु प्रतिबन्धित भईरहन्छन् भनेर थाहा नभएको पनि होईन पहिला, तर हिँड्ने बेलामा दिमागमा त्यो कुरा आऊँदै-आएन। उल्टो म त "चीन छऊञ्जेल दिनदिनै ब्लग लेख्छु!" भन्ने 'जोगी-कल्पनामा पो मस्त थिएँ:) 
म सियानमा Asian Conference on Electrical Discharge (ACED) नाम गरेको एउटा कन्फरेन्समा भाग लिन पुगेको थिएँ। ACED 2010, हरेक दुई वर्षमा आयोजना गरिने ACED को पन्ध्रौं संस्करण हो।  High Voltage Engineering, Dielectric Science, Insulation Diagnosis जस्ता विषयहरुमा केन्द्रित हुने ACED मा  मूलत: यी विषयमा काम गरीरहेका एशिया क्षेत्रका विश्वविद्यालयहरु, अनुसन्धान-संस्थाहरु र औद्योगिक संस्थाहरुको प्रतिनिधित्व हुन्छ। ACED, High Voltage Engineering विषयका प्रमुख एशियाली कन्फरेन्सहरुमध्ये एक मानिन्छ। जापान छँदा गरेका कामहरु समेटिएका दुई पेपरहरु प्रस्तुत गर्नु थियो मलाई।
ACED अहिलेसम्म जापान, चीन, सिंगापुर, कोरीया, ईण्डोनेशिया, थाईल्याण्डमा आयोजन भईसकेको छ, आगामी संस्करण २०१२ मा मलेशियामा हुँदैछ। कार्यक्रममा सहभागिता पनि तिनै देशहरुबाट धेरै थियो। ती देशहरु यतिखेर सम्पन्नता र विकासतिरका सहयात्री हुन्। यतिखेर शायद सबैभन्दा धेरै engineering  र निर्माण कार्यहरु तिनै देशहरुमा भईरहेका छन्। तिब्र गतिको विकासलाई साथ दिन इलेक्ट्रिकल प्रणाली र उद्योगहरुको विकास पनि तिब्र गतिमै भईरहेको छ यि देशमा। तिब्र विकाससंग जहिलेपनि गतिशील अनुसन्धान-संस्कृति जोडिएर  आउँछ। आफ्नो भिमकाय आकार र सामरिक शक्तिका कारण भिन्दै खाले राजनीतिले गर्दा बढी चर्चा चीनको हुन्छ तर यतिखेर समृद्धिकी देवी चीनमा मात्रै होईन समग्र पूर्वी र दक्षिणपूर्वी एशियालाईनै उजिल्याउने क्रममा छिन्। ACED को सहभागिताले पनि यस्तै संकेत गर्छ शायद। 
माथि उल्लेख गरिएका सबैजसो देशहरुको आधुनिकता र सम्पन्नतातिरको यात्रा हामीसंगै शुरु भएको हो। यतिखेर उनीहरु कहाँ पुगिसके र हामी कहाँ छौं; तुलना गर्न पनि नसकिने भईसक्यो। दशकौंदेखिको गलत र अकर्मण्य राजनीति र सांस्कृतिक/सामाजिक चिन्तनका कारण हामी झन् पछाडि र झन् पछाडि हुँदै गईरहेका छौं। एशियातिर प्रवेश गरेको सम्पन्नताको यति ठूलो लहरले पनि हामीलाई छोएन भने, यतिखेर पनि हामीले आफूलाई विकसित र सम्पन्न बनाउन सकेनौं भने हाम्रोलागि कहिल्यै अवसर आउने छैन शायद।
'तेरो देशमा कतिवटा high voltage lab, कुन-कुन क्षमतासम्मका छन्?' भन्ने प्रश्नको धेरै पटक जवाफ दिईरहनुप-यो। मैले बुझेसम्म हाम्रो देशमा high voltage क्षेत्रमा अनुसन्धान हुन अझै थालेको छैन। हाम्रो राष्ट्रिय प्रसारण लाईन (ग्रीड) को क्षमतालाई १३२ के भी बाट बढाउने कुरा भईरहेको सुनिन्छ अचेल, त्यो हुने भयो भने केहि काम शुरु हुनसक्छ यो क्षेत्रमा। तर हामी नेपाली आफ्नलागि आफ्नै खाले प्राविधिक संरचना बनाउन र त्यसका लागि अनुसन्धान गर्न त्यति चासो राख्दैनौं, अहिलेसम्मका कुनै पनि सत्ताले प्राविधिक-वैज्ञानिक अनुसन्धानलाई अलिकति पनि महत्व दिएको थाहा छैन। हामी अर्काले 'दान'मा जे दियो त्यहि र जस्तो दियो त्यस्तै प्रयोग गर्दिन्छौं। यो स्थितिमा अनुसन्धानले खासै महत्व पाऊँदैन। ग्रिड अपग्रेडको कुरामा पनि यस्तै हुनेछ शायद, सबै काम विदेशीले गर्दिनेछन् र केहि थोरै नेपालीहरुले 'कमिसन' खानेछन्। परिणाम, यो क्षेत्रको हाम्रो क्षमतामा कुनै अभिबृद्धि हुनेछैन, जहाँको तहीँ रहिरहनेछ।
चीनयाँहरुले हामी कन्फरेन्स सहभागीहरुलाई देखाएको Xian High Voltage Apparatus Research Institute जस्तो भब्य high voltage lab बनाउन हामीले अहिल्यै नसकौंला तर विश्वविद्यालयस्तरको अनुसन्धानलाई धान्न सक्ने ठिकैको lab बनाउन भने नसकिने होईन। अझ अलिक लागी पर्ने हो भने त्यस्ता lab मा हाम्रा लागि सहर्ष लगानी गर्दिनेहरु पनि भेटिन्छन्। पहल राज्यले पनि गर्नुपर्दैन, विश्वविद्यालय वा ईञ्जिनियरिङ्ग अध्ययन संस्थानलेनै गरेपनि काफी हुन्छ। तर माथिको उप-कूलपतिदेखि तलको विभागीय प्रमुखसम्म दलीय भागबण्डामा परेर छानिने देशमा यस्तो पहल गर्ने संस्कारको शुरुवात होला भन्ने कल्पना गर्न गाह्रै हुन्छ यतिखेर। सहि ढंगले ब्यबश्थापन भएका अबश्थामा विश्वविद्यालयहरुले देशको अनुसन्धान संस्कृतिलाई नेतृत्व र गति दिन सक्छन्, तर हाम्रा विश्वविद्यालयहरु यतिखेर देशको कुरुप राजनीतिलाई स्खलन गरिने रछ्यान भन्दा बढी बन्न सकेका छैनन्।
अर्को मनले भन्छ, कसैले त्यस्तो ल्याब बनाईदिईहाल्यो भनेपनि १६-१७ घण्टासम्म बत्ती नहुने अबश्थामा त्यसबाट कतिनै उपयोगिता पाउन सक्ला र देशले? आधारभूत भौतिक संरचनाहरु (यातायात, बिद्युत र पानी) को प्रणालीबद्ध र भरपर्दो ब्यबश्था नहुञ्जेल अगाडिका कुराहरु नसोचेपनि हुनेरहेछ। यथार्थमा यातायात, बिजुली र पानीको भरपर्दो ब्यबश्था हुने हो भने बाँकी विकास आफैं आऊँदो रहेछ। १९८० को दशकपछि चीनमा विदेशी लगानीको ओईरो लाग्नुको एउटा मूल कारण उनीहरुका भरपर्दा र प्रणालीबद्ध आधारभूत भौतिक संरचनाहरु हुन्। हामीले पनि भौतिक संरचनालाई त्यसैगरी पक्का बनाउन सकेको भए लगानीले हामीलाई पनि छल्ने थिएन।
ACED को प्रसंगमा अलिक बहकिएछु, क्षमाप्रार्थी छु। सियान शहरमा गरिएको थोरै घुमघामका तस्बीरहरु र तिनका कुरा आगामी भेटमा पस्किने छु। अहिलेलाई यत्तिनै।
तपाईँका दिनहरु शुभ रहुन्।
भाग २      भाग ३      भाग ४  
(क्रमश:)
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[लामो समयदेखि प्रतिक्षित ब्लगर भेला आज सम्पन्न भयो। 
नेपाली ब्लग जगतले केहि वर्ष लामो बाटो तय गरिसकेको छ। नेपाली ब्लग जगत संख्यात्मक र गुणात्मक दुबै हिसाबले समृद्ध पनि हुँदै गईरहेको छ। नेपाल भित्र र बाहिरबाट नेपाली, अंग्रेजी र अरु बिभिन्न भाषाहरुमा धेरै ब्लगहरु नियमित रुपमा सञ्चालित भईरहेका छन्। नेपाली ब्लग जगतको आगामी बाटो सकारात्मक संकेतहरुले भरिएको देखिन्छ, तर हामी सन्तुष्ट भएर नीच मारेर बस्ने स्थितिमा भने कदापि पनि छैनौं।
ब्लगकर्म आफैं एउटा अनलाईन गतिबिधि भएकाले ब्लगजगतमा आफ्नै खाले अन्तर्कृया र सम्वाद निरन्तर चलिरहेको हुन्छ। ब्लगपोष्ट र प्रतिकृयाका माध्यमबाट विचार आदानप्रदान र छलफल चलिरहेका हुन्छन्। अहिले आएर फेसबुक र ट्विटरजस्ता सामाजिक संजालका माध्यमबाट पनि ब्लगरहरु अन्तर्कृयारत छन्। ब्लग र सामाजिक संजालको संयोजनले एउटा नयाँ संचार-संस्कृतिलाई जन्म दिँदै गरेको भान हुन्छ। 
ब्लग र सामाजिक संजालको मात्रै भर पर्दा सम्वाद पूर्ण नहुन सक्छ। ब्लगरहरुका अनुभव साट्न, कुनै विषयविशेषमा छलफल गर्न भने औपचारिक भेलाहरुकै जरुरत पर्नसक्छ, यो नै बढी प्रभावी हुनसक्छ।  'दौंतरी' ले संसारभरि रहेका नेपाली ब्लगरहरुबीच अनलाईन भेला गर्दै आईरहेको छ केहि समय यता। तर नेपाली ब्लगरहरुबीचको प्रत्यक्ष भेटघाट र अन्तर्कृया भने त्यति धेरै भएको छैन। निकट भूगोलमा बस्ने ब्लगरहरुबीच प्रत्यक्ष भेला सहजै सम्भव पनि हुन्छन्। काठमाण्डौंमा विगतमा हुने गरेका यस्तै प्रत्यक्ष भेटघाट, भेलाको क्रम टुटेको पनि तीन वर्षभन्दा बढी भईसकेको थियो। यिनै पृष्ठभूमिमा आजको यो ब्लगर भेलाको परिकल्पना गरिएको थियो।
कार्यक्रमको शुरुवाती परिकल्पना यसलाई अनौपचारिक राख्ने र प्रत्यक्ष चिनजान र केहि भलाकुसारीका माध्यमबाट सम्पन्न गर्ने थियो। सहभागी संख्या पनि त्यति धेरै अनुमान गरिएको थिएन। यस बारेमा Event बनाएर फेसबुकमा राख्दा र धेरै साथीहरुलाई सहभागिताको लागि निम्तो पठाईसक्दा पनि सम्भाव्य सहभागिता कमै देखिन्थ्यो। आज बिहानसम्म फेसबुकमा सहभागिता निश्चित गर्ने साथीहरुको संख्या ४४ पुगेको थियो, यो आधारमा हामीले कम्तिमा २५ जनाभने पक्का सहभागी हुने अनुमान गरेका थियौं। 
कार्यक्रम क्यापिटल एफएमको प्रशिक्षण कक्षमा भएको थियो र सहभागी संख्या थियो २०। छोटो समयको तयारी र सूचनाको आधारमा भएको यो सहभागितालाई उत्साहजनकनै मान्नुपर्छ।
सहभागी ब्लगरहरु :
Aakar Anil (www.aakarpost.com)
Alankar Aryal (www.gharaagan.blogspot.com)
Bhoj Raj Dahal (www.nepaldiary.wordpress.com)
Surath Giri (www.surathgiri.com)
 Rupesh Shrestha (www.blogstreet.wordpress.com)
Ujjwal Acharya (www.nepalivoices.com)
Saurav Dhakal (www.storycycle.com)
Kamal Kumar (www.kamalkumar.com.np)
Dilip Acharya (www.dacharya.blogspot.com)
Kailash Rai (www.kailashkokuti.blogspot.com)
Jotare Dhaiba (www.dhaiba.blogspot.com)
Sweta Baniya (www.swetabaniya.wordpress.com)
Prabesh Poudel (www.gufgaf.com)
Manoj K.C (www.blogsamaya.wordpress.com)
Saroj Koirala (www.sarojkoirala.com.np)
Basanta Gautam (www.basantagautam.com)
Sujan Sharma (www.sujanacharya.blogspot.com)
Pushpa Raj Acharya (www.pushparajacharya.blogspot.com)
Sabin Gyanwali (www.nepaliblogger.com)
Pradeep Bashyal (www.pradeepbasyal.com.np)
कार्यक्रम परिचयको आदानप्रदानबाट शुरु भएको थियो। कार्यक्रममा सहभागी साथीहरुमध्ये दुईजनासंगमात्र मेरो प्रत्यक्ष चिनजान थियो। बाँकी सबैसंग आज पहिलोचोटि भेटघाट भएको भएपनि ब्लग र फेसबुकको सम्बन्धका कारण चीरपरिचितझैं लाग्नुभएको थियो:) 
कार्यक्रममा नेपाली ब्लगजगतको वर्तमान स्थिति र समस्याहरुका बारेमा छलफल भएको थियो। हालै, अश्लील साईटहरुमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको एउटा निर्णयमा आधारित भएर केहि इण्टरनेट सेवा प्रदायक कम्पनीहरुले ब्लगस्पट डोमेनलाईनै ब्लक गरेको घटनामाथि विशेष चर्चा भएको थियो। यस्तो स्थिति फेरि दोहोरिएमा, वा ब्लगरहरुलाई अरु बिभिन्न अवरोध र समस्याहरु  आईलागेको बेलामा एकीकृत  र सशक्त ब्लगर आवाज कसरी सृजना गर्न सकिन्छ भन्ने बारेमा पनि साथीहरुले आ-आफ्ना धारणा राख्नुभएको थियो। सबै धारणाहरुको सारको रुपमा, ब्लगरहरुको आपसी संजाललाई इमेल समूहजस्ता  संरचनाका माध्यमबाट नियमित राख्ने र कुनै समस्या र अवरोध आईपर्दा सम्पूर्ण ब्लग जगतले एउटै आवाज उठाउने बानी बसाल्नुपर्ने आवश्यकता बोध गरियो। देशको तरल राजनीतिक परिश्थितिका कारण कुनैपनि बेला अभिब्यक्ति स्वतन्त्रतामाथि कैंची चल्नसक्ने सम्भावना टड्कारो छ। त्यो स्थितिमा केहि ब्लगरहरु वा पूरै ब्लग जगतमाथि वैचारिक/भौतिक दबाब  पर्नसक्छ। यसैले आवश्यक पर्दा तुरुन्त आन्दोलित हुन सक्ने गरी ब्लगजगत संगठित हुनुपर्छ। यो 'संगठित' हुने कामका लागि एउटा खुकुलो तर नियमित संरचना पर्याप्त हुन्छ, कुनै 'औपचारिक' र 'दर्तावाल' संगठनको आवश्यकता छैन। मुख्य कुरो, सामान्य स्थितिमा आफ्नै हिसाबले ब्लगलेखनलाई निरन्तरता दिने तर आवश्यकता पर्दा सबै एकै भएर लाग्ने गरी हामी ब्लगरहरुले आफैंलाई दिक्षित गर्ने, आत्मानुशाशित पार्ने हो। 
सामाजिक मानसिकतामा नेपाली ब्लगजगतलाई सशक्त रुपले स्थापित गर्नका लागि मूलधारका संचारमाध्यमहरुबाट लिन सकिने सहयोगका बारेमा कुराकानी भएको थियो। मूलधारका मिडियामा कार्यरत केहि साथीहरुनै सकृय ब्लगरपनि रहनुभएकाले उहाँहरुले केहि बाटो निकाल्नुहुनेछ भन्न्ने कुरामा हामी विश्वस्त छौं। साथै, भेलामा विगतका भेलाहरुमा गरिएका छलफलहरुको बारेमा पनि चर्चा गरिएको थियो।
यस्ता ब्लगर भेला नियमित गर्नुपर्ने कुरामा सबैको सहमति रहेको थियो। यसै क्रममा अर्को ब्लगर भेला आजको भन्दा वृहद् र योजनाबद्ध रुपमा गर्ने निर्णय गरिएको छ। उक्त भेला आगामी पुस ३ गते शनिवार सम्पन्न गर्ने योजना रहेको छ।
आजको भेलाका सम्पूर्ण सहभागीहरुलाई हार्दिक धन्यबाद! र कार्यक्रमस्थलको ब्यबश्थाका लागि गर्नुभएको प्रयासका लागि रुपेशजीलाई विशेष धन्यबाद!
ब्लगर भेलाका सहभागीहरु
ब्लगर भेलाका बारेमा आज सहभागी सबै साथीहरुबाट पनि लेखिनेनै छ, नेपाली ब्लगहरु हेर्दै गर्नुहोला।----------------अन्त्यमा, यहाँहरु सबैमा तिहारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। तपाईँहरुको जीवन उज्यालो र समृद्ध रहिरहोस् सधैंभरी।
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[फर्केर फेरि नोभेम्बर ९ को दिनमा। त्यो दिन दिऊँसो हामीलाई Xian High Voltage Apparatus Research Institute (XIHARI) भ्रमण गराईने कार्यक्रम थियो। त्यता जाँदा बाटोमा पर्ने एउटा ऐतिहासिक उद्यान (नाम बिर्सें) मा एक घण्टाजति घुम्न छोडिएको थियो। त्यहाँ म संगै हिँडिरहेका दुई जना चिनियाँ केटाहरुलाई नेपालको राजनीतिको बारेमा केहि कुरा थाहा रहेछ। उनीहरु "तिमीहरुको देशमा त माओवादी कम्युनिष्ट पार्टीपनि रहेछ, हैन?" भनेर सोध्दै थिए। मैले "हो, माओवादी अहिले हाम्रो देशका सबभन्दा ठूलो दल हो।" भन्दा "हो र? कसरी त्यस्तो भयो?" भनेर आश्चर्य मानेझैं गर्दै थिए। चीनमा यतिखेर माओ औपचारिक दस्तावेजहरुमा मात्र यदाकदा झुल्किन्छन्, चिनियाँहरुले माओको कट्टरतालाई छोडेको धेरै भईसक्यो, यो चीन र पूरै विश्वका लागि हितकर सावित भईसकेको पनि छ। माओबाट मुक्ति पाएपछिमात्रै चीन समृद्धिको बाटोमा हिँड्न थालेको हो। नेपालजस्तो देशमा भने अझै माओको धङधङी देखिएकोमा चिनियाँहरु छक्क पर्दा रहेछन्। बेलुका अर्को कार्यक्रममा हामी बसेको टेबुलका दुई प्राध्यापकहरुले पनि चासो दिँदै थिए। एकजना प्राध्यापक त "हामीकहाँ त माओ बितेको धेरै भईसक्यो, तिमीहरुकहाँ भने अझै जिऊँदै रहेछन्!" भनेर हाँस्दै थिए।
XIHARI को भ्रमण सकिएपछि साँझ conference banquette थियो, थाङ शाशनकाल (Tang Dynasty, सन् ६१८-९०७) संग सम्बन्धित सांस्कृतिक कार्यक्रमका साथ। कार्यक्रममा थाङ कालका गीतहरु, नाचहरु, प्रस्तुत गरिएको थियो, त्यहि समयका पोशाकमा सजिएका कलाकारहरुद्वारा। वाद्ययन्त्रहरु पनि त्यहि समयमा प्रयोग गरिएको मानिएका वाद्ययन्त्रहरु थिए। थाङ शाशनकाल चिनियाँ इतिहासको स्वर्ण युग मानिन्छ। थाङ अवधिको राजधानी वर्तमान सिआन भएकाले पनि यो कार्यक्रम अझ सान्दर्भिक हुने भईहाल्यो।  कार्यक्रम एकदमै आकर्षक थियो।
यो कार्यक्रमको भिडियो बनाएको छु, १४ मिनेट जति लामो। ईण्टरनेटको सुस्त गतिका कारण यहाँ अपलोड गर्न सकिन। खासमा म आज त्यहि भिडियो राख्न मात्रै चाहन्थें, तर भिडियो अपलोड हुन हप्ता दिन कुर्नुपर्ने छाँट देखियो:) पछि कुनै दिन अवश्य राख्नेछु।
अहिलेलाई यो शृंखलालाई यहिँ अन्त्य गर्न चाहन्छु।
विविध कारणवश ब्लगमा छिटो-छिटो लेख्न सकिरहेको छैन, क्षमाप्रार्थी छु।
भाग १      भाग २      भाग ३ 
(समाप्त)
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[नोभेम्बरको ११ को टूरका लागि बस चढ्ने बेला थाहा भयो, हामी जम्मा तीनजना रहेछौं संगै यात्रा गर्ने। बाँकी दुई सदस्यहरु पनि कन्फरेन्सकै सहभागी थिए-एकजना कोरीयाली प्राध्यापक र उनकै सुपरिवेक्षणमा पीएचडी अध्ययनरत एक विद्यार्थी। गाईडका अनुसार यतिखेर सिआनको पर्यटकीय मौसम सकिईसकेको रहेछ, त्यसैले १५ जना जति अट्ने यो सानो बसका सहभागीहरु यति थोरै भएका रहेछन्। 
प्राध्यापक ली बोलेको बोल्यै गर्ने खालका थिए, हाम्रो बिचमा पेशागत र अरु थुप्रै कुराहरु भए। एकाअर्काका देशका बारेमा धेरै नयाँ जानकारीहरु पनि साट्यौं हामीले। उनका विद्यार्थी भने एकदमै कम बोल्थे। उनको अंग्रेजी पनि त्यति राम्रो रहेनछ कि किन हो, प्राध्यापक ली बेला-बेलामा हाम्रो कुराकानी उनलाई कोरीयाली भाषामा सुनाईरहेका हुन्थे।
हाम्रो पहिलो गन्तब्य ता छ्-येन मन्दिर क्षेत्र (Da Cien Temple) थियो। यो मन्दिर विगतदेखि अहिलेसम्मनै बौद्ध अध्ययन केन्द्रको रुपमा अस्तित्वमा रहेको छ। मन्दिर परिसरभित्र थुप्रै साना-ठूला मन्दिरहरु र भिक्षुहरुका आवास आदि छन्। पूरै मन्दिर परिसर अत्यन्त सफा र ब्यवश्थित देखिन्छ। मन्दिरहरुमा बुद्धको जीवनगाथा झल्किने मूर्तिहरु धेरै छन्, बिभिन्न कालखण्डका प्रसिद्ध बौद्ध भिक्षुहरु/गुरुहरुका प्रतिमाहरु पनि धेरै देखिन्छन्। यसभित्रको सबैभन्दा प्रसिद्ध संरचना भने ता यान स्तूप (Da Yan Wild Goose Pagoda) हो। थाङ्ग वंश (Tang Dynasty) का तेस्रा सम्राट काओचोङको राज्यकाल (सन् ६२८-६३८)मा पहिलोपल्ट निर्मित यो स्तूपले धेरै पटकका भूकम्पहरु झेलेको रहेछ र यसमा बेला-बेलामा धेरै थपथाप र पुनर्निर्माण भएको रहेछ। गाईडले भनेअनुसार त २००८ को स-छ्वान महाभूकम्प (great Sichuan earthquake) को असरले गर्दा यो अलिकति ढल्किएको छ रे, हाम्रा आँखाले भने त्यो ठम्याउन सकेनन्। तलको तस्बीरमा ढल्किएको लाग्न पनि सक्छ, तर यो सन्तुलन मिलाएर खिचिएको होईन।
यो स्तूपको निर्माणको प्रमुख श्रेय स्यूआनचाङ नाम गरेका एक बौद्ध भिक्षुलाई जाँदो रहेछ। उनी बौद्ध धर्मको अध्ययनका लागि तत्कालीन चीनको राजधानी सिआनबाट पुरानो रेशम मार्ग हुँदै सन् ६२९ मा भारततिर लागेका रहेछन्। अध्ययन सकेर सन् ६४५ मा चीन फर्केपछि यो विशाल स्तूपको निर्माण कार्य शुरु गराएका रहेछन्। उनले थुप्रै बौद्ध ग्रन्थहरुलाई चिनियाँमा अनुवाद पनि गरेका रहेछन्। यो मन्दिरका बारेमा बुझ्ने क्रममै थाहा पाईयो, चीनमा बौद्ध धर्मको प्रवेश सन् २५ मा भएको रहेछ।
हाम्रो दोश्रो गन्तब्य पान्फो संग्रहालय (Xian Banpo Museum) थियो। सन् १९५३मा उत्खनन् गरिएको यो क्षेत्र ६००० वर्ष पहिलाको कुनै मानव बस्तीको अवशेष रहेछ। भग्नावशेषमा एउटा सानो गाऊँ, ग्राम प्रमुख र अरुका घरहरु, माटाका भाँडाहरु बनाउने ठाऊँ, पूजा गर्ने ठाऊँ, बलि दिईने मौलो, चिहानहरु र बाहीरी आक्रमणबाट बस्तीको सुरक्षाका लागि बस्तीको वरिपरि बनाईएको गहिरो जलाशय (Moat) आदि प्रष्टसंग ठम्याउन सकिने रहेछ। त्यो समयका मानव अवशेषहरु पनि धेरै छन् त्यहाँ। गाईडका अनुसार अवशेषहरुको अध्ययनबाट थाहा भए अनुसार त्यो बस्तीका मानवहरुको शारीरिक बनावट र अन्य आनुवांशिक विशेषताहरु आधुनिक चिनियाँहरुसंग मिल्दैन रे। त्यो बस्ती र त्यहाँका बासिन्दाहरुको बारेमा अझै धेरै कुरा जान्न सकिएको रहेनछ। 
 भग्नावशेष गाऊँको एक भाग
बस्तीको एउटा औसत घरको आधारभूत संरचना-भग्नावशेषको आधारमा अनुमान गरिएको 
चीरनिद्रामा ६ हजार वर्ष पुरानो जोडी। दैनिक जीवनमा प्रयोग गरिने कतिपय भाँडाकुँडा पनि संगै गाड्ने चलन रहेछ।
र यहाँ एउटा सिंगो परिवारनै छ जस्तो छ।
हाम्रो तेश्रो गन्तब्य, ‘टेराकोटा योद्धा' (Terracota Warriors) संग्रहालय शायद सिआनको सबैभन्दा प्रसिद्ध संरचना हो। प्रथम चिनियाँ सम्राट भनेर मानिने छिन शिह्वाङ्गले आफ्नो जीवनकालमै आफ्नो चिहानको निर्माण गरेका रहेछन्। एउटा विशाल मानवनिर्मित डाँडाको रुपमा उनको चिहान अझै पनि अस्तित्वमा छ, तर त्यो पर्यटकहरुका लागि अझै खुल्ला गरिएको छैन। उनको चिहानकै वरिपरि जमीनमुनि विशेष खाले माटाले निर्मित एउटा पूर्ण सेनापनि राखिएको छ। त्यो टेराकोटा सेना तत्कालीन समयको सेनाको संरचनासंग हुबहु मिल्ने रहेछ, जस्तो कि माटाका संरचनाहरुमा जनरल, सिपाही, घोडचढी, रथ हाँक्नेहरु, रथहरु, घोडाहरु आदि सबै छन्। तीनवटा उत्खनन क्षेत्रमा गरेर ८,००० भन्दा यस्ता पूर्ण कदका आकृति (मूर्तिहरु) रहेछन्। साम्राटलाई परलोकमा पनि साथ दिन र उनको सुरक्षा गर्न यो सेना राखिएको रहेछ। पछि यो टेराकोटा सेनाको माथि खेतीपाती हुन थालेछ र समयक्रममा यो टेराकोटा सेना रहेको स्थान बिर्सिईएछ, बेला-बेला यस्ता मूर्तिहरुका टुक्राटाक्री भेटिएपनि मान्छेले त्यति चासो दिँदा रहेनछन्। सन् १९७४ मा एक किसान परिवारले ईनार खन्ने क्रममा भने धेरैनै यस्ता मूर्तिहरु देखिएपछि संगठित उत्खनन् शुरु भएको रहेछ। पहिलो पटक यी मूर्तिहरु भेटने किसान आफैं बसेका थिए टेराकोटा सेनाका बारे लेखीएका किताबहरुमा अटोग्राफ दिन। किताबहरुको ‘डरलाग्दो' मूल्यले गर्दा किन्ने आँट गरिएन :)
यो टेराकोटा सेना ईशापूर्व २१० तिरको संरचना मानिँदो रहेछ। उत्खनन् हुनेबित्तिकै यहाँका मूर्तिहरुमा ओहदा जनाउने प्रयोजनका बिभिन्न रंगहरु देखिन्थे रे तर वर्षौंको प्रदूषण, क्यामराहरुको फ्ल्याश आदिले गर्दा सम्पूर्ण रंग नष्ट भएछ। यतिखेर संरचनाहरु धूलोले ढाकिएका कालीमाटीका मूर्तिजस्ता मात्रै देखिन्छन्। उत्खनन् हुन बाँकी रहेकालाई भने यस्तो हुन नदिन उत्खननकर्ताहरु सचेत छन् रे अहिले।    
उत्खनन् क्षेत्रको वरिपरिको भागलाई शहरको रुपमा विकास गरिँदै रहेछ। नजिकै एउटा चिडियाखाना पनि बन्दै थियो। यस्तो क्षेत्रलाई पनि असीमित ढंगले ब्यापारिक प्रयोजनमा प्रयोग गरिएको देख्दा राम्रो लागेन। यो क्षेत्रलाई सकेसम्म प्राकृतिक रुपमा छोडे राम्रो हुन्थ्यो। प्राध्यापक लीको विचार पनि यस्तै रहेछ। 
मृत सम्राटका लागि सेना
केहि सग्ला टेराकोटा आकृतिहरुलाई यसरी बाहिर छुट्टै राखिएको पनि छ।
 उत्खनन जारी छ।
टेराकोटा सेनाको संग्रहालय जानु अगाडि बाटैमा पर्ने आधुनिक टेराकोटा कारखाना लागिँदो रहेछ सबैलाई। यहाँ सकेसम्म टेराकोटा सेना बनेकै समयको प्रविधिलाई प्रयोग गरेर टेराकोटा मूर्तिहरु बनाईँदो रहेछ र पर्यटकहरुलाई बेचिँदो रहेछ। यहाँ भने स-साना दुई मूर्तिहरु किनें मैले पनि।   
कारखानाभित्र।भाग १      भाग २      भाग ४ 
(क्रमश:)
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[अरु दिन कन्फरेन्समै ब्यस्त भएर बिते। १० नोभेम्बरको दिऊँसो फुर्सद निक्लियो। ११ नोभेम्बरको पूरै  फुर्सदको दिन एउटा guided tour का लागि बुक गरेको थिएँ पहिल्यै। यो टूरमा सियानका तीन प्रसिद्ध स्थानहरु समेटिएका थिए। १० नोभेम्बरको आधा दिनका लागि ११ को टूरमा नसमेटिएको City Wall जाने विचार गरें। एक्लै जान मन लागेन। ट्याक्सीमा जाने योजना बनाएको हुँदा अरु कसैसंग मिलेर जाँदा सस्तो पनि पर्ने थियो। तर सबैजसोका आ-आफ्नै झुण्ड र योजना थिए। एकजना ईण्डोनेशियालीले 'म पनि जान्छु, मलाई १५ मिनेटजति लबीमा कुर्दै गर्' भने। तिनले मलाई ४५ मिनेटभन्दा बढी कुराएपछि म एक्लै निक्लिएँ र City Wall पु-याउने एउटा स्थानीय बस समातें।
१९९१ देखी १९९६ सम्म म चीनमा थिएँ। चिनियाँ भाषामै स्नातक तह अध्ययन गरेकाले मेरो चिनियाँ भाषिक क्षमता राम्रै थियो भन्ने मान्छु म। त्यसपछि नेपालमा पनि कहिले चिनियाँ ठेकेदार कम्पनीहरुसंग काम गर्ने, कहिले चिनियाँ भाषा पढाउने र कहिले अनुवादको पनि काम गर्ने गरेर आफ्नो चिनियाँ क्षमतालाई जोगाएकै थिएँ। २००३ मा जापान गएपछि केहि महिनाको जापानी भाषाकक्षाका सहपाठीहरु धेरैजसो चिनियाँ थिए र मेरो चिनियाँ भाषाको अभ्यास जारी राख्न सघाऊ पुगेको थियो। २००५ मा यस्तै एउटा कन्फरेन्समा पेईचिङ्ग (Beijing) जाँदासम्म ठिकै थियो मेरो चिनियाँ क्षमता। त्यसपछि भने चिनियाँ भाषाको अभ्यास छुट्यो। छोरी बोल्ने भएपछि त घरमा जापानी भाषाले कब्जा जमाएजस्तै भयो। यहि क्रममा मेरो चिनियाँ भाषामाथिको पकड ओरालो लागेछ। यसपालि त्यो कुरा प्रमाणित भयो:) चिनियाँ बोल्न खोज्दा मुखमा फ्याट्ट जापानी आईहाल्ने हुँदो रहेछ अचेल। छोटा-छोटा वाक्यहरु पनि बडा मुश्किलले पूरा गरियो।  लेखेको पढ्न बरु त्यति धेरै समस्या भएन।
यहि भाषामाथिको 'गुमेको' पकडका कारण मैले ७ नोभेम्बरको 'फुर्सदिलो' दिन होटलको नजिकै हल्लेर मात्रै बिताएँ, स्थानीय बस चढेर कुनै पर्यटकीय स्थल जाने मन थियो तर आँट आएन। केहि दिन चिनियाँ भाषाको bombardment मा बसिसकेकाले ११ का दिन भने अन्त्यमा मैले बसै चढ्ने आँट गरेको थिएँ:) 
जुन लाईनको बस मैले समातेको थिएँ, त्यो लाईनका बसमा बस-कार्डमात्रै चल्ने भनेर लेखिएको पढेको थिएँ बस-बिसौनीमा, तर पैसा तिरेर पनि भईहाल्ला नि भनेर चढें म। हातमा ५ युआनको नोट लिएर चालकलाई देखाऊँदै 'यसले हुन्छ कि हुँदैन?' भनेर सोध्न आँट्दै थिएँ, चालकले पहिला हातको ईशाराले 'हुँदैन!' भने, फेरि लगत्तै 'चढ्! चढ्!' भनेर ईशारा गरे। यसरी म साढे दुई युआनको बस भाडा तिर्नै नपरी City Wall पुगें:)
सियानमा बस रोकिने, मान्छे चढ्ने-ओर्लिने समय एकदम छोटो लाग्यो मलाई।
सियान चिनका प्राचीन राजधानी शहरहरुमध्ये एक हो, जसको बारेमा यहाँ केहि पढ्न सक्नुहुन्छ। City Wall राजपरिवार र अरु सम्भ्रान्तहरु बस्ने क्षेत्रलाई आक्रमणकारीहरुबाट जोगाउन निर्माण गरिएको थियो। Great Wall पूरै चीनको सुरक्षाका लागि थियो भने City Wall सियानको शहरी सम्भ्रान्त वर्गको सुरक्षाका लागि। सियानको पहिलो City Wall को निर्माण कार्य १९४ ईशापू्र्वमै शुरु गरिएको थियो र चार वर्षमा सम्पन्न भएको थियो। त्यो आयताकार पर्खाल २५.७ किमी लामो र १२-१६ मीटर चौडा थियो र यसले लगभग ३६ वर्ग किमीको क्षेत्रफललाई घेरेको थियो। यसपछि पनि बिभिन्न city wall हरु निर्माण भएका रहेछन्। हाल सग्लो अस्तित्वमा रहेको city wall को निर्माण कार्य भने मिङ वंशको शाशनकालमा सन् १३७० मा शुरु भएको रहेछ। यो पर्खालले १४ वर्ग किमीको क्षेत्रफललाई घेरेको छ, यसको परिधि १३.७ किमी, उचाई १२ मीटर र चौडाइ १६-१८ मीटर रहेको छ।      
City Wall मा प्रवेश गर्ने सबैभन्दा लोकप्रिय ढोका दक्षिणी ढोका रहेछ। भित्र पसेर एकछिन हिँडेपछि भाडाको साईकल लिएँ, १०० मिनेटका लागि २० युआन लाग्ने रहेछ। City Wall को फराकिलो तालुमा साईकल कुदाऊँदा एकछिन त मजै भयो तर एक्लै भएकाले चाँडैनै दिक्क लाग्यो। डेढघण्टा जतिमा Wall पूरै फन्को लगाउन सकिन्थ्यो होला, तर म आएकै बाटो फर्किएँ र साईकल बुझाईदिएँ। तल Xian City Wall बाट केहि तस्बीरहरु;
 City Wall चढ्नु अघि, दक्षिणी ढोकामा।
 इतिहासका थुप्रै झरी-आँधी खपेको हुनुपर्छ यसले। City Wall को तालुमा ठाऊँ-ठाऊँमा यस्ता भब्य संरचनाहरु छन्। शहर सुरक्षाका लागि यिनको ठूलो सामरिक महत्व थियो होला।
पुरानो सियान र नयाँ सियानको 'घम्साघम्सी':)
  चढ्नेबित्तिकै देखिएको 'पर्खालभित्रको शहर'को एक अंश।
र 'पर्खालबाहिरको शहर'।
 'पर्खालबाहिरको शहर'को अर्को सानो अंश।
 City Wall को फराकिलो तालुको एक अंश।
 फोटो खिच्न ब्यस्त स्थानीय पर्यटकहरु।
City Wall बाट झरेर 'भित्री शहर' मै एकछिन रंगबंगिने क्रममा 'प्रवेश निषेध' लेखिएको एउटा मन्दिर/अध्ययन केन्द्र देखियो। चिनियाँहरुको बाक्लो ओहोरदोहर देखेकाले त्यो 'प्रवेश निषेध' को खासै अर्थ छैन होला भनेर पस्ने खोजेको, चौकिदारहरुले पस्न दिएनन्। विदेशीहरुका लागिमात्रै प्रवेश निषेध भएकाले कुनै संवेदनशील स्थल हुनुपर्छ। अथवा त्यससंग संबन्धित बाहेकका चिनियाँहरुका लागिनै पनि प्रवेश निषेध हुन पनि सक्छ। 
होटल फर्केर आऊँदा भने कार्ड नचल्ने, बसभाडा नगदनै तिर्नुपर्ने रुटको बस खोजेर आएँ, र पैसा तिरेरै आएँ:) 
भाग १      भाग ३      भाग ४ 
(क्रमश:)
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[ह्वीस्की निलेभन्दा छिटो गोली 'लीक' गर्ने खान्दानी बानी बोकिबक्सेका पारस 'सरकार' बाट फेरि अर्को 'गोलीलीक्स' अध्यायको मञ्चन भएको छ। गणतन्त्र भयो भनिएको देश अझै यस्ता पत्रु पात्रहरुका हर्कतका वरिपरि रिङ्न बाध्य छ। थुक्क यो काँचो गणतन्त्रको भाग्य! 
द्वन्द्व र घम्साघम्सी पुराना सरकार र नयाँ सरकारको बीचमा छ, र पो यत्रो हल्लाखल्ला छ। पारसको हावा फायरले कुनै अदना नेपालीका कानका जाली चर्किएका भए वा अझ त्यो सोझो नेपालीको ईहलिला सकिएकै भएपनि केहि हुनेवाला थिएन। त्यो नेपाली 'गुमनाम' तथ्यांकको एउटा अंकसम्म हुनसक्थ्यो बढीमा शायद। तर कानका जाली 'पवित्र' गराउने 'सौभाग्य' पाउने परे रुबेल चौधरी।
मलाई रुबेल चौधरी कुनै प्रभावशाली विदेशी र सुजाताका ज्वाईँसम्ममात्रै लाग्थे। उनीपनि कुनै गिरोहनै होलान् भन्ने लागेको थिएन, यसअघि उनका बारेमा धेरै कुरा सञ्चारमाध्यममा आएका पनि थिएनन्। आज एउटा पत्रिकामा उनका 'पवित्र' कामहरुको नालीबेली दिईएको रहेछ। पत्रिकाका कुरा पत्याउने हो भने, उनीपनि नेपाललाई तन्नम बनाउन कस्सिएर लागेका खलनायकहरुमध्येका ठूलै खलनायक पर्दारहेछन्। टाईगर टप्सको हावा गोलीकाण्ड यसैले नेपालका खलनायकहरुको द्वन्द्व हो। हाम्रो भाग्य, दुईटा खलनायकहरुको झगडाको रमिते बस्नु परेको छ हामी। पत्रुभन्दा पत्रु सिनिमामा पनि झगडा नायक र खलनायकको हुन्छ, एउटा विकल्पको रुपमा नायक सधैं उपलब्ध हुन्छ, तर हाम्रो देशको भाग्यमा नायकको विकल्प अझै देख्न पाईएको छैन।
रुबेल अरु कुरामा जस्ता भएपनि (उनका अपराधहरुको खोजीनीति गरेर दण्ड दिइनुपर्छ, त्यसमा कुनै शंका छैन), यो घटनामात्रै हेर्दा भने दोष पारसकै हो र कानूनमा चलेको देशमा हो भने पारसले केहि वर्ष खोरको हावा खानुपर्ने थियो। भर्खरै पढें, छ्वालीखुट्टे सरकारले पारस 'सरकार'लाई रिहा गरीसकेछ र पारसको जयजयकार र स्वागत भईसकेछ पोखरामा। नेपालमा राजतन्त्र फेरि फर्कन त्यति सम्भव नहोला, तर पारस नेता हुने छाँट आईसक्यो अब। एकदिन पारसको नेतृत्वमा सरकार बनेको र हाम्रा नेताहरु उनका मन्त्री बनेको पनि देख्न पाईने छ। यो अजीबको देशमा जे पनि हुन्छ!
पारस-पक्राउको विरोधमा सडकमा 'गोली हान्न पाउनैपर्छ!' भनेर नारा लगाउने राजावादीहरुको कुरो त छँदैछ, एकथरी मान्छेहरु कांग्रेस र सुजाताको रिसमा 'सौताको रिसले पोईको काख मुत्ने' काम पनि गरीरहेछन्। यो 'काख मुत्ने' काम निकै तल्लो तहका नेताहरुसम्म पनि जाँदो रहेछ। हिजो दिऊँसो मैले आफू कार्यरत क्याम्पसको स्ववियूका एक पदाधिकारीले क्याम्पसको मूलढोकामा टाँसेको प्रेस-विज्ञप्ति पढेको थिएँ। त्यहाँ 'पारससंग नेपालको राजनीतिको कुरा गर्नु रुबेल चौधरीको अपराध हो। एउटा विदेशीलाई नेपालको राजनीतिको कुरा गर्ने अधिकार कसले दियो?' भन्दै रुबेललाई त्यसै आरोपमा कारबाही गर्ने माग गरिएको थियो। यहि तर्कका आधारमा हेर्दा त अनमिनपूरैलाई कारवाही गरे भयो, नेपालको राजनीतिको कुरो त्यसले भन्दा बढी कसले गरेको छ:)
खैर, हामी अभागीको यो अभागी देशमा कुनै 'चमत्कार' नहुञ्जेल पारसले 'गोलीलीक्स' गरीरहनेछन् र रुबेलले देशका ५० करोडहरु चपाईरहेनछन्।
भगवानले हाम्रो रक्षा गरुन्!
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[शहर
बल्ल चिनें उनलाई!धन्न उनको छातीमा कान लगाएछु,र उनको तातो ढुकढुकी छामेछु!
बलात्कार गरेछन् उनलाई यस्तरी विरुप पारेछन् उनलाईउनको खोजीमा भौंतारिईरहेको मउनलाई नचिन्दा-उनकै घर अगाडि उनीसंगैउनको ठेगाना सोध्दै रहेछु ।
(डिसेम्बर २०१०, काठमाण्डौं-पोखरा) 
1 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[एभिन्युजका सुमन गिरीले लिएको ज्ञानेन्द्र शाहको अन्तर्वार्ताको पूर्ण पाठ
14 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
By Jason Overdorf - GlobalPostA looming catastrophic earthquake in Nepal could unleash devastation that surpasses that of Haiti or Chile.
11 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[Watch Live Webcam from Durbarmarg, Kathmandu, Nepal.
7 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[KATHMANDU, Feb 27 (Bernama) -- Guinness World Records has verified Khagendra Thapa Magar, Nepal's shortest man, as the shortest man in the world after verifying his height and weight, China's Xinhua news agency reported, citing a local daily on Saturday.
16 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[Watch Tito Satya Episode of August 31.
16 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[Nepali Comedy Drama Massage Kendra (मसाज केन्द्र)
6 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[New Zealand's Edmund Hillary and Sherpa tribesman Tenzing Norgay climb Mount Everest in 1953.
13 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[Watch Former King Gyanendra's Interview broadcasted on Avenues TV on March 24, 2010.
19 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी)ले पूर्वसहमति तोडी  अर्थमन्त्री, मन्त्री र सभासद्माथि आक्रमण गदै सद्बाट बजेट घोषणा हुन  नदिएपछि सरकारले संसद् अधिवेशन अन्त्य गरी अध्यादेशमार्फ बजेट ल्याउने  निर्णय गरेको छ।
16 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[कोमल ओलीले यसपालि तीजमा निकालेको ‘धत्तेरिका शिवजी रैछौ बदमास' बोलको गीतलाई नेपाल टेलिभिजनले प्रतिबन्ध लगाइदियो। प्रतिबन्ध लगाइदिएपछि त्यो गीत सुन्न र हेर्न चाहनेहरु झन् बढे। ओलीलाई फाइदै भो यसबाट। सरकारले क्यासेट मै प्रतिबन्ध लगाएको भए पो अप्ठेरो पर्नु। एक दर्जन टिभी स्टेसन भएको देशमा एउटा टिभीले ब्यान गर्देको।
13 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[Maoist chairman Pushpa Kamal Dahal has claimed that his party will be in power very soon.
8 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[HTML clipboard
माग पूरा गर्न दिएको अल्टिमेटम आजदेखि सकिएपछि साँझ पौने ६ बजेबाट मसाल जुलुस  निकालेर माओवादीले आन्दोलन थालिसकेको छ। अब दिनदिनै भोलि के हुने हो भनी बस्नुपर्ने  भएको छ।
19 Vote(s) ]]></description>
<dc:creator>bijaykhatri</dc:creator>
<description><![CDATA[आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्।
उनीहरु अब, सेता हात्तीलाई तर्साउने नाममा नाङ्ग्लाहरु प्वाल पार्नेछन्। राशका राश प्वाल परेका नाङ्ग्लाहरु थुप्रिनेछन् अब चोक-चोकमा। तर प्वाल परेका नाङ्ग्लाहरुको राश थुप्रिँदैमा सेता हात्तीहरुलाई केहि फरक पर्नेछैन, सेता हात्तीहरु उसै गरी ऊँघ्दै उग्राईरहनेछन्।
छिमेकीलाई तर्साउने नाममा उनीहरु अब खेलमा मग्न निर्दोष बच्चाहरुलाई सोत्तर बनाएर चुट्नेछन्। छिमेकीहरु कौशीमा बसेर राम-रमिता हेर्नेछन्। भाग्न सक्ने बच्चाहरु अब बस्ती छोडेर भाग्नेछन्, भाग्न नसक्नेहरु आतंकको सेपमा जिन्निएर हुर्किँदै-नहुर्की बूढा हुनेछन् र मर्नेछन्।
यसरी अब बस्तीमा स्वस्थ बच्चाहरुको खडेरी पर्नेछ।
यसरी अब बस्तीमा स्वस्थ मान्छेहरुको खडेरी पर्नेछ।
आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्। उनीहरुले बस्तीका सारा बाटाहरुमा, गोरेटो-डोरेटोमा ताल्चा लगाएको डकार छादेका छन्।
तर रातभरि बिरामी आमा कुरेर बसेकी सानीलाई त्यसको परवाह हुनेछैन। ऊ आफ्नी आमालाई खुवाउन बिहानको ताजा पानी भर्न गाग्री बोकेर पँधेरातिर जानेछे।
आफूले ठोकेको ताल्चा तोडेको निहुँमा अब उनीहरु सानीको टाउकोमा ढुंगा बजारेर सानीको टाउकोको अचार बनाउनेछन् र एकछिनपछि बस्तीतिर फर्केर भन्नेछन्; "सानीको टाउकोलाई हामीले अचार बनाएको होईन, घूसपैठ गरेको ढुंगाले हो। ढुंगा हाम्रो पार्टीको मान्छे होईन।"
बाटाघाटा, गोरेटो-डोरेटोमा ताल्चा लागेपनि सेता हात्तीहरुलाई फरक पर्नेछैन किनभने उनीहरुका आ-आफ्ना नीजि सुरुङ्ग छन्। तर हर्केसंग नीजि सुरुङ्ग छैन, ऊ आफ्नो र आफ्नाको भोक मार्ने जोहो गर्न, काम खोज्न निस्कनेछ।
आफूले ठोकेको ताल्चा तोडेको निहुँमा अब उनीहरु हर्केका हात-खुट्टामा खुँडा हान्नेछन् र उसलाई अधमरो बनाउने छन्। एकछिनपछि हर्केको रगतले रंगिएको खुँडा बस्तीलाई देखाऊँदै भन्नेछन्; "हर्केलाई हामीले काटेको होईन, खुँडाले काटेको हो। हामीले हाम्रो पार्टीबाट खुँडालाई निष्काशन गरिसकेका छौं।"
सन्तु खोलापरीको बस्तीमा मजदूरी गरेर घर फर्किरहेछ। आफ्नो बस्ती जाने बाटोमा ताल्चा लागेको देखेर छक्क पर्छ ऊ। तर त्यो उसकै बस्ती हो, यसैले ऊ आँट गरेर ताल्चा फोरेर अगाडि बढ्नेछ।
आँखामा कालो पट्टी बाँधेका अगुल्टाहरुले सन्तुलाई "अगाडि नबढ्! जताबाट आएको होस्, उतै जा!" भनेर हकार्नेछन्। सन्तु बिलखबन्दमा पर्नेछ, ऊ जताबाट आएको हो, त्यतै फर्किन सक्दैन किनभने त्यो उसको बस्ती होईन। ऊ "जे त पर्ला!" भनेर आफ्नै बस्तीतिर पाईला बढाउनेछ। आँखामा कालो पट्टी लगाएका अगुल्टाहरु सन्तुसंग रिसाउनेछन्, "हामीलाई अटेर गर्ने यो मु--- को हो?" भन्दै सन्तुलाई गोलीले उडाउनेछन्। यसरी उनीहरु सन्तुले बोकेर ल्याएको उसको परिवारको सपनाको पोकोको हत्या गर्नेछन्।
आँखामा कालो पट्टी बाँधेका अगुल्टाहरुले अनि बस्तीतिर फर्केर भन्नेछन्; "सन्तुलाई हामीले मारेको होईन। हाम्रो पार्टीको नीति त्यस्तो होईन। सन्तुलाई हाम्रो बन्दूकमा घूसपैठ गरेको गोलीले मारेको हो, गोली हाम्रो कार्यकर्ता होईन।"
आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्। उनीहरुले अब बस्तीलाई मर्ने आदेश दिनेछन्।
बस्तीले आफ्नो आदेश नमानेको झोंकमा उनीहरु अब पूरै बस्तीमा आगलागी गर्नेछन् र यन्त्रवत एकचोटि भन्दिनेछन्; "आगो हाम्रो नीति होईन, आगलागी हाम्रो नीति होईन, यो सब आगोले गरेको हो। आगो हाम्रो पार्टीको होईन।"
यसरी आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरुले "आगलागी हाम्रो नीति होईन-" भन्नेछन्।
र एकछिनपछि; बस्तीको लाशमाथि उभिएर, बस्तीको खरानीको राशमाथि उभिएर "क्रान्ति सम्पन्न भएको" भोज खानेछन्।
भोजको पृष्ठभूमिमा बज्न मूर्दा शान्तिको सन्नाटा बाहेक केहि पनि बाँकी हुनेछैन।
मान्छेहरु हो, सावधान! आँखामा कालो पट्टी लगाएका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्।
Image Source: Click Here
1 Vote(s) ]]></description>